परिचय
सनातन ध्यान विज्ञानका गुणसूत्र र मेरो साधनाको स्वानुभूतिको
योगबाट विकसित यो निर्मल ध्यान शारीरिक र मानसिक मलबाट मुक्त
भई निर्मल बन्ने सरल मार्ग हो । वर्तमान आर्थिक युगमा आनन्द र
शान्तिपूर्वक बाँच्ने आकांक्षा राख्ने मानवलाई दृष्टिगत गरी यो ध्यान
विधि विकसित गरिएको हो ।
शरीर, चित्त र चैतन्यको सक्रिय सहभागितामा पूर्ण हुने तीन चरणमा
रहेको यो ध्यान प्रणाली मलको मलिन मार्गबाट निर्मल सत्पथतर्फ
बढाउने, बेहोसीबाट होसको यात्रामा लैजाने सरल र शक्तिशाली विधि–
विज्ञान हो । मानव आफ्नो देह ऊर्जा, प्राण ऊर्जा र आत्मा ऊर्जाको
त्रिवेणी स्नान गर्दछ र अनादि सत्तातर्फ अघि बढ्छ ।
वर्तमान मानव आफ्नो प्रकृति या भनौं मूल उद्गमबाट टाढा गइरहेको
छ । शरीर योग, विश्व योग र अनादि योगको संगमबाट स्वधर्मको
जीवन जिउने कला, संस्कृति र विज्ञानलाई भुलिसकेको छ। बेहोस
जीवनशैलीले होस मार्गका सबै मूल ढोकाहरू बन्द गरिदिएको छ ।
बेहोसीका कारण वर्तमान मानव दुखी, अशान्त, भयभीत र असन्तुलित
छ । जसका कारण सुखको खोजमा, शान्तिको खोजमा, अभयको
खोजमा, आनन्दको खोजमा बेहोस भौंतारिइरहेको छ । पैसाको थुप्रोमा,
पद–प्रतिष्ठामा, रक्सीको बोतल र लागु पदार्थमा, यौन भोगमा आदि
यस्तै–यस्तै बेहोस यात्रामा आँखामा पट्टी बाँधेर दौडिएको छ मानव ।
कहाँ लुकेको छ सुख, आनन्द र ऐश्वर्य भनेर दौडँदा–दौडँदा आज ऊ
आफ्नो केन्द्रबाट त धेरै टाढा पुगेको छ, परिधिबाट पनि उछिट्टिँदैछ ।
यही दौडमा मानव जाति नै मलैमलले मलिन हुँदै गइरहेको छ । निर्मल
नहुँदासम्म कहाँ सुख, शान्ति र आनन्द नै मिल्दछ र ? संसारमा
आजसम्म विज्ञानको चरम विकासले बाहिर खोजेको खोजले सुविधा
त दिन सक्यो तर आनन्द र उत्सवमय जीवन दिन सकेन । जसले
सुख, आनन्द र उत्सवमय जीवन चाहन्छ उसको खोज भित्र हुनुपर्दछ ।
भित्रको ऐश्वर्यको खोज ध्यान विज्ञानद्वारा मात्र सम्भव छ । जससँग
बाहिरी र भित्री दुवै ऐश्वर्यको सम्यक मेल छ ऊ मात्र संसारमा सुखी र
आनन्दित हुन सक्दछ ।
यो निर्मल ध्यान ३० वर्षदेखि हजारौं हजार मानिसमाथि प्रयोग गरेर
सिद्ध भएको वैज्ञानिक विधि हो जो सरल र शक्तिशाली छ । यसका ११
चरणहरू छन् जसको प्रथम प्रवेश चरणलाई यहाँ समावेश गरिएको छ ।
विधि प्रवेशभन्दा पहिले
निर्मल ध्यानको विधि प्रवेशभन्दा पहिले निम्न आधारभूत जीवनशैली र
कार्य सुरु गर्नु जरुरी छ जसले विराट लाभ प्राप्त हुन्छ ।
१) चुरोट–तमाखु, जाँड–रक्सी एवं अन्य लागुपदार्थ र मांसाहार छाड्नु
पर्दछ । तत्काल छाड्न नसके संकल्प गरेर २१ दिनमा छाड्नु पर्दछ ।
२) हरियो सागपात एवं तरकारी, सुखा एवं ताजा फलफूल, कन्दमूल,
अंकुरित अनाज, काँचो खान मिल्ने सलाद आदि र सादा, सुपाच्य
र सात्विक भोजन गर्नु पर्दछ ।
३) विहान सूर्याेदयभन्दा पहिले ध्यानको प्रारम्भिक अभ्यास गर्नु राम्रो
हो तर साधनाको रूपमा गर्ने हो भने हरेक २–२ घण्टामा गर्न
सकिन्छ । साधनाको रूपमा गर्ने हो भने रसाहार, अल्पाहार (मुङको
खिचडी), सुखा फल आदि मात्र खानु राम्रो हो ।
४) पेट मलरहित खाली, समयानुकुलित जल स्नान, कमसेकम र
हलुका लुगा (सम्भव भए सेतो–सुती), एकान्त स्थान राम्रो हुन्छ ।
५) चारैतर्फबाट वायु प्रवाह हुन सक्ने, खुला र हावादार स्थान राम्रो
हुन्छ । नदी, समुद्र, हिमालका सुरक्षित किनारा साथै वर–पिपलको
फेद, जंगल बगैंचा, पहाड, खुल्ला आकास आदि श्रेष्ठ स्थल हुन् ।
यो देश–काल–परिस्थिति अनुसार निर्णय गर्ने ।
६) मानव जीव–जन्तु, चरा–चुरुङ्गी, वनस्पति आदि अनादि सत्ताका
कृतिहरूप्रति अहिंसा व्रतले ध्यानलाई विराट बनाउँछ ।
७) अल्पाहार, गहिरो निद्रा, तनावमुक्त विश्राम, एकान्तवास, मौन आदिले
ध्यान उपलब्ध गर्न सजिलो हुन्छ । अत्यन्त धेरै या थोरै नभएर सम्यक
भोजन, आलस्यका साथ धेरै सुत्ने या तपी देखिन कम सुत्ने नगरी
सम्यक निद्रा, धेरै बोल्ने या बोल्दै नबोल्ने नगरी अति आवश्यक
मात्रामा बोल्ने सम्यक मौन, हुलका साथ बसिरहने या कोठामा
चुकुल लगाएर बस्ने नगरी अति आवश्यकतामा मात्र भेटघाट गर्ने
सम्यक एकान्त, थकित हुने गरी श्रम गर्ने या हलचलै नगर्ने नगरी
सम्यक योगासन एवं व्यायाम आदि ध्यान यात्रामा सहयोगी हुन्छन् ।
८) संकल्पवान ध्यानमार्गीहरूले नुन र चिनीलाई छाड्नु श्रेष्ठ तप हो ।
नुन र चिनीलाई छाडेपछि होटल, भोज–भतेर, स्वच्छन्द भोजनबाट
मुक्ति मिल्दछ । आफ्नो घरमा बनेको साइिभ्वक र सम्यक भोजनले
ध्यान मार्गमा सरलता हुन्छ । यसलाई कठोर नियमका रूपमा नहेर्नु
तर श्रेष्ठ तपका रूपमा हेर्नु ।
९) बुद्ध दुःखबाट साक्षी, जनक सुखबाट साक्षी, शिव दुःख–सुख
दुवैबाट साक्षी । साक्षी नै धारणाबाट ध्यानमा, ध्यानबाट समाधिमा
र समाधिबाट अनादि सत्तामा पुर्याउने गुणसूत्र हो ।
१०) अनादि सत्ता उपलब्ध गर्ने संकल्पका साथ ध्यानको प्रारम्भ गरेको
क्षण नै शुभ–मुहूर्त हो, शुभ लगन हो । अतः तिथि, बार, शुभ दिन
निश्चित गरेर ध्यान सुरु गर्दछु भनेर नसोचौं । तत्काल जहाँ छौं
त्यहीँबाट संकल्प गरौं ।
विधि प्रवेश
विधि विज्ञान ध्यान होइन, ध्यान उपलब्ध गर्ने मार्गलाई सरल र सुगम
बनाउने प्रविधि मात्र हो । यहाँ उल्लेखित विधिलाई नै ध्यान मानेर
रमाउनु हुँदैन । दिनमा १ घण्टा यो विधिलाई प्रयोग गरेर म ध्यानी हुँ भन्ने
अहंकार लिनु हुँदैन । एक दिन विधि–प्रविधि हराउँछ र ध्यान उपलब्ध
हुन्छ तब जीवन आनन्द र उत्सवले विराट बन्दछ ।
यो ध्यान विधिको पहिलो र दोस्रो चरण १०–१० मिनेटको छ र तेस्रो
चरण ४० मिनेटको छ । साधनाको लागि अभ्यास गर्ने साधकले गुरुको
साथमा रहेर समय र सीमालाई विस्तार गर्दै समयातीत र असीममा प्रवेश
गर्न सक्दछन् ।
प्रथम चरण
यो चरण गहिरो र लामो श्वास–प्रश्वाससँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।
कुनै ध्यानात्मक आसनमा बस्ने, त्यसमा पनि बज्रासन बढी सहयोगी
हुन्छ । मेरुदण्ड सिधा रहोस् । नाकका दुवै प्वालहरूबाट समान गतिमा
लामो र गहिरो श्वास–प्रश्वास गर्ने । बाहिरबाट यति वायु भित्र भर्ने कि
वायु भित्र जान सक्ने सम्पूर्ण सम्भावना पूरा होस् । फेरि उही गतिमा
वायु बाहिर फ्याँक्ने कि वायु बाहिर फ्याँक्न सक्ने सम्पूर्ण सम्भावना
पूरा होस् । न त भित्र रोक्ने हो न त बाहिर रोक्ने हो । एउटै गतिमा वायु
भित्र प्रवेश गर्दछ र अन्तिम विन्दुबाट पुनः उही गतिमा बाहिर निस्कन्छ ।
यो जति लामो, गहिरो र एक लयमा हुन्छ, त्यति नै बढी आनन्द प्राप्त
हुन्छ । यो चरणको केन्द्र छाती हो अर्थात् ह्दय केन्द्र हो । नाकबाट वायु
भित्र प्रवेश गर्दा तिमी पनि साथ साथ प्रवेश गरý न अघि न पछि साथ
साथ । वायु नाक हुँदै श्वास नलीबाट फोक्सोमा पुग्दछ र फोक्सोको
हरेक सूक्ष्म प्रवेशद्वारबाट प्राणवायु सम्पूर्ण कोषाणुसम्म फैलिन्छ र पुनः
सूक्ष्म निकास द्वारहरूबाट त्यही गतिमा प्राणनाशक वायु फोक्सो, श्वास
नली र नाक हुँदै बाहिर निस्कन्छ । स्वजातीय द्रव्य बोकेर प्रवेश गरेको
वायु विजातीय द्रव्य बोकेर फर्कन्छ । यो क्रियाले शरीर, मन र चेतना
निर्मल हुन्छ ।
सारा जीवन श्वासको खेल हो । जगतमा जीवनको अस्तित्व श्वासमा
निर्भर छ । हामीले जसरी श्वास–प्रश्वास गर्नु पर्ने हो, त्यसरी गरिरहेका
छैनौं । प्रतिफल आवश्यक श्वास–प्रश्वासको अभाव नै तेस्रो विधायक
प्राणशक्तिको अभाव हो । मानव शरीरको बाहिरी हिस्सालाई हेर्दा
पनि वर्तमान मानवको फोक्सोले जति श्वास–प्रश्वास गर्नु अनिवार्य
थियो, त्यसको २० प्रतिशत पनि गर्न सकेको छैन । प्रतिफल बाँकी
८० प्रतिशत भाग शरीरलाई हानि गर्ने विजातीय पदार्थ (धुवाँ, धुलो,
कफ, कार्वनडाइअक्साइड आदि) ले भरिएर रहेको छ जो सयौं रोगको
कारण हो ।
यो १० मिनेटको अभ्यासले विस्तारै–विस्तारै फोक्सोको सम्पूर्ण भागका
साथै कोषाणुहरूमा भरिएको विजातीय पदार्थलाई सफा पार्दछ र
स्वजातीय प्राणवायुलाई अन्तरकोषीय कोषाणुसम्म पुर्याउँछ । शुद्ध
वायुद्वारा बुद्ध आयु प्राप्त गर्न सक्दछौं जसको सुप्रभाव शरीर योगदेखि
विश्व योगसम्म पर्दछ ।
दोस्रो चरण
सम्पूर्ण शरीर र मनको कोष–कोषमा जम्मा भएका विजातीय
पदार्थहरूलाई निकाली तिनीहरूमा प्राण ऊर्जा भरेर शक्तिशाली बनाउनु
यस अभ्यासको प्रथम र महइभ्वपूर्ण कार्य हो भने निर्मल चेतना प्राप्त गर्ने
राजमार्ग पनि हो । शरीर र मनको निर्मलताले नै चैतन्यबोधको ढोका
खोल्दछ । हुलले मानेको सत्यको भूलबाट स्वयम्ले जानेको सत्यको
मूलसम्म पुर्याउँछ ।
पहिलो चरणमै बसेको ध्यानात्मक आसनमा बस्ने । बज्रासन सबैभन्दा
राम्रो हो । प्रश्वास (रेचक) लाई शक्तिपूर्वक बाहिर छाड्ने र नाभिलाई
शक्तिपूर्वक मेरुदण्डतर्फ धक्का दिने । धक्का दिनेवित्तिकै नाभिलाई
शान्त छाडिदिने जसले पूर्व अवस्थामा आओस् । नाभि पूर्व अवस्थामा
आउनुका साथसाथ नाकबाट स्वाभाविक रूपमा श्वास (पूरक) भित्र
प्रवेश गर्दछ । यो चरणमा केवल सम्पूर्ण अस्तित्वको केन्द्र, ऊर्जाको
केन्द्र र समग्रमा भन्दा अनादि सत्ताको शरीरको केन्द्र नाभिलाई जोडले
प्रश्वास (रेचक) लाई बाहिर फ्याँक्दै मेरुदण्डमा धक्का दिने र शान्त
हुन दिने । नाभि मानव जीवनको केन्द्र हो, यो बाटोबाट हामी जगतमा
प्रवेश गरेका थियौं । चक्र विज्ञानको दृष्टिमा यस अभ्यासले मूलाधार,
स्वाधिष्ठान र मणिपूर चक्रलाई निर्मल बनाउँछ । शरीर, मन र चेतनालाई
निर्मल बनाउँछ ।
बाह्य ज्ञान–विज्ञानको केन्द्र मस्तिष्क हो, भावना र संवेदनाको
केन्द्र ह्दय हो, अस्तित्व र प्राणतइभ्वको केन्द्र नाभि हो । विचार या
सूचनाप्रधान जगतबाट भावनाप्रधान जगत र भावनाप्रधान जगतबाट
प्राणप्रधान जगतमा यात्रा गर्नु नै ध्यान हो । प्राणप्रधान जगतबाट हामी
अनादि सत्तामा प्रवेश गर्दछौं । अध्यात्मिक साधना या शरीर र मनको
पूर्ण स्वास्थ्य र निर्मलताका लागि नाभि रहस्यको केन्द्र हो । नाभि
शरीरको जन्म, स्थिरता र मृत्युको केन्द्र हो । मानव शरीरको रहस्य,
रचना र रफ्तारको केन्द्र नाभि अर्थात् मणिपुर चक्र ९कयबिच उभिहगक०
हो । ब्रहृमाण्डमा सूर्यको जुन स्थान छ शरीरमा नाभिको त्यही स्थान
छ । यसैले नाभिलाई सूर्य चक्र, प्राण चक्र, गति चक्र, निर्मल चक्र,
अग्नि चक्र आदि नामले पनि सम्बोधन गरिन्छ । योग ग्रन्थ आयुर्वेद
ग्रन्थ, तन्त्र ग्रन्थ साथै वेद–वेदाङ्ग, प्राच्य एवं पाश्चात्य धर्मदर्शन,
साहित्य–संगीत–कला आदि सबैतिर नाभिको गुणगान गाइएको छ ।
बाह्य जगत र अन्तरजगतको पुलका रूपमा नाभिले काम गरिरहेको छ ।
प्राण–विज्ञानको आत्मा हो नाभि । एक दिन आधुनिक विज्ञानले पनि
बुझ्ने छ नाभि रहस्य । र, नाभिको महइभ्व आमाको गर्भसम्म मात्र होइन
अस्तित्वको गर्भसम्म र त्योभन्दा विराट अनादि सत्तासम्म रहेको जान्ने
छ। यो दिन शरीर रचना र क्रिया विज्ञानले आफ्नो शिखर छुनेछ ।
नाभिको गुणगान जति गाए पनि कम हुन्छ । यसको विराट रहस्य
शब्दले होइन साधनाले देख्न सकिन्छ । प्राण विद्या एवं विज्ञानको केन्द्र
नाभिलाई होस, समझ र चैतन्य बोधद्वारा जान्न सकिन्छ । मान्नुलाई
छाडेर जब जान्नुलाई स्वीकार्छौं, तब गन्तव्य टाढा छैन, जानेर मान ।
मानेर जान्न गाह्रो छ, असम्भव नै भने हुन्छ । प्रवचनबाट स्ववचनमा,
ग्रन्थबाट निग्रन्थमा, आदिबाट अनादिमा प्रवेश गरेर नै तिम्रा सम्पूर्ण
प्यास मेटिनेछन् । सम्पूर्ण सामथ्र्य लगाएर साधना गर ।
नाभि केन्द्र हो । त्यसबाट षड्चक्रहरू बने । षड्चक्रबाट २१ चक्र बने ।
२१ चक्रबाट १०७ चक्र बने । १०७ चक्र (मर्मस्थान) बाट ५६७ चक्र
बने र त्यसबाट करिब ७ करोड चक्र बने जो प्रतिक्षण प्रकम्पित छन् ।
नोट: यो शक्तिशाली प्रयोग हो । नयाँ अभ्यासी, वृद्ध–वृद्धा या रोगीले
गुरुका साथ रहेर अभ्यास गर्नु पर्दछ । प्रारम्भमा १ मिनेट, ३ मिनेट, ५
मिनेट, ७ मिनेट गर्दै १० मिनेट पुर्याउनु पर्दछ । पहिलो दिनमै ५–१०
मिनेट गर्नु हुँदैन । क्रमिक रूपमा सरलताका साथ बढाउनु पर्दछ ।
गर्मीको समयमा पित्त प्रकृति भएकाले धेरै गर्नु हुँदैन । देश, काल, परि
स्थितिलाई ध्यान दिएर साधकले लाभ प्राप्त गर्न सक्दछन् ।
तेस्रो चरण
यो चरण श्वासमा ध्यान राख्दै, त्यसैमा सहज बग्ने चरण हो । श्वासद्वारा नै
देह सत्ता र अनादि सत्ता जोडिएको छ । श्वास पुल हो— वारि देह सत्ता छ
पारि अनादि सत्ता । श्वास हाम्रो सबैभन्दा अग्लो उचाइ हो र गहिरो गहिराइ
पनि । हाम्रो सबैभन्दा टाढा शरीर छ र बीचमा श्वास र सबैभन्दा नजिक
अनादि सत्ता । तर, हामीले सबैभन्दा टाढाको देखेका छौं नजिकको भुलेका
छौं । श्वासले नाता जोडिदिन्छ ।
नाकका दुवै प्वालबाट आइरहेको र गइरहेको श्वासलाई होसपूर्वक
हेरिरहनु । सम्पूर्ण काम–कुराबाट माथि उठेर हेर्ने कला, विज्ञान र
चैतन्यबाट सजग साक्षी बन्नु । श्वास–प्रश्वास जसरी आउँछ आओस्,
जसरी जान्छ जाओस् । श्वास–प्रश्वासलाई लामो–छोटो बनाउने कोशिस
नगर्नु जस्तो प्रणायाममा गरिन्छ । सहज आफ्नै गति र लयमा बग्न दिनु ।
श्वास–प्रश्वासका साथ–साथ पूर्ण होसका साथ अघि बढ्नु, न अगाडि
न पछाडि, साथ–साथ ।
श्वास भित्र प्रवेश गर्यो नाकको प्वालभित्र स्पर्श गर्दै । श्वास अगाडि
बढ्यो श्वास नाली हुँदै फोक्सो फैलियो । क्षणभर स्वाभाविक रूपमा
श्वास–प्रश्वास रोकियो । फेरि प्रश्वास बाहिर आयो । फोक्सो खुम्चियो
नाकका प्वालमा स्पर्श गर्दै प्रश्वास बाहिर निस्कियो । क्षणभर स्वाभाविक
रूपमा श्वास–प्रश्वास रोकियो । फेरि नयाँ श्वास आयो फेरि नयाँ
प्रश्वास गयो । यो विराट चक्र चलिरहेको छ । यी क्षणहरूलाई अनुभव
गर, विचारका साथ होइन निर्विचारका साथ । श्वास–प्रश्वासको स्पर्श
पनि अप्राकृतिक नबनोस् कृति बनोस् । कथा नबनोस् कौशल बनोस् ।
प्रत्येक सूक्ष्माति सूक्ष्म क्षणहरूलाई देख । यो चक्र सम्पूर्ण शरीरको
सम्पूर्ण कोषाणुदेखि ब्रहृमाण्डको अनादि सत्तासम्म घुमिरहेको छ । तर,
यो आधार अभ्यासमा हामी फोक्सो या छातीसम्म मात्र साथ–साथ यात्रा
गर्दछौं । अगाडि बढेर नाभि क्षेत्रसम्म फैलिन सक्दछौं । हेर्नु निष्कम्प
हेर्नु, निशब्द हेर्नु, निर्विचार हेर्नु विज्ञानको पनि विज्ञान महाविज्ञान हो ।
निर्मल, निर्धुम स्थितिबाट हेर्दै जाऊ कि एक दिन यस्तो शुद्धतम स्थिति
आओस् श्वास–प्रश्वाससँग जोडिएको अनादि सत्ता देख्न सकियोस् ।
सत्य आफ्नो विराट स्वरूपमा प्रकट होस् ।
श्वास–प्रश्वास र भावको अन्तरसम्बन्ध छ । श्वास–प्रश्वास बदलियो
त भाव बदलियो । डराएको बेलामा श्वास–प्रश्वास छुट्टै किसिमले
चल्दछ, प्रेमको बेलामा छुट्टै किसिमले चल्दछ, क्रोधको बेलामा छुट्टै
किसिमले चल्दछ, अहंकारको बेलामा छुट्टै किसिमले चल्दछ । चोरीको
बेलामा छुट्टै किसिमले त लोभको बेलामा छुट्टै किसिमले, अहिंसाको
बेलामा छुट्टै किसिमले त हिंसाको बेलामा छुट्टै किसिमले चल्दछ ।
हरेक भावले श्वास–प्रश्वासमा प्रभाव पार्दछ । जब श्वास–प्रश्वासलाई
सहज हेर्ने बानी हुन्छ तब यो कुराको ज्ञान हुन्छ । श्वास–प्रश्वास बदल्दा
कसरी भाव बदलिन्छ, भाव बदल्दा कसरी श्वास–प्रश्वास बदलिन्छ । यो
श्रेष्ठतम कला हो जसले हरेक विषम परिस्थितिलाई सम बनाउन सहयोग
गर्दछ । समइभ्व नै ध्यानको उच्च अवस्था हो ।
श्वास–प्रश्वास हेर्ने कला एवं विज्ञान सनातन महाविज्ञान हो । जसको
प्रयोगद्वारा मानव इतिहासमा लाखौं साधकले अनादि सत्ताको विराट
सत्य उपलब्ध गरेका छन् । श्वास–प्रश्वास हेर्ने कला, जान्नु हरेक
मानवका लागि आवश्यक छ । यो यसरी हेर्ने हो कि जसरी हामी नदी
किनारामा बसेर नदीको प्रवाह हेर्दछौं । हिमालको सौन्दर्य हेर्दछौं ।
पुष्पको पुष्पित आभा हेर्दछौं । जस्तो छ त्यस्तै उसकै गति र सौन्दर्यमा ।
कुनै रोजाइबिना, कुनै चाहनाबिना । कस्तो भए राम्रो हुन्थ्यो या कस्तो
भएर नराम्रो भयो आदि आदि । मोह र द्वेषबिना तर्क–वितर्कबिना
उसकै स्वरूपमा हेर्नुमा शान्ति छ, सौन्दर्य छ, सत्य छ । अहिंसा छ,
करुणा छ, प्रेम छ ।
श्वास–प्रश्वासको साक्षी अवलोकन गर्दा एक स्थिति यस्तो आउँछ कि
बाहिरबाट भित्र गएको श्वास र भित्रबाट बाहिर अएको प्रश्वास एक
क्षणका लागि एक विन्दुमा मिल्दछन् र स्थिर हुन्छन् । त्यो अवस्थामा
मंगलावस्था अवतरित हुन्छ । जब श्वास पूरा भित्र जान्छ तब एक
क्षणका लागि रोकिन्छ । जब प्रश्वास पूरा बाहिर जान्छ तब एक क्षणका
लागि रोकिन्छ । यो दुवै क्षण होसपूर्ण भयो भने अहंकार, महइभ्वाकांक्षा
र प्रतिस्पर्धाको त्रिवेणी समाप्त हुन्छ । श्वास–प्रश्वास रोकियो भने
मन रोकिन्छ, मन रोकियो भने श्वास–प्रश्वास रोकिन्छ । यहाँ रोकिनु
भनेको दिव्य विश्राममा रहनु हो । चैतन्य निद्रामा रहनु हो । श्वास–
प्रश्वास रोकियोस् या मन रोकियोस् अहंकारको त्रिवेणी स्वतः नै मानव
जीवनबाट विदा हुन्छ ।
लाभ
लाभ, लोभ र लोभीको त्रिवेणीमा आजको मानिस बाँचेको छ। त्यसैले
लाभको कथा नसुनाएसम्म लोभीको लोभ जाग्दैन र साधनामा आउँदैन ।
तसर्थ यो लौकिक लाभ खण्ड राखिएको छ । निर्मल ध्यानले निम्न
उल्लेखित लाभहरू प्रारम्भिक अवस्थामै देखिन्छन् । निम्न लाभ ठूलो लाभ
होइन । श्रेष्ठ लाभ त अनादि सत्ता उपलब्ध गर्नु नै हो । आजको मानिसले
शारीरिक र मानसिक लाभ प्रारम्भमा नै नसुनीकन सत्पथद्वारा अनादि
सत्तामा जाने साहस गर्दैन । योगका विविध विधि–विज्ञानहरू शरीर सत्ता,
ब्रहृमाण्ड सत्ता र अनादि सत्तालाई जानेर सत्यमा स्थित हुनका लागि थियो
तर आज शरीर सत्ताको पनि निम्नतम तल जो दैनन्दिन देखिरहेका छौं,
त्यसको रोग र शोकले विक्षिप्त बनाइरहेको छ । त्यसैले यो निर्मल ध्यानले
शारीरिक र मानसिक रोगमा के काम गर्दछ भन्ने कुरामा यो लाभ खण्ड
केन्द्रित छ । तर, यो ध्यान विधि विराट र शक्तिशाली छ जसको लाभको
वर्णन शब्दमा सधैं अपूर्ण रहन्छ । यसको अध्यात्मिक लाभ र अगाडिको
अभ्यासका लागि गुरुका साथ बसेर साधना गर्नु आवश्यक छ ।
१) नसर्ने र आजको विश्वलाई घुँडा टेकाइसकेको रोग, मुख्यतः मोटोपन,
रगतमा कोलेस्ट्रोल एवं ट्राइग्लिसिरायड जस्ता चिल्लोको वृद्धि जो ह्दय
रोगको प्रमुख कारण, मधुमेह, दम, आदि नियन्त्रणमा लाभ पुर्याउँछ ।
२) रोगको जननी कब्जका साथै अम्लपित्त, वायुगोला, अपच–अजीर्ण
र अन्य पेट रोगमा केही दिनमा लाभ पुर्याउँछ ।
३) सम्पूर्ण शरीरको कान्ति, ओज, आभा बढ्नुका साथै दिव्य सौन्दर्य
प्रकट हुन्छ ।
४) कफप्रधान रोगहरू रुघा–खोकी, पिनास, दम आदि समूल नष्ट हुन्छन् ।
५) छाती र पेटभित्र रहेका मुटु, फोक्सो, कलेजो, मिर्गौला, फियो,
क्लोम ग्रन्थि, आमाशय, ठूलो र सानो आन्द्रा आदिलाई निर्मल र
शक्तिशाली बनाउँछ ।
६) स्त्री एवं पुरुष प्रजनन् प्रणालीका रोगमा फाइदा पुर्याउँछ । पाठेघर
खसेको र हर्नियाको समस्या भएकाले दोस्रो चरण नगरी पहिलो र
तेस्रो मात्र गर्नु ।
७) विभिन्न ग्रन्थिहरूबाट नियमित निस्कने अन्तःस्रावी र बहिस्र्रावी
हर्मोनहरूको सन्तुलन गराउँछ । हर्मोनहरूको कमी या बढीबाट पैदा
हुने स्वास्थ्य समस्याहरूमा यो ध्यानले फाइदा पुर्याउँछ ।
८) पुनर्यौवनका लागि यसले चमत्कारिक काम गर्दछ । असमयमै रौं
फुल्ने, झर्ने, मोटो र दह्रो हुने जस्ता रौंका समस्या अनुहार एवं
सम्पूर्ण शरीरमा कालो–सेतो दागहरू, छाला चाउरी पर्नु जस्ता
समस्याहरूमा फाइदा पुर्याउँछ । लामो समय यो ध्यान गर्ने
वृद्धहरूमा पनि युवामा जस्तै जोश–जाँगर र कान्ति पाइएको छ ।
९) शरीर र मनमा संकलित विजातीय पदार्थको निष्कासन एवं जीवनी
शक्तिको वृद्धि गर्दछ जसले रोग र शोकबाट मुक्ति मिल्दछ ।
१०) स्मृति नाश (भुल्ने समस्या) मा अत्यन्त राम्रो सुधार पाइएको
छ । पढेका, सुनेका, देखेका आदि घटनाहरूलाई स्मृतिपटलमा
व्यवस्थित र क्रमबद्ध रूपमा राख्ने क्षमतामा वृद्धि हुन्छ । उचित
समयमा आवश्यक सूचना तत्काल स्मृतिमा आउने क्रममा पनि
राम्रो लाभ पाइएको छ । भुल्ने रोग (अल्जाइमर) का रोगीहरूमा
पनि स्थिरता र सुधार देखिएको छ ।
११) चिन्ता, तनाव, हीनताबोध, उच्चताबोध, क्रोध, डर, अनिद्रा आदि
मानसिक समस्या साथै हिंस्रक स्वभावबाट मुक्ति मिल्दछ ।
१२) जाँड–रक्सी, चुरोट–तमाखु, गाँजा–भाङ एवं अन्य नशा या
लागुपदार्थप्रति अनिच्छा पैदा हुने र क्रमशः छाड्दै जाने गरेको
पाइयो । यो ध्यान १ वर्षसम्म लगातार गर्दा लागुपदार्थ सेवन
गर्नेहरूमा स्वभाव परिवर्तन भई यस्ता नशालु या लागु पदार्थ
छाडेको पाइएको छ ।
१३) आलस्य हराएर स्फूर्ति बढ्छ । सानो–सानो कामले पनि छिटो–
छिटो थाक्ने या विश्रामपछि पनि थकानका लक्षणहरू देखिइरहने
भयो भने यो ध्यानको अभ्यासले चामत्कारिक लाभ देखाउँछ ।
१४) कार्यकुशलता एवं सिक्ने क्षमतामा अत्यन्त वृद्धि पाइयो । श्रम,
सीप, समय, सदाचार र साधनाको पञ्चाङ्ग जीवनशैली विकसित
देखियो ।
१५) रक्त वसा (कोलेस्ट्रोल एवं ट्राइग्लिसराइड) लाई सन्तुलित राख्दछ ।
धमनी अवरोधजन्य ह्दयरोगमा अवरोध घटाउन मद्दत गरेको
पाइयो । उच्च रक्तचापलाई सन्तुलित एवं स्थायी नियन्त्रण गरेको
पाइयो ।
१६) त्रिदोषलाई सन्तुलित गर्दछ । दोषप्रधान रोगहरूलाई समूल नाश
गर्दछ ।
१७) टाउको दुख्ने र विशेषतः माइग्रेन एवं तनावजन्य टाउको दुखाइमा
फाइदा गरेको पाइयो ।
१८) मृगी र हिस्टिरियाका रोगीमा विशेष फाइदा गरेको देखियो । यस्ता
रोगीले गुरु या विशेषज्ञको सल्लाहमा तोकिएअनुसार अभ्यास गर्नु ।
१९) शरीर र मनलाई मलरहित निर्मल बनाउनुका साथै जीवनी शक्तिलाई
अत्यन्त बढाउने हुनाले एलर्जी, वंशाणुगत रोग, अर्बुद (क्यान्सर),
एच. आई. भी. ÷ एड्स, हेपाटाइटिस–बी आदि स्वास्थ्य समस्यामा
पनि फाइदा पुर्याएको पाइयो ।
२०) सुस्त मनस्थिति र मानसिक अपाङ्गता भएकाहरूमा पनि क्रमिक
अभ्यासले फाइदा पुर्याएको पाइयो ।
२१) अन्तमा भन्नुपर्दा स्वस्थ–अस्वस्थ, तपस्वी–साधक साथै अनादि
सत्ताको साथ एकाकार हुन चाहने सबैका लागि यो श्रेष्ठ ध्यान–
साधना हो ।
सावधानी
ध्यानको अभ्यासका क्रममा विभिन्न सकारात्मक घटना हुँदाहुँदै पनि
ध्यानपथको जानकारीका अभावले नकारात्मक जस्ता लाग्न सक्ने
घटनाको जानकारी दिएर सचेत गराउन खोजेको हुँ । निम्न घटनाहरू
ध्यानका बेला घट्न सक्दछन् तर डराउनु पर्दैन । गुरुको सल्लाह र साथ
लिनु पर्दछ ।
१) ध्यानको अभ्यास बढ्दै जाँदा निद्रा र थकान घट्नै जान सक्दछ ।
निद्राले जे विश्राम दिन्थ्यो त्योभन्दा श्रेष्ठ विश्राम ध्यानबाट प्राप्त
हुने हुनाले निद्रा कम हुन गएको हो । यो ध्यान बिहानका लागि
बनाइएको हो तसर्थ साँझ सूर्यास्तपछि नगर्नु । सूर्यास्तपछि गर्नाले
निद्रा नआउन सक्दछ । आध्यात्मिक साधकले गुरुको मार्गदर्शनमा
कुनै पनि बेला र जति लामो समयावधि पनि गर्न सक्दछन् ।
२) प्रारम्भिक दिनमा भोक अत्यन्त बढ्दै जान्छ र साधकले सधैंको भन्दा
अत्यन्त धेरै खाना खान थाल्दछ । फेरि केही दिनपछि क्रमिक रूपमा
भोक घट्दै जान्छ र सधैंको भन्दा आधा र त्योभन्दा पनि कम खानाले
पुग्दछ । ध्यानको प्रभाव बाहिरी हिस्सामा रहँदासम्म ऊर्जा क्षय बढी
हुने हुनाले सो पूर्तिका लागि शरीरमा भोजनको माग बढेको हो । जब
ध्यानको प्रभाव विस्तारै भित्री हिस्सातर्फ बढ्दै जान्छ तब उसले
अनादि ऊर्जा प्राप्त गर्न थाल्दछ । अनादि ऊर्जा प्राप्त हुन थालेपछि
भोजनबाट प्राप्त हुने बाह्य ऊर्जाको आवश्यकता घट्दछ र कम
भोजनले नै तृप्ति मिल्दछ ।
३) ध्यान साधना बढ्दै जाँदा शरीर सानो हुँदै गए जस्तो, शरीर ठूलो
हुँदै गए जस्तो, शरीर अत्यन्त गह्रुङ्गो हुँदै गए जस्तो, शरीर धेरै
तातो भए जस्तो, शरीर धेरै चिसो भए जस्तो या यस्तै अनेकन
अनुभवहरू हुन सक्दछन् । यस्तो भएमा चिन्ता लिनु जरुरी छैन ।
यी घटनाहरूलाई हटाउने या स्वीकार्ने दुवै कार्यबाट टाढा घटनाको
केवल साक्षी बनेर पूर्ण सजगता, पूर्ण होसका साथ ध्यान साधना
गरिरहने ।
४) ध्यान साधनाबाट बढी फाइदा लिन हरेक चरणमा पूर्ण उपस्थिति
र शक्तिका साथ कार्य गरिरहनु पर्दछ । लाभलाई आउन दिनु
पर्दछ, बोलाउनु हुँदैन । निरन्तर अभ्यास र प्रतीक्षा यसका मूल सूत्र
हुन् । लाभ–हानिको लेखाजोखा गर्नु हुँदैन तबमात्र तेस्रो विधायक
अवस्था आनन्द र उत्सव प्राप्त हुन्छ ।
५) चिन्ता–तनाव, डर, आत्तिएको आदि मानसिक असन्तुलनताका
बेला ध्यान नगर्नु राम्रो हुन्छ । ध्यान गर्नुभन्दा पहिले गर्नुपर्ने
पूर्वकर्महरू गरेर यो अभ्यासमा आउनु राम्रो हुन्छ ।
६) विधि प्रवेशभन्दा पहिले गर्नुपर्ने दस सूत्र जति सकिन्छ बढी
अभ्यास गर्नु पर्दछ । एकैपटक पूर्ण गर्न नसके पनि पूर्ण गर्ने सोच र
संकल्पलाई बलियो बनाउनु पर्दछ ।
७) अनादि सत्ता या सत्यलाई प्राप्त गर्ने विराट लाभलाई केन्द्रस्थ
बनाएर साधना अघि बढाएपछि शरीर र मनोगत लाभ त प्रारम्भमै
देखिन्छ । त्यसतर्फ ध्यान दिनै पर्दैन, केवल ध्यानतर्फ ध्यान दिए
पुग्छ ।
८) मैत्री, करुणा र आनन्दको त्रिरत्न जडित आभूषण लगाएर सबैभित्र
म छु र मभित्र सबै छन् भन्ने विराट भावना र भक्तिका साथ
साधनालाई अघि बढाउनु पर्दछ ।
९) आनन्दित मान्छेसँग मित्रता, दुःखीलाई करुणा, पुण्यात्माबाट
प्रसन्नता र पापीहरूलाई उद्धारको भावनाले चित्त प्रसन्न हुन्छ
जसले ध्यान–साधनामा उन्नति हुन्छ ।
१०) शरीरका मुख्य तीन केन्द्र छन्— मस्तिष्क (बुद्धि केन्द्र, ह्दय
(चित्त केन्द्र र नाभि (अस्तित्व केन्द्र । यो त्रिवेणी, जो शरीर
योग, विश्व योग र अनादि योगको प्रतिनिधि केन्द्र हो । यसलाई
जान र अघि बढ । मस्तिष्कको सम्बन्ध मानसँग । मनको कार्यक्षेत्र
मस्तिष्क । ह्दयको सम्बन्ध प्राणसँग । नाभीको सम्बन्ध अनादि
सत्तासँग । मस्तिष्क र मन मिलेर ज्ञान, बुद्धि, प्रज्ञाको जन्म । ह्दय
र प्राण मिलेर प्रेम, शान्ति, करुणाको जन्म । नाभी र अनादि सत्ता
मिलेर सत्य र आनन्दको जन्म ।
विशेष
निर्मल ध्यान विधि ३१–३२ वर्षबाट हजारौं मानिसले सिकिरहेका छन्
जसमा सबैभन्दा बढी आफ्नो शारीरिक र मानसिक रोगोपचारका लागि
अस्पताल या स्वास्थ्य शिविरमा आउनेहरू छन् । सनातन ध्यानको विधि–
विज्ञान भित्रबाट मैले आजको मानिसका लागि यो संयोजन गरेको हुँ
जो नामजस्तै निर्मल छ । साधकहरूले बताएका अनुभव र अनुभूतिको
आधारमा हेर्दा पनि आफूभित्र सुतेको सम्भावना र शक्तिको स्रोतलाई
जगाउन श्रेष्ठतम साधना प्रमाणित भएको छ । प्राप्त अनुभव र अनुभूतिका
सूचनालाई आधार मानी कैयन वैज्ञानिक अनुसन्धान पनि भएका छन् एवं
आवश्यक सुधार र परिमार्जन पनि ।
हामी आज समाजमा जुन सम्भावना र शक्तिको कुरा गरिरहेका छौं
त्यो सतही सम्भावना र शक्तिको आख्यान हो । हामीभित्र त त्यो विराट
सम्भावना र शक्तिको स्रोत छ जो बेहोस सुतेको छ । श्वास–प्रश्वासको
विभिन्न प्रयोगद्वारा त्यसलाई बढाउन र पूर्ण होसका साथ दिव्य प्रयोग
गर्न सकिन्छ । यो निर्मल ध्यानको गन्तव्य शरीर सत्ता, ब्रहृमाण्ड सत्ता हुँदै
अनादि सत्तामा पुगेर महाविश्राम गर्नु हो ।
परिचय
ओम्, अ उ म तीन ध्वनि मिलेर बनेको महाध्वनि हो जो मानिसको
अन्तरमनको गहिराइदेखि ब्रहृमाण्डको मूलसम्म गुञ्जिरहेको छ । योग
विज्ञानको दृष्टिमा हेर्दा शरीर एक वाद्ययन्त्र जस्तै छ । यो एक विशिष्ट
अनाहत नादको लयबद्धतामा विकसित छ । त्यो लयबद्धतामा फेरबदल
आयो भने शरीर र मनको सम्पूर्ण बाहिरी व्यवस्था बिग्रन थाल्दछ ।
लयबद्धता आयो भने आनन्द विकसित हुन थाल्दछ । चैतन्यबोध
उपलब्ध हुन थाल्दछ । बाहिरी वाद्ययन्त्रमा पनि लयबद्धता भएन भने
पीडा दिन्छ, लयबद्धता भयो भने आनन्द । अन्तरजगतबाट शक्तिशाली
उच्चारण गर्ने ।
तयारी
यो ध्यानको अभ्यास गर्दा पेट खाली हुनु पर्दछ । खाली पेटको अर्थ खाना
नखानु मात्र होइन, दिसा–पिसाब गरेर तल्लो पेटलाई पनि खाली गर्नु
हो । जबसम्म भित्र अवकाश हुँदैन तबसम्म स्थुल ध्वनि मूल ध्वनिसँग
मिल्न सक्दैन । पद्मासन, वज्रासन, सिद्धासन, सुखासनजस्ता ध्यानात्मक
आसनमा बस्ने । कपडा खुकुलो र सूतीको प्रयोग गर्ने । शरीर छुने गरी
कुनै पनि धातुका गहना एवम् अन्य कुरा नलगाउने । घडी, औंठी, सिक्री,
चश्मा आदि सबै खोलेर राख्ने । सम्भव भए स्नान गरेर सफा कपडा
फेरेर बस्ने, नभए हात, खुट्टा र अनुहार सफा पानीले धुने । आरामदायी
चकटी, कम्मल आदि आसनमा आँखा बन्द र मेरुदण्ड सिधा गरेर बस्ने ।
अब हामी चरणबद्ध रूपमा नाद मूल ध्यान आरम्भ गर्दछौं ।
प्रथम चरण
यो चरण १५ मिनेटको छ । लामो श्वास लिने र अन्तरकुम्भक अर्थात्
भित्रै रोकेर लगातार ॐ. . . ॐ. . . ॐ. . . उच्चारण गर्ने । श्वास रोक्न
कठिनाइ भएपछि लामो श्वास बाहिर फ्याँक्ने र बहिरकुम्भक अर्थात्
बाहिरै रोकेर लगातार ॐ. . . ॐ. . . ॐ. . . उच्चारण गर्ने । श्वास
रोक्न कठिन भएपछि पुनः भित्र श्वास लिने । क्रमशः अन्तरकुम्भक र
बहिरकुम्भकका साथ ॐ उच्चारण गर्ने ।
दोस्रो चरण
यो चरण १५ मिनेटको छ । श्वास भित्र भर्ने र लामो लयबद्ध श्वास
बाहिर फ्याँक्दै ॐ उच्चारण गर्ने । ॐ ध्वनि लामो, लयबद्ध र बाहिर
प्रष्ट सुनिने होस् । अत्यन्त चर्को कर्कस पनि नहोस् र अत्यन्त मधुरो
कम्पहीन पनि नहोस् । ध्वनि मध्यम र प्रिय होस् ।
तेस्रो चरण
यो चरण १५ मिनेटको छ । श्वास–प्रश्वास स्वाभाविक रूपमा आउन–
जान दिने । सर्वत्र गुञ्जिएको ॐ ध्वनिलाई सुन्ने प्रयास गर्ने । आफूभित्र
गुञ्जिएको ध्वनिलाई साक्षी, आग्रहशून्य र तटस्थ रही हेर्ने, भित्र
गुञ्जिएको सनातन ॐ ध्वनिका साथ सम्पूर्ण कोष–कोषमा स्वयम्
परमात्मा नृत्य गरिरहेको अनुभूति गर्ने ।
विशेष सूचना
आफ्नो क्षमता अनुसार समयलाई घटाउन या बढाउन सकिन्छ ।
प्रथम चरण शक्तिशाली प्रयोग हो । यसले यान्त्रिक शक्तिका साथ
बाटो खोल्ने काम गर्दछ । हरेक कोषहरूलाई सक्रिय र गतिशील
बनाउँछ ।
दोस्रो चरणले मन र बुद्धिलाई अन्तस्को महाध्वनिमा जोड्न मद्दत
गर्दछ । मन र बुद्धिलाई छरिन नदिई केन्द्रीकृत गरेर मस्तिष्कबाट
ह्दयमा ओराल्न प्रयास गर्दछ ।
तेस्रो चरणले शरीर, मन र कोषको केन्द्रलाई अन्तस्को महाध्वनिसँग
जोड्दछ । यो चरणमा मन भाग्न कोसिस गर्ने छ तर पूर्ण सजगताका
साथ ॐ ध्वनिको सूक्ष्म तरंगसँग जोडिराख्नु । मन भागी नै रèो भने
ओठ नचलाई मन–मनमा लयबद्ध रूपमा ॐ ध्वनि उच्चारण गर्न
सकिन्छ ।
सम्पूर्ण चरण पूरा भएपछि दुवै हत्केलालाई हलुका घर्षण गरेर
अनुहारको मालिस गर्दै हत्केला हेर्र्दै विस्तारै आँखा खोल्ने । यसपछि
इच्छा भएमा “भावनृत्यप्रार्थना” गर्न सकिन्छ । या पीठको बल सुतेर
सम्पूर्ण शरीर तन्काई ढिला छाडेर होशपूर्वक विश्राम गर्न सकिन्छ ।
शरीर निद्रामा जान चाहन सक्छ तर निदाउनु हुँदैन ।
परिचय
आजसम्म हामीले मस्तिष्कलाई हाम्रो केन्द्र मानेका छौं । तर होइन,
नाभि हाम्रो केन्द्र हो । नाभि जीवन स्रोतको सबैभन्दा नजिक छ । बच्चा
आमाको पेटमा हुँदासम्म नाभिद्वारा नै आमाको जीवनसँग जोडिएको
हुन्छ । नाभिको पछाडि तिम्रो जीवनको स्रोत छ । मस्तिष्क मानिसको
खतरनाक हिस्सा हो र नाभि परम कल्याणकारक । नाभि मस्तिष्कबाट
धेरै टाढा हुनाले यो अप्रभावित पनि छ । विश्व ब्रहृमाण्डीय ऊर्जा र
तिमीभित्रको अनन्त ऊर्जाको मिलनविन्दु यही नाभि हो । यसैले नाभि
चैतन्य ध्यान बढी उपयोगी छ ।
तयारी
यो ध्यानको अभ्यास गर्दा पेट खाली हुनु पर्दछ । खाली पेटको अर्थ
खाना नखानु मात्र होइन, दिसा–पिसाब गरेर तल्लो पेटलाई पनि खाली
गर्नु हो । जबसम्म भित्र अवकाश हुँदैन तबसम्म स्थुल ध्वनि मूल
ध्वनिसँग मिल्न सक्दैन । पद्मासन, वज्रासन, सिद्धासन, सुखासनजस्ता
ध्यानात्मक आसनमा बस्ने । कपडा खुकुलो र सूतीको प्रयोग गर्ने ।
शरीर छुने गरी कुनै पनि धातुका गहना एवम् अन्य कुरा नलगाउने ।
घडी, औंठी, सिक्री, चश्मा आदि सबै खोलेर राख्ने । सम्भव भए
स्नान गरेर सफा कपडा फेरेर बस्ने, नभए हात, खुट्टा र अनुहार सफा
पानीले धुने । आरामदायी चकटी, कम्मल आदि आसनमा आँखा बन्द
र मेरुदण्ड सिधा गरेर बस्ने ।
अब हामी चरणबद्ध रूपमा नाभि चैतन्य ध्यान आरम्भ गर्दछौं ।
प्रथम चरण
यो चरण १५ मिनेटको छ । यो ध्यानको अभ्यास पीठको बलमा सुतेर
गरिन्छ । सुतेर गर्ने अभ्यास हुनाले निद्रा आउने डर बढी हुन्छ । सजग
हुनुपर्छ । प्रथम चरणमा हामी श्वासमा केन्द्रित हुन्छौं । जब श्वास भित्र
जान्छ त नाभिलाई केन्द्र बनाएर पेट माथि उठ्छ र जब श्वास बाहिर
जान्छ त नाभिलाई केन्द्र बनाएर पेट तल बस्दछ । पेट उठ्दा जीवन
ऊर्जा उठ्छ । पेट बस्दा जीवन ऊर्जा बस्दछ । श्वास नाभि र त्यसभन्दा
केही तलसम्म पुगेर फर्किन्छ । त्यो श्वासको आवागमनसाथ नाभिमा
हुने परिवर्तनलाई हेर्ने ।
दोस्रो चरण
यो चरण १५ मिनेटको छ । नाभिलाई केन्द्र मानेर एक ध्वनि पैदा
भइरहेको छ । नाभिको चारैतर्फ गोलाकार कम्पन अनुभव गर्ने । यो
ध्वनि नाभि केन्द्रबाट गुन्जन र कम्पनका साथ चारैतर्फ फैलिइरहेको
छ । साक्षी, आग्रह शून्य र तटस्थ भई ध्वनिको अवलोकन गर्ने ।
तेस्रो चरण
यो चरण १५ मिनेटको छ । ब्राहृमण्डीय दिव्य ऊर्जा नाभिबाट प्रवेश
गरेर शरीरका सम्पूर्ण कोष–कोषाणुमा फैलिएको अनुभव गर्ने । ऊर्जा
प्रवाहको कम्पन कोष–कोषमा अनुभव गर्ने । साक्षी, आग्रह शून्य र
तटस्थ भएर । अन्तमा शरीरलाई ढिला छोडिदिने र केही समय होशपूर्वक
विश्राम गर्ने ।
विशेष सूचना
श्वासको केन्द्र फोक्सो होइन, नाभि हो । लामो र गहिरो श्वास
नलिनुका कारणले तिम्रो श्वास केन्द्रसम्म पुग्दैन । फोक्सोसम्म
मात्र पुग्दछ । यसैले श्वास विकेन्द्रित छ । विकेन्द्रित श्वासले ऊर्जा
क्षय गर्दछ, पैदा गर्न सक्दैन । यसैले तिमी आफूलाई हीन या निरीह
सम्झिरहेका छौ । केन्द्रप्रति होस नहुनाले केन्द्रको परिचय पनि
छैन । ताओ सन्त र झेन सन्तहरूले पनि नाभिलाई केन्द्र मान्छन्,
मस्तिष्कलाई होइन ।
बच्चालार्इ अवलाके न गर्दा उसका े श्वास भित्र जादँ ा पटे फलु के ा े
देखिन्छ, बाहिर जाँदा पेट खुम्चिन्छ । तर छाती अप्रभावित रहन्छ ।
बच्चा प्राकृतिक रूपमा आफ्नो केन्द्रमा हुन्छ जसले गर्दा ऊ भयमुक्त,
शान्त, खुशी र आनन्दित हुन्छ । जब बच्चा ठूलो हुन्छ तब उसको केन्द्र
नाभिबाट ऊ टाढिन थाल्दछ । उसको श्वासको केन्द्र छाती बन्दछ ।
प्रतिफल अशान्त रहन्छ । फोक्सोले श्वास प्रश्वास त गर्न सक्छ तर
ब्रहृमाण्डीय ऊर्जालाई ग्रहण गर्न सक्दैन ।
आजका मानिसको श्वास छातीलाई छोएर फर्कन्छ, नाभिसम्म
पुग्दैन । त्यसैले केन्द्रमा पुग्दैन, सतहबाटै फर्किन्छ । केन्द्रसम्म
श्वास पुग्यो भने त त्यसले एक सङ्गीत पैदा गर्दछ जसले प्रेम,
करुणा, आनन्द सृजना गर्दछ । विकेन्द्रित भई सतहबाट नै फर्कियो
भने अप्रेम, अशान्ति, तनाव, क्रोध आउँछ ।
तिमी अल्पश्वास लिन्छा ै । लामो र गहिरो श्वासले केवल प्राणवायु
अक्सिजन मात्र दिँदैन । केन्द्रसम्म पुगेर सङ्गीत पैदा गर्दछ । जसले
जीवन्तता दिन्छ । अल्पश्वास नै त्यो कारण हो जसले गर्दा जीवन
रसहीन हुँदै गइरहेको हो । त्यसैले जब जीवन निरस र मृतवत हुन्छ,
स्वाभाविक रूपमा मानिसले सुस्केरा काढ्छ । सुस्केराको लामो
श्वास र सङ्गीतले केन्द्रलाई धक्का दिन्छ प्रतिफल केही समयका
लागि जीवनको रस पैदा हुन्छ ।
परिचय
यो ध्यान विधिले तिमीलाई त्यो आन्तरिक संसारमा लैजान्छ जहाँ पदार्थ र
ऊर्जा आपसमा विलय भई चेतनामा रूपान्तरण हुन्छन् । करोडौं कोषिकाभित्र
रहेको परम चैतन्यलाई र त्यो चैतन्यको स्थिर गतिशीलताबाट पैदा भएको
गुञ्जन या महानादलाई अनुभूति गराउँछ । चैतन्य केन्द्र जसलाई आधुनिक
भाषामा क्वान्टम सेन्टर भन्न सकिन्छ । यसलाई शारीरिक र मानसिक
रोगोपचारका साथै स्वास्थ्य प्रदायक उपचारका रूपमा प्रयोग गराउँछ साथै
संबोधिको बाटो खोली बुद्धुलाई पनि बुद्ध बनाउँछ ।
तयारी
यो ध्यानको अभ्यास गर्दा पेट खाली रहनु पर्दछ । खाली पेटको अर्थ
खाना नखानु मात्र होइन, दिसा–पिसाब गरेर तल्लो पेटलाई पनि खाली
गर्नु हो । भित्र खाली नभएसम्म ध्वनि पैदा हुन सक्दैन । पद्म आसन, वज्र
आसन, स्वस्तिक आसन, सुखासन जस्ता ध्यानात्मक आसनमा बस्ने ।
जसमा कमसेकम १ घण्टा सुखपूर्वक बस्न सकियोस् । कपडा खुकुलो
र सुतीको प्रयोग गर्ने । शरीर छुने गरी कुनै पनि धातुका गहना एवम् अन्य
कुरा नलगाउने । घडी, औंठी, सिक्री आदि सबै खोलेर राख्ने । चश्मा
प्रयोग गरेको भए त्यो निकाल्ने । सम्भव भए स्नान गरेर सफा कपडा
फेरेर बस्ने नभए हात, खुट्टा र अनुहार सफा पानीले धुने । आरामदायक
चकटी, कम्मल आदिमा आँखा बन्द र मेरुदण्ड सिधा गरेर बस्ने ।
अब हामी चरणबद्ध रूपमा महानाद ध्यान आरम्भ गर्दछौं ।
प्रथम चरण
यो चरण १५ मिनेटको हुन्छ । दुवै कानलाई माझी औंलाले बन्द गर्ने
या इअर प्लग ९भ्बच एगिन० को माध्यमले कानलाई पूर्ण बन्द गर्ने ।
कानलाई यसरी बन्द गर्ने कि बाहिरको आवाज नसुनियोस् । भित्र पैदा
भएको ॐकार, नादब्रहृम या सनातन गुञ्जन सुन्न प्रवाहित होस् । मुख
बन्द गर्ने । तल्ला र माथिल्ला दाँतका पंक्तिहरू न त जोडियोस् न धेरै
टाढा होस् । मध्यमा राख्ने । श्वास लामो र गहिरो होस् । अब लामो
अखण्ड गुञ्जनका साथ श्वास लयबद्ध रूपमा बाहिर फ्याँक्ने । श्वास
भर्नुका साथ पेट फैलँदै जान्छ । पेट फैलनुका साथै नाभि ऊर्जा गतिशील
हुन्छ । श्वास फ्याँक्नुका साथ पेट खुम्चिँदै जान्छ । नाभिमा गतिशील
भएको ऊर्जा महाध्वनिको गुञ्जनतर्फ प्रवाहित हुन्छ । अन्तरमा गुञ्जन
भइरहेको ध्वनि तरंग प्रवाहित भएको अनुभव गर्ने ।
दोस्रो चरण
यो चरण १५ मिनेटको छ । यो चरणमा श्वासको लयबद्धता, शरीरको
ढाँचा र मनको एकाग्रताको प्रयोगद्वारा ध्वनि पैदा गर्ने प्रयोग या प्रयास
गर्दैनौं । पूर्वध्वनि गुञ्जनको स्मृतिका साथ आफूभित्रको प्राकृतिक ध्वनि
या परमात्माको सनातन ध्वनि सुन्ने प्यास, प्रेम पैदा गर्ने । आफूभित्रको
महाध्वनि भेट्ने कोसिस गर । जब मिल्दछ कुनै पनि ध्वनि तब त्यसैमा
लय पैदा गर र विलय होऊ । सर्वप्रथम कर्ता भाव छाड र श्रोता भाव
पैदा गर । जब श्रोता भाव पैदा हुन्छ तब त्यसलाई पनि छाडेर साक्षी भाव
पैदा गर । ध्वनि सनातन हो र सुन्नु स्वभाव ।
तेस्रो चरण
यो चरण १५ मिनेटको हुन्छ । शान्त र स्थिर भएर बस या पीठको बल
सुत । शरीरमा कुनै तनाव नहोस्, मनमा कुनै तनाव नहोस् । अनन्त
अनहद ध्वनिको तरंग परमात्माको प्रसादका रूपमा वर्षिएको अनुभव
गर । यो चरण १५ मिनेटको भन्दा छोटो हुनु हुँदैन । शान्ति, आनन्द
अनुभव भइरहेमा १५ मिनेटभन्दा बढी पनि बस्न सकिन्छ ।
अन्तमा यो अमृत क्षणका लागि परमात्मालाई कृतज्ञता व्यक्त गर । यो
अमृत क्षण सबैलाई प्राप्त होस् भन्ने मंगल कामना गर ।
विशेष सूचना
यो ध्यानको प्रयोगले पैदा हुने नादले मात्र पनि शरीर स्वस्थ हुन्छ ।
मन शान्त हुन्छ । ह्दयरोग, उच्च रक्तचाप, थाइराइडका समस्या,
टन्सिलका समस्या, घाँटीका अन्य रोगहरूका साथै मानसिक तनाव,
चिन्ता, अनिद्रा आदि ठिक हुन्छन् । गीत, सङ्गीतका साधकहरूलाई
सुर र स्वर दुवै चामत्कारिक रूपमा सुधार हुन्छ । बौद्धिक क्षमता बढेर
जान्छ । लामो अभ्यास गर्नेहरू स्मृतिवान् बन्दछन् । सृजनशीलता
बढेर जान्छ । पैदा गरेको पहिलो चरणको कृत्रिम ध्वनिले मात्र पनि
शरीर र मनमा चामत्कारिक परिवर्तन ल्याउँछ भने प्राकृतिक ध्वनि
जब अनुभव हुन्छ त्यसको के कुरा गर्ने, यसको वर्णन गर्न कुनै शब्द
छैन । अनहदको विश्राम जन्म जन्मको थकान, पीडा र बेहोसी अन्त
गर्ने दिव्य उपचार हो ।
प्राचीन समयमा तेलमा भिजाएको कपास कानमा राखेर, कान ढाक्ने
गरी ठूलो फेटा बाँध्ने चलन साधकहरूमा थियो । यो यात्राका क्रममा
अनावश्यक आवाजबाट मुक्त भई अनहदमा विश्राम गर्ने विज्ञान
थियो । आज त्यो स्वरूप नभए पनि गुरु नानक देवजीको “एक
ॐकार सतनाम” को प्रतीक हो सिख समुदायको कान ढाक्ने फेटा ।
या े ध्यान साधनामा पनि “एअर प्लग” लगाएर फटे ा पय्र ागे गर्न सकिन्छ ।
परिचय
ध्वनिको विशेषता ठूलो छ । जब कुनै ध्वनि पैदा हुन्छ त त्यसमा तरंग
चारैतर्फबाट बर्सिन्छ । तिमी केन्द्र बन्दछौ । सबै ध्वनि तिमीतर्फ आउँछन्
चारैतर्फबाट । ध्वनि तरंगका रूपमा आउँछन् । तरंगले सबैतर्फबाट
एकैपटक स्पर्श गर्दछन् ।
तयारी
यो ध्यानको अभ्यास गर्दा पेट खाली रहनु पर्दछ । खाली पेटको अर्थ
खाना नखानु मात्र होइन, दिसा–पिसाब गरेर तल्लो पेटलाई पनि खाली
गर्नु हो । भित्र खाली नभएसम्म ध्वनि पैदा हुन सक्दैन । पद्म आसन, वज्र
आसन, स्वस्तिक आसन, सुखासन जस्ता ध्यानात्मक आसनमा बस्ने ।
जसमा कमसेकम १ घण्टा सुखपूर्वक बस्न सकियोस् । कपडा खुकुलो
र सुतीको प्रयोग गर्ने । शरीर छुने गरी कुनै पनि धातुका गहना एवम् अन्य
कुरा नलगाउने । घडी, औंठी, सिक्री आदि सबै खोलेर राख्ने । चश्मा
प्रयोग गरेको भए त्यो निकाल्ने । सम्भव भए स्नान गरेर सफा कपडा
फेरेर बस्ने नभए हात, खुट्टा र अनुहार सफा पानीले धुने । आरामदायक
चकटी, कम्मल आदिमा आँखा बन्द र मेरुदण्ड सिधा गरेर बस्ने ।
अब हामी चरणबद्ध रूपमा महानाद ध्यान आरम्भ गर्दछौं ।
प्रथम चरण
यो चरण १५ मिनेटको छ । यो चरणमा बजाउने कचौरा ९त्ष्दभतबल
कष्लनष्लन दयध०ि लाई एउटा हतौडाले हान्ने र त्यसको ध्वनिलाई सुन्ने ।
स्थुलबाट सूक्ष्म हुँदै गएको ध्वनिमा कैयन ध्वनि तरंग र स्वरहरू छन् ।
सजग भएर त्यसको केन्द्रीय स्वरलाई सुन्ने । जसका वरिपरि अरू
स्वरहरू घुमिरहेका छन् । त्यो ध्वनि सजग भएर सुन्ने र त्यसमा प्रवेश
गर्ने, ध्वनि र तिमीबीचको दूरी समाप्त होस् । यसबेला त्यसको केन्द्रीय
स्वर अनुभव हुनेछ । जसले सम्पूर्ण ध्वनि तरंगमा सङ्गीतलाई बाँधेर
राखेको छ । स्वर त आउने जाने गर्दछन् तर केन्द्रीय स्वर प्रवाहमान
रहन्छ । त्यसप्रति सचेत हुने ।
दोस्रो चरण
यो चरण १५ मिनेटको छ । बजाउने कचौरा ९त्ष्दभतबल कष्लनष्लन
दयध०ि लाई काठको डण्डाले चारैतर्फ घुमाएर ध्वनि पैदा गर्ने जो सूक्ष्म
गहिराइबाट आउँछ, शिखर छुन्छ र बजाउन बन्द गरेपछि पुनः सूक्ष्म
गहिराइमा फर्कन्छ । सूक्ष्मदेखि शिखर र शिखरदेखि सूक्ष्मसम्मको
ध्वनिको यात्रालाई सजग भएर हेर्ने । ध्वनिको मूल उद्गमका प्रति
सजग हुने जहाँ केन्द्रीय ध्वनि रहेको छ । बाउलको केन्द्रीय ध्वनि र
तिम्रो केन्द्रीय ध्वनिमा केही अन्तर छैन ।
तेस्रो चरण
यो चरण १५ मिनेटको रहेको छ । यो चरणमा कुनै पनि ध्वनि बाहिरबाट पैदा
नगर्ने, पीठको बल सुत्ने । पहिलो र दोस्रो चरणमा स्रोता भाव थियो, अब
साक्षी भावमा रहने । आफूभित्रको केन्द्रीय ध्वनि सजग भएर सुन्ने । साक्षी
भएर सुन्ने । पीठको बल सुत्ने भनेको निदाउने होइन । बढीभन्दा बढी होशपूर्ण
भएर आफूभित्रको सङ्गीतको साक्षी बन्ने । तिमी सङ्गीतको पुञ्ज हौ,
गुञ्ज हौ । कम्पनभित्रको अकम्प सङ्गीतलाई अनुभव गर हस्तक्षेप होइन ।
चौथो चरण
यो चरण १५ मिनेटको छ । अब भित्र पैदा भएको मौन, सङ्गीत,
शान्तिलाई प्रकट गर भाव नृत्यमा । शरीरका कोष कोष नृत्य गरुन् । नृत्य
सूक्ष्म गतिका साथ । कुनै विशेष आकृति बनाउने कोसिस नगर । शरीर
जसरी झुम्छ झुमिरहोस् परमात्मालाई धन्यवाद देऊ यस्तो अनन्त उत्सव
दिएकोमा । यो धन्यवाद शब्दबाट होइन भावबाट, मौनबाट ।
पाँचौं चरण
विश्राम गर्ने र ध्यानमा पैदा भएको आनन्द शरीर र मनलाई उपयोग गर्न
दिने ।
विशेष सूचना
पहिलो र दोस्रो चरणमा गुरुले बाउल बजाएर ध्वनि पैदा गर्ने हो
साधक स्वयंले होइन ।
हाम्रो प्राचीन संस्कृतिमा जसलाई ऋषि भनिन्थ्यो ऊ अध्यात्म साधक,
वैद्य र सङ्गीतज्ञ हुन्थ्यो । त्यतिबेला सङ्गीत मनोरञ्जनको विषय
थिएन, मनोभञ्जनको विषय थियो । मनको असीमित गतिलाई
स्थिर गरेर यथार्थ प्रकट गराउने विद्या थियो । सङ्गीतबाट स्वस्थको
स्वास्थ्य रक्षा र रोगीको रोगोपचार गरिन्थ्यो । यसो भन्दा यो त
चिकित्साको कुरा मात्र रहेछ भन्ने नसम्झनु । ध्यानको एक विधि
सङ्गीत थियो । सङ्गीतज्ञ यन्त्र चलाउन जान्ने प्राविधिज्ञ थिएन ।
यन्त्रका माध्यमबाट सङ्गीत आत्मासम्म होशपूर्वक लैजानेलाई
सङ्गीतज्ञ भनिन्थ्यो ।
सङ्गीत बाहिरी बाजाबाट आउँछ । तर बाजा बजाउने मानिस
केवल बाजा बजाउन मात्र जान्यो भने राम्रो प्राविधिज्ञ होला तर राम्रो
सङ्गीतज्ञ हुँदैन । किनकि उसको सङ्गीतमा आत्मा हुँदैन । बाहिर
बाजा बज्दा भित्र गहिराइसम्म होसको यात्रा हुनुपर्दछ । सङ्गीतको
आन्तरिक केन्द्रसँग होस र बाजामा चल्ने हातको जोशले सङ्गीतको
शिखर छुन सक्दछ ।
सङ्गीतको उपयोग आफूलाई बिर्सनका लागि होइन । आफूलाई
बिर्सेर आएको आनन्द क्षणिक हुन्छ । रक्सी पिएर लिएको आनन्द
जस्तो । आजभोलि सङ्गीतलाई मानिसहरू रक्सी जस्तै प्रयोग
गर्दछन् या रक्सीका साथ प्रयोग गर्दछन् । आत्मा–स्मरणका लागि
विकसित गरेको सङ्गीत आज आत्मा–विस्मृतिका लागि उपयोग
भइरहेको छ । कैयन भन्दछन्— सङ्गीत सुनेपछि म त गहिरो निद्रामा
निदाउँछु, आनन्द आउँछ । यसको उपयोग निदाउनका लागि मात्र
होइन, परम जागरणका लागि हो ।
मन सीमामा बाँधिएको छ भने ध्यान असीमको खोज हो । सीमामुक्त
अनन्तमा प्रवेश गर्ने कला, संस्कृति र विज्ञान ध्यान हो ।
मन्दिरमा ठूला घण्टहरू यही प्रयोजनमा राखिएका थिए । कालान्तरमा
त्यो ज्ञान–विज्ञान हराउँदै गयो र घण्टा केवल प्रतीक बनेर बस्यो ।
हिमवत्खण्डमा “सिङ्गिङ बाउल” पछिल्लो कालखण्डमा महायान
र वज्रयानका बुद्धमार्गी साधकहरूले प्रयोग गरे । यो बाउल बजाउने
एउटा कचौरा थिएन साधनाको विशिष्ट यान्त्रिक व्यवस्था थियो ।
परिचय
नदी हाम्रो संस्कृतिको अभिन्न अंग हो । नदी किनारमा पुगेर पवित्रता
आउने सांस्कृतिक ज्ञान–विज्ञान त्यसमा स्नान गर्ने पानीमा केन्द्रित छैन ।
पानी त जहाँ पनि मिल्दछ । कुवा, पोखरी, धारा आदि । नदीमा स्नान गर्नु
भनेको नद चैतन्यद्वारा हामीभित्रको चैतन्यको मार्ग खोल्नु भनेको हो ।
नदी किनारमा पुगेर स्थुल स्नान गर्ने नदीको जल (पानी) ले त्यसपछि
सूक्ष्म स्नान गर्ने नदीको ध्वनिले अन्तमा अनन्त ध्वनिमा प्रवेश गरी
ध्वनिभित्रको शून्यमा स्थिर हुने विज्ञानको नाम नद चैतन्य ध्यान हो । यो
ध्यान सबै नदी किनारमा गर्न सकिन्छ तर सबैभन्दा श्रेष्ठ नदीमा कृष्णा
(काली गण्डकी) र कर्मदा (मस्र्याङ्दी नदी) को किनारा छ ।
तयारी
यो ध्यानको अभ्यास गर्दा पेट खाली रहनु पर्दछ । खाली पेटको अर्थ
खाना नखानु मात्र होइन, दिसा–पिसाब गरेर तल्लो पेटलाई पनि खाली
गर्नु हो । भित्र खाली नभएसम्म ध्वनि पैदा हुन सक्दैन । पद्म आसन, वज्र
आसन, स्वस्तिक आसन, सुखासन जस्ता ध्यानात्मक आसनमा बस्ने ।
जसमा कमसेकम १ घण्टा सुखपूर्वक बस्न सकियोस् । कपडा खुकुलो
र सुतीको प्रयोग गर्ने । शरीर छुने गरी कुनै पनि धातुका गहना एवम् अन्य
कुरा नलगाउने । घडी, औंठी, सिक्री आदि सबै खोलेर राख्ने । चश्मा
प्रयोग गरेको भए त्यो निकाल्ने । सम्भव भए स्नान गरेर सफा कपडा
फेरेर बस्ने नभए हात, खुट्टा र अनुहार सफा पानीले धुने । आरामदायक
चकटी, कम्मल आदिमा आँखा बन्द र मेरुदण्ड सिधा गरेर बस्ने ।
अब हामी चरणबद्ध रूपमा नद चैतन्य ध्यान आरम्भ गर्दछौं ।
प्रथम चरण
यो चरण ३० मिनेटको छ । नदीको ध्वनिलाई पूर्ण सजगताका साथ
सुन्ने । मन बाहिर भाग्न थाल्यो भने फेरि ध्वनिमा केन्द्रित गर्ने । मनले
विचार र द्वन्द्व पैदा गर्न खोज्दछ । होशपूर्वक ध्वनिमा केन्द्रित हुने ।
दोस्रो चरण
यो चरण ३० मिनेटको छ । आग्रहशून्य र तटस्थ रही ध्वनिको अवलोकन
गर्ने । यस्तो अवलोकनबाट साक्षी भाव पैदा हुन्छ । साक्षी भावले शून्यता
भाव (emptiness) पैदा हुन्छ । शून्यतामा नै पूर्णको दर्शन हुन्छ ।
तेस्रो चरण
यो चरण २० मिनेटको छ । यो परम धन्यता प्राप्त भएकोमा परमात्मालाई
धन्यवाद अभिव्यक्त गर्ने चरण हो । अहोभावले भरिएर नाच्ने । शरीर
आनन्दको नशामा लठ्ठिएर झुम्न थालोस्, नाच्न थालोस् । शरीरका
कोष–कोष जीवन ऊर्जा नद चैतन्यको एक चक्र बनोस् । ढिलो र
होशपूर्वक पूर्ण नृत्य गर्ने । मदमस्त भएर झुम्ने । परमात्माको नशामा
लठ्ठिएर । विस्तारै जमिनमा सुत्ने र ध्यानमा पैदा भएको आनन्द
शरीर र मनमा फैलिन दिने । अन्तमा यो दिव्य क्षण उपलब्ध भएकोमा
परमात्मालाई ह्दयप्रान्तरबाट धन्यवाद दिने । प्रार्थना गर्ने ।
विशेष सूचना
तेस्रो चरणमा नदी किनार नृत्यका लागि अनुकूल छैन भने यथा
स्थानमा बसेर नृत्यमा झुमिरहेको अनुभूति गर्ने ।
नदीमा स्नान गरेर यो ध्यान आरम्भ गर्नु राम्रो हो । जलवायु एवम्
स्वास्थ्य स्नानका लागि अनुकूल नभएमा ननुहाई पनि गर्न सकिन्छ ।
स्नानलाई बाध्यता नबनाउने, आनन्द र उत्सवमय भए मात्र स्नान
गर्ने ।
वर्षात् र बाढी आउने समयमा विशेष सावधान रहने या अन्य अनुकूल
समयमा अभ्यासलाई बढाउने ।
नदी किनारमा उवड–खावड छ, ध्यानात्मक आसनमा बस्न सम्भव
छैन भने ढुंगाहरूमा ढाडलाई सिधा बनाएर कुर्चीमा बसेजस्तै बस्न
पनि सकिन्छ ।
जल प्रकोप र बाढीको डर छैन भने या सुरक्षा व्यवस्था छ भने सो
आसनमा बस्दा दुवै खुट्टा नदीको जलमा एक बित्ता जति डुबाउनु
राम्रो हुन्छ ।
पहिलो र दोस्रो चरणको समय अनुकूलता अनुसार बढाउन र घटाउन
सकिन्छ । तेस्रो चरण यथावत रहनेछ ।