महाअभियान
नेपाली सभ्यता जागरण अभियान के हो ?
हिमवत्खण्ड र मानस खण्डको केन्द्र । विश्वको सर्वोच्च शिखर
सगरमाथा लगायत अन्य अति उच्च हिमशृङ्खला र पर्वतमालाहरूले
सुशोभित योगको जन्म र विकासभूमि नेपालको योगको इतिहास,
वर्तमान र भविष्य अत्यन्त विराट छ । पूर्ववैदिक, वैदिक र उत्तरवैदिक
कालदेखि नै विश्वका योगी, सन्त, ऋषि, तपस्वी साधकहरूको प्रिय र
पवित्र स्थल नेपाल योगको विश्व केन्द्र हो । योग नेपालमा जन्मियो र
उत्तरमा चीन र दक्षिणमा भारत हुँदै विश्वभर फैलियो ।
नेपालका मुख्य तीन सभ्यताहरू थिए जसको विश्व शिक्षा योग थियो, छ
र रहने छ । पछिल्ला कालखण्डमा विश्व गौरवका रूपमा रहेका नेपालका
तीन सभ्यताहरूलाई ओझेलमा पारी आ–आफ्ना जात–पात, रूप–र
ङ्गमा आधारित घेराबन्द परम्परालाई नेपाली सभ्यता भन्ने दुस्साहस
हुन थाल्यो । जो दुःखद छ । मैले वि.सं. २०३६ सालबाट योग संवत र
विश्व योग दिवसको संकल्प लिएर अघि बढेपछि नेपालका गाउँ–गाउँ
पुगें । यात्रा र साधनाले मलाई नेपालको मूल सभ्यतासँग चिनाइदियो ।
तब म यी तीन सभ्यताको प्रचार गर्दै हिँड्न थालें । यी सभ्यताको
पुनरर्जागरणको इच्छा, ज्ञान र क्रियाले मलाई योगको जीवन्त शिक्षामा
जोड्यो । तीन नेपाली सभ्यता हुन् शिव सभ्यता, जनक सभ्यता र बुद्ध
सभ्यता । शिव सभ्यता प्राचीन सभ्यता हो, जनक सभ्यता मध्यकालीन
सभ्यता हो र बुद्ध सभ्यता आधुनिककालीन सभ्यता हो । शिव सभ्यताले
प्राचीन समयमै विश्वलाई आकर्षित गरेको थियो । जनक सभ्यताले
श्रीरामलाई भारतबाट तानेर नेपालको जनकपुर ल्याएको थियो । बुद्ध
सभ्यताले आज विश्वलाई तानेर लुम्बिनी ल्याएको छ ।
नेपालका विराट् ज्ञान–विज्ञानका मूल स्रोत तीन सभ्यताहरूको खोज–
अनुसन्धान, पुनर्जागरण र विश्व चेतनाका लागि नेपाली सभ्यता जागरण
अभियानले कार्य गरिरहेको छ ।
ध्वनि प्रदूषण मुक्ति अभियान के हो ?
अनाहत नादबाट उठेको मानिस आहत नाद संसारमा आएपछि मानव
विकासलाई फाइदा पुर्याउने मधुर संगीतको खोज गर्यो । हिमवत्खण्डको
ज्ञान–विज्ञानका मूल स्रोत भगवान शिवबाट प्राप्त र अनेक संगीतपारखी
ऋषिहरूबाट विकसित संगीत पूर्ण वैज्ञानिक थियो । विहान, दिउँसो,
साँझ, राति बजाउनेदेखि देश, काल, परिस्थिति अनुसार संगीत चयन
हुन्थ्यो । ती संगीत हाम्रा लागि अनुकूल थिए ।
विद्युत् र यन्त्रहरूको विकास भएपछि ध्वनिले या भनौं आवाजले पनि
डरलाग्दो स्वरूप लियो । चर्को आवाज आज ठूलो समस्या बनेको छ
मानव शरीर, मन, बुद्धि सबैका लागि । शारीरिक र मानसिक रोगको
प्रमुख कारणहरूमा चर्को आवाजले पनि आफ्नो स्थान बनाइसकेको
छ । यो ध्वनि प्रदूषणको डरलाग्दो बढोत्तरीलाई नरोक्ने हो भने मानव
स्वास्थ्य मात्र होइन सिर्जनशील क्षमतालाई पनि नष्ट गरिदिनेछ । अतः
आजैबाट सचेत हुनु जरुरी छ ।
घरको रेडियो, टेलिभिजन आदि उपकरणहरू आफ्नो कोठामा आफूले
मात्र सुन्ने गरी बजाऊँ । हेडफोनको आवाजलाई कम गरौं । दिनमा १–१
घण्टा गरी २ घण्टाभन्दा बढी हेडफोनको प्रयोग नगरौं ।
पंखा, कुलर, मिक्सी जस्ता घरेलु उपकरणहरूले चर्को र अप्रिय आवाज
दिन थालेपछि तत्काल मर्मत गरौं । कमसेकम आवाज दिने उपकरणहरू
खरिद गरौं । उपकरण चलाउँदा इअरप्लग प्रयोग गरौं ।
विवाह, उत्सव, मठ–मन्दिर, मस्जिद आदिमा माइकको प्रयोग नगरौं ।
प्रयोग गर्नैपरे आफ्नो कम्पाउण्डभन्दा बाहिर आवाज र हो–हल्ला हुने
गरी नगरौं । चर्को आवाजमा ब्याण्ड बाजा बजाउनुको बदला परम्परागत
मधुर बाजाहरूको प्रयोग गरौं ।
कल–कारखाना तथा औद्योगिक क्षेत्र मानव बस्तीभन्दा टाढा राखौं ।
फर्निचर एवं काठ उद्योग, वेल्डिङ एवं फलाम उद्योग पनि बस्तीभित्र
नराखौं । औद्योगिक मेसिनहरूमा ध्वनि निरोधक अर्थात् साइलेन्सर
लगाउन सम्भव छ भने लगाऔं ।
हवाइ अड्डाको चारैतर्फ कमसेकम १० किलोमिटरमा बस्ती नबसालौं । रेल
मार्गको ३ देखि ५ किलोमिटरको दूरीमा बस्ती नबसालौं । रेल मार्ग र बस
मार्गको दुवैतर्फ ठूला वृक्षहरू लगाऔं । आवश्यक नभएसम्म हर्न नबजाऔं ।
स्कुल, अस्पताल, अनुसन्धान केन्द्र, पुस्तकालय एवं बौद्धिक कार्य
गर्नुपर्ने या स्वास्थ्य लाभ गर्नुपर्ने स्थलहरू रेलमार्ग र मुख्य मोटर
मार्गभन्दा टाढा बनाउँ ।
धेरै चर्को आवाजमा काम गर्नुपर्ने व्यक्तिहरूले इअर प्लग, मास्क एवं
हेलमेट्स आदि आवश्यकता अनुसार प्रयोग गरौं ।
चर्को र मानव गुणधर्म विरुद्ध आवाजबाट मुक्ति यो अभियानको मूल
लक्ष्य हो ।
मर्निङ क्लब अभियान के हो ?
मर्निङ क्लब अभियान अर्थात् प्रातः मिलन अभियान आधुनिक नाममा
प्राच्य संस्कृतिको पोषक अभियान हो ।
पश्चिमी सभ्यताले नाइट क्लबलाई जन्मायो । नाइट क्लबमा गएर
आधा रातसम्म सुरा–सुनामी एवं नशा–नशिलीमा झुम्न सिकायो ।
ढिलो सुत्ने र ढिलो उठ्ने बानी स्वास्थ्य र दीर्घ जीवनका लागि
अत्यन्त हानिकारक छ । नशामा लठ्ठिएर मध्यरातपछि ओछ्यानमा
बेहोस निदाउने र सूर्य उदयको धेरै घण्टापछि उठेर फेरि मेसिनवत
काममा जाने आदतले पश्चिमी युवाहरूको शारीरिक एवं मानसिक
क्षमतामा ठूलो ह्रास ल्याएको छ । यही अस्वस्थकर सभ्यता आज
पूर्वीय देशहरूमा पनि बढ्दै गएको छ ।
मर्निङ क्लब अभियानले साँझ चाँडो सुत्ने र बिहान चाँडो उठी योगासन,
प्राणायाम, ध्यान आदि साधना गर्ने र जीवनशैली परिवर्तनद्वारा मानवभित्र
निहित विराट सम्भावनाको खोज र साक्षात्कार गर्न सिकाउँछ । चरित्र
निर्माणदेखि अति मानवीय चेतनाको विकासम्म सिकाउँछ ।
नाइट क्लबले सुरा एवं नशा–नशिली आदिको माध्यमबाट कसरी
बेहोसीमा जाने भनेर सिकाउँछ भने मर्निङ क्लबले योगासान, प्राणायाम,
ध्यान आदिको माध्यमबाट कसरी होसको जीवन जिउने भनेर सिकाउँछ ।
बोधिदेखि संबोधिसम्म या भनौं सचेतदेखि समाधिसम्म सिकाउँछ ।
सत्पथबाट सत्यसम्म पुग्न सिकाउँछ । प्रेम, शान्ति र करुणाको त्रिवेणी
तीर्थमा पुर्याउँछ । जीवनको आधार आस्था, प्रार्थना र प्राप्तिको यात्रामा
लैजान्छ । इच्छा, ज्ञान र क्रियाको त्रिनेत्रबाट मानव सम्भावनाको ढोका
खोल्न सिकाउँछ ।
गाउँमा या शहरमा आफ्नो श्रम र क्षमता अनुसारका खुला हल भएको
भवन निर्माण गरी बिहानै सबैलाई अनुकूल हुने सूर्योदयभन्दा अघिको
समय निर्धारण गरी मर्निङ क्लबमा जम्मा हुने र आफ्नो शारीरिक,
मानसिक स्वास्थ्यका साथ बन्धुत्वको समाज र चैतन्यबोध उपलब्ध गर्ने
कार्य गर्नु पर्दछ । जसले असल सन्तान, असल परिवार, असल बस्ती,
असल देश र असल विश्व निर्माण गर्न मद्दत गर्नेछ ।
गो तीर्थ अभियान के हो ?
गो तीर्थ अर्थात् काउ नेशनल पार्क बनाउनुपर्ने चैतन्यबोध अनादि
सत्ताबाट प्राप्त भएपछि मैले यो चेतनाको प्रचार गरिरहेको छु । त्यही
गो तीर्थ अभियान हो ।
हाम्रो वैदिक र पूर्ववैदिक कालदेखि आजसम्म धर्म, कला, संस्कृति,
विज्ञान, कृषि, स्वास्थ्य जुन क्षेत्रलाई उठाएर हेरे पनि गाईको देन
उत्कृष्ट छ । त्यसैले गाईमा सम्पूर्ण देवताको बास छ भनिन्छ । काउ
नेशनल पार्क बनाउनुपर्ने मुख्य कारण के हो भने गाईको कालजयी
महत्व आज लोपोन्मुख हुँदैछ । हामी बाघ, गैंडा, हात्ती आदि लोप
होलान् भनेर संरक्षणका लागि नेशनल पार्कहरू बनाएका छौं । विश्व
मानव सभ्यताको उदयको शिखरविन्दु गाई र गाईवंशको संरक्षणका
लागि काउ नेशनल पार्क बनाउने सोचेकै छैनौं । नेपालमा पहिलो काउ
नेशनल पार्क बनोस् भन्ने इच्छा छ । अन्य नेशनल पार्कले भन्दा बढी यो
नेशनल पार्कले धार्मिक र वैज्ञानिक पर्यटकलाई विश्वभरबाट आकर्षित
गर्नेछ । वन्यजन्तु संरक्षणका लागि बनेका नेशनल पार्कहरू त विशाल
स्वरूपमा विश्वभर छन् । यो मौलिक र महत्वपूर्ण हुनेछ । काउ नेशनल
पार्क बनाउने कार्यमा हामी सबैले हातेमालो गरौं ।
काउ नेशनल पार्कभित्र साना–ठूला सबै प्रकार र प्रजातिका गाईहरू
राखिनेछन् । वैदिक, पूर्व वैदिक कालदेखि आजसम्मका विश्वभर
प्रकाशित गाईसम्बन्धी ज्ञान–विज्ञानका ग्रन्थ रहेको पुस्तकालय निर्माण
गरिनेछ । गाई र मानव सभ्यतालाई दर्शाउने संग्रहालयको निर्माण
गरिनेछ । गाई र धर्म–संस्कृति केन्द्र स्थापना गरिनेछ, जसमा नन्दी
र नन्दीश्वर, गाई र गोपाल, गो र गोरक्षनाथ आदिको बृहत् अध्ययन
गरिनेछ । पञ्चगव्य चिकित्सालय, अनुसन्धान केन्द्र एवं फार्मेसी निर्माण
गरी स्वास्थ्य सेवा प्रदान गरिनेछ । पञ्चगव्य चिकित्सा र अन्य प्राचीन
एवं आधुनिक चिकित्साको समानान्तर अध्ययन गरिनेछ ।
गोबर (गौमय) एवं गोमूत्र र वैदिक कृषि प्रणाली (जो आज जैविक
कृषि प्रणालीका रूपमा पनि परिचित छ) को अध्ययन गरी अमृतमय
अन्न, फलफूल, तरकारी आदि उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
यसरी गाई सभ्यतालाई विश्वमा पुनर्जागरण गर्न काउ नेशनल पार्कको सोच
विकास गरिएको छ । यस्ता कालजयी सोच र संकल्प एक–दुईले पूरा गर्न
सम्भव छैन । सबैले हातेमालो गरौं । यसप्रकार देशले आफ्नै गौरव चिनोस् ।
विवाह जागरण अभियान के हो ?
“शारीरिक रूपमा गृहस्थ, मानसिक रूपमा सन्यास” वर्तमान समयमा
व्यक्ति, समाज र विश्व निर्माणको आधारसूत्र हो । सन्यासबाट डराउनु
पर्दैन यसमा सबै छाड्नुपर्छ भनेर । सन्यासमा त केवल दुःख–पीडालाई
छाड्ने हो । विवाह परम पवित्र पूजा हो । योगोत्सव हो । तर, अहिले विवाह
कुरूप भएको छ । सामाजिक स्वरूपमा हेर्दा पुरुष सधैं सम्मान चाहन्छ,
स्त्री सधैं प्रेम चाहन्छे । एकले अर्काको भाषा बुझ्दैनन् र झगडा गर्दछन् ।
अहिले विवाह झगडा गर्ने लाइसेन्स बनेको छ । अरूसँग झगडा गरे मुद्दा–
मामिला चल्छ तर विवाहको प्रमाणपत्र लिएपछि जति झगडा गरे पनि
छुट, यो कुरूप चिन्तन हो ।
विवाह मार्फत शिव ऊर्जा र शक्ति ऊर्जाको दिव्य आलिंगनमा बाँधिनुपर्ने ।
ईडा र पिंगलाको दिव्य आलिंगनबाट तन्त्र चैतन्यको सनातन सुषुम्ना
प्रवाहित हुनुपर्ने ।
विवाहको सत्पथ अब स्पष्ट हुनु पर्दछ । विवाहलाई तडक–भडक र
धेरै खर्चिलो नबनाई सहज र सादा रूपमा विवाह कार्यक्रम सम्पन्न गर्नु
पर्दछ । भोज–भतेर अन्य कुरामा हुने अनावश्यक खर्चलाई बचाई लोक
कल्याणकारी काममा खर्च गर्नु पर्दछ । विवाहमा दाइजो प्रथा आज
समाजको सबैभन्दा ठूलो महारोग भएको छ । दाइजो लिने र दिनेलाई
प्रेमपूर्वक सम्झाउनु पर्दछ, नमानेमा यस्ता अधार्मिक र असामाजिक कार्य
गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नु पर्दछ । दाइजो मुक्त विवाहलाई
उच्च सम्मान गर्नु पर्दछ । दाइजो र घरेलु हिंसाबाट महिलाहरूलाई मुक्त
गर्न विशेष कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।
बाल विवाह, बहु विवाह, अनमेल विवाह जस्ता विवाहको पवित्र
उत्सवमा लागेका कलंकहरूलाई पूर्ण रूपमा हटाउनु पर्दछ । “एक
पुरुष, एक नारी तिमी सदा ब्रहृमचारी” भन्ने चेतना फैलाएर सुन्दर
समाजको निर्माण गर्नु पर्दछ । उभयलिंगी (BISEXUAL), समलिंगी
(HOMOSEXUAL) र बहुविवाह जस्तो यौन मनोरोगबाट समाजलाई
मुक्त गर्न शिक्षाको विस्तार गर्नु पर्दछ ।
वेश्या विचार, वृत्ति र व्यवसायबाट समाजलाई मुक्त गर्नु पर्दछ । शरीरको
रूप र रौनक बेचेर पैसा कमाउने चिन्तनबाट समाजलाई जगाउनु पर्दछ ।
यस्ता सोच र व्यवहारले यौन मनोरोग मात्र होइन एड्स, हेपाटाइटिस
बी एवं विभिन्न यौन रोग र अन्य कैयन घातक शारीरिक रोगलाई पनि
जन्माउँछ । यति मात्र होइन, शारीरिक, मानसिक, सामाजिक सबै रूपमा
मानिस रोगी र कुरूप हुन्छ ।
महिला–पुरुष शोषण एवं घरेलु र सामाजिक हिंसाबाट महिलालाई
बचाउनु पर्दछ । महिला हिंसाको एउटा राक्षसी सोच बोक्सी परम्परा
पनि हो । यसबाट समाजलाई सचेत बनाउनु पर्दछ । स्त्रीहरू पुरुषको
अपेक्षा दूरदृष्टि र विवेकशील साथै प्रेम, शान्ति र करुणाका सागर
हुन्छन्, यदि उनीहरूमा शंका, अभिमान र ईष्र्याको डढेलो लागेन भने ।
उनीहरू पुरुषको अपेक्षा शक्तिशाली हुन्छन् यदि उनीहरूमा सुरक्षा
र आधारको भय र भ्रम प्रवेश गरेन भने । यसैले रीति र कुरीतिको
जालमा जेलिएर विवाहलाई पीडाको शुभारम्भ बनाउनेहरूबाट जागेर
विवाहलाई उत्सवमय जीवनको शुभारम्भ बनाऊँ । यही यो अभियानको
लक्ष्य हो ।
मन्दिर चेतना अभियान के हो ?
यहाँ मन्दिरको अर्थ मन्दिर, मस्जिद, चर्च, गुरुद्वार, गुम्बा आदि सम्पूर्ण
आस्थाका केन्द्र भन्ने बुझ्नु पर्दछ । मन्दिर आस्तिकताको पोषण केन्द्र
बनोस्, पूजा–परम्परा र अहंकारको पोषक नबनोस् । प्रेम र प्रार्थनाको
केन्द्र बनोस् । पुजारी–पण्डा, मौलवी, फादर, भिक्षु आदिको शोषण केन्द्र
नबनोस् । आजभोलि मन्दिर आस्थाको केन्द्र या भनौं आध्यात्मिक जीवन
केन्द्र नबनेर व्यवसाय र अनैतिकताका केन्द्र बनेका छन् । यसबाट सचेत
हुन जरुरी छ । पूजा–आराधना, ध्यान–साधना सबै पैसासँग जोडिएका
छन् । प्रार्थनादेखि भक्तिसम्म पैसाको चंगुलमा फसेको छ । आध्यात्मिक
केन्द्रहरू नशा–नशिली, भव–वैभव, कुकर्म–कुसँग, दुराचार–व्यभिचार
आदिको चंगुलमा फसेका छन् । यसैले देवालय खोज्न भौंतारिनुको सट्टा
स्वयंलाई साधनाद्वारा देवालय बनाऊँ ।
नयाँ मठ–मन्दिर बनाउने होडबाजी चलेको छ । पुराना हजारौं वर्षदेखिका
आस्थाका केन्द्रको मर्मत गर्ने चासो छैन । आध्यात्मिक केन्द्र निर्माण
भइरहेका छन् तर त्यसको वास्तुदेखि प्राण प्रतिष्ठासँग कुनै चासो छैन ।
आफ्नो घरअगाडि सबैले फोहोर फ्याँके भनेर फोहोरको डंगुरमाथि मूर्ति
उभ्याइन्छ तर आफैले एउटा फूल चढाइन्न । कस्तो विडम्बना, कस्तो
धर्म–संस्कृति, कस्तो मानव चेतना !
म विश्वका मानव मित्रहरूलाई अनुरोध गर्दछु । दीप यज्ञ, प्रार्थना यज्ञ
र सेवा यज्ञलाई विस्तार गरौं । सबै जम्मा भएर बत्ती बाल्ने र दीप
उत्सवद्वारा आफ्नो आस्था शिखरलाई श्रद्धा व्यक्त गरौं । प्रार्थना यज्ञद्वारा
सर्वोदय र सर्वमंगलका लागि कार्य गरौं । सिर्जनात्मक र रचनात्मक
निष्काम कार्यद्वारा सेवा यज्ञलाई विस्तार गरौं ।
योगासन, प्राणायम, ध्यान गरौं, शाकाहारी भोजन, अहिंसक चिन्तन
एवं प्रेम, शान्ति र करुणाका साथ उत्सवमय जीवन जिऊँ । यही
त अनादि सत्ता परमात्माले मानिसमा खोजिरहेको छ । अनादि
सत्ता परमात्माले महत्वाकांक्षा, प्रतिस्पर्धा र अहंकारको आभूषणमा
सजिएको कुरूप र दुःखी मानिस खोजेको छैन । हाँस्दै, नाच्दै,
गाउँदै खुशीले उत्सवमय जीवन जिएको मानिस खोजेको छ । यो
अभियानको मूल लक्ष्य यही हो ।
सर्वधारा चिकित्सा सत्यान्वेषण एवं समन्वय अभियान के हो ?
गोली, झोल एवम् अन्य स्वरूपका औषधि । क्लिनिक, नर्सिङ होम,
अस्पताल एवं अन्य स्वरूपका चिकित्सा केन्द्र । पैसा, डाक्टर आदिको
बलमा स्वास्थ्य खरिद बिक्री गर्न सकिन्छ भन्ने अन्धो सोच समाजमा
फैलिँदै गएको थियो एकातर्फ भने अर्कोतर्फ वैज्ञानिक प्रयोगशाला र
विश्वविद्यालयबाट प्रमाणित गर्नुपर्ने चिकित्सा सेवाले हजारौं वर्षबाट
सेवा प्रदान गरिरहेका विश्वभरका छितारिएर रहेका रैथाने या परम्परागत
स्वास्थ्य सेवालाई खोज अनुसन्धान गरेर लोप हुनबाट बचाउनुको सट्टा
प्राकृतिक जीवनशैलीलाई अधार बनाएर उठेका र हजारौं वर्षबाट
परिष्कार र प्रमाणित भएका यी स्वास्थ्य सेवालाई प्रकृति विरुद्धको
रसायन र यन्त्रमा उठेका चिकित्सा सेवाले कानुनको बलमा कुल्चिँदै
गएको देखेपछि मैले यो अभियानलाई सुरु गरें ।
विश्वभर फैलिएका प्राचीन, आधुनिक, वैकल्पिक, पुरक, परम्परागत,
रैथाने आदि विभिन्न नाम बोकेका स्वास्थ्य सेवाहरूको सत्यान्वेषण
र समन्वय गरी लोक कल्याणका लागि प्रयोग गर्नु पर्दछ । कुनै पनि
चिकित्सा या स्वास्थ्य प्रणालीमा देखिएका हानिरहित पक्षको सुरक्षा
र हानिकारक पक्षलाई हटाई सर्वधारा चिकित्साको समन्वयद्वारा विराट
स्वास्थ्यको आधार तयार गर्नुपर्छ । विश्वभर रहेका कुनै पनि स्वास्थ्य
सेवालाई यथार्थ धरातलमा पुगेर नखोजी केवल आधुनिक प्रयोगशाला र
विश्वविद्यालयको नाममा लोप हुन दिनु हुँदैन । यदि यस्तो गर्न सकियो
भने स्वास्थ्य सेवा पूर्ण हुन्छ भन्ने चैतन्य बोध मभित्र उपलब्ध भएपछि
यो अभियान जन्मिएको हो ।
एउटै चिकित्सा पद्धतिले मात्र जति वैज्ञानिक भए पनि विश्वभर
फैलिएको रोग एवं स्वास्थ्य समस्याको समाधान दिन सक्दैनन् ।
विभिन्न चिकित्सा पद्धतिहरूमा सबै सेवा श्रेष्ठ छैनन् । हरेक चिकित्सा
पद्धतिभित्र रहेका श्रेष्ठ सेवाहरूलाई अर्थात् सफल सेवाहरूलाई एक
ठाउँमा ल्याउन सकियो भने मात्र मानव स्वास्थ्यलाई राम्रो बनाउन
सकिन्छ । यही सत्यलाई विश्वभर फैलाउन “सर्वधारा चिकित्सा
सत्यान्वेषण एवं समन्वय अभियान” ले कार्य गरिरहेको छ ।
जीवन सम्मान अभियान के हो ?
आफ्नो जस्तै सम्पूर्ण जीव–जन्तु, चरा–चुरुङ्गी आदिको जीवनको सम्मान
गर्ने कला–संस्कृति र विज्ञान सिकाउने अभियानको नाम जीवन सम्मान
अभियान हो । जसले अरूको जीवनको सम्मान गर्न सक्दैन उसले आफ्नो
जीवनको पनि सम्मान गर्दैन । जसले आफ्नो जीवनको सम्मान गर्दैन त्यो
संसारको सबैभन्दा दुःखी मानिस हो । उसले आनन्द उपलब्ध गर्नै सक्दैन ।
विश्व ब्रहृमाण्डमा रहेका अनादि सत्ता परमात्माका कृतिहरूलाई सम्मान र
प्रेम दिएर मात्र हामी आनन्दको जीवन जिउन सक्दछौं ।
सिकार खेल्ने, बलि दिने, मांसाहार गर्ने जस्ता अज्ञानता छाला, हाड, खाग
(गैंडाको आदि जीव हिंसाबाट प्राप्त वस्तुहरूको पोशाक, आभूषण,
सौन्दर्य प्रशाधन, घरेलु सजावटका सामान प्रयोग गर्ने मूर्खताबाट जाग्न
जरुरी छ । सिकारलाई खेलसँग जोडेर सिकार खेल्ने भन्नु साथै जंगलमा
कसैलाई हानि नपुर्याई आनन्दले जिएका जीव–जन्तु र चरा–चुरुङ्गीको
जीवन हरेर हाँस्ने मानिस महामूर्ख हो । परमात्माका दिव्य कृति जीव–
जन्तु, चरा–चुरुङ्गीलाई आफूले बनाएको मूर्तिमा आफ्नो तर्क लगाएर
परम पवित्र जीवहरूलाई बलि दिने मानिस महापापी हुन् ।
पोषण विज्ञान र स्वास्थ्य विज्ञानको दृष्टिमा सबैभन्दा श्रेष्ठ भोजन
मानिसका लागि वनस्पतिबाट प्राप्त ताजा एवं सुख्खा फलफूल,
तरकारी एवं हरियो सागपात, कन्दमूल एवं सलाद, विभिन्न अनाज
एवं पानी हो । मानव शरीर र मनको रचना र क्रिया विज्ञानलाई हेर्दा
मानिस शाकाहारी जीव हो साथै मानिसको स्वस्थकर दीर्घ जीवनका
लागि वनस्पतिबाट प्राप्त भोजन एवं पोषण श्रेष्ठ र एकमात्र पवित्र
स्रोत हो । मांसाहारीहरू शारीरिक र मानसिक रूपमा स्वस्थ्य र
दीर्घजीवी हुन सक्दैनन् । साथै अति मानवीय चेतनाको विकास हुन
पनि सक्दैन । मासु खानेले जीव–जन्तुको आँसु खाइरहेको हु्न्छ ।
आँसु खानेले जीवनभर आँसु नै पाँउछ, आनन्द पाउँदैन ।
मानिसका लागि सबैभन्दा श्रेष्ठ बस्त्राभूषण बनस्पतिजन्य बस्त्राभूषण
हुन् । कपासको धागो बनस्पतिका रेसा आदि बनस्पतिजन्य स्रोतबाट
बनेका लुगाहरू स्वास्थ्यको दृष्टिले सबैभन्दा श्रेष्ठ र अहिंसक स्रोत
हुन् । छाला, रेशम आदि जीव हिंसाबाट प्राप्त लुगा लगाउने मानिसभित्र
प्रेम, शान्ति र करुणा कहिल्यै उपलब्ध हुन सक्दैन । आनन्द उपलब्ध
हुन सक्दैन । हाड, खाग (गैंडाको एवं अन्य जीवस्रोतबाट बनेका
आभूषण लगाउने मानिसमा क्रोध, चञ्चलता, पीडा, विक्षिप्तताका साथै
अन्य अनेक रोग, शोक र पीडा बर्सिन्छन् । रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दन,
तुलसी, बोधिचित्त आदिबाट बनेका वनस्पतिजन्य आभूषण प्रयोग गर्दा
अतिमानवीय चेतनाको विकास एवं आनन्द बर्सिन्छ । जीव–जन्तुको
बोसो, रगत एवं अन्य मिश्रण भएका सौन्दर्य प्रशाधनहरूले प्राकृतिक
र दीगो सुन्दरता एवम् पुनर्यौवन दिनै सक्दैनन् । जीव–जन्तुलाई पीडा
दिएर या मारेर प्राप्त हुने भोजन, वस्त्राभूषण, औषधी उपचार, पूजा–
प्रार्थनालाई विश्वबाट उन्मूलन गरौं तब हामी पूर्ण मानव बन्दछौं, नत्र
मानव आकृतिमा दानव ।
फाँसी दिने फासिष्ट प्रथालाई विश्वबाट हटाऔं । कसैले नराम्रो काम
गर्यो भने चैतन्य ग्राममा पठाएर योग साधना र जीवनशैली परिवर्तनको
शिक्षाद्वारा उसको विध्वंसात्मक कार्यमा लागेको ऊर्जालाई सृजनात्मक
कार्यमा लगाऊँ । प्रत्येक जेललाई चैतन्य ग्रामका रूपमा विकास गरौं ।
यो चैतन्यबोध मभित्र उपलब्ध भएपछि “जीवन सम्मान अभियान” द्वारा
यो चेतना विश्वभर फैलाउने कार्य भइरहेको छ ।
चरा बचाउ“m अभियान के हो ?
विश्व ब्रह्माण्डका सबै रंगहरूले सिंगारेका, सबै नृत्यहरूले पारंगत
बनाएका, सदाचारका प्रकृति गुरु चरा नै हुन् । मानिसलाई सुन्दर
बनाउन विश्वका करोडौं व्युटिपार्लर एवं फेसन केन्द्र खुलेका छन् र
पनि मानिसको शरीर सुन्दर हुन सकेको छैन, मन र चेतनाको त कुरै
नगरौं । साना चरा, माछा, पुतली कति सुन्दर, कति पवित्र । प्रकृतिसँगको
सहजीवनले यिनीहरूलाई प्रकृति जस्तै सुन्दर, निर्मल र आनन्दित
बनाएको छ । सायद मेरो यो जन्मको जानेर नजानेर सबैभन्दा पहिले सुरु
गरेको लोक अभियान चरा बचाऊँ अभियान नै थियो । गाउँमा चरा मार्न
गुलेली र भरुवा बन्दुक बोकेर चरा ढुकेर बसेका सिकारीहरूको नजिक
पुगेर चरा नमार्न सम्झाउँथें, नमाले चरा उडाउँदै हिँड्थें । घरेलु चरा
परेवा, भँगेरा, गांैथलीलाई आफ्नै खाना बाँड्न पुग्दथें । एक छाकका
लागि बीसौं साना चरा मार्ने र ती चराका सयौं साना बचेराहरूलाई गुँडमै
मर्न बाध्य गराउने कुरूप मानिस देखेर अनादि सत्तासँग प्रार्थना गर्दथें—
मलिन मानिसलाई निर्मल बनाइदेऊ ।
चरासँग मानिसको भावना र सम्भावना जोडिएको हुन्छ । प्रत्येक
समाजको कला, संस्कृति, साहित्य, संगीत, स्वास्थ्य, विज्ञान आदि
क्षेत्रमा चरा अभिन्न भएर रहेको छ । मन दिक्क भएको बेलामा चराको
चिरबिरे संगीत, फुर्तिलो नृत्य र सुन्दर प्वाँखे पहिरनले कसको मन
आनन्दित हुन्न र ? बिरानो ठाउँमा आफू जन्मेका गाउँ–ठाउँका चरा
देख्दा बाल्यकाल र घरको सम्झनाले एक्लोपन मेटाउँछ ।
किसानका साथी यी चरा बचाउन किसानको परिवार र गाउँ नै लाग्नुपने
ठाउँमा उनीहरूले नै गुलेली बोक्नु कति दुःखद । खेतबारीका किरा–
फट्याङ्ग्रादेखि चौपायाका कीर्नासम्म खाइदिने, मुसाको बिगबिगी
रोकेर नियन्त्रण गर्ने आदि काम पनि चराले गर्दछन् । एकजोडी
लाटोकोसेरो तथा हुचिलले एक वर्षमा तीन–चार हजार मुसा खान्छन् ।
नेपालमा ८ सय ७६ प्रजातिका चरा भएको र त्यसमा ३६ प्रजाति विश्वमै
दुर्लभ मानिन्छ । अझ सिंगो विश्वमा कति प्रजातिका चरा होलान् । चरा
हेर्नकै लागि हजारौं पर्यटक नेपाल आउँछन् । चराको संरक्षण गरेर लाखौं
पर्यटक नेपाल ल्याउन सकिन्छ ।
चरा संरक्षण गर्नु, चरालाई दाना र पानी ख्वाउनु, चरालाई दुःख
नदिनु, साँघुरो पिँजरामा चरालाई नथुन्नु, स्वतन्त्र उड्न दिनु, भँगेरा–
गौंथली–परेवा जस्ता चरालाई घरेलु संरक्षण दिनु आदि कार्यलाई
आध्यात्मिक जीवनको साधना नै मानिएको छ । सामाजिक जीवनमा
पनि शिकारीहरूलाई घातक शारीरिक र मानसिक रोग–शोक भएको
पाइएको छ ।
यो अभियानले चरा बचाउन, संरक्षण गर्न र चरासँग प्रकृतिमा नाच्न–
गाउन साथै आनन्द उत्सव मनाउन चेतना जगाउँछ ।
घर–घरमा पुस्तकालय अभियान के हो ?
प्रोफेसर, डाक्टर, इञ्जिनियर एवं अन्य शिक्षित भनिने व्यक्तिहरूका
घरमा पनि एक दराज पुस्तक र एक घण्टा प्रतिदिन पढ्ने बानीसमेत
हराउँदै गएको पाएपछि यो अभियान सुरु गरिएको हो । विद्यालय–
विश्वविद्यालयमा पढ्दा पुस्तक पढेर उपाधि प्राप्त भएपछि र जागिरे
या व्यावसायिक जीवन सुरु भएपछि पुस्तक प्रेम हराउँदै गएको धेरैमा
देखियो । अरू त अरू, शिक्षकहरूले पनि पढ्ने बानी छाडेको पाइयो ।
एक पटक नोट तैयार गर्यो या प्रोजेक्ट फाइल तैयार गरेपछि हरेक वर्ष
त्यही बाँडेर र रटेर शिक्षामा डटेको पाइयो । बुद्धिमान यन्त्र (कम्प्युटर)
आएपछि त पुस्तक पढ्ने बानी अरू हराउँदै गयो । त्यसैले घर–घरमा
पुस्तकालय अभियान सुरु गरिएको हो । सत्साहित्य संकलन गरी हरेक
घरमा लघु पुस्तकालय स्थापना गर्ने र पुस्तक पढ्ने बानी विकास गराउने
उद्देश्य लिएको छ यो अभियानले ।
विवाह, व्रतवन्ध, अन्नप्राशन, जन्मोत्सव आदि मित्र मिलन समारोहमा
जाँदा उपहारका रूपमा पुस्तक दिने परम्पराको विकास गरौं । भाँडा–
कुँडा, लुगाफाटो, खेलौना, खाद्य पदार्थ त आवश्यकता अनुसार सबैले
किनिहाल्छन् । पुस्तक किन्ने, पढ्ने र पढाउने बानी हामीमा छैन । यो
बानीको विकास गर्न पनि पुस्तक उपहार दिनु जरुरी छ । पुस्तक उपहार
दिँदा वर्षौं प्रेम–स्मृति आउँछ । अन्य उपहार त केही घण्टादेखि केही
दिन मात्र प्रेम–स्मृतिमा रहन्छन् । पुस्तकले जीवन रूपान्तरण गर्न सक्छ,
परमचैतन्य र सृजनाको सत्पथमा बढाउन सक्दछ अरू उपहारले यो
कल्पना पनि गर्न सकिन्न ।
अब हामी बुद्धिमान कम्प्युटरको युगमा पनि छौं । कम्प्युटरमा भएका
सत्साहित्य र जीवन रूपान्तरणद्वारा चैतन्यबोध गराउन सक्ने सूचना र
साहित्य पनि सकेसम्म धेरैलाई बाँडौं ।
घरेलु पुस्तकालय नभएको घर, गाउँले पुस्तकालय नभएको गाउँ,
राष्ट्रिय पुस्तकालय नभएको जिल्ला र अन्तराष्ट्रिय पुस्तकालय
नभएको देश साथै प्रतिविद्यार्थी एक सय पुस्तक नभएको शिक्षा
केन्द्र मानव जातिको दुर्भाग्य हो ।
हरित अभियान के हो ?
वनस्पतिको हरियालीले विश्वलाई सिंगार्ने साथै वनस्पतिबाट प्राप्त
प्राणवायु (अक्सिजन), खाना, वस्त्राभूषण, औषधी आदिद्वारा मानव
जीवनलाई समुन्नत बनाउने अभियान हो हरित अभियान ।
वृक्षरोपण, वृक्षसंरक्षण र वृक्षसेवालाई हरित महायज्ञका रूपमा विकास
गर्ने । डढेलोबाट जंगल बचाउन चेतना जगाउने । काठ–दाउराका लागि
जंगल फडानी नगर्ने । दाउरा बालेर वृक्ष नाश गर्नुको बदला गोबर ग्याँस,
सौर्य चुल्हो, हावा र पानीबाट बिजुली उत्पादन आदि अन्य वनस्पति जगत
र वातावरणलाई कुप्रभाव नपार्ने ऊर्जा स्रोतहरूको खोज–अनुसन्धान र
सामाजिकीकरण गर्न चेतना जगाउने । वनस्पतिको रक्षाभन्दा ठूलो अर्को
कार्य छैन । अतः वनस्पतिको रक्षाभन्दा ठूलो अर्को पुण्य छैन यो धर्तीमा ।
चिकित्सा शास्त्र मानव स्वास्थ्य र दीर्घ जीवनका लागि रसायन र
यन्त्रसँग बेहोस खेलिरहेको छ । जसको अन्त छैन तर जसद्वारा मानव
जीवनको छिटो अन्त हुने छ । हरित चिकित्सा शास्त्रलाई विकास
गर्यौं भने मानिस मात्र होइन अन्य जीव–जन्तु र पृथिवी पनि स्वस्थ र
दीर्घजीवी हुनेछ । जडिबुटी चिकित्सा, हरित रस चिकित्सा (अमृत रस),
फल रस चिकित्सा, फलाहार चिकित्सा अमृतान्न चिकित्सा जस्ता सयौं
वनस्पतिमा आश्रित चिकित्सालाई विस्तार गर्यौं भने मानिस, जीव–
जन्तु, चराचुरुङ्गी र पृथ्वीको पनि आयु बढ्नेछ ।
जडिबुटी संकलन, प्रशोधन, भण्डार आदि कार्यको प्रयोगात्मक शिक्षा
नहुनाले पैसाको लोभमा विश्वका दुर्लभ जडिबुटी र वर्षजीवी एवं
बहुवर्षजीवी बोट–विरुवाहरू संसारबाटै लोप हुने स्थिति छ । कैयन
त लोप भइसके । वर्षजीवी साना वनस्पतिलाई फूल फुल्न र जीव
प्रसारण हुनुअघि नै अवैज्ञानिक रूपमा उखेल्ने साथै बहुवर्षजीवी ठूला
वनस्पतिलाई जडिबुटी, काठ, दाउराका लागि काट्ने गर्नाले ठूलो संकट
पृथ्वीमा आइरहेको छ जो भोलि विकराल हुनेछ । हजार वर्षको बोटलाई
हजार रूपैयाँमा बेचेर हामीले आफ्नो गर्दन आफैले काटेका छौं । अब
सावधान हुन जरुरी छ ।
प्रत्येक घरले आफ्नो जीवनकालमा एक्काईस वटा बोट हुर्काउने संकल्प
लिने हो भने यो धर्ती कति सुन्दर हुने थियो । प्रत्येक व्यक्तिले आफ्नो
जीवन कालमा एघार वटा बोट रोप्ने, हुर्काउने र संरक्षण गर्ने हो भने योभन्दा
ठूलो धर्म, कर्म र मर्म अरू केही हुँदैन । यस्ता मानिसलाई अनादि सत्ता
परमात्मा, पितृदेवता र संसारका सम्पूर्ण जीवको आशीर्वाद मिल्दछ ।
पञ्चतत्व बचाउ“m अभियान के हो ?
पञ्चतत्व अर्थात् आकाश, वायु, अग्नि, जल, पृथ्वी जो जगत, जीव
र जीवनको आधार हो । यसैको सम्यक मिलनमा अनादि सत्ता प्रवेश
गर्दछ । चेतना र पदार्थको महामिलन हुन्छ ।
पृथ्वी अर्थात् माटोको प्राकृतिक गुणधर्म विरुद्ध कृत्रिम रसायन अर्थात्
रासायनिक मल, कीटनाशक औषधी र अन्य रसायनले माटो रोगी र
अशान्त भएको छ । त्यसैले सो माटोमा उम्रेका रुख–विरुवा र तिनमा
फलेका अन्न–फलफूल आदि पनि रोगी र अशान्त छन् । सो खाने
मानिस पनि रोगी र अशान्त छ । अतः माटो बचाऊँ जगत, जीव र
जीवनको रक्षाका लागि ।
जल अर्थात् पानी र त्यसका विराट रूप कुवा, पोखरी, नदी, समुन्द्र,
हिमाल यिनीहरूलाई मानिसले रोगी र अशान्त बनाएका छन् । पानीको
प्राकृतिक गुण धर्मविरुद्ध कृत्रिम रसायन, घरेलु फोहोरदेखि विश्व
तापक्रम बढाउने जीवनशैलीसम्मले हिमाल खुइलिँदै छ, नदी ताण्डव
गर्दैछ, समुद्र आँधी–बेहरीको विश्वविनाश खोज्दै छ । अतः पानीलाई
उसकै प्राकृतिक स्वरूपमा बचाऊँ, अशान्त नबनाऊँ ।
वायु अर्थात् हावाको प्राकृतिक गुणधर्म विरुद्ध उडनशील विषाक्त
रसायनहरूले हावा रोगी र अशान्त भएको छ । प्राणवायुका रूपमा
चिनिने जीवन स्रोत हावा जसले हरक्षण शरीरमा जीवन भर्ने र मृत्यु हर्ने
काम गर्दछ, उसैलाई हामीले रोगी र मृतवत बनाएका छौं । हावा दूषित
नबनाउने संकल्प गरौं, हरक्षण सजग बनौं ।
घाम अर्थात् अग्नि तत्वलाई पनि हामी मानिसले त्यसको प्राकृतिक
गुणधर्ममा निर्मल, स्वस्थ र शान्त रहन दिएनौं । यन्त्र र रसायनको बलमा
प्रकृतिविरुद्ध जीवन स्थापना र सञ्चालन गर्ने विश्व ब्रह्माण्ड विनाशक
सपना बोकेर हिँड्यौं । आफ्नै शरीरमा बम पड्काउने कस्तो विजय सोच्यो
मानिसले । प्रतिफल प्रकृतिलाई पनि स्वस्थ र शान्त बाँच्न दिएन । घाम
अस्वस्थ र अशान्त भयो भने जगत, जीव जीवन रहने छैन । अतः जाग्नु र
जान्नु जरुरी छ— घामलाई बचाऊँ आफू बाँच्नका लागि ।
आकाश अर्थात् दिव्यशून्यलाई पनि आन्तरिक र बाह्य दुवै रूपमा मानिसले
त्यसको प्राकृतिक गुण धर्ममा निर्मल स्वस्थ र शान्त रहन दिएन । भित्र
र बाहिरको कोलाहलले हलाहलको काम गरिरहेको छ । आकाश अर्थात्
दिव्य शून्य या भनौं विराट् शून्य जो ऊर्जाको केन्द्र हो । चेतना र पदार्थको
महामिलनबाट उपलब्ध दिव्य ऊर्जा नै दिव्य शून्यको जीवन्त कोष हो ।
बाह्य आकाश अशान्त भयो भने त्यसको प्रभाव अन्तर आकाशमा पनि
पर्दछ, अन्तर आकाश अशान्त भयो भने त्यसको प्रभाव बाह्य आकाशमा
पनि पर्दछ । जगत, जीव र जीवनको रक्षाको लागि आकाशलाई शान्त रहन
दिऊँ । पञ्चतत्वको लोक रक्षादेखि आलोक रक्षासम्मको शिक्षा र साधना
सिकाउने अभियान हो पञ्चतत्व बचाऊँ अभियान ।
दान संस्कृति अभियान के हो ?
“लोभबाट मुक्ति, दानको जुक्ति” । लोभको अर्थ सबैका राम्रा कुरा मैले
प्राप्त गरूँ भन्ने सोच हो भने दान मेरा राम्रा कुरा सबैका लागि होस् भन्ने
सोच हो । दान यज्ञको पनि यज्ञ महायज्ञ होý सर्वोत्तम पूजा हो, सेवाको
शिखर हो, सम्पूर्ण धर्म–संस्कृतिले रोजेको मूल बाटो हो । हामी विभिन्न
रूपबाट दान गर्न सक्दछौं । दानमा धेरै र थोरैको तुलना हुँदैन । अपवित्र
भावनाका साथ एक हजार मानिसलाई भण्डार लगाएर भोजन ख्वाउने
मानिसभन्दा पवित्र भावनाका साथ एउटा परेवालाई १÷१ दाना अन्न
ख्वाउने मानिस श्रेष्ठ हो । दान पवित्र भावनाका साथ हुनुपर्दछ ।
हामी मरेपछि नष्ट भएर जाने आँखा दान गरेर दुई जनालाई आँखा देख्ने
बनाउन सकिन्छ । आँखा दानको अभियान चलाएर “अन्धो जीवन
विरुद्ध विश्व एकता” को कार्य गरौं ।
दान नगरे पनि निश्चित समयपछि नाश भएर जाने रक्तकोषहरू
दान गरेर अरूको जीवन बचाउन सकिन्छ रक्तदानद्वारा । शारीरिक,
मानसिक र आत्मिक स्वास्थ्य, उन्नति र अनुभूतिका लागि उपवास
श्रेष्ठ कला, संस्कृति र विज्ञान हो । उपवासका दिन बचत भएको
भोजन खर्च जम्मा गरी भोकाहरूलाई भोजन गराउनु या सर्वमंगलको
कार्यमा खर्च गर्नु उपवास दान हो । हप्तामा १ दिन जलोपवासमा बसौं
र उपवास दान सुरु गरौं ।
आफ्नो कमाइको १० प्रतिशत लोककल्याणका लागि छुट्याउनु “अंशदान”
हो । प्रतिहप्ता या प्रतिदिन समय बचाएर निष्काम सेवा कार्य गर्नु “समय
दान” हो । सत्साहित्य उपहारका रूपमा दिनु “पुस्तक दान” हो ।
आफूमा भएको श्रम र सीप आफ्नो दैनन्दिन आवश्यकताका लागि उपयोग
गरेर बाँकी समय लोक कल्याणका लागि लगाउनु “श्रमदान” हो । केही
समय ध्यानमा या मौन बसेर मनलाई शान्त गरिसकेपछि जगत जीव
र जीवनको मंगलका लागि, कल्याणका लागि हृदयप्रान्तर प्रार्थना गर्नु
“प्रार्थना दान” हो । व्यक्ति विशेषको स्वास्थ्य र समु्न्नतिका लागि पनि
प्रार्थना गर्न सकिन्छ ।
फूलको माला या गुच्छाको बदला सुन्दर फूल फुलेको गमला दिनु “पुष्प
दान” हो । माला र गुच्छाको बदला फूल फुलेको गमला दिनु श्रेष्ठ हो,
यो उपलब्ध नभएमा रुद्राक्ष, बोधिचित्त, चन्दन, तुलसी आदिका माला
दिनु राम्रो हो । फूल टिप्नेभन्दा फूल फुलाउने संस्कृतिलाई विकास गर्नु
पर्दछ । आफ्नो उपस्थितिले त्यहाँ वरिपरि बस्ने मानिस, जीव–जन्तु,
वनस्पति कसैलाई पीडा या डर त भएको छैन भनी सजग भएर सबैमा
आनन्द बाँड्नु “अभय दान” हो ।
मतिभ्रष्ट नभएकाहरूले गरेको सुकर्मलाई स्वीकृति जनाउनु “मतिदान”
हो, जो अपभ्रंश भएर मतदान भयो । मतिभ्रष्ट भएकाहरूलाई “मतदान”
गर्नु महापाप हो । आफूले पकाउन भाँडामा राखेको अन्नबाट दसांश
निकालेर संकलन गरी भोकोको पेट भर्न दान दिनु “मुठीदान” हो । यस्तै
सरल, सार्वभौम र सनातन दान यज्ञको चेतना विस्तार गर्नु दान संस्कृति
अभियानको मूल लक्ष्य हो ।
भोक मुक्ति अभियान के हो ?
म भोकमुक्त विश्व चाहन्छु । खान नपाएर भोकभोकै मर्नु र स्वादको
बसमा परेर आवश्यकताभन्दा बढी खाएर मर्नु दुवै मानव जातिको
सबैभन्दा ठूलो हार हो । खाना पकाउने, खाना राख्ने र खाना खाने भाँडामा
खानाको सानो टुक्रा पनि फ्याँक्नु महापाप हो । एक गास कम खानु राम्रो
हो तर एक सिता फ्याँक्नु राम्रो होइन । भोक र पाचन क्षमताभन्दा २०
प्रतिशत कम खानु, स्वादको बसमा परेर कोची–कोची नखानु स्वास्थ्य
रक्षाको मूल सूत्र हो ।
धर्म–संस्कृतिका नाममा अन्नलाई खेर फ्याँक्नु हुँदैन । पाकेको अन्नलाई
पुनः प्रयोग गर्न नसकिने गरी चौराहामा चढाउने या यज्ञका नाममा
अन्नलाई पोल्नु हुँदैन । यज्ञमा त औषधीय वनस्पति एवं सुगन्धित
वस्तुहरू चढाउनु पर्दछ । अन्न नै ब्रहृम हो, अन्न नै औषधी हो, अन्न नै
अमृत हो । यसलाई जीवहरूभित्र रहेको अग्निमा होम गर्नु पर्दछ अर्थात्
अनादि सत्ता परमात्मालाई चढाएको चैतन्यबोधबाट जीवहरूको पेटमा
पठाउनु पर्दछ । जो सिधै परमात्माको पेटमा जान्छ ।
विश्वमा भोकमरी जन्माउने या भनौं खाना र त्यसमा पनि पोषिलो खाना
नपाएर प्रतिवर्ष ठूलो संख्यामा मर्ने मानिसहरूलाई मार्ने काम ३ वटा
आदत भएका नरभक्षी मानिसहरूले गरेका छन् । ती ३ आदत चुरोट–
तमाखु पिउने, जाँड–रक्सी पिउने र माछा, मासु, अण्डा जस्ता मांसहार
गर्ने हुन् । यी तीनै कुरा मानव स्वास्थ्य र दीर्घ जीवनका लागि आवश्यक
छैन बरु यी आदतले सयौं प्रकारका रोग, शोक, भोकलाई जन्माउँछ ।
चुरोट–तमाखु जस्ता सूर्तीजन्य उत्पादनका लागि अन्न, फल, तरकारी
उब्जाउनुपर्ने उर्वर भूमिमा सूर्ती रोपिएका छन् । फलफूल र अन्नको ठूलो
मात्रा जाँड–रक्सी उत्पादनमा खर्च गरिएको छ । त्योभन्दा विकराल
रूपमा विश्वको पिउने पानी, अन्न र उर्वर जमिन मांसाहार उत्पादनका
लागि खर्च गरिएको छ । औसत रूपमा हेर्दा यी तीन कुराले विश्वमा
भोकमरी फैलिएको छ, घातक रोगहरू फैलिई त्यसको उपचारमा हुने
खर्चले गरिबी फैलिएको छ र मनोशरीर विकृतिले हिंसा फैलिएको
छ । यी तीन कुरालाई मानव जीवनबाट हटाइदिने हो भने अति मानवीय
चेतनाको विकास, सिर्जनशील मस्तिष्कको विकास र शान्ति सहजै
उपलब्ध गर्न सकिन्छ । विश्वमा एक वर्षमा उब्जिएको अन्नले तीन
वर्ष सजिलै खान पुग्दछ । विश्वबाट भोकमरी, कुपोषण र रोगलाई
हटाउन चाहने हो भने सबैभन्दा पहिलो धुम्रपान, मद्यपान एवं अन्य
लागुपदार्थ र मांसाहारलाई हटाउनु पर्दछ । यो अभियानले भोकमुक्त
विश्व अभियानको संकल्प लिएको छ ।
मानिसको पहिलो आवश्यकता भोजन हो र अन्तिम आवश्यकता
मुक्ति । भोकमा छटपटाएको मानिसले अध्यात्ममा चाख राख्न
सक्दैन । अतः आध्यात्मिक चेतनाको विकासका लागि पनि भोकमुक्ति
अभियान आवश्यक छ ।
समवेदना सिर्जना अभियान के हो ?
संवेदना अत्यन्त महान शब्द हो । दुःख र सुख दुवैलाई एक अर्कोसँग
तुलना नगरी दुःखलाई दुःखकै सुन्दरतामा र सुखलाई सुखकै सुन्दरतामा
साक्षी भावले या तथाता भावले देख्न सक्नु संवेदना हो । यो शब्द
संवेदनाबाट समवेदनासम्म आइपुग्दा अर्थ पनि बदलियो । दैवी आपद,
रोग, उमेर आदिले जब मृत्यु उपलब्ध हुन्छ तब मृतकको परिवारलाई
समवेदना दिन बन्धु–बान्धवहरू पुग्दछन् । जसको अर्थ यो मृत्युले
तिमीलाई जस्तै मलाई पनि पीडा भएको छ, तिम्रो पीडामा म साथ छु,
त्यसैले समवेदना दिने होइन संवेदना उपलब्ध हुने हो ।
यो अत्यन्त ह्दयको भाषा अब औपचारिक भइरहेको छ । पत्र–पत्रिकामा
समवेदनाका शब्द छपाउने होडबाजी चलेको छ । छापिएका समवेदनाका
आकार–प्रकार, रूप–रंग हेरेर व्यक्तिको उचाइ हेर्न थालिएको छ ।
वर्षेनि पत्र–पत्रिकामा करोडौं रूपैयाँको समवेदना छापिन्छन् । यो पैसा
सिर्जनात्मक र सेवात्मक कार्यमा उपयोग गर्नु पर्दछ । यो अनुत्पादक
मात्र होइन अधार्मिक पनि हो । गरिबीका कारण औषधी–उपचार गर्न
नसकेका वृद्ध, अपाङ्ग, दैवी आपदमा परेका, पिछडिएका, पढ्न
नपाएका आदि या यस्तै पैसाको सख्त जरुरत भएका व्यक्तिहरूमा सो
पैसालाई पुर्याए दिवंगतको आत्माले पनि शान्ति पाउँछ । एउटा सानो
विज्ञापन छाप्ने पैसाले दस हजार पम्प्लेट, ब्रोसर छाप्न पुग्दछ । आफ्नो
प्रियजनको दम रोगबाट मृत्यु भएको छ भने दम रोगको परिचय, लक्षण,
बाँच्ने उपाय र सरल घरेलु उपचार आदि लेखिएको पम्प्लेट, ब्रोसर
छापेर बाँड्ने हो भने या दम रोगीको औषधी–उपचारमा खर्च गरिदिने हो
भने मरेका पितृको दिव्य आशीर्वाद मिल्दछ ।
मैले व्यक्तिको नाम भन्दिनँ तर एउटा घटना सुनाउँछु । नेपालका
प्रतिष्ठित र धनी व्यक्ति, उनको पिताजी ह्दयघात भएर बित्नुभयो ।
बीसौं लाखका समवेदना पत्रिकामा छापिए । टेलिफोन आए, सबैले
समवेदनाका गुणगान गाए । उहाँको अहंकारले मलजल पायो, पिताजीले
केही पाएनन् । हामीले पैसा उठाएर मुटुको सम्पूर्ण जाँच गराइदिएको
गाउँको एउटा गरिबलाई तत्काल मुटुको अपरेशन गर्नुपर्ने भयो । हामीले
चन्दा उठाएर अपरेशन गरिदिने निर्णय गर्यौं । ती महानुभावकहाँ पनि म
पुगें, उनको पिताको ह्दयघात (समान मुटुरोग) भएको एक वर्ष भएको
थिएन । उनले आना–कानी गरे सहयोग गर्न र अन्तमा पाँच सय एक
दिएर विदा गरे । आर्थिक रूपले सम्पन्न उनले चाहेको भए अपरेशन नै
गरिदिन सक्थे । यो अभियानले समवेदनालाई सिर्जनामा रूपान्तरण गर्न
चेतना जगाउने कार्य गरिरहेको छ ।
महाव्रत अभियान के हो ?
सम्पूर्ण धर्म–संस्कृति, पूजा–प्रार्थना, पवित्र ग्रन्थहरू जुन
सोचमा एक हुन्छन् त्यसैको नाम हो महाव्रत । एक धर्म–सम्प्रदयको
अर्को धर्म–सम्प्रदायसँग मेल नखाने थुप्रै बाè कुराहरू छन् । जसले
आदिकालदेखि मान्छे–मान्छेलाई लडाइरहेको छ भेद र भित्ताहरू
उभ्याएर । कहिले धर्म युद्धका नाममा त कहिले धर्म रक्षाका नाममा ।
एउटा दिव्य चौतारी छ जहाँ सबैले थकाइ मार्दछन् र एक अर्कोलाई
भेदमुक्त अंकमाल गरेर अनादि सत्ता परमात्मातर्फ अघि बढ्दछन् ।
त्यही व्रतको पनि व्रत महाव्रत हो । मनको वनमा हराएर व्रत, पर्व,
उत्सवमा पनि रूप–रंगसँग लडिरहेका छौं । मनमुक्त भएपछि महाव्रत
उपलब्ध हुन्छ तब हाम्रा रूप–रंग, कला–संस्कृति आदिका भेदहरू
हट्छन् । महाव्रतको गन्तव्यमा पुग्दा सबैको सामाजिक परिचय समाप्त
हुन्छ र आध्यात्मिक परिचय सुरु हुन्छ । महाव्रतको गन्तव्यमा कोही
हिन्दू रहँदैन, ईसाई रहँदैन, मुसलमान, बौद्ध, जैन, सिख केही रहँदैन ।
विराट चैतन्य मानव रहन्छ । विराट चैतन्य मानवको स्वागतमा अनादि
सत्ता परमात्मा उपलब्ध हुन्छ । के हो त महाव्रत ? कौतुहलता जागेकै
होला । हामीले सधैं सुनेको, राम्रो मानेको तर त्यसतर्फ नबढेका दिव्य
व्रतहरू हुन् महाव्रत । अहिंसा, सत्य, अचोरी, ब्रहृमचर्य, अपरिग्रह,
क्षमा, दया, सन्तोष, तप, स्वाध्याय, ईश्वरप्रणिधान, सदाचार, मौन,
प्रेम, शान्ति, करुणा, प्रार्थना आदि महाव्रत हुन् जो संसारमा विकसित
सम्पूर्ण धर्म–सम्प्रदाय, परम्परा–संस्कृतिको साझा चौतारी हो ।
जहाँ हामी सम्पूर्ण भेदहरूलाई भुलेर एउटै अँगालोमा आनन्दित
हुन सक्दछौं । आफ्नो स्वभाव अनुसार कुनै एक महाव्रतलाई रोजेर
मूलसम्म पुग्ने हो भने यो दिव्य सत्पथमा अरू सबै महाव्रत स्वागतमा
आउँछन् । एउटा मानव जीवनमा यति धेरै व्रत कसरी बस्न सकिन्छ ?
भनेर विचलित हुनु पर्दैन । “एक साधे सब साधे”, एउटामा पूर्णता
आयो भने सम्पूर्णता उपलब्ध हुन्छ । महाव्रत सामान्य लोकचारको व्रत
जस्तो होइन । एक वर्षमा सयौं व्रत गर्ने तर आफूलाई रूपान्तरण नगर्ने,
व्रतलाई लोकाचार बनाउने, दिव्याचार नबनाउने । त्यसैले त धर्म–
सम्प्रदाय, व्रत–पर्व बढिरहेका छन् तर मानिसले उत्सवमय जीवनलाई
गुमाउँदै गइरहेको छ । कुनै एउटा महाव्रतलाई रोजेर व्रती हुन सकियो
भने अरू त मालाका फूलजस्तै सँगै टाँसिएर आउँछन् ।
अन्नबिना भोजनको कल्पना नगर्ने समूहमा फलाहार गर्नेले सम्मान
पाउँछ, फलाहारीको समूहमा दुग्धाहारीले सम्मान पाउँछ, दुग्धाहारीको
समूहमा उपवास बस्नेले सम्मान पाउँछ । यस्ता व्रतहरू सहयोगी हुन्,
सर्वस्व होइनन् । दाल–भात–तरकारी छाडेर तारेको आलु र बर्फी खाँदैमा
त्यो व्रत हुन्न । सम्यक जीवनका साथ मनको खेल, मेल र जालझेलबाट
माथि उठ्नु पर्दछ । सोचलाई बदल्नु पर्दछ । आफूलाई रूपान्तरण गर्नु
पर्दछ । त्यसका लागि महाव्रतको साधना सुरु गरौं । यो अभियान यही
सत्मार्गको चेतना र साधना जगाउनका लागि हो ।
आभूषण जागरण अभियान के हो ?
गहनाको गोहीबाट मुक्त बनौं । गहना सरल, सस्तो, स्वस्थकर र
सुन्दर हुनु पर्दछ । आज–भोलि गहनाको दुईधारे तरबारले मानिसलाई
काटिरहेको छ । एकातर्फ प्लाष्टिक र अन्य कृत्रिम आभूषणले मानव
स्वास्थ्यलाई नकारात्मक प्रभाव पारिरहेको छ भने अर्कोतर्फ सुन–चाँदी,
रत्न–रत्नादि जस्ता महंगा आभूषणले पैसाको दुरूपयोग साथै हत्या,
हिंसा, चोरी जस्ता अपराधलाई बढाइरहेको छ । विश्वमा सबैभन्दा बढी
हत्या, हिंसा र चोरी यिनै महंगा आभूषणका कारणले भएको छ । सुन्दर
हुनुपर्दछ बाहिर र भित्र दुवै रूपमा तर सुन्दर बन्न लगाएका या घरमा
राखेका गर–गहनाका कारण चिन्ता, तनाव र डर भइरèो भने शारीरक
र मानसिक स्वास्थ्य कता जाला ? विवाहको तडक–भडक र दाइजो
प्रथालाई पनि आभूषणले प्रोत्साहित गरेको छ भने धनी र गरिबको वर्गीय
लडाइँ पनि जन्माएको छ । प्रेम र प्रसन्नताका उत्सवहरू गहना प्रदर्शन
गर्ने ठाउँ बनेका छन् । अहंकारले अँगालो खोसेको छ । महिलामाथि हुने
घरेलु हिंसाको एक प्रमुख कारण गहना पनि हुन् ।
आभूषणको अर्थ केवल गहना मात्र होइन । अन्य शरीर सजावटका
सामग्री पनि बुझिन्छ । विश्वमा सबैभन्दा धेरै लगानी गहनामा भएको
छ भने दोस्रो ठूलो लगानी सौन्दर्य प्रशाधनमा हुन्छ । सौन्दर्य प्रशाधनमा
हुने खर्च यदि भोजन–पोषण, व्यायाम र तनाव व्यवस्थापनमा लगाउने
हो भने मानिसका शारीरिक र मानसिक कुरूपता मेटाउन सकिने थियो ।
सुन्दरता बढाउने सबैभन्दा श्रेष्ठ विधि ध्यान हो । ध्यानले कान्ति या
लावण्यको अतुलनीय विस्तार गर्दछ । आज बजारमा प्राप्त सौन्दर्य
प्रशाधनहरूमा मिलाइएका रसायनहरूले तत्काल त सुन्दर बनिएला तर
दीर्घकालमा कुरूपता दिन्छन् । योभन्दा बरु घरेलु जडिबुटीजन्य एवं
योग र प्राकृतिक चिकित्साका प्राकृतिक तरिकाहरूबाट पुनर्यौवन र
स्वस्थकर दीर्घजीवनको बाटो रोज्नु पर्दछ ।
लुगाफाटो पनि आभूषण नै हुन् । आजभोलि लुगा पनि कृत्रिम पद्धतिबाट
बनाइन्छ । ती सुन्दर त हुन्छन् तर स्वस्थकर हुँदैनन् । सुतीका कपडा
लगाउने बानी बसाल्नु पर्दछ । जसले हामीलाई मुख्य तीन कुरा दिन्छन्
— प्रथमः कपासको रेसाद्वारा स्वस्थकर र आरामदायक कपडा ।
दोस्रोः कपास प्राप्त गर्न रोपेका बोटहरूले पर्यावरणीय सन्तुलन । तेस्रोः
कपासको बीजबाट सौन्दर्य प्रशाधन र औषधी निर्माण । यससँग जोडिएर
आउने कृषि, रोजगारी र घरेलु उद्योग स्वावलम्बनको आधारशीला पनि
हो । हावापानी, मौसम, देश–काल–परिस्थिति अनुसार लुगा सम्यक
प्रयोग गर्नु पर्दछ । आज हामी जंगली युगमा छैनौं । ज्ञान–विज्ञानको
योगबाट सभ्यता अगाडि बढिरहेको छ । जंगली युगमा जस्तै नाङ्गो या
अर्धनाङ्गो भएर हिँड्नुलाई हामीले सभ्यता सम्झिनु हुँदैन । साधुहरूको
एउटा समूह नाङ्गै बस्नुलाई ठूलो साधना मानेर नाङ्गिने होडबाजी
गरिरहेछ । युवा–युवतीहरूको अर्को समूह नाङ्गो या अर्धनाङ्गो
बस्नुलाई सुन्दरता सम्झी कम कपडामा देखिने होडबाजी गरिरहेछन् ।
कसैले शिरदेखि पैतालासम्म सर्वाङ्ग ढाकेर धर्म–संस्कृतिको पालनाको
होडबाजी गरिरहेका छन् । यी सबैबाट माथि उठेर मध्यममार्ग अपनाउनु
पर्दछ । अतिवादी चिन्तनको आयु अत्यन्त कम हुन्छ ।
आन्तरिक सुन्दरता पहिलो आवश्यकता हो जसले बाè सुन्दरतालाई
पनि जन्माउँछ । बाè सुन्दरतालाई सजाएर अझ राम्रो बनाउनु
उत्कृष्ट कला हो । तर, यो कला कृत्रिम हुनु हुँदैन । प्रकृति र
मानव अन्तरसम्बन्धबाट उपलब्ध हुनु पर्दछ । सौन्दर्य प्रशाधनहरू
प्राकृतिक रूपबाट तयार गर्नु पर्दछ । सुन–चाँदीका मालाको बदला
रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दन, तुलसी–बोधिचित्त एवं अन्य औषधीय
वनस्पतिहरूका सुन्दरतम मालाहरू बनाई लगाउनु पर्दछ । धर्तीमा
भएका रत्न–रत्नादि, सुन–चाँदी जस्ता धातविक खनिजहरूलाई
उसको प्राकृतिक स्वरूपमा रहन दिनु पर्दछ जसले ब्रहृमाण्डीय
सन्तुलन कायम गर्दछ । पृथ्वीको आयु घट्नु र दैवी आपदा बढ्नुको
मुख्य कारण पृथ्वीको निर्माणका मूल स्रोतहरूलाई दोहन गर्नु या नष्ट
गर्नु हो । यो अभियानले यही चेतना र जीवनशैली सिकाइरहेको छ ।
दीप यज्ञ अभियान के हो ?
सर्वधर्म समन्वयको विराट यज्ञ हो दीप यज्ञ । तमसोमा ज्योतिर्गमय,
अप्पदिपो भव आदि दिव्य सूत्रद्वारा सबै धर्म–सम्प्रदायहरूले ज्योतिको
स्तुति गाएका छन् । सम्पूर्ण पूजा, प्रार्थना, तिहार उत्सव बत्ती बालेर सुरु
हुन्छन् । नेपालको मौलिक संस्कृतिमा लाखबत्ती बाल्ने दिव्य यज्ञोत्सव
छ । बाहिर बत्ती बाल्नु आफूभित्रको प्रकाशको खोज गर्ने संकल्पको
प्रतीक हो ।
दीप यज्ञलाई विस्तार गरौं । जुन संस्कृतिमा जस्तो परम्परा छ– कपासमा
एक थुम्के बत्ती, ३ सरे, ५ सरे, ७ सरे, ९ सरे आदि हातले कातेका बत्ती,
तेल बत्ती, घ्यु बत्ती, मैन बत्ती, वनस्पति बत्ती आदि बत्ती बालेर बाहिर र
भित्र विराट प्रकाशलाई स्वागत गरौं । विहान घरमा बत्ती बालौं र चौबीसै
घण्टा प्रकाशित चैतन्य बोधको प्रार्थना गरौं । विहान मूल ढोका अगाडि
बत्ती बालौं र आजको यात्रा सत्पथमा अघि बढोस् भनेर प्रार्थना गरौं ।
विद्यालयका कक्षा कोठामा बत्ती बालौं र प्रार्थना गरौं आज पढ्ने ज्ञान–
विज्ञानले मेरो बुद्धिलाई प्रकाशित गरोस् । कार्यालयका कोठाहरूमा बत्ती
बालौं र प्रार्थना गरौं आज मैले गर्ने कुनैपनि काममा भ्रष्टाचार गर्ने छैन,
सदाचारका साथ सबैको सेवा गर्नेछु । जो जहाँ हुनुहुन्छ बत्तीलाई साक्षी
राखेर प्रार्थना गर्नुहोस् । बस्ती–बस्तीमा मान्छे मिलेर आफ्नो क्षमता
अनुसार बत्ती जम्मा गरेर सामूहिक रूपमा दीप यज्ञ गर्नुहोस् । यसो गर्दा
चारैतर्फ बसी बीचमा बत्ती बालेर सर्वमंगलका लागि प्रार्थना गर्नुहोस् । दीप
यज्ञमा कुनै कर्मकाण्डीय पद्धति अपनाउन जरुरी छैन । केवल विश्वलाई
प्रकाशित गर्ने अनादि सत्ता परमात्मा र उसका सिर्जना मानिस, पशु–पक्षी,
वनस्पति र पञ्चमहाभूतमा विराट प्रेम भए पुग्छ । यो अभियानले यही
चेतना र साधना सिकाइरहेको छ ।
प्रार्थना अभियान के हो ?
प्रार्थना जीवनको आधार हो । धर्मको आत्मा हो । वैदिक र पूर्ववैदिक
कालदेखि आजसम्म सबै अन्तरद्रष्टा सन्तहरूले प्रार्थनालाई एक्लैले र
समूहले गर्न सक्ने महायज्ञ मानेका छन् । वेददेखि उपनिषद्का ऋषिहरूले
तत्कालीन लोकभाषा संस्कृतमा हजारौं प्रार्थनाहरू लयबद्ध, सूत्रबद्ध
प्रस्तुत गरेको पाइन्छ । ईशदूत ईसामसीहले परमपिता परमात्मालाई
निष्कपट भएर प्रार्थना गर्नाले आफ्नो र विश्वको संकट हटाउन सकिन्छ
र यस विश्वलाई प्रेम र शान्तिले पवित्र बनाउन सकिन्छ भनेका छन् ।
गुरु नानकले प्रार्थनाको ठूलो गुण गाउनुभएको छ । पाँच प्रार्थनालाई
जोड दिनुभएको छ– सत्य, यथार्थता, ईश्वरको नाममा समर्पित
दया, सद्विचार र नामको स्तुति । श्री शंकराचार्यले देश, काल, परि
स्थितिअनुसार भिन्न–भिन्न प्रार्थनाका शब्दस्वरूप निर्माण गर्नुभएको
छ । मानव जातिले आफ्नो जीवनमा गरेको सबैभन्दा ठूलो यज्ञ
प्रार्थनायज्ञ हो । जो सम्पूर्ण धर्म, संस्कृतिको मूल कर्म र ब्रहृम हो ।
आफूलाई र विश्वमा कहीं पनि कसैलाई पनि दैवी आपदा, दुःख–
कष्ट आएको समाचार पाउनेवित्तिकै एकान्तमा या आकाशतर्फ
फर्केर परमपिता, अनादि सत्ता परमात्मालाई या आफ्नो आस्थाको
इष्टदेवलाई निष्काम भावले प्रार्थना गर्ने बानी बसालौं । तपाईंको प्रार्थनाले
शक्तिशाली काम गर्न सक्दछ । ध्यानको अवस्थामा, मौन र एकान्तको
अवस्थामा प्रार्थना गर्दा ब्रहृमाण्डीय ऊर्जालाई प्रसारण गर्न सकिन्छ ।
अतः सर्वमंगलका लागि प्रार्थना गर्ने बानी बसालौं । प्रार्थना महायज्ञ हो,
महाव्रत हो । यो अभियानले हरेक धर्मको मर्ममा रहेको पवित्र प्रार्थनाको
कला, संस्कृति र विज्ञानको चेतना र साधना सिकाउँछ ।
एकान्तबास अभियान के हो ?
मानिस आज भिडको खोजीमा छ । भिडको बीचमा छ र भिड नै
चाहन्छ । आजको सभ्यता भिडसँग गाँसिएको छ । आज मानिस दश
मिनेट एक्लै आफूसँग मात्र बस्न सक्दैन । साथी, परिवारका सदस्य या
भएन भने कम्प्युटर, मोबाइल, टेलिभिजन, रेडियो, पत्र–पत्रिका र केही
भएन भने यसै बजारको कोलाहलमा डुल्न निस्कन्छ । मानिस आज
भिडमा हराउन चाहन्छ । त्यही हल्लामा आफूलाई भुल्न चाहन्छ, बिर्सन
चाहन्छ । उसले सायद आफूलाई समस्या र हुललाई समाधान मानेको
छ । यथार्थमा भन्नुपर्दा मानिस सत्यदेखि डराइरहेको छ, स्वयम्ले
स्वयम्लाई झुक्याउन चाहन्छ । जब केही क्षण एकान्त प्राप्त हुन्छ तब
जगत टाढा हुँदै जान्छ र आफू नजिक हुँदै जान्छ, नाङ्गिन्छ ऊ आफ्नो
अगाडि । हिजोसम्म जगतमा कृत्य सम्झिएका कुरा आज आफू नजिक
पुग्दा कुकृत्य हुन पुग्दछन् । यिनै सारा कारणहरूले मानिस आत्तिन्छ
आफ्नो नजिक जान, आफूलाई चिन्न, आफूलाई स्पर्श गर्न । एकान्त
बासको मूल्य हराउँदै गयो आज प्रतिफल सिर्जनशील व्यक्तित्वहरू
जन्माउन धर्तीलाई गाह्रो भइरहेको छ ।
एउटा सौन्दर्यपूर्ण सत्य सुनाउँछु– विश्वमा जति पनि सृजनाहरू भए
चाहे ती वैदिक कालका हुन् चाहे आधुनिक कालका, एक्लो मानिसले
एकान्तवासबाट जन्माएका हुन् । पाँच हजार मानिसको हुलले एउटा
सुन्दर चित्र या मूर्ति बनाउन सक्दैन तर सयौं चित्र जलाउन र मूर्ति
तोडफोड गर्न सक्दछ । एक हजार मानिसको हुलले एउटा सुन्दर
कविता दिन सक्दैन तर हजारौं कविताका पुस्तक क्षणभरमा विनाश
गर्न सक्दछ । पूरै विश्व इतिहासमा आजसम्म हुलले विनाशमात्र गरेको
छ, सिर्जना त एक्लोले एकान्तमा गरेको छ । चाहे आध्यात्मिक, चाहे
भौतिक दुवैको बीजारोपण एकान्त बासमै भएको छ । हुल विध्वंशको
प्रतीक हो, एकान्त सिर्जनाको ।
एकान्तका जति कुरा उठे ती बाè एकान्त मात्र होइन, आन्तरिक एकान्त
पनि हो । आजको मानिसले शारीरिक रूपमा एक्लो भएर पनि मनमा
हजारौं विचारका हुल बटुलेको हुन्छ । शरीरको हुलभन्दा मनको हुल
खतरनाक हुन्छ । एकान्तवास थोरै समयका लागि भए पनि शारीरिक
र मानसिक दुवै रूपमा घटित होस् । बाहिर शार ीरक रूपमा एक्लोपना
साथै आन्तरिक रूपमा पनि घर, कार्यालय, उद्योग, व्यवसाय, मित्र,
मण्डली, परिवार, समाज सबैलाई विदा गरी एक्लोपना । १० मिनेट पनि
शारीरिक र मानसिक रूपमा एकान्त घटित भयो भने १० वर्ष हुलका
साथ नमिलेको आनन्द र सिर्जना उपलब्ध हुन्छ ।
मैले जुन एकान्त बासको कुरा गरें यसको लागि घरबार छाडेर, जंगल,
गुफा कहीं जानु पर्दैन । दिनमा १–२ घण्टा र महिनामा १–२ दिन मात्र
पनि हुलबाट टाढा भए पुग्दछ । भौगोलिक रूपमै टाढा जानुपर्दछ भनेको
होइन । घरकै कोठाभित्र पनि हुन सक्दछ, छतमा रातको जुनको उज्यालो
या अन्धकार दुवैलाई उपयोग गर्न सकिन्छ । कसैले बाधा पुर्याउँदैन
र सहज छ भने झरना, नदी, समुद्र, हिमाल, जंगल जस्ता प्रकृतिका
कृतिसँग बस्न पनि सकिन्छ ।
एकान्त बासको कला, संस्कृति र विज्ञान दिव्य छ । खोज–अनुसन्धान
र सिर्जना विश्वमा जति पनि भए आदि कालदेखि आजसम्म, त्यो
एकान्त बासमै भएको हो । विश्वविख्यात ऋषि, योगी, वैज्ञानिक, कवि,
कलाकार आदि सिर्जनाका जति प्रतीक नाम छन् तिनीहरूभित्रको
सम्भावना एकान्तवासले नै बाहिर निकालेको हो । शरीर र मनको हुल या
चञ्चलताले होइन । एकान्त बास ध्यानको जग हो । सरलताका साथ भन्ने
हो भने एकान्त बास ध्यान नै हो । चैतन्यबोध नै हो । सृष्टिको बीज हो ।
एकान्त बासको कला, संस्कृति र विज्ञान सिकाउने अभियानको नाम
एकान्त बास अभियान हो ।
श्रमशील अभियान के हो ?
जुन समाज र देशमा भिखारीहरू छन् त्यो देश र समाजको पतन टाढा
छैन । भिक्षालाई व्यवसाय बन्न दिनु हुँदैन । श्रमशील कर्मयोगको प्रचार–
प्रसार गरी भिख मागेर खाने वृत्ति, प्रवृत्ति र संस्कृतिलाई होसपूर्वक
हटाउनु पर्दछ । साधकहरूले पनि केही समय छुट्याई आफ्नो श्रम र
सीपद्वारा समाजको सेवा गरेर या उत्पादन गरेर प्राप्त कुराबाट जीवन
सञ्चालन गर्नु पर्दछ । शारीरिक र मानसिक रूपमा अशक्त या अपाङ्ग,
रोगी, वृद्ध, बालक आदि सहयोगको नितान्त आवश्यकता भएकाहरूलाई
विशेष व्यवस्था गर्नु पर्दछ तर बाटोमा भिख माग्न प्रोत्साहित गर्नु हुन्न ।
शारीरिक र मानसिक रूपमा बलिष्ठ, विवाहित, गफ र गाँजामा मस्त
साधुको भेषमा भए पनि भिख दिनु हुँदैन । काम गर्नका दुःखले जोगी
बन्ने परम्परालाई मेटाउनु पर्दछ । जुन देशले श्रमलाई उत्कृष्ट साधना
मानेर आफ्नो पैतालामा स्वाधीन भएर उभिने काम गर्दैन र अरू धनी
देशसँग भिख मागेर जिउन रमाउँछ त्यो देश छिट्टै पतन हुन्छ ।
आफ्नो जीवनको हरेक सूक्ष्म क्षणलाई अनवरत श्रम, सीप, समय,
सदाचार र साधनाको पञ्चामृतद्वारा श्रमशील जीवनमा लगाउने मानिस
श्रेष्ठ र स्तुत्य छ । सकारात्मक सोचबाट गरिने हरेक श्रम विशिष्ट तप
हो । श्रमशील मानिसको अगाडि मात्र होइन श्रमशील सूक्ष्म जीव माहुरी
र कमिलाको अगाडि झुक्दा पनि मलाई गौरव लाग्छ । आधुनिकता र
सम्पन्नताको छद्म नाटकमा हामी श्रमलाई बेइजती सम्झिन थालेका
छौं । जुन दिन श्रमविहीन वित्दछ, त्यो दिन जीवनको शोक, हार, मृत्युको
तैयारी हो । श्रमशील जीवनले शारीरिक, मानसिक र आत्मिक उन्नति
हुन्छ । प्रतिफल व्यक्ति र समाजको सर्वाङ्गीण विकास हुन्छ ।
जसलाई श्रमसँग प्रेम छ, श्रम गर्दछ उसलाई दुःख कहिल्यै आउँदैन ।
श्रमशील व्यक्तिका लागि संसारको कुनै कुरा पनि असहज र अप्राप्य
हुँदैन । उसका अगाडि भाग्यका सारा कथाहरू झुक्दछन् । जीवनको
अर्थ नै हो– श्रमशीलता । हाम्रा हरेक सूक्ष्मातिसूक्ष्म कोषहरू पनि
निरन्तर श्रमशील छन् । हाम्रा यी कोषले श्रमलाई छाडिदिए भने शरीरमा
मृत्यु उपलब्ध हुन्छ । मानिसभित्रको सम्पूर्ण सम्भावनाको ढोका खोल्न
सक्ने सामथ्र्य केवल श्रमशील जीवनमा छ । यही कर्मयोगको महाव्रत
हो । श्रमको निम्ति कुनै घेरा छैन र श्रमको निम्ति कुनै जाति छैन ।
श्रमबाट हटेर कुनै वर्गभेद मानवका लागि अर्थपूर्ण छैन । श्रमबाट
निस्केको पसिनाका धाराहरू गंगाजलभन्दा पनि पवित्र हुन्छन् । यस
धारामा जसले स्नान गर्दछ, उसले विराटको दर्शन पाउँछ ।
स्वास्थ्य र दीर्घ जीवनका लागि श्रमशील जीवनभन्दा अर्को बाटो छैन ।
आज विश्वमा ह्दयरोग, मधुमेह, मोटोपन, उच्च रक्तचाप, वाथ, दम
जस्ता नसर्ने रोगहरू नै मानिसको साहस र संकल्पलाई घुँडा टेकाउँदै
अगाडि बढिरहेका छन् । संसारमा सबैभन्दा बढी मानिसलाई प्रतिवर्ष यिनै
रोगले अल्पायुमै लैजान्छ । संसारको सबैभन्दा धेरै धनराशि यिनै रोगले
लैजान्छ र पनि दिन प्रतिदिन रोगहरू घट्नुको साटो बढिरहेका छन् । यी
रोगहरूको मूल कारण– बढी खानु, बढी आराम गर्नु र बढी तनावमा बस्नु
हो । शाकाहारी भोजन, श्रमशील र तनावमुक्त ध्यानी जीवन नै यी घातक
रोगबाट बचेर स्वस्थकर दीर्घ जीवन प्राप्त गर्ने मूल सूत्र हो ।
यो अभियानमा श्रमसँग शीललाई जोडिएको छ । शीलविनाको श्रम
सुन्दर मुर्दा जस्तै हो । श्रममा जब शील जोडिन्छ तब श्रम महाव्रत बन्दछ,
तप बन्दछ, आध्यात्मिक साधना बन्दछ, कर्मयोग बन्दछ जसले श्रमबाट
श्रमिक नबनाई श्रमबाट संबोधीमा पुर्याउँछ । यो चेतना र साधना हरेक
व्यक्तिसम्म पुर्याउने संकल्पको नाम नै श्रमशील अभियान हो ।
धुवा“ मुक्ति अभियान के हो ?
कुनै पनि प्रकारको धुवाँ होस् त्यो मानव स्वास्थ्यका लागि अत्यन्त
हानिकारक हुन्छ । कार्वन मोनोअक्साइड भन्ने ग्याँस धेरै प्रकारका
धुवाँमा हुन्छ । यो ग्यास हाम्रो रगतमा अक्सिजनभन्दा चाँडो मिसिन्छ
र लामो समयसम्म त्यहीं बस्दछ । यस्तो अवस्थामा रगतको
अक्सिजन बोक्ने क्षमता घट्छ । यति मात्र होइन, धुवाँले सयौं
घातक रोगहरू जन्माउँछ क्यान्सर, दम, मुटु रोगदेखि सामान्य रुघा–
खोकी, पिनाससम्म । धुवाँले मानव स्वास्थ्यदेखि विश्व ब्राहृमाण्डीय
पर्यावरणीय समस्यासम्म जन्माउन सक्ने र घरभित्र र घरबाहिर
चारैतर्फ धुवाँले कब्जा जमाइसकेको हुनाले यो धुवाँ मुक्ति अभियान
चलाउनु परेको हो ।
घरेलु धुवाँबाट मुक्त बन्न र विश्व वातावरणलाई राम्रो बनाउन गोबरग्याँस,
सौर्य ऊर्जा, हावा र पानीबाट बिजुली उत्पादन गरौं । रुख काटेर दाउरा
नबालौं । बाल्नैपर्ने बाध्यता भए वैज्ञानिक चुल्हो रोजौं जसमा धुवाँ पनि
आउँदैन र दाउरा पनि कम खर्च हुन्छ ।
चुरोट–तमाखुको प्रयोग नगरौं । प्रयोग गर्ने व्यक्तिभन्दा धेरै टाढा
बसौं जहाँ चुरोट–तमाखुको गन्ध आइनपुगोस् । चुरोट–तमाखु पिउने
मानिसलाई भन्दा उसको नजिक बस्नेलाई धेरै हानि हुन्छ । चुरोट–
तमाखुले नजन्माउने कुनै रोग छैन । हजारौं रोगलाई जन्माउँछ ।
जाडोको समयमा शहरका बाटो किनारामा टायर, प्लाष्टिक बालेर आगो
तापेको देखिन्छ । त्यसले त्यो ताप्ने समूह र सम्पूर्ण पर्यावरणलाई नै
ठूलो क्षति पुग्दछ । शहर नारा–जुलुसमा तातेको बेलामा सडकमा टायर
बाल्ने परम्परा नै बनेको छ । यसले मानव स्वास्थ्य मात्र नभएर सम्पूर्ण
जीव–जगतलाई ठूलो हानि पुर्याउँछ । अर्कोतर्फ यस्तै कार्यक्रममा
सुरक्षाकर्मीहरूले अश्रु ग्याँस प्रयोग गर्दछन् । यो पनि अत्यन्तै हानिकारक
छ । शहरी फोहोर–मैलामा प्लाष्टिकदेखि अन्य जलाउनै नहुने कैयन कुरा
पाइन्छन् तर फोहोर–मैला व्यवस्थापन संस्थाले जलाउने गरेको पाइन्छ ।
त्यो अत्यन्तै नराम्रो काम हो । यस्ता फोहोर जलाउँदा कार्वनडाइअक्साइड,
कार्वन मोनो–अक्साइड, सल्फरडाइ अक्साइड, सल्फर नाइटे«ड,
डायोक्सिन, फ्युरोन जस्ता अनेक हानिकारक ग्यास निस्कन्छन् ।
विकसित देशमा यस्ता फोहोर ठूला र व्यवस्थित भट्टी (इनसिनेटर) मा
जलाइन्छ र पनि पर्यावरणको दृष्टिमा अत्यन्त हानिकारक मानेर जलाउने
काम बन्द भइरहेका छन् । फोहोर–मैलामा रहेका गल्ने फोहोरलाई मल
बनाउनु पर्दछ, नगल्ने फोहोरलाई पुनः उद्योग (रिसाइकल उद्योग) मा
पठाउनु पर्दछ ।
उद्योग, कलकारखाना र औद्योगिक क्षेत्र मानव बस्ती र जलस्रोतभन्दा
टाढा राख्नु पर्दछ । यस्ता उद्योग र औद्योगिक क्षेत्रमा कमसेकम कुल
क्षेत्रफलको बराबर र सम्भव भएमा त्योभन्दा बढी वन क्षेत्र बनाउनु
पर्दछ । यस्तो वन क्षेत्रमा वर, पीपल, आँप, शमी जस्ता ठूला बोटहरू
लगाउनु पर्दछ ।
यातायातका साधनहरू सकेसम्म सौर्य ऊर्जा, ग्यास (एलपी ग्यास)
बाट चल्नेलाई प्राथमिकता दिनु पर्दछ । पुराना र धेरै धुवाँ फ्याँक्ने
यातायातका साधनहरूलाई शहरबाट गाउँतर्फ पठाउने नभई बन्द नै गर्नु
पर्दछ । मोटरसाइकलको बदला साइकललाई प्रोत्साहित गर्नु पर्दछ ।
व्यक्तिपिच्छे मोटर राख्ने सोचलाई बदलेर शहरमा सयौं मान्छे चढ्न सक्ने
सुविधा सम्पन्न बिजुलीबाट चल्ने बस–रेललाई विस्तार गर्नुपर्छ जसले
यातायातको चाप, इन्धनको अनावश्यक खर्च र धुवाँलाई घटाउँछ ।
शहरी घर बनाउँदा नक्सामा बोट–विरुवा रोप्ने स्थान उल्लेख गर्नुपर्दछ ।
यहाँ शहर–शहर किन भनिएको भन्दा गाउँ–घरमा त खुला ठाउँ र
बोटविरुवा प्रशस्त पाइन्छन् । साथै घातक धुवाँ प्रदूषणका स्रोत पनि
कम हुन्छन् ।
धुवाँ मुक्त विश्व बनाउने चैतन्यबोधको अभियान हो— धुवाँ मुक्ति
अभियान ।
एकादश वटी अभियान के हो ?
प्रत्येक बस्तीहरूमा एकादश वटी अर्थात् एघारवटा विराट महत्व
बोकेका बोटहरूको रोपण र संरक्षण साथै पुराना बोट भए तिनीहरूको
रक्षाको अभियान एकादशवटी अभियान हो । प्राणवायु अक्सिजन,
प्राणरक्षक औषधी र प्राणप्रिय आस्थाका त्रिवेणी निम्न बोट–
विरुवालाई आफ्नै सन्तानलाई जस्तै माया गरेर बस्ती–बस्तीमा
हुर्काऊँ । यी बोट–विरुवा हुन्—
* करेसाबारी या फूलबारीमा
१) पुदिना, २) व्रहृमी, ३) बोझो, ४) तुलसी, ५) कुश, ६) पिपला,
७) अदुवा, ८) बेसार, ९) मरहठ्ठी, १०), सौंफ, ११) घ्यूकुमारी ।
* घरको वरिपरि
१) रुद्राक्ष, २) बोधिचित्त, ३) पारिजात, ४) बेल, ५) अमला,
६) नीम, ७) श्रीखण्ड (सेतो चन्दन), ८) शीतलचिनी, ९) कागती,
१०) गुर्जो, ११) मरिच ।
* बारीका ढिकढाकमा
१) च्युरी, २) अडेर (एरण्ड), ३) सिमली, ४) असुरो, ५) हर्रो,
६) बर्रो, ७) टिमुर, ८) चुत्रो (दारु हरिद्रा), ९) जामुन, १०) सर्पगन्धा,
११) चितु (चित्रक) ।
* वनपाखामा
१) पिपल, २) वर, ३) डुम्री, ४) अर्जुन, ५) बकाइनो, ६) कोइरालो,
७) खयर, ८) राजवृक्ष, ९) अशोक, १०) रक्तचन्दन, ११) दालचिनी ।
* फलफूल
१) दारिम (अमिलो अनार), २) अमारो, ३) शंखत्रो (शंखतराय),
४) ओलिभ (जैतुन), ५) अमिली, ६) अंगुर, ७) आँप, ८) एबोकार्डो
(घिउफल), ९) ओखर, १०) काफल, ११) अम्बा (बेलौती) ।
वर–पीपललाई रोप्ने, संरक्षण दिएर हुर्काउने र आफ्नै सन्तानको जस्तै
विवाह गरिदिने । जीवनभर त्यसको सुरक्षा दिने जस्तो लोक–संस्कृति
बोकेका हामी आज वर–पीपल काट्ने होडबाजीमा लागेका छौं । सयौं
वर्षदेखि प्राणवायु अक्सिजन, प्राणरक्षक औषधी, प्राणप्रिय आस्था मात्र
होइन थाकेकालाई विश्राम र छायाँ, साधकलाई माया दिएका वर–
पीपललाई एक हजारमा बेचेर हाँस्दा बिक्रेताको अनुहारमा इतिहासमै
नदेखिएको राक्षसी रूप देखिएको छ । पीपलको फेदमुनि लाखौं सन्तहरूले
संबोधि प्राप्त गरे । बेल, रुद्राक्षको बोटमुनि लाखौं शिवभक्तहरूले शिवतत्व
प्राप्त गरे, अमलाको बोटमुनि च्यवन ऋषिले पुनर्यौवन, स्वास्थ्य र दीर्घ
जीवनको सूत्र भेटे तर तिमीले त्यो सभ्यतालाई काटेर एक दिनको खर्च
जुटायौ । जाग ¤ हिजो जे गर्यौ, जे भयो वर्तमान तिम्रा हातमा छ । अब सबै
मिलेर एकादशवटी अभियानमा हातेमालो गरौं । यही त यो अभियानको
दिव्य चिन्तन र चैतन्यबोध हो । चेतना र साधना हो ।
विश्व–बन्धुत्व अभियान के हो ?
नेपालमा मीत लगाउने चलन सयौं वर्षदेखि चलिआएको छ । यो
विश्व—बन्धुत्वको संस्कृति निर्माण अभियान थियो । हाम्रा वैदिक र
पौराणिक ग्रन्थहरूमा यी अभियानको झलक पाइन्छ । सबैलाई मित्रको
दृष्टिले हेर्नु र आपसी दूरी समाप्त गरी एकात्म बोध गर्नु विश्व बन्धुत्व
अभियानको प्रारम्भिक चरण हो । यो अभियानले अन्ततः हामीलाई
स्वशान्तिदेखि विश्वशान्तिसम्मको यात्रा पूरा गर्न मद्दत गर्नेछ ।
सुखदुःखमा परस्पर मिलेर बस्दा आनन्द उपलब्ध हुन्छ । मित्र मित्रको
सम्पत्ति हो जसले विपत्तिको समयमा पार लगाउँछ । बनस्पती, पशु पक्षी,
पञ्च महाभूत आदि सबै हाम्रा प्रिय मित्र हुन् । जैविक विविधताभित्रको
महासौन्दर्य र महामिलनको अनुभूति नै त विश्व बन्धुत्वको साधना र
सिद्धि हो । संसार सहअस्तित्वमा टिकेको छ । जीवाणुहरूमा अशान्ति
पैदा भयो भने त्यसको असर ठूला प्राणी र समग्र विश्वमा पर्दछ । अतः
जैविक विविधताबीच विश्वबन्धुत्वको सहजीवन बनाउन पनि जीव
जगतलाई हानि पुग्ने कुनै कार्य गर्नु हुँदैन ।
सहअस्तित्वको भावनाले नै मानिसले सबै जीव, बनस्पती, पञ्च
महाभूत र अनादि सत्ताको पूजा एवं प्रार्थना गरेको हो । विश्ववन्धुत्वको
जीवनशैलीको चेतना र साधनाको अभियान हो यो ।
विश्व अहिंसा संगठन अभियान के हो ?
हामीसँग स्वास्थ्यको विश्व संगठन भएजस्तै अहिंसाको विश्व संगठन
पनि आवश्यक छ । अहिंसाको विश्व संगठन स्थापना गर्न सकियो
र त्यसमा सबै देशले हस्ताक्षर गरे भने विश्वबाट हिंसालाई निर्मूल
गर्न सकिन्छ । सयौं संघ संस्थाहरूले आफ्नो ठाउँबाट यसमा पहल
गरिराखेका छन् । कोही बलिप्रथा निर्मूल अभियान मार्फत, कोही
शाकाहारी अभियान मार्फत, कोही भेगान अभियान मार्फत । यी सबै
सत्प्रयासहरूलाई एकताबद्ध गरेर विश्व अहिंसा संगठन बनाउन सकियो
भने बल्ल यो अभियानले गति लिन सक्छ । सानोतिनो अभियान
सञ्चालन गर्नेहरू केही समय मच्चिन्छन् र थाक्छन् । विश्व संगठन
निर्माण भएमा यो सत्प्रयासले दिगो रूप लिन सक्छ ।
अहिंसाको सही परिभाषा पनि आवश्यक छ । हरेक वस्तुभित्र चेतना
छ । कुनै अदृश्य ऊर्जाले काम गरिरहेको छ । हामी देख्छौं रुख विरुवा
वा मानिसहरू मरिराखेका छन् तर नयाँ जन्म अनवरत रूपमा जारी
छ । हामीले निर्जीव भनेका वस्तुमा पनि त्यही ऊर्जाले काम गरिराखेको
छ । अन्यथा कोइला रूपान्तरण भएर हीरा बन्न सक्दैनथ्यो । रूपान्तरणको
शक्ति हुनु चेतना हुनुको बलियो प्रमाण हो ।
निर्जीव वस्तुमा गति कम हुन्छ । तिनको गति देख्न संवेदनशील मस्तिष्क
चाहिन्छ । यो गहिराइमा अहिंसालाई बुझिनु आवश्यक छ । प्राचीन
पूर्वीय जीवन पद्धति अहिंसामय थियो । ऋषिमुनिहरू तपस्या गर्दा एक
छेउमा बाघ र अर्को छेउमा मृग बसेका हुन्थे भनिन्छ । तपस्यारत ऋषिको
अहिंसा भावको अभ्यासले अन्य प्राणीमा पनि हिंसा भाव हराउँथ्यो ।
अहिंसाका लागि विश्वभरिका मानिसहरूको साझा संकल्प प्रारम्भ
गरिएको अभियानको नाम नै विश्व अहिंसा संगठन अभियान हो ।
पुरूषार्थ अभियान के हो ?
साँचो पुरुषार्थ त्यो हो जब हामी निष्काम भावले कर्म गरिरहन अभ्यस्त
हुन्छौं । उद्यमशीलता र पुरुषार्थले पूर्ण नहुने कुनै काम छैन । अनवरत
सत्कर्म गरिरहनु र अहंकारबाट मुक्त हुनु यही नै वास्तविक कर्मयोग हो ।
फलको इच्छा बोकेर सकाम कर्ममा लम्पट मानिसले आनन्द र उत्सव देख्न
सक्दैन । किनभने लोभको मल बढ्नाले उसको मन मैलिइरहेको हुन्छ ।
जबसम्म मन निर्मल हुन सक्दैन तबसम्म तनाव र बेचैनी रहिरहन्छ । मनलाई
निर्मल बनाउने सबभन्दा सरल उपाय निष्काम कर्म नै हो । निर्मल अवस्थामा
मात्र सुख र दुःख दुवैले छुन नसक्ने सनातन आनन्द प्राप्त हुन सक्छ ।
प्रमादी या अल्छीलाई कसैले सहयोग गर्दैन । पुरुषार्थीलाई जगत
र जगदीश्वरले सहायता गर्दछन् । जो श्रम, सीप, समय, सदाचार र
साधनाको जीवन बाँच्दछ ऊ नै पुरुषार्थी हो । शरीर बलवान, मन
निर्मल, हृदय इमान्दार, मस्तिष्क समझदार, सोच पवित्र, व्यक्तित्व
विनम्र, बोली मधुर र कर्म निष्काम छ भने वैभव र विश्व उसको पछि
लाग्दछ । सफलता खोज्नुपर्दैन, सफलताले खोज्दै आउँछ । सिद्धि र
प्रसिद्धि मिलेर अभिनन्दन गर्दछन् ।
पुरुषार्थ अभियानले बच्चादेखि वृद्धसम्म सबैभित्र आलस्यले
लट्ठिएर बसेको मलिन मानिसलाई पुरुषार्थको महाशक्तिले निर्मल
बनाउने विज्ञान सिकाउँछ । सुतेकालाई उठाउँछ, उठेकालाई हिँडाउँछ,
हिँडेकालाई दौडाउँछ ।
परिवार व्यवस्थापन अभियान के हो ?
हामीसँग परिवार नियोजन संस्था सक्रिय छ । तर त्यसको अंग्रेजी नाम
फेमिली प्लानिङ अफिस हो । परिवार नियोजनका नाममा स्थायी र
अस्थायी बन्ध्याकरणका काम मात्र हामी गरिराखेका छौं । जसले गर्दा
परिवार व्यवस्थापनको कार्य लथालिंग भइरहेको छ । समस्या कसरी
सुरु भयो भने यहाँ फेमिली प्लानिङ भनेर जन्मदर नियन्त्रण मात्र
बुझियो । परिवार व्यवस्थापनलाई ध्यान दिइएन ।
पूर्वीय जीवन पद्धतिमा विवाह एउटा पूजा कार्य थियो । पुरुषले नारीलाई
र नारीले पुरुषलाई पूजा गरेर विवाह सम्पन्न गरिन्थ्यो । त्यसपछि ओजस्वी
सन्तान उत्पादनका लागि शारीरिक समागम उत्सवमय कार्य मानिन्थ्यो ।
यसरी बढेको परिवारमा सौहार्दता हुन्थ्यो । जीवन आनन्द र उत्सवमय हुन्थ्यो ।
जन्म निरोधलाई मात्र ध्यान दिनाले गर्भपतनका दर्दनाक अवस्थाहरू
बढिरहेका छन् । महिलाहरूको स्वास्थ्य खराब भइरहेको छ । मनमुटाव
र तनाव बढ्दै गएको छ । परिवार विखण्डन हुँदै गएका छन् । परिवार
व्यवस्थापनलाई केन्द्रमा राखेर काम गर्नैपर्ने बेला आइसकेको छ ।
त्यसका लागि पूर्वीय जीवन पद्धति अवलम्बन गर्नु श्रेयस्कर हुन सक्छ ।
यही अभियानको नाम परिवार व्यवस्थापन अभियान हो ।
सामाजिक विसंगति मुक्ति अभियान के हो ?
विभिन्न विसंगति बढ्नाले विश्वको शान्ति र अमनचैनमा बाधा पुग्दै
गएको छ । धुम्रपान, मद्यपान, मांसाहार, जुवातास, छुवाछूत, दाइँजोप्रथा,
भिखारी प्रथा, बढ्दो धर्मान्तरण, बलिप्रथा, हत्या एवं हिंसा, कलह
जस्ता विसंगतिले मानिसलाई घेर्दै आएको छ ।
मानवीय चेतनाको विस्तार गर्दै आनन्द अनुभूति गर्ने बाटो भुलेको हुँदा
मानिस विसंगतिमा फँस्दै गएको हो । आनन्दका लागि चैतन्य बोधको
सरल मार्ग छ भन्ने जानकारी समेत हराउँदै गएको वर्तमान अवस्थामा
मानिस नशा र दुव्र्यसनको कुलतमा होमिनु स्वाभाविक भइरहेको हो ।
ध्यान–साधनाद्वारा अन्तर्यात्राको चेतना विस्तार गर्न सके मात्र हामी
मानव समाजलाई पूर्ण रूपले विसंगति मुक्त बनाउन सक्छौं । तब
मात्र मानिस समाज र विश्वका लागि विनाशक होइन मित्रका रूपमा
स्थापित हुन सक्छ । सामाजिक विसंगति मुक्ति अभियानले मानिसको
यही संभावनालाई उजागर गर्न पहल गर्नेछ ।
फोहोर मुक्ति अभियान के हो ?
कालक्रममा शरीर, मन र समाजमा फोहोर बढ्दै जान्छ । अन्ततः मानिस
स्वास्थ्य, सभ्यता र संभावना गुमाएर निरीह बन्न थाल्छ । शरीर र मनको
फोहोर त सीमित मानिसले देखेका होलान्, समाजको फोहोर धेरैले
देखेर पनि आँखा चिम्लिएका छन् ।
समाजमा फैलिएको दृश्य फोहोरलाई बानी व्यवहार सुधारेर सफा गर्न
सकिन्छ । अदृश्य फोहोरलाई शरीर र मनमा फैलिएको विजातीय पदार्थ
हटाएर सफा गर्न सकिन्छ । शरीर र मनको फोहोर हटाउन हरेक वस्तीमा
स्वधर्म साधना केन्द्र स्थापना गरी योगमय जीवनशैली अपनाउनु पर्दछ ।
हरेक घरमा शौचालयको अनिवार्य प्रयोग हुनुपर्छ । त्यसबाहेक कम्तीमा
तीन वटा फोहोर संकलन गर्ने भाँडा घरघरमा राख्नु आवश्यक छ । एउटामा
कुहिने प्रकारका फोहोर संकलन गरेर राम्रो मल तयार गर्न सकिन्छ ।
अर्कोमा प्लाष्टिक झोला, बोत्तल इत्यादि नकुहिने फोहोर राख्न सकिन्छ
र तेस्रोमा वातावरणलाई हानि पुग्ने पुराना लाइट, मोबाइल, कम्प्युटर,
ब्याट्री आदि संकलन गरेर सही व्यवस्थापन गर्न सकिन्छ । फोहोरलाई
व्यवस्थित गर्दा हामीले प्रकारान्तरले जीवनलाई नै व्यवस्थित गरिरहेका
हुन्छौं । शरीर, मन र समाजको फोहोर हटाएर स्वस्थ र मुक्त समाज
निर्माण गर्ने अभियान हो यो ।
स्वास्थ्य साक्षरता अभियान के हो ?
स्वास्थ्य भन्नासाथ मानिसले औषधि, सुई, शल्यक्रिया, अस्पताल,
डाक्टर आदि बुझ्न थालेका छन् । यो सही बुझाइ होइन । हामीकहाँ
स्वास्थ्यको बृहद् परिभाषा छ । स्वास्थ्य भनेको त स्व मा स्थित रहनु,
आफूमा स्थिर रहनु हो । जीवनशैली र स्वास्थ्यको अन्तरसम्बन्ध बुझ्न
सके हामी धेरै नसर्ने रोगहरूबाट मुक्त हुन सक्छौं ।
शरीरमा संकलित विजातीय पदार्थ बढ्दै जाँदा रोगहरू प्रकट हुन्छन् ।
प्रकृति र मानवको सहजीवन छुट्दै गएको छ । प्रतिफल स्वस्थकर, दीर्घ
जीवन इतिहास बन्दै छ । शरीर एवं मनको गुण धर्म विपरीत या भनौं
रचना र क्रियाविज्ञान विपरीत बढ्दै गएको जीवन शैली सभ्यता कै लागि
चुनौती बन्दै गएको छ । प्राकृतिक जीवनशैलीको पुनस्र्थापनामार्फत
स्वस्थको स्वास्थ्य रक्षा र रोगीको उपचार गर्ने पद्धति स्थापना गरेर मात्र
पूर्ण स्वास्थ्य हासिल गर्न सकिन्छ ।
योग, प्राकृतिक चिकित्सा, आयुर्वेद आदि प्राकृतिक जीवनशैली र
प्रकृति एवं मानव अन्तरसम्बन्धबाट समाजलाई स्वस्थ राख्ने कार्य
गरेका चिकित्सा पद्धतिको व्यावहारिक चेतना जगाउने । आकस्मिक
दुर्घटना, दैवी आपदाह र संकटकालीन शल्यक्रिया बाहेक अन्य स्वास्थ्य
समस्यामा एलोपेथी चिकित्सा सफल देखिएको छैन । यो यथार्थप्रति
चनाखो भई आफ्नो स्वास्थ्य रक्षा आफ्नै हातमा छ भन्ने तथ्यप्रति सचेत
रहनु आवश्यक छ । औषधि कम्पनी, अस्पताल र चिकित्सकको संख्या
बढाएर स्वास्थ्य स्थिति राम्रो भयो भन्ठान्नु ठूलो भ्रम हो । त्यस्तो संख्या
बढाउन लाग्ने खर्च स्वस्थकर जीवनशैलीको प्रशिक्षणमा खर्च गर्नु धेरै
बुद्धिमानी हुनेछ । स्वास्थ्यको यो बृहत्तर आयामप्रति सबैलाई साक्षर
बनाउनु यो अभियानको उद्देश्य हो ।
सृजनशील वृद्धाश्रम अभियान के हो ?
मातृदेवो भव ¤ पितृदेवो भव ¤ यस्तो लोकसभ्यता भएको हाम्रो
समाजलाई आज सबैभन्दा बढी वृद्धाश्रम चाहिएको छ । त्यसैले
धर्मगुरुदेखि धार्मिक संस्थासम्म र समाजसेवीदेखि समाजसेवा सम्म
यही विषयमा घोत्लिएका छन् । वृद्धाश्रमहरूको अवस्था दयनीय छ । न
त्यहाँ आनन्द छ न उत्सव । आमाबाबुलाई वृद्धाश्रममा लगेर राखिदियो
भने हाइसञ्चो हुने मानसिकता हावी भएको छ ।
वृद्धाश्रम मृत्यु पर्खने घाट बन्नुहुँदैन । ज्ञान र सीप हस्तान्तरणको केन्द्र
बन्नुपर्दछ । कुनै पनि मानिस उमेरले मात्र वृद्ध भएको हुँदैन । लामो
जीवन यात्रामा उसले विशिष्ट ज्ञान, सीप र अनुभवहरू हासिल गरेको
हुन्छ । जुन आगामी पुस्ताका लागि अनमोल ज्ञान र विज्ञान सावित
हुन सक्छन् । एउटा वृद्ध परम्परागत र रैथाने ज्ञानको धरोहर मात्र
होइन, सम्बन्धित विषयको विशेषज्ञ पनि हुन सक्छ । अनुभव, प्रयोग
र प्रमाणीकरणको जीवित प्रयोगशाला हुन सक्छ । ती ज्ञान र सीपलाई
दोस्रो पुस्तामा हस्तान्तरण गर्न सके सभ्यताकै लागि ठूलो उपलब्धि
हुनेछ । यसप्रकार वृद्धाश्रम जीवित पुस्तकालय हो । वृद्धाश्रमलाई शिक्षा
केन्द्रका रूपमा विकसित गरिनुपर्दछ । वृद्धवृद्धालाई साधना मार्फत
आनन्द र उत्सवमय जीवनशैलीमा जिउन सहयोग गर्नुपर्दछ । जीवनमा
नसुल्झिएका आध्यात्मिक र भौतिक उल्झनहरूलाई सुल्झाउने
परिवेश बनाइदिनुपर्छ । अतृप्तिले छटपटाएको मनलाई शान्त बनाउन
योग प्रशिक्षण दिन सकिन्छ । यसप्रकार यो अभियानले वृद्धाश्रमलाई
सृजनशील स्थानको रूपमा विकसित गर्ने ध्येय लिएको छ ।
बाल विकास अभियान के हो ?
प्रेम, शान्ति र करुणायुक्त समाज निर्माण गर्न बालबालिकालाई सानैदेखि
सत्पथमा अगाडि बढ्ने शिक्षा दिनुपर्छ । आजको स्कुले शिक्षा परीक्षामा
कसरी धेरै अंक ल्याउने भन्नेमा केन्द्रित छ । जसले गर्दा शिक्षाले
सृजनशील र रहस्यहरूको खोज अनुसन्धान गर्ने क्षमता गुमाउँदै गएको
छ । उच्च अंक ल्याउनेहरू अधिकारी बनेका छन् तर कवि, लेखक,
संगीतज्ञ, वैज्ञानिक, योगी आदि बन्न सकेको देखिँदैन ।
बाल–बालिका नै भोलिका विश्वरूप हुन् । पहिलो १० वर्षको स्वास्थ्य,
शिक्षा, संस्कार र साधनाले जीवनका बाँकी वर्षहरूलाई दिशानिर्देश
गर्दछ । बाल्यकाल कुपोषण, कुसंस्कार र कुशिक्षाबाट अघि बढ्यो भने
भोलिको विश्व विनाशको ढोकामा उभिन्छ ।
आर्थिक रूपमा पछाडि पारिएका या विशेष कारणले परिवारबाट टाढा
भएका बालबालिकालाई राखेका बालकेन्द्रहरूले सही शिक्षा दिइरहेका
छैनन् । अनेक संस्थाले बालबालिकाको दिमाख भुट्ने काम गरिराखेका छन्
र देशी विदेशी संस्थाहरूबाट मोटो रकम असुल्ने काम गरिराखेका छन् ।
सकारात्मक शिक्षाले बालबालिकाको भविष्य र तिनका संभावनाहरूलाई
उजागर गरिदिनुपर्छ । यो अभियानले बालबालिकालाई कसरी तिनको
सर्वाङ्गीण विकासमा सहयोग गर्ने भन्नेमा ध्यान केन्द्रित गरिरहेको छ ।
योग संवत एवं विश्वयोग दिवस अभियान के हो ?
योगको ज्ञान विज्ञानका प्रवर्तक भगवान शिवको धाम, ऋषि महर्षिहरूको
साधना स्थल पवित्र नेपालको भूमिबाट वि.स.ं २०३६ सालबाट विश्व
योग दिवस र योग सम्वतको शुभारम्भ भएको हो । “योगी बनौं योग
सिकाऊँ” यो विश्व प्रार्थना एवं मन्त्रका साथ योग युग निर्माणको संकल्प
लिएर उत्तरायणको पहिलो पवित्र दिन माघ १ अर्थात् जनवरी १४ लाई
विश्व योग दिवस र योग सम्वत शुभारम्भको घोषणा गरिएको थियो ।
प्रतिवर्ष नेपाल र नेपाल बाहिर योग संवत् र योग दिवसको महाउत्सव
भइरहेको थियो । साथै योग संवत्को पञ्चांग पनि निरन्तर प्रकाशित
भइरहेको छ । यो योग दिवस र योग संवत् आज योगको प्राचीन र
आधुनिक इतिहासको सेतु बनेर रहेको छ । भोलिका इतिहासकारहरूले
समयलाई मूल दुई खण्डमा बाँड्नेछन्— योगसंवत् पूर्व र योगसंवत् उत्तर ।
योगसंवत्को पञ्चाङ्ग (पात्रो पनि निरन्तर प्रकाशित भइरहेको छ ।
यो अभियानका मुख्य उद्देश्यहरू निम्न छन् ः आदियोगी, ऋषिमुनि,
आचार्य र गुरुहरूको खोजी गरी उनीहरूका कालजयी चिन्तन एवं साधना
पद्धतिलाई पुनर्जागरण गर्ने । योग साहित्यका पुस्तकालय, वाचनालय,
संग्रहालय, सूचना केन्द्र, अनुसन्धान एवं साधना केन्द्रको स्थापना गरी
योगमय जीवनशैलीको प्रचारप्रसार गर्ने । योग पत्रकारिता स्थापना गर्ने ।
विश्वभर योग मित्रहरूको सामाजिक सञ्जाल स्थापना गर्ने र दोहोरो
अध्ययन, सूचना एवं सञ्चार बढाउने । विश्वभर योगको क्षेत्रमा उल्लेख्य
कार्य गरेका साधक वा अनुसन्धातालाई पहिचान र पुरस्कृत गर्ने ।
पुनश्चः
* हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा संयुक्त राष्ट्र
संघले जुन २१ लाई विश्व योग दिवस घोषणा गरेको छ । हाम्रो
अभियानले विश्व योग दिवस तय हुनुमा निश्चय नै ठूलो भूमिका
खेलेको ऐतिहासिक यथार्थ सर्वविदितै छ ।
* नेपाल सरकारले मकरसंक्रान्ति अर्थात् माघ १ गतेलाई “राष्ट्रिय
योग दिवस” घोषणा गरी साधनाको क्षेत्रमा ‘मानसाग्नि’का नामबाट
परिचित डा. हरिप्रसाद पोखरेलले वि.सं. २०३६ सालमा पाल्पा
नेपालबाट प्रारम्भ गरेको योग दिवसको अभियानलाई राष्ट्रिय
मान्यता प्रदान गरेको छ ।
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस अभियान के हो ?
प्राकृतिक चिकित्सा पद्धतिलाई नेपालको स्वास्थ्य सेवा अन्तर्गतको मूल
प्रवाहमा समावेश गरी राष्ट्रिय चिकित्सा पद्धतिको मान्यता दिलाउन मैले
स्वास्थ्य मन्त्रालयलाई पटक–पटक पत्राचार गरें । त्यही पत्रको आधारमा
स्वास्थ्य मन्त्रालयले प्राकृतिक चिकित्सा प्रणालीलाई नेपालको स्वास्थ्य
सेवा अन्तर्गत रहने चिकित्सा प्रणालीमा समावेश गर्ने विषयको स्वास्थ्य
मन्त्रालयको नं. २३ क, १÷२२—२०५९।०३।१८ को प्रस्ताव मन्त्रिपरिषद्
बैठक २१÷२०५९ मिति २०५९।०३।२० को मन्त्रिपरिषद्को बैठकमा पेश
हुँदा तत्कालीन श्री ५ को सरकारले (कार्यसम्पादन) नियमावली, २०४७
को नियम २६ (अनुसूची–१, खण्ड–क) अनुसार स्वीकृति प्रदान गरी
वि.सं. २०५९ असार २७ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित
गरेको थियो ।
वि.सं. २०५९ असार २० गते नेपाल सरकार (तत्कालीन श्री ५ को
सरकार) ले प्राकृतिक चिकित्सा प्रणालीलाई राष्ट्रिय चिकित्सा
प्रणालीका रूपमा मान्यता प्रदान गरेको असार २० गतेलाई “राष्ट्रिय
प्राकृतिक चिकित्सा दिवस” का रूपमा महोत्सव मनाउन मैले जनस्तरमा
राष्ट्रव्यापी चेतना र जनसरोकार पैदा गर्ने कार्य साथै राष्ट्रप्रमुखहरूलाई
राष्ट्रिय दिवसका रूपमा मन्त्रिपरिषद् बैठकबाट स्वीकृति प्रदान गर्न
पत्राचार गर्दै आइरहेको छु । जनस्तरमा कार्य भए पनि नेपाल सरकारले
मन्त्रिपरिषद्बाट हालसम्म स्वीकृति प्रदान गरेको छैन । वि.सं. २०७२
को संविधानसभापछिको नयाँ सरकारलाई पनि पत्राचार गरिसकेको छु ।
प्राकृतिक चिकित्सालाई नेपाल सरकारले नेपालको स्वास्थ्य
सेवाअन्तर्गत रहने चिकित्सा प्रणालीमा समावेश गरी राष्ट्रिय मान्यता
दिएको दिन असार २० गतेलाई “राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस”
नेपाल सरकारबाट घोषणा गराउन र देशैभर उत्सव गर्न कार्य गरिरहेको
अभियान हो “राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस” अभियान ।
खेल योग अभियान के हो ?
योगको आसन समूहलाई खेल व्यवस्थापनको सात्विक नियमभित्र ल्याई
उसु, ताइची, जिम्नास्टिक जस्तै एकल एवं समूहगत जस्तै प्रदर्शनमा
आधारित प्रतियोगिता विकास गर्न खेल योग अभियान प्रारम्भ गरिएको
हो । योगासनलाई जुडो–कराते जस्ता द्वन्द्व खेलका रूपमा होइन एकल
एवं समूहगत द्वन्द्वमुक्त सुन्दर, शान्त, विशाल प्रदर्शन गर्ने सोचका साथ
यो अभियान अगाडि बढिरहेको छ । योग म्याराथुन, रिले योग, खेल योग
मेला आदिका माध्यमबाट योगको विश्व विस्तार गर्नु यो अभियानको
मूल लक्ष्य हो ।
मैले आफूलाई खेल जीवन र योग जीवनमा जोडेदेखि योगासनलाई
खेलको स्वरूप दिन सके गाउँदेखि ओलम्पिकको मैदानसम्म पुर्याउन
सकिने थियो भन्ने सपना खुला आँखाले देख्दथें । बुद्ध भिक्षुहरूले
आफ्नो बाह्य रक्षाका लागि विकसित गरेको रक्षा कला मार्सल आर्टका
रूपमा विकसित हुँदै गाउँदेखि ओलम्पिकको मैदानसम्म फैलिएको
छ भने ऋषिहरूले आफ्नो आन्तरिक रक्षाका लागि विकसित गरेको
रक्षाकला योगासन विकसित हुँदै गाउँदेखि ओलम्पिकसम्म किन पुग्न
सक्दैन, अवश्य पुग्दछ भनेर नेपाल र भारतमा वि.सं. २०३८ सालबाट
चेतना जगाउने कार्य सुरु गरेको थिएँ । भारतका केही मित्रहरूले खेल
योगलाई अगाडि बढाइरहनुभएको छ, नेपालमा पनि यसले स्वरूप
लिइसकेको छ ।
योगमा योगासन बाहेक अन्य अभ्यास र साधनालाई खेलयोगका
रूपमा विकसित गर्न सकिन्न । अतः योगासनको शरीरकला र शरीर
साधनालाई सुन्दरतम् प्रस्तुतिद्वारा खेल योग बनाउन सकिन्छ । शास्त्रीय
नृत्य र संगीत जस्तै द्वन्द्वमुक्त दिव्य प्रतियोगिता बनाउन सकिन्छ । यही
चिन्तन र व्यवहार कुशलताको अभियान खेल योग अभियान हो ।
प्राकृतिक कृषि अभियान के हो ?
प्राकृतिक कृषि अभियानलाई समाजमा वैदिक कृषि अभियान, गो कृषि
अभियान जस्ता शब्दबाट चिनिन्छ । आजभोलि अग्र्यानिक फार्मिङ,
पर्माकल्चर आदि नामबाट चिनिन्छ । रासायनिक मल, विषादी आदिको
प्रयोगले मानव स्वास्थ्य मात्र होइन, समग्र पर्यावरणलाई क्षतिग्रस्त
बनाइरहेको छ । जीव र विश्वको निर्माणको आधार पाँच महाभूतलाई
कसरी स्वस्थ बनाउने भन्ने आजको ठूलो चुनौती हो ।
स्वस्थ माटोले स्वस्थ भोजन दिन सक्छ । यसका लागि रासायनिक
मल र विषादीको प्रयोग पूर्णतः बन्द गरी प्रकृतितर्फ फर्कनु आवश्यक
छ । प्राकृतिक कृषि परम्परादेखि नै चलिआएको पद्धति हो । भ्यागुतोले
बाली नाश गर्ने कीराहरू खाइदिन्थ्यो । गँड्यौलाले माटो खुकुलो र
मलिलो बनाइदिन्थ्यो । गाईको गहुँत या खरानी पानीले बाली विध्वंशक
कीराहरू मार्ने गरिन्थ्यो । अहिले फेरि त्यही पद्धति विस्तारै आरम्भ
हुँदैछ ।
पचास साठी वर्षदेखि आरम्भ भएको रासायनिक मल र विषादी
प्रयोगको प्रचलनले हजारौं वर्षदेखिको प्राकृतिक कृषि प्रणालीलाई
ढलाइदियो । पूर्वीय वैज्ञानिक कृषि पद्धतिलाई पुनः जागृत गर्न एवं
मानिस र पर्यावरणको स्वास्थ्यलाई कायम राख्न प्राकृतिक कृषि
अभियान समर्पित छ ।
पर्व एवं व्रत चेतना अभियान के हो ?
पर्वहरू सामाजिक सद्भाव विकसित गर्न र व्रतहरू वैयक्तिक
अनुशासन कायम राख्न एवं त्यागको अभ्यास गराउन सुरु भएका हुन् ।
तर अचेल पर्वहरू भेला हुने र मद्यपान एवं लागूपदार्थको प्रयोग गर्ने
अनि झैझगडा मच्चाउने अखाडा हुन थालेका छन् । भने व्रतको नाममा
कर्मकाण्डी प्रवृत्ति र अनेक प्रकारका आडम्बर समेत देखिन थालेका
छन् । जस्तो पर्वको नाममा मानिसहरू ऋण लिएर खर्च गर्ने गर्छन् । व्रत
या उपवासको नाममा व्रतालुहरू भात छोड्ने तर आलु तारेर खाने या
बजारबाट पेडा ल्याएर पेट भर्ने गर्छन् । साता या महिना दिनमा कम्तीमा
एक दिन पेट खाली राख्न सकेमा मानिस धेरै स्वस्थ हुन सक्छ । पर्वमा
फजुल खर्च नगरी सरलता अपनाउन सक्यो भने पर्वलाई आनन्द र
उत्सवमय बनाउन सकिन्छ । बढ्दै गएका अन्धविश्वास र विकृतिबाट
समाजलाई मुक्त गर्न र पर्व एवं व्रतको सनातन आदर्श पुनः स्थापना गर्न
यो अभियान समर्पित छ ।
पर्वलाई खर्चिलो र भड्किलो नबनाई सरलीकृत गर्नु पहिलो आवश्यकता
हो । व्रतमा सकेसम्म जलाहार गरेर आत्मानुसन्धानको साधनामा तल्लीन
हुनु पर्दछ । यसो गर्न सकेमा पर्व एवं व्रतले समाजलाई विकृतितिर जानबाट
रोक्न सक्छ र मानिसलाई क्रमशः सुसंस्कारित बनाउन सकिन्छ ।
उत्सव अभियान के हो ?
वर्तमान समयमा मानिस पीडामा बाँच्न अभ्यस्त हुँदै गएको छ ।
पीडाबिना बाँच्नै नसक्ने, दुःखै चाहिने र सुख पचाउन नसक्ने हुँदै गएको
छ । महलमा बस्ने मानिस पाँच तारे रिसोर्टमा गयो भने ससानो कटेज
खोजेर रात बिताउँछ ।
भगवान बुद्धले दुःख छ, दुःखको कारण छ, दुःख मुक्ति सम्भव छ र
दुःख मुक्तिका उपाय छन् भन्नुभयो । राजर्षि जनकले सुख छ, सुखको
कारण छ, सुख मुक्ति सम्भव छ र सुख मुक्तिका उपाय छन् भन्नुभयो ।
यता भगवान शिवले दुःख पनि छ, सुख पनि छý दुःखको पनि कारण
छ, सुखको पनि कारण छý दुःख मुक्ति पनि सम्भव छ, सुख मुक्ति पनि
सम्भव छý दुःख मुक्तिको पनि उपाय छ, सुख मुक्तिको पनि उपाय
छý दुःख र सुख दुवैबाट मुक्त भएपछि आनन्द र उत्सव अवतरण हुन्छ
भन्नुभयो । त्यो अवस्था नै परम आनन्द हो । मुक्ति हो ।
मुक्ति अर्थात् उत्सवमय जीवन । यस्तो जीवन सुख र दुःखको आँधीबाट
मुक्त हुँदा प्राप्त हुन्छ । लोकभाषामा कहिल्यै नहट्ने सुख नै उत्सव हो ।
उत्सवमा सुख अक्षर हुन्छ । कहिल्यै नाशिंदैन । आनन्द र उत्सवमय
जीवन जिउने कला सिकाउने अभियान हो यो ।
यात्रा अभियान के हो ?
कालक्रममा मानिस बढी मेकानिकल, यान्त्रिक हुँदै गए । प्रकृतिसँग
सम्बन्ध पुनःस्थापित गर्न यात्रा अभियान आवश्यक भइसकेको छ ।
महिनामा कम्तीमा १ देखि ३ दिनसम्म यात्राका लागि छुट्याउन सक्नु
निकै लाभदायी हुन सक्छ ।
मानिस नियमित रूपमा प्रकृति, नदी, हिमाल, पहाडमा जाओस् ।
प्रकृतिसँगको सहजीवनमा रमाओस् । तब मात्र उसमा प्रेम, शान्ति र
करुणाको स्रोत फुट्न सक्छ । प्रकृतिसँगको सहजीवन आफूसँगको
निकटता पैदा गर्न पनि आवश्यक छ । यात्रामा एकान्तबासको अवसर
मिल्न सक्छ । जुन धेरै उपयोगी हुन्छ । रुटिनबद्ध जीवनबाट पन्छिएर
एकान्तबासमा बस्दा मानिसले आत्म मूल्यांकन र आत्मान्वेषणको
अवसर प्राप्त गर्छ । तीर्थयात्रा बनाएकै यही कारणले हो । यात्रा अब धेरै
सहज र सरल भएको छ । बिकट स्थानमा पनि वायुयानको सहायताले
तत्क्षण पुग्न सकिन्छ ।
यद्यपि यात्रा गर्दा केही आधारभूत कुरामा ख्याल पुराउन आवश्यक छ ।
यात्रा होसपूर्वक गरिनुपर्छ । फेवामा पुग्दा हाम्रो मन पनि फेवामै रमाएको
होस्, वेगनासमा पुग्दा वेगनासमै रमाएको होस् । शरीर फेवामा, मन
रारामा भयो भने यात्रा उपलब्धिमूलक हुन सक्दैन । मानिस गोसाइकुण्ड
पुग्दा ऊ सम्पूर्ण रूपले गोसाइकुण्डमै रहोस् । गोसाइकुण्ड बाहेक
संसारमा केही छैन भन्ने मनस्थितिका साथ समय बितायो भने यात्रा
पनि ध्यानको अभ्यास भइदिन्छ । गतिविधिलाई स्थिर भएर साक्षी बनेर
हेर्दा अलग्गै चेतना र आनन्द प्राप्त हुन्छ । यात्रामा सर्वश्रेष्ठ यात्रा पैदल
र प्रकृतिको साथ एवं समस्वरतामा गरिएको यात्रा हो ।
सीप विकास अभियान के हो ?
मानिस आफ्नो काम आफैं गर्न सक्छ । वर्तमान जीवन पद्धतिमा न्यूनतम
आवश्यकताका कुराहरू मानिसले आफैं गर्न सिक्यो भने जीवन धेरै
सहज हुन्छ । बुद्धिवादी युगमा दार्शनिक बनेर धेरै कुरा गर्ने तर काम
भने फिट्टै नगर्ने संस्कृति विकसित हुन थालेको छ । यसबाट बच्न
रुचि र आवश्यकता भएका कुरामा सीप विकास गर्ने चेष्टा थालिहाल्नु
आवश्यक छ ।
मानिस कर्मयोगी प्राणी हो । कुनै खाना खान मन लाग्छ भने बनाउने
विधि पनि जान्नु अधिक उपयोगी हुन्छ । मनलागेको स्वादमा घरमै
उत्पादन गर्न सकिन्छ, अनावश्यक खर्च पनि जोगिन्छ । जागिर गर्नेहरूले
आफूमा भएको सीप विकास गरेर सेवा निवृत्त जीवनलाई सहज बनाउन
सक्छन् । सेवा अवधिमा आफूले आर्जन गरेको ज्ञान र अनुभव लिपीबद्ध
गर्ने कौशल छ भने त्यो सबैका लागि उपयोगी हुन सक्छ ।
हामीकहाँ पिएचडी पूरा गरेकाहरू बेरोजगार भएर बसेका देखिन्छन् ।
तिनीहरूसँग सीप हुन्थ्यो भने अरूलाई समेत काम दिन सक्षम हुन्थे ।
अध्ययनबाट मेडिकल डाक्टर भए पनि राजनीतिमा कुशल व्यक्तिहरू
हामीले देखेका छौं । चित्रकला नपढेकाहरूले कालजयी चित्र बनाएका
उदाहरण असंख्य छन् । सीपले मानिसको वास्तविक स्वरूप प्रकट
गर्छ । सीप विकास अभियान यसैमा समर्पित छ ।
व्यायाम अभियान के हो ?
हरेक गाउँमा व्यायामशाला आवश्यक छ । व्यायामले शारीरिक
सुगठनका साथै तनाव व्यवस्थापनमा पनि धेरै महत्वपूर्ण काम गर्छ ।
व्यायाम गर्दा शारीरिक र मानसिक सन्तुलन एवं स्वास्थ्य प्राप्त हुन्छ ।
टेलिभिजन र कम्प्युटरले गर्दा मानिसहरूको जीवनशैली परिवर्तन भएको
छ । दिनभरी र रातमा पनि अवेरसम्म मानिसहरू एउटै ठाउँमा बसेर टिभी
हेर्ने या कम्प्युटरमा गेम खेल्ने गरेर समय बिताउँछन् । त्यसैले जीवनशैली
परिवर्तन गरेर शरीरलाई सक्रिय बनाउन व्यायाम अभियान आवश्यक
छ । हरेक गाउँ र शहरका टोलटोलमा व्यायामशाला हुनुपर्छ । कुस्ती,
कपर्दी जस्ता परम्परागत खेलले मानिसलाई सम्पूर्ण रूपमा स्वस्थ बनाउन
सहयोग गर्छन् । त्यसबाहेक खेलले अनुशासन सिकाउँछ । मार्शल आर्ट
सिकेको व्यक्ति गुरु र अग्रजप्रति झुक्छ । चिनिया मूलका ताइची र चिगङ
जस्ता खेल ध्यानको अभ्यास विकास गर्न पनि उपयोगी छन् । सबै देशका
खेल पद्धतिलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । व्यायाम र
खेलकूदलाई जीवनको अभिन्न अंग बनाउनु यो अभियानको उद्देश्य हो ।
लागू पदार्थ मुक्ति अभियान के हो ?
लागू पदार्थको सेवन बढ्नाले हजारौं सृजनशील मस्तिष्क र समय
नष्ट भएका छन् । लाखौं सुन्दर सम्भावना भएका मान्छे उन्नतितिर भन्दा
अवनतितिरको यात्रामा छन् । पढेलेखेका र विज्ञ भनिने मानिसहरू पनि
सामाजिक हुन या सभ्य देखिन चुरोट र रक्सी सेवन गर्ने गर्दछन् । खोकीमा
प्रयोग हुने अत्यावश्यक औषधि लागुपदार्थका रूपमा अत्यधिक सेवन गर्न
थालेपछि ती महत्वपूर्ण औषधि नै उत्पादन बन्द गर्नुपर्ने परिस्थिति आयो ।
लागू पदार्थ मुक्तिका लागि खुलेका रिह्याब सेन्टरहरूले राम्रो उपलब्धि
गर्न सकेका छैनन् । दुव्र्यसनीहरू ती सेन्टरहरूमा बस्दा केही मात्रामा
नशा सेवनबाट टाढा रहन्छन् । तर घर फर्केपछि पुनः कुलतमा फर्कने
गरेको पाइएको छ । कुलतबाट सदाको लागि मुक्त बनाउन मानिसलाई
बाल्यावस्थादेखि नै सचेत बनाउनुका साथै चैतन्यबोध जागृत गराउनु
आवश्यक हुन्छ । तब मात्र दिगो रोकथाम र उपचार सम्भव छ ।
भगवान शिवका नाममा मानिसहरूलाई गाँजा र भाङ बाँड्नु शैव सभ्यता
विरोधी प्रचलन हो । शिव विष चिकित्साका आदि आचार्य हुनुहुन्थ्यो ।
भगवान शिवले विष, उपविष या नशा लगाउने पदार्थलाई आफ्नो साथमा
राख्नु त्यसको औषधी निर्माण एवं लोककल्याणमा प्रयोग गर्ने विशिष्ट
लक्ष्य साधनाका लागि उपयोग गर्नुभएको हो । त्यसैलाई आधार मानेर
लागू पदार्थ सेवनलाई सामाजिक स्वीकृति मिल्न गएको छ । यस प्रथालाई
यथाशीघ्र हटाउनु आवश्यक छ । यो अभियान यही लक्ष्यमा केन्द्रित छ ।
जन्मोत्सव अभियान के हो ?
जन्मोत्सव मनाउँदा बत्ती निभाउने प्रचलन पश्चिमी सभ्यताबाट आएको
हो । पूर्वीय सभ्यतामा दीयो बालेर उत्सव मनाउने प्रचलन छ । दीप
प्रज्वलन गर्नुको बेग्लै महत्व छ । तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट
प्रकाशतिर प्रस्थान हाम्रो संस्कृति हो । हामीले आफ्नो सभ्यतालाई अधिक
महत्व दिनु बुद्धिमानी हुन्छ । सभ्यता र संस्कृति हजारौं वर्षको अभ्यासबाट
स्थापित भएका हुन्छन् र संस्कृतिसँग हाम्रो अभिन्न सम्बन्ध बनेको हुन्छ ।
शरीरका हरेक जीवकोशहरू आफ्नो पनमा तरंगित हुन्छन्, रोमाञ्चित
हुन्छन् । अतः हामीले आफ्नै ढंगले दीप प्रज्वलन गरेर जन्मोत्सव मनाउने
प्रचलन अपनाउनु अधिक बुद्धिमानी हुनेछ ।
राष्ट्रको जस्तै मानिसको जन्मोत्सव पनि भव्य र उमंगमय रूपमा
मनाउन सकिन्छ । जन्मोत्सवका दिन पूर्व जीवनको मूल्यांकन र उत्तर
जीवनको शुभ संकल्प गर्नु अधिक महत्वपूर्ण हुन्छ । साथसाथै कुनै
सृजनात्मक कामको थालनी गर्नाले वर्ष दिनसम्म आफूलाई शुभ
कार्यमा व्यस्त राख्न सकिन्छ । खाने, पिउने र उपहार संकलन गर्ने
कुरामा जन्मोत्सव सीमित हुनुहुँदैन । संकल्प, साधना र संवोधिको
कोशेढुंगा बन्नुपर्दछ जन्मोत्सव । तब यो महाउत्सव हुन्छ । यही चेतना
उपलब्ध गराउन बढे को अभियान हो जन्मोत्सव अभियान ।
योग युग निर्माण अभियान के हो ?
ढुंगे युग, कृषि युग, आधुनिक युग लगायत विभिन्न युग निर्माण भए ।
मानिसको आम स्वभाव भने परिवर्तन भएको छैन । लोभ, क्रोध र
बेहोसी मानिसका स्वभाव रहिआएका छन् । यी स्वभावलाई रूपान्तरण
गरी मानिसलाई उसको वास्तविक स्वभाव आनन्दमा स्थापित गर्नु
आजको आवश्यकता हो ।
योग मानिसको बाह्य र आन्तरिक विकासको साँचो हो । योगले
व्यक्तिको जीवनमा शान्ति, अमनचैन, प्रेम, करुणाको मूल फुटाउँछ ।
जब व्यक्ति शान्त, प्रेमपूर्ण र करुणामय हुन्छ, समाजमा स्वतः त्यसको
रंग सर्न थाल्छ । समाजमा आपसी सौहार्दता बढ्यो भने देशमा सौहार्दता
र अमनचैन कायम हुन थाल्छ । अन्ततः विश्वभरी नै शान्ति र अमनचैन
विस्तार हुनेछ । यसप्रकार मानिसको रूपान्तरण मार्फत विश्वबन्धुत्वको
समाज बनाउन योग युग निर्माण अभियानले कार्य गर्नेछ ।
कारागार योग अभियान के हो ?
कारागारलाई योग आश्रमका रूपमा विकसित गर्न सके त्यहाँ बस्ने
कैदीहरूको जीवन रूपान्तरण गर्न सकिने थियो । योगको शिक्षा र साधना
दिन सके कारागारबाट श्रीकृष्ण, बुद्ध, महावीर, नानकदेव, कवीर, योगी,
सन्त उपलब्ध हुन सक्छन् ।
दश दिन योगाभ्यास गराउँदा मानिस बदलिन्छ भने दश वर्ष सोही अभ्यास
गराउँदा मानिसमा रूपान्तरण आउनु स्वाभाविक हुन्छ । कैदीहरूको
सोच्ने शैली फेरिन्छ । हिंसाको विचार हराउँदै जान्छ । कारागार सुरक्षाको
समस्या न्यून हुन थाल्छ र थोरै प्रहरीले सुरक्षा दिन सक्छन् ।
हरेक कारागारलाई समग्र योग, दर्शन र अभ्यासको अनुकूल स्थानका
रूपमा विकसित गर्न सकिन्छ । गुरुकुलमा जस्तो खुल्ला स्थानमा
अध्ययन, अध्यापन र अभ्यास गराउँदा कारागारको माहोलै परिवर्तन
हुन्छ । हरेक कैदीलाई मनोपरामर्श गरी उसको रुचि अनुसार सीप
सिकाइएमा उनीहरूको सृजनात्मकता पनि वृद्धि हुन्छ । यसरी
कारागारलाई साँच्चिकै सुधार गृहका रूपमा विकसित गर्न सकिन्छ ।
कारागार कैदीहरूलाई थुनेर, यातना दिएर उनीहरूलाई अरु बढी हिंस्रक
बनाउने स्थल हुनु हुँदैन । योग साधनाद्वारा कारागारबाट मुक्त भई
निस्कँदा योगी, सन्त एवं प्रेम, शान्ति, करुणा, अहिंसा र सत्यको सन्दे श
साथै पथयात्रा लिएर निस्कनु पर्दछ । यही चेतना र साधनाको विश्व
विस्तार नै कारागार योग अभियान हो ।
यातायातकर्मी अभियान के हो ?
यातायातकर्मीहरू असावधान भइदिँदा दुर्घटना दर बढिरहेको छ ।
अधिकांश दुर्घटनामा चालक र सहचालकको लापर्वाही मुख्य कारण
देखिन्छ । यो पेशामा हजारौं, लाखांै यातायातकर्मी संलग्न छन् ।
उनीहरूमा आध्यात्मिक अनुशासन विकसित गर्न सके दुर्घटना दरमा
कमी आउने थियो साथै यात्रुहरूको यात्रा आरामदायी र आनन्ददायी
समेत हुने थियो ।
यातायाताकर्मीलाई कारबाहीको डर देखाएर अनुशासनमा ल्याउन खोज्नु
वैज्ञानिक र भरपर्दो पनि हुँदैन । मापसे जाँच, अनुमति पत्रमा प्वाल
पार्ने लगायत कारबाहीले समस्याको दिगो समाधान दिन सक्दैनन् । बरु
उनीहरूको मनोवैज्ञानिक अध्ययन गरेर तनाव, कुण्ठा व्यवस्थापन गर्नु
अधिक हितकारी हुन सक्छ ।
चालक, सहचालकलाई योग, ध्यानका निश्चित विधिहरूको प्रशिक्षण
दिन सकेमा उनीहरूमा सकारात्मक भावना र विचार पैदा हुने थियो ।
शिष्टता, सभ्यता र जिम्मेवारी बोध बढाउन निश्चित समय विदा
दिएर परिवारसँगै बस्ने अवसर उपलब्ध गराउन सकिन्छ । यसप्रकार
उनीहरूलाई सही प्रशिक्षण दिन सकेमा यातायातकर्मीले हरेक यात्रुको
यात्रा उत्सवमय बनाउन सक्छन् । यो अभियानले यात्रालाई सुरक्षित र
आनन्ददायक बनाउन कार्य गर्नेछ ।
घारोरो अभियान के हो ?
घारोरो अर्थात घातक रोग रोकथाम अभियान । विश्वलाई आतंकित
बनाएका उच्च रक्तचाप, करोनरी हृदयरोग, मधुमेह, बाथ, दम, मोटोपन,
थायरायड, स्नायु रोग, अर्बुद रोग, मानसिक रोग, एच.आइ.भी. एड्स
जस्ता घातक रोग रोकथाम आजको गंभीर विषय हो । जीवनशैली
परिवर्तनमार्फत यी रोगको रोकथाम गर्न सकिन्छ । यी रोग मानिसले
स्वयं आफू र आफ्नो प्रकृतिलाई बुझ्न र देश, काल, परिस्थिति
अनुसार सत्पथ अपनाउन नसक्नाले पैदा भएका हुन् । आकाश, वायु
(हावा), अग्नि, जल (पानी), पृथ्वी (माटो लाई हामीले प्रदूषित
बनायौं जसको कारण हामी रोगी बन्यौं । रासायनिक मल, कीटनाशक
औषधि, विकाशे बिऊ, ठूलो र धेरै फलाउन प्रयोग गरेका हर्मोन
एवं पोषक तत्व, बेमौसममा फलाउन प्रयोग गरेका जिन परिवर्तन
अदिका कारण माटो एवं पानी मात्र रोगी भएन, उत्पादित अनाज र
तरकारी सेवन गर्ने हामी समेत रोगी भयौं । घारोरो अभियान प्राकृतिक
जीवनशैलीको प्रयोगमार्फत घातक रोग रोकथाममा संकल्परत छ । यो
अभियानले घातक रोग रोक्न हरेक बालकलाई जन्मदेखि नै प्राकृतिक
जीवनशैली अपनाउन सिकाउँछ ।
सामासु अभियान के हो ?
सामासु अर्थात् शारीरिक, मानसिक शुद्धीकरण । सामासुको जापानी
भाषामा ब्यूँझाउनु भन्ने अर्थ हुन्छ । यो अभियानले शारीरिक र मानसिक
शुद्धीकरण मार्फत हरेक व्यक्तिलाई ब्यूँझाएर चैतन्यबोधसम्म पुराउने
लक्ष राख्छ । शरीर र मनमा संकलित मल बाहिर फ्याँकेर निर्मल
बनाउनु नै यो अभियानको मूल लक्ष हो ।
शरीर र मन निर्मल भएपछि बल्ल मानिस सत्मार्गतर्फ अगाडि बढ्न तयार
हुन्छ । सत्मार्गबाट सत्यसम्म पुग्न सदाचारको जीवन चाहिन्छ । समत्वको
जीवन चाहिन्छ । सदाचार र समत्वको जीवन जिउन शरीर र मन
निर्मल हुनु पर्दछ । चिकित्सा शास्त्र, चिकित्सा प्रविधि र चिकित्सकले
देखेकाभन्दा पर, धेरै पर सयौं रोग, शोक र पीडा मानिसको साहस, संकल्प
र सम्भावनालाई चुनौती दिँदै आइरहेका छन् । रोगभन्दा मानिस शक्तिशाली
छ । तसर्थ रोगसँग मानिस हार्न हुँदैन । घुँडा टेक्नु हुँदैन । जाग्नु पर्दछ ।
संकल्प, साहस र सत्मार्गबाट उसलाई ब्यूँझाउनु आजको आवश्यकता
हो । यसैमा सामासु अभियान अघि बढिरहेको छ ।
गृहस्थ–सन्यास अभियान के हो ?
अनन्तको यो कालखण्डमा जीवन जटिलतम हुँदै गएको छ । सन्दर्भ
र परिस्थितिहरू फेरिँदै गएका छन् । अहिलेको समयमा चाहेर पनि
पहिलाजस्तो जंगल या हिमाली गुफाहरूमा पुगेर तपस्या गर्न सहज
छैन । अतः हामी जहाँ छौं त्यहीँ सन्यास जीवनको अभ्यास गर्न सिक्नु
परेको छ । गृहस्थ—सन्यास अभियानले “शारीरिक रूपमा गृहस्थ,
मानसिक रूपमा सन्यास” जीवनको सूत्रपात गर्न सिकाउँछ । शरीर
गृहस्थको जस्तो र मन सन्यासीको जस्तो होस् ।
परिवार, धन र वस्तुसँगको आसक्ति नरहोस् । क्रमशः गृहस्थ नै भए पनि
मन सन्यस्त हुँदै जान्छ । गुम्बा वा आश्रममा बस्दैमा आसक्ति मेटिने होइन ।
संसारप्रतिको आसक्ति मेट्न त आत्मज्ञानको अनुभूति हुनुपर्छ । आत्मज्ञानका
लागि गुम्बा वा आश्रममात्रै अन्तिम स्थान होइनन् । मानिस जहाँ रहेर पनि
रूपान्तरित हुन सक्छ यदि उसमा रूपान्तरणको तीव्र आकांक्षा छ भने ।
प्रतीकात्मक सन्यास जरुरी छैन, अब त प्रयोगात्मक सन्यास जरुरी
छ । गृहस्थ—सन्यास अभियानले यसप्रकार प्रयोगात्मक सन्यासको
अभ्यासलाई अगाडि बढाउने संकल्प लिएको छ ।
रिहा अभियान के हो ?
नेपालमा पहिलो पटक मानसाग्नि रिहा इन्स्टिच्युट (मानसाग्नि इन्स्टिच्युट
फर रिभर्सिङ हार्ट डिजिज) को स्थापना र सञ्चालन गरी करोनरी हृदय
रोग, उच्च रक्तचाप एवं रोग कारक अवस्थाहरूको व्यवस्थापनका
लागि कार्य भएको थियो, छ र रहने छ । यतिखेर विश्वमा उच्च
प्रविधियुक्त हृदय रोग चिकित्सा दु्रत गतिमा वृद्धि भइरहेको छ । यसो
हुँदा हुँदै पनि औषधि या शल्य चिकित्साबाट तत्काल र लाक्षणिक
रूपमा निको भएको जस्तो हुन सक्छ तर स्थायी रूपमा निको हुन
कारण कै निराकरण गर्नुपर्दछ । हृदय रोगको कारण अप्राकृतिक जीवन
शैली हो । जीवनशैली परिवर्तन नै मूल उपचार हो । बाइपास सर्जरी र
एन्जिओप्लाष्टिजस्ता चिकित्साले तत्कालीन लक्षण र खतरा निराकरण
हुन्छ तर रोगको कारणको निराकरण हुँदैन । समस्या पुनः दोहोरिइरहन्छ ।
तिनै उपचार र शल्य चिकित्सा बारम्बार गरिरहनुपर्छ ।
क्रमशः पहिले सामना गर्न नपरेका समस्याहरू एवं पाश्र्वप्रभावहरूको
सामना गर्नुपर्ने हुनसक्छ । जीवनशैली परिवर्तनको आवश्यकता
हृदयरोगीलाई मात्र होइन, भोलि हृदयरोगी भएर जीवन जिउन नचाहने
सबैलाई त्यत्तिकै जरुरी छ । अप्राकृतिक जीवन शैलीले कहिले हृदयघात
गराउँछ त्यसको उत्तर छैन । अतः शरीरको गुण धर्म अनुकूल प्राकृतिक
जीवनशैली अपनाउनुमा गौरव गरौं । भोजन व्यवस्थापनलाई मुख
बार्ने भनेर नबुझौं । शरीर र मनको गुण धर्म अनुकूल भोजन लिनुमा
आनन्द मानौं । व्यायाम, श्रमको व्यवस्थापनलाई बाध्यताको भाषामा
नबुझौं । उत्सवको रूपमा मानौं । तनाव स्वाभाविक हो भन्ने नबुझौं,
यसको व्यवस्थापन गरौं । प्रकृति र मानवको अन्तर्सम्बन्धबिना स्वस्थ र
सृजनशील दीर्घ जीवन संभव छैन भन्ने बुझौं ।
जीवनशैली परिवर्तनको महत्व बुझेका युरोप, अमेरिकाका नागरिकले यो
रोगलाई ५० प्रतिशत घटाइसकेका छन् । दक्षिण एशियामा भने अप्राकृतिक
जीवनशैली बढ्दै जानाले हृदय रोग दुईदेखि तीनसय प्रतिशतले बढेर
गएको छ । करीब चारजनामध्ये तीन जनामा हृदय रोगका लक्षण छन्
भने ३० वर्षमुनिका व्यक्ति पनि यो रोगबाट पीडित पाइएका छन् । रिहा
अभियानले हृदयरोग मुक्त विश्व बनाउने संकल्प लिएको छ ।
बास–बसेरा अभियान के हो ?
जसरी पाँचतारे होटलमा केही दिन बिताएर फर्कन लाग्दा त्यो होटल
मेरो घर भए हुन्थ्यो भन्ने लाग्दैन । प्लेनमा एउटा शहरबाट अर्को शहरमा
पुगेपछि त्यो मेरो भए हुन्थ्यो भन्ने लाग्दैन । भौतिक सुख–सुविधाले
भरिएका यी ठाउँप्रति राग उत्पन्न हुन्न । कहिल्यै छाड्न नपरे हुन्थ्यो
भन्ने लाग्दैन । त्यस्तै यसपटक मिलेको यो शरीर र यहाँ मिलेको यो
घरप्रति पनि राग पैदा नगरी सहज उपभोग गर्ने कलाको नाम बास–
बसेरा अभियान हो । संसारका सबै सुविधाहरूको सम्यक प्रयोग गर्नु र
तीप्रति राग नबढाउनु र असुविधामा पनि द्वेष पैदा नगरी सम्यक जीवन
जिउनु नै बास–बसेरा अभियान हो ।
संसार र संसारमा प्राप्त वस्तुहरूलाई समात्नु या छाड्नु दुवै हानिकारक
छ । एउटा मिठो बिष अर्को तितो बिष ।
संसारमा प्राप्त वस्तुहरू आवश्यकता अनुसार सम्यक उपयोग गर्नु तर
राग–द्वेष नराख्नु नै समत्व योग हो, सम्यक योग हो, सदाचार योग
हो । घरबार, कामधाम, इष्टमित्र छाडेर जंगल पस्ने पनि होइन । यिनैलाई
समातेर फस्ने पनि होइन । मध्यमा बसेर अनादि चिन्तन, अनादि साधना र
अनादि बोध गर्नु नै बास–बसेरा अभियानको लक्ष्य हो ।
ध्यानको सत्पथमा लागेका, निष्काम कर्मयोगमा आनन्दित, सदाचारको
उत्सव मनाएका, आफू र आफ्नो मूल स्रोत अनादि सत्तालाई जान्न
धैर्यका साथ लागिरहेका, दानलाई व्रत र पूजा बनाएका साधकलाई देखेर
परमात्माले फूल बर्षाउँछन् । यही जीवनशैली सिकाउने अभियानको
नाम बास–बसेरा अभियान हो ।
बीज अभियान के हो ?
बीज नै सृष्टिको मूल हो । बीजभित्र निर्बीज छिपेको हुन्छ र बीजबाहिर
सबीज देखिएको हुन्छ । बीजभित्रको निर्बीज अनादि छ, बीजबाहिरको
सबीज आदि हो जसको अन्त पनि हुन सक्दछ । बीज मध्यमा छ जीवन
र मृत्युको । बीजबाट जीवन बाहिर निस्कन्छ र बीजमा अन्तमा मृत्यु
भित्र पस्दछ । यही उत्सवमय नृत्य बोध गर्नु नै जीवनको मूल लक्ष्य हो ।
यो लक्ष्य प्राप्त गर्ने बाè जगतमा शक्ति या सामथ्र्य चाहिन्छ । शक्ति या
समथ्र्यका लागि वीर्यवान हुनु पर्दछ । वीर्यको बाहिरी कुरा जगतसँग
जोडिएको छ । भित्री कुरा अनादि सत्तासँग जोडिएको छ । मध्यमा सत्व
छ । सत्व पूर्णतामा हुँदा स्वास्थ्य, घट्दै जाँदा रोग र नष्ट हुँदा मृत्यु
उपलब्ध हुन्छ ।
आफ्नो बीजलाई ध्यान–साधना र अन्य योग मार्गबाट चिनेर मानिसले
अप्रमाद प्राप्त गर्दछ । अप्रमादबाट अमृत यात्रा र अमृत यात्राबाट निर्वाण
या मुक्ति प्राप्त गर्न सकिन्छ । बीज अभियानले निर्मल शरीर र मन
बनाई पवित्र कार्यमा अघि बढाउँछ । आफ्नो बीजलाई चिन्न सक्ने धर्म
जीवनको बाटो देखाउँछ । स्थुल बीजको रक्षाबाटै सूक्ष्म बीजसम्मको
यात्रा तय गर्न सक्दछौं ।
बीज अभियान श्रेष्ठतम अभियान हो किनकि बीजभित्रै विराट छिपेको छ ।
सहनशीलता अभियान के हो ?
सहनशीलता अभियानद्वारा शरीर, मन, वचनलाई निर्मल बनाउन
सकिन्छ । मान–अपमानमा समत्व बोधको नाम नै सहनशीलता हो ।
सहनशीलता कायरता होइन बहादुरी हो । क्रोध, द्वेष र प्रतिघातबाट
माथि केवल वीरहरू मात्र उठ्न सक्दछन् । कायरहरू त एउटा सानो
प्रतिकूल परिस्थितिमा पनि आत्तिएर–मात्तिएर लाखौंको ज्यान लिन्छन् ।
प्रकृतिको कृतिहरूलाई नास्दछन् । मानवताको हारलाई जीत मान्दछन् ।
सहनशीलता परम तप हो । सहनशील व्यक्तिमा समदर्शी मन पैदा हुन्छ ।
समदर्शीलाई विश्वका सबै धर्मले श्रेष्ठ मानेको छ, सम्मान गरेको छ ।
सत्पथमा हिँड्ने, क्रोध नगर्ने र दान दिने व्यक्ति तीव्र गतिमा अनादि
सत्तानजिक पुग्दछ ।
सहनशीलता अभियानले युद्धमुक्त विश्व देख्न चाहन्छ, रोगमुक्त शरीर
र क्रोधमुक्त मन देख्न चाहन्छ । हिंसा, आतंक र युद्धबाट लुटिएको
प्रेम, शान्ति, करुणा, आनन्द र उत्सवलाई मानव ह्दयमा फर्काउन
चाहन्छ । शरीर र मन निर्मल भएका बलवान मानिस मात्र सहनशील
हुन सक्दछन् । शरीर र मनमा दुर्गन्धित र घातक मलले मलामल भएका
डरले आत्तिएका कमजोरहरू हिंसा, आतंक र युद्धमा फस्दछन् । विश्व
सम्राट हुनु छ भने सहनशील हुनु जरुरी छ । यो अभियानले यही विद्या,
बोध र बुलन्दी सिकाउने छ ।
शस्त्र अस्त्रको होडबाजीले आर्थिक, सामाजिक, वैश्विक सबै रूपमा
विनाश जन्माएको छ । दश रूपैयाँ नभएर खान नपाई भोकै मरणान्त भएको
मानिसलाई दस खर्ब परेको आणविक अस्त्रले हान्नु कहाँको न्याय हो ?
विश्वमा भोकमरीले मानिस आज पनि मरिरहेका छन् र पनि दिनानुदिन
आणविक युद्ध सामग्री निर्माणको होडबाजीको मूर्खतालाई कुन कुरूप
कसीमा हेर्ने ? हिंसा, आतंक र युद्धबाट जागौं र प्रेम, शान्ति र करुणाको
सत्पथमा लागौं । यही त सहनशीलता अभियान हो ।
मैत्री अभियान के हो ?
सम्पूर्ण प्राणीप्रति करुणाको अभिव्यक्ति नै मैत्री अभियान हो । सम्पूर्ण
जीव जगतप्रति प्रेम नै मैत्री हो । मैत्री साधना परहितलाई केन्द्र मानेर
गरिने साधना हो । परहितका लागि गरेका हरेक निष्काम कर्मले सधैं
परहितका साथ स्वहित गरिरहेको हुन्छ । सबै जीवहरूको उपकार गर्नु ।
उनीहरूको आनन्दको कामना गर्नु, लोभ र क्रोध नगर्नु । उनीहरूलाई
आवश्यक वस्तु सेवादेखि प्रार्थनासम्म गर्नु । सर्वमंगल, सर्वकल्याण र
सर्वोदयका लागि कार्य गर्नु । सबै जीवको कल्याणका लागि चिन्तन,
विचार र व्यवहारको प्रसारण गर्नु आदि मैत्री अभियानको मूल कार्य हो ।
मैत्री साधना करुणाभन्दा पनि श्रेष्ठ छ ।
मैत्री साधना आजको मानवका लागि श्रेष्ठतम साधना हो । नेपालमा
मित संस्कृति, बुद्ध साधनामा मैत्री–पारमिता र सनातन धर्ममा
विश्वबन्धुत्वको भावना मानवमा मात्र केन्द्रित सोच होइन सम्पूर्ण जीव
केन्द्रित सोच हो ।
विश्व ब्रहृमाण्डका सम्पूर्ण जीवको सर्वमंगलका लागि विचार, प्रार्थना र
निष्काम सेवा जसभित्र छ ऊ महामानव हो । कुनै स्थान विशेषमा दुःखद
घटना भए भने तत्काल एक्लै र सामूहिक रूपमा प्रार्थना गर्ने बानी बसाल्नु
पर्दछ भने विश्वका जीवको आनन्द र उत्सवमय जीवनका लागि सदैव
प्रार्थना गर्नु पर्दछ । प्रार्थना शक्तिशाली योग हो ।
पशुपंक्षी, वनस्पति र पञ्चतत्वको मंगल, निर्मलता र आनन्दका लागि
सदैव म के गर्न सक्छु भनेर विचार गर्ने, तत्काल प्रार्थना गर्ने र जे
सकिन्छ निष्काम कर्मयोग गर्ने अभियानको नाम मैत्री अभियान हो ।
आत्मसंयम–योग अभियान के हो ?
समत्व जीवन जिउन चाहनेका लागि निष्काम कर्मयोग नै मार्ग हो । घर
छाडेर जंगल पसेर या लोक वस्त्र छाडेर धर्मप्रतीक वस्त्र धारण गरेर
समत्वको जीवन प्राप्त हुँदैन । समाजमा बसेर नै सुख–दुःख, लाभ–हानि,
जय–पराजयको चक्कीमा पिसिएर सबुद (सिङ्गो बचेपछि मात्र समत्व
योग प्राप्त हुन्छ । यसैले त समत्वलाई योगको उच्च अवस्था मानिएको छ ।
आत्म संयमका लागि समाज सर्वश्रेष्ठ साधनास्थल हो । यहाँ संयम भयो
भने कहीं पनि हुन्छ ।
शरीर, मन, इन्द्रिय आदि अविचल भएको व्यक्ति स्वयंको विजयी
वीरहरूको वीर महावीर हो । आत्मसंयमबाट नै शरीर, मन र इन्द्रियको
संयम हुन्छ । साथै शरीर, मन र इन्द्रियको संयमबाट नै आत्मसंयम हुन्छ ।
दुवै बाटो समत्व योग (अनादि बुद्धि योग) मा पुग्दछन् । हुलहरूका
बीचमा एकान्त, प्रवचनका बीचमा मौन, जगतका बीचमा सन्यासी
भएर चित्तको एकाग्रता या धारणाको अभ्यास गर्नु पर्दछ ।
अल्प भोजन या अति भोजन, अति शित या अति उष्ण, अति निद्रा या
अति जागरण, अल्प अभ्यास या अति अभ्यास, अल्प वैराग्य या अति
वैराग्यलाई छाडेर सम्यक मार्गबाट अघि बढ्नु नै अत्मसंयम योग हो ।
अतिवादी चिन्तन र व्यवहारले आत्मसंयम नाश हुन्छ । व्यक्ति योगभ्रष्ट
हुन्छ, योगभ्रष्ट व्यक्ति युगभ्रष्ट पनि हुन्छ ।
संसारमा घटेका हरेक घटनासँग टाँसिने या भाग्ने नगरी तिनको साक्षी
बनेर जीवनलाई सर्वश्रेष्ठ बनाउने कलाको नाम आत्मसंयम योग हो ।
यसैको जीवन्त अभ्यास यो अभियानको लक्ष्य हो ।
विराट योग अभियान के हो ?
आकाश, वायु, अग्नि, जल, पृथ्वी र मन बुद्धि, अहंकाररूपी आठ
प्रकृतिलाई मलरहित निर्मल बनाउनु साथै यी निर्मल प्रकृतिभित्र रहेको
पृथ्वी तत्वको गन्ध, जल तत्वको रस, अग्नि या सूर्य तत्वको तेज या
आलोक, वायु तत्वको स्पर्श, आकाश तत्वको शब्द आदिका साथै
मानिसमा पौरुष, ज्ञानमा ॐकार, तपस्वीहरूमा तप, ध्यानीमा ध्यान,
जीवमा जीवन, सात्विक गुणको सत्, राजसी गुणको रज, तामसी गुणको
तम, आदि र त्यसको सनातन बीज अनादि सत्ताको ज्ञान–विज्ञानको
बोध नै विराट योग अभियान हो । श्रेय अर्थात् मुक्ति र प्रेय अर्थात् भोग
दुवै अनादि सत्ता परमात्मामा मिल्दछन् र सत्य उपलब्ध हुन्छ । हरेक
जीवको भूत, वर्तमान र भविष्यको चक्र देखिरहेको अनादि सत्तालाई
राग–द्वेष आदि द्वन्द्वबाट उठेर देख्न सक्नु नै विराट योग अभियानको
सन्देश एवं साधना हो ।
अक्षर–अनादि योग अभियान के हो ?
जसको क्षय हुँदैन त्यही अक्षय अर्थात् अक्षर हो । अनादि सत्ता एक
मात्र अक्षय छ । स्वयं अर्थात् ‘स्व’–भावलाई जान्नु र त्यसमा जिउनु
नै अध्यात्म हो । अध्यात्मको मार्गद्वारा सत्य सनातन अर्थात् अनादि
सत्तालाई उपलब्ध गर्न सकिन्छ ।
शरीरान्त अर्थात् शरीरको निधन अन्तकाल होइन । शरीरको निधनपछि
पनि सञ्चित संस्कारले शरीरहरूको क्रम लाइन लागेर बसेको हुन्छ ।
जब साधनाद्वारा मनको निरोध हुन्छ अर्थात् मन आफ्नो अनादि स्वरूपमा
स्थिर हुन्छ तब शरीर धारण गर्नु पर्दैन । मनको निरोध भयो भने जिउँदैमा
शरीरसँगको सम्बन्ध विच्छेद हुन्छ । ध्यानबाट साक्षीसम्मको यात्रा गरेर
अनादि सत्तालाई जीवित अवस्थामै जानेर अमर हुन सकिन्छ । अनादि
सत्ता मभित्र छ भन्ने संकेत दिने ध्वनि हो ओम् (ॐ) । ॐको शब्दको
सिधा अर्थ छैन र पनि ॐ सबै शब्दको अर्थ हो ।
कीट–पतंगदेखि ब्रहृमाण्डसम्म सबै जन्म–मृत्यु–पुनर्जन्मको क्रममा
बाँधिएका छन् । मानिसले साधनाद्वारा अनादि सत्तालाई उपलब्ध गरेर
मुक्त हुन सक्दछ । विश्व ब्रहृमाण्डमा केवल दुई जाति छन् – दैवी सम्पद्
युक्त देवता र आसुरी सम्पदयुक्त असुर । एउटै व्यक्तिमा क्षण–क्षणमा यी
दुई जाति परिवर्तन हुन सक्दछ । एउटै परिवारमा श्रीकृष्ण (देवता), कंस
(राक्षस), वाणासुर (दैत्य) रूप थिए । यी दुई जातबाट माथि उठेर महाजात
सम्पदयुक्त अक्षर–अनादि सत्ता उपलब्ध गर्ने योग अभियान हो यो ।
विभूति योग अभियान के हो ?
विभूतिको लोक अर्थ ऐश्वर्य हुन्छ । ऐश्वर्य दुई प्रकारका छन् । जगत
ऐश्वर्य र दिव्य ऐश्वर्य । जगतको ऐश्वर्य जगतका लागि मात्र काम
लाग्दछ । जगतको ऐश्वर्यले भोजन खरिद गर्न सकिन्छ, भोक खरिद
गर्न सकिन्न । महंगा ओछ्यान खरिद गर्न सकिन्छ, निद्रा खरिद गर्न
सकिन्न । यन्त्र खरिद गर्न सकिन्छ, आनन्द खरिद गर्न सकिन्न । यसले
सुविधा दिन सक्दछ तर आनन्द दिन सक्दैन । दिव्य ऐश्वर्य जगत,
जीवन र मुक्तिका लागि पनि काम लाग्दछ । जगत ऐश्वर्य जति बाँड्यो
त्यति घट्दै जान्छ, दिव्य ऐश्वर्य जति बाँड्यो त्यति बढ्दै जान्छ । जसले
जगत ऐश्वर्य र दिव्य ऐश्वर्यलाई चिन्यो र आवश्यकता अनुसार सम्यक
प्रयोग गर्यो साथै त्यसमा नटाँसिई अनादि सत्तातर्फ बढ्यो त्यसलाई
हामीले ईश्वर मानेका छौं ।
अनादि सत्ता नै सर्वभूतहरूको आदि, मध्य र अन्त अर्थात् उत्पत्ति, स्थिति,
विनाश स्वरूप छ । अनादि सत्ता नै सबै दृश्य सत्ताको बीज रूप भएर रहेको
छ । यही बीज नै दिव्य ऐश्वर्य हो । अनादि सत्ता नै सम्पूर्ण उत्पत्तिको कारण
हो । मन, बुद्धि, प्राणलाई एकत्र गरी श्रद्धाज्ञान र होसविज्ञानद्वारा साधना
गरेर अनादि सत्तालाई प्राप्त गर्न सकिन्छ । एक आपसमा अनादि सत्ताको
बीजरूप सम्पूर्ण जगतमा रहेको सत्यको चिन्तन, मनन र ध्यानको अभ्यास
गर्दै साक्षी बनेर बोधपूर्वक हेर्न सक्नुपर्दछ ।
यही ज्ञान–विज्ञानको साधना विभूति योग अभियान हो ।
भक्ति योग अभियान के हो ?
मान–अपमान, शत्रु–मित्र, सुख–दुःख, लाभ–हानि, शुभ–अशुभ, निन्दा–
स्तुति आदिमा सम या स्थिर मन–बुद्धिवाला व्यक्ति सच्चा भक्त हो । मन,
इन्द्रियसहित शरीरमा सदाचारको उत्सव मनाइरहेको व्यक्ति भक्त हो ।
हठयोगभन्दा ज्ञानयोग श्रेष्ठ हो । ज्ञानयोगभन्दा ध्यान योगश्रेष्ठ हो । ध्यान
योगभन्दा साक्षी योग श्रेष्ठ हो । साक्षी भावमा कर्मफलको त्याग हुने हुनाले
तत्काल आनन्द उपलब्ध हुन्छ । निष्काम कर्मयोगको मार्गमा समर्पित
भक्त सर्वव्यापी, नित्य, निराकार र अविनाशी अनादि सत्तालाई प्राप्त गरी
अन्तसमा महास्थिरता र बाहिर महानृत्यमा हुन्छ । यही उत्सवमय जीवन
नै भक्ति योगको प्राप्ति हो । भक्तले साधनाको लाभ–हानिमा लोभ र द्वेष
नगरी अनादि सत्तामा समर्पण गरी महानृत्यमा प्रवेश गर्न सक्दछ ।
जो सम्पूर्ण विश्व ब्रहृमाण्ड र त्यसका निवासीहरूप्रति द्वेषभाव राख्दैन, जसको
हृदय प्रेम–शान्ति–करुणाको त्रिवेणी बनेको छ, मन र इन्द्रियहरू शान्त र मौन
छन्, त्यही सच्चा भक्त हो । भक्तिको अर्थ भजन–कीर्तन, पूजा, नृत्य आदिमा
हराउनु होइन त्यसबाट अन्तसमा जाग्नु हो । भक्ति योगको सच्चा अर्थलाई
साधनाद्वारा समाजमा स्थापित गर्नु यो अभियानको मूल लक्ष्य हो ।
त्रिवेणी योग अभियान के हो ?
सत्वगुण, रजोगुण र तमोगुण प्रकृतिबाट उत्पन्न भएर अनादि सत्ताको
बीजलाई जीवको शरीरमा बाँधेर राख्दछन् । अनादि सत्ताको बीज अर्थात्
आत्मा । यी तीन गुण कुनै प्रिय र कुनै अप्रिय लाग्छन् । तर तीनै बलियो
बन्धन हुन् । तीन गुणमध्ये सत्वगुण निर्मल हुने हुनाले यो सुख, ज्ञान र
सत्यको प्यास बोकेर बाँधिएको हुन्छ । अनादि सत्ता अर्थात् सत्य उपलब्ध
भएपछि यो मुक्त हुन्छ । राग, द्वेष, आशक्ति साथै महत्वाकांक्षा, प्रतिस्पर्धा,
अहंकारद्वारा रजोगुणले बाँधेको छ । स्वयंलाई जान्न नचाहनु र जगतलाई
जान्न चाहनु, अन्तसको दिव्य ऐश्वर्यलाई प्राप्त गर्ने प्यास नहुनु र
बाè ऐश्वर्यका लागि रात–दिन एक गरेर बेहोस दौडद्वारा तमो गुणले
बाँधेको छ ।
रजो गुण र तमो गुणलाई दबाएर सत्व गुण बढ्छ । सत्व गुण र तमो
गुणलाई दबाएर रजो गुण बढ्छ । सत्वगुण र रजो गुणलाई दबाएर तमो गुण
बढ्छ । यी तीनै गुणहरूले मानिसलाई आ–आफ्ना बलिया बन्धनमा बाँधेर
हैकम चलाइरहेका छन् । जुन समयमा अन्तसमा चैतन्य बोध, सत्पथ,
सत्यको या अनादि सत्ता उपलब्ध गर्ने प्यास बढ्दै जान्छ त जान्नु कि सत्व
गुणले रज र तमो गुणलाई दबाएको छ । मनको चञ्चलता, लोभ–लालचा,
महत्वाकांक्षा, प्रतिस्पर्धा, अहंकारतर्फ प्यास बढ्दै जान्छ त जान्नु कि रजो
गुणले सत्व गुण र तमो गुणलाई दबाएको छ । बाè ऐश्वर्यका लागि अन्धो
भएर अन्धकारमा दौडने र अप्राप्तिमा विक्षिप्त भएर स्वयं र स्वयंको बीज
अनादि सत्तालाई गाली गर्ने स्वभाव बढ्दै जान्छ त जान्नु कि तमो गुणले
सत्व गुण र रजो गुणलाई दबाएको छ ।
तमो गुणभन्दा रजो गुण राम्रो लाग्दछ । रजो गुणभन्दा सत्व गुण राम्रो
लाग्दछ । तर जबसम्म यी तीन नदी आफ्नो अस्तित्वको नृत्यलाई मेटेर
त्रिवेणीमा साम्य अवस्थामा पुग्दैनन् तबसम्म अनादि सत्ता उपलब्ध
हुँदैन । मानिसको स्थुल शरीरको उत्पत्तिको कारणका रूपमा रहेका
यी तीन गुण विलय भएपछि जन्म, रोग, वृद्धावस्था, मृत्यु आदि सबै
दुःखबाट मुक्ति मिल्दछ ।
ध्यानबाट प्रारम्भ गरेर साक्षी साधनाद्वारा तीनैवटा गुणको बन्धनमुक्त
गुणातीत हुन सकिन्छ । तीनै गुणहरूको उत्पत्ति, गति, प्रगति र दुर्गतिलाई
साक्षी बनेर हेर्ने चैतन्यबोध जागरण भएपछि सबै बन्धन खुलेर निर्बन्ध
अवस्था उपलब्ध हुन्छ । यही अवस्थामै अनादि सत्ता या सत्य उपलब्ध
हुन्छ । यो अमृत विद्या सिकाउने अभियानको नाम त्रिवेणी योग अभियान हो ।
देवासुर योग अभियान के हो ?
विश्व ब्रहृमाण्डमा मानिसका केवल दुई जात छन् — देवता र असुर । जब
मानिसको अन्तसमा दैवी सम्पद बढ्छ, मानिस नै देवता बन्दछ । जब
आसुरी सम्पद बढ्छ मानिस नै असुर बन्दछ । असुर अर्थात् सुर नभएको ।
पाखण्ड, घमण्ड, अभिमान, क्रोध, कठोर बोली, अज्ञान, अपकारी,
क्रूरकर्मी, दम्भ, मद, भ्रष्टव्रत, भोग संग्रह, निन्दा, अहंकार, काम, लोभ
आदि लक्षण बोकेर जगत विनाश कार्यमा लागेको मानिस असुर हो ।
असुरले म नै देवता हुँ भन्छ । संसारका सम्पूर्ण ऐश्वर्य र भोग मैले
मात्र गर्नुपर्दछ भन्ने ठान्दछ । अकारण अरूलाई डरमा राख्न चाहन्छ
र मानिसलाई दुःख दिने या मार्ने गर्छ । व्रत, बल र सिद्धि पनि अशुभ
कार्यका लागि गर्दछ । यज्ञ गर्यो भने पनि धनको धङधङीमा गर्दछ । यी
असुर जातिका मानिसका लक्षण हन् ।
प्रेम, शान्ति, करुणा, अहिंसा, ध्यान, निर्मलता, इन्द्रिय मुक्ति, मनको
मौन, अक्रोध, सत्कर्म, दान, निर्भयता, आत्मसंयम, तप, सरलता,
त्याग, निन्दा–मुक्ति, दया, क्षमाभाव आदि दैवी सम्पद युक्त मानिसका
लक्षण हुन् । यी नै देवता जाति हुन् । सर्वमंगल, सर्वकल्याण, सत्यको
खोज, अनादि सत्ता प्राप्तिको प्यास, विश्व बन्धुत्वको भावना,
परोपकार, निष्काम कर्मयोग, लोक कल्याणको लागि सर्वश्व समर्पण
आदि देवता जातिका लक्षण हुन् ।
संसारमा आदि कालदेखि नै आजसम्म देवासुर संग्राम चलिरहेको
छ । मानिसका यी दुई जातले सृजना र विनाशको खेल खेलिरहेका
छन् । देवासुर योग अभियानले असुरबाट देवता बन्ने ज्ञान–विज्ञान
सिकाउँछ । साथै देवताबाट पनि मुक्त भएर अनादि सत्ता उपलब्ध गर्ने
विधि–विज्ञान सिकाउँछ ।
दान अभियान के हो ?
दानको कला, संस्कृति, धर्म र विज्ञानको जीवन्त परम्परालाई “परोपकार
नै पुण्य हो” भन्ने धर्म सूत्रमा रहेर यसका विविध रूपमा विकास–
विस्तार गर्नु नै दान अभियानको मूल लक्ष्य हो ।
जीवन रहँदै या जीवनपछि गरिने दुवै दान महादान हुन् । जीवन रहँदै
गरिने रक्त दान, अन्न दान, श्रम दान, ऐश्वर्य दान, प्रार्थना दान, उपवास
दान, विद्या दान, शिक्षा दान, अंश दान आदिका साथै जीवनपछि गरिने
आँखा दान, अंग दान, ऐश्वर्य दान आदि जसको संकल्प जीवित रहँदै
गरिन्छ भने पूर्णता जीवनपछि हुन्छ ।
उपवास दानकै उदाहरण लिऊँ । प्रतिहप्ता १ दिन पानी मात्र पिएर
उपवास गर्नाले शरीर र मन निर्मल हुन्छ । शरीर र मन निर्मल भएपछि
स्वास्थ्य, सुन्दरता र सत्यको प्यास बढ्दै जान्छ । शारीरिक र मानसिक
रोगबाट मुक्ति मिल्दछ । प्रतिहप्ता १ दिन भोजन छाड्दा १ वर्षमा
करिब २ महिना उपवास हुन्छ भने भोजनमा हुने खर्च मात्र सेवा
कार्यमा लगाउने हो भने उपवास र परोपकारको दोहोरो पुण्य प्राप्त
गर्न सकिन्छ ।
रक्त दान र आँखा दानको गुणगान जति गाए पनि कम हुन्छ । आफ्नो
केही नगुमेर पाउनेले सर्वस्व पाउने यी दुई दान श्रेष्ठ पुण्य कार्य हुन् ।
भोकोलाई पेटभर ख्वाउनु जस्तो महान पूजा अरू के हुन सक्दछ ।
मानिस, जीव–जन्तु, चरा–चुरुङ्गी, कीट–पतंग, आफ्नो क्षमता
अनुसार जसलाई ख्वाउन सकिन्छ, ख्वाउनु पर्दछ । मानिसलाई भोज
ख्वाउनुभन्दा जीव–जन्तु, चरा–चुरुङ्गीलाई भोज ख्वाउनु श्रेष्ठ कार्य
हो । मानिस त खेती गर्ने सामथ्र्यका साथ आएको छ । उसले श्रम गरेर
भोजन उपलब्ध गर्न सक्दछ । यही सर्वकल्याण र सर्वोदयको भावना
र सत्कर्मको नाम दान अभियान हो ।
जडीबुटी अभियान के हो ?
जडीबुटी मानवको सर्वश्रेष्ठ भोजन र औषधी हो । वनस्पतिजन्य भोजन
र औषधीबाट मानिस, जीवजन्तु आदिले आदिम कालदेखि स्वास्थ्य
रक्षा र दीर्घ जीवनका लागि उपयोग गर्दै आयो । स्वस्थको स्वास्थ्य
रक्षा र रोगीको रोगोपचार मात्र नभएर साधना र सिद्धिका लागि पनि
जडीबुटीको जीवन्त प्रयोग गर्यो । प्राकृतिक जीवनशैलीको मूल
आधार जडीबुटी, अन्न र योग नै थियो । विश्वको प्राचीन र सर्वाङ्गीण
विकास गरेको आयुर्वेदको पनि आधार जडीबुटी नै हो । जडीबुटीमुक्त
आयुर्वेदको कल्पना पनि गर्न सकिन्न । आयुर्वेद मात्र होइन, विश्वमा
विकसित युनानी चिकित्सा, होमियोपेथी चिकित्सा, अक्युपंचर एवम्
चिनिया परम्परागत चिकित्सा, नेपालको हिमाली भेगमा चल्ने स्वरिक्पा
चिकित्सा आदि साना–ठूला अनेकन चिकित्सा विज्ञानको मूल आधार
जडीबुटी नै हो । आधुनिक चिकित्सा एलोपेथीले पनि प्रारम्भ र
विकासमा प्राकृतिक खानपान एवं जीवनशैली र जडीबुटीलाई नै आधार
बनाएको थियो, कृत्रिम रसायनको दम्भमा विस्तारै छाड्दै गयो । प्राचीन
कालमा जडीबुटी मात्र सेवन गरेर योगीहरू साधनामा लिन रहन्थे र दीर्घ
आयु बाँच्दथे ।
धर्तीको सबैभन्दा ठूलो उपहार जडीबुटीलाई लोप हुनबाट बचाऊँ ।
जडीबुटीको संरक्षण र लोक प्रयोगलाई बढाऊँ । जडीबुटी चिन्नेले
नचिन्नेलाई चिनाउने अभियान सुरु गरौं । जडीबुटीको महत्वलाई प्रचार–
प्रसार गरौं । चेतना जगाऊँ, जडीबुटी जीवनको आधार हो । घरमा
गमला र करेसा बारीमा जडीबुटी लगाऊँ । आफ्ना बाल–बच्चाहरूलाई
सानैदेखि जडीबुटी चिनाऊँ, सरल प्रयोग सिकाऊँ र जडीबुटीलाई माया
गर्ने स्वभाव विकास गरिदिऊँ । यही लोककल्याणकारी अभियानको
नाम जडीबुटी अभियान हो ।
विचार उत्क्रान्ति अभियान के हो ?
विचारले कार्यलाई प्रभावित गर्दछ । जस्तो विचारहरू बराबर मनमा
आउँछन् त्यस्तै काममा मानिस अगाडि बढ्छ । राम्रो विचारले
राम्रो कार्यलाई पूर्ण रूप दिन्छ भने नराम्रो विचारले नराम्रो कार्यलाई ।
विचारबाट यात्रा सुरु हुन्छ । त्यसैले विचार शुद्धि नै कार्य शुद्धिको
आधार हो । विचार निरीक्षण र विचार शुद्धिबाट विचार उत्क्रान्ति हुन्छ ।
अहिंसा या हिंसा, शान्ति या अशान्ति, सत्य या असत्य, निर्लोभ या लोभ,
प्रेम या अप्रेम, आनन्द या पीडा सबैको सुरुआत विचारबाट हुन्छ । तसर्थ
विचारको पवित्रता नै पवित्र जीवनको सुरुआत हो । विचारको निर्मलता
नै निर्मल जीवनको सुरुआत हो ।
साहित्य या संसार, पुस्तकालय या इन्टरनेटालय, स्वयं या समाजबाट
हामीलाई चाहिएको कुरा सिक्न सक्ने सुविधा छ आज । सिकेका
राम्रा कुराले हामीलाई राम्रो बनाउँछ भने सिकेका नराम्रा कुराले नराम्रो
बनाउँछ । सिकेका कुराले विचारलाई प्रभावित गर्दछ । प्रभावित विचारले
कामलाई प्रभावित गर्दछ । त्यसैले हामी, हाम्रा परिवार या मित्र र
विश्वलाई जस्तो देख्न चाहन्छौं त्यस्तै विचारको बीजलाई फैलाउनु
पर्दछ । विचार निर्मल भए मात्र कार्य निर्मल हुन्छ । निर्मल कार्यबाटै
विश्व ब्रहृमाण्ड र यसका निवासी निर्मल हुन सक्दछन् । क्रान्ति हिंस्रक
हुन्छ र उत्क्रान्ति अहिंसक । विचार उत्क्रान्तिले सत्पथको मूल ढोका
खोल्दछ, यही यो अभियानको लक्ष्य हो ।
निर्मल अभियान के हो ?
मलमै झलमल देखेर नै जीवन दुःखले भरिएको हो । निर्मल जीवन
उत्सव र आनन्दले भरिएको हुन्छ । शरीर, मन, प्राण र विश्व ब्रहृमाण्डलाई
निर्मल बनाउनु मानवको प्रथम आध्यात्मिक कार्य हो । शरीरको निर्मलता
योगासन, जडीबुटी, प्राकृतिक र जैविक भोजन, वनस्पतिमा आधारित
सात्विक भोजन, प्राकृतिक जीवनशैली र प्राकृतिक चिकित्साबाट
सम्भव छ । मनको निर्मलता यम, नियम, प्रत्याहार, धारणा र ध्यानबाट
सम्भव छ । प्राणको निर्मलता आसन र प्राणायमबाट सम्भव छ । विश्व
ब्रहृमाण्डको निर्मलता चैतन्यबोध भएको मानवबाट सम्भव छ । शरीर,
मन र प्राण निर्मल भएपछि मानिसमा चैतन्यबोध उपलब्ध हुन्छ ।
महत्वाकांक्षा, प्रतिस्पर्धा, अहंकार, ईष्र्या, द्वेष, क्रोध आदिले मलको वृद्धि
गर्दछन् । बढी बोल्ने, झुठ बोल्ने, अनर्थ बोल्ने बानीले मलको वृद्धि गर्दछन् ।
कसैले अरूका नराम्रा कुराहरू खोजी–खोजी तिमीलाई सुनाउँछ र
विरोध एवम् उपहास गर्दछ भने त्यसलाई मित्र मानेर अँगालो नमार ।
किनकि उसले अरूको बदनाम तिम्रो अगाडि गर्दछ भने तिम्रो बदनाम
तिम्रोपछाडि अरूसँग गर्दछ । छिद्रान्वेषी स्वभावका मानिसले दोष मात्र
देख्छन्, गुण देख्दैनन् । यी मलले भरिएका मलिन मानिस हुन् । निर्मल
मानिस त त्यही हो जसले सबैका राम्रा कुराको गुणगान सबैसँग गर्दछन् ।
कुनै नराम्रा कुरा भए उसैसँग बसेर एकान्तमा सुधारका सुझाव दिन्छन् ।
निर्मल जीवनशैलीको कला, संस्कृति र विज्ञान सिकाउने अभियान हो
निर्मल अभियान ।
विज्ञान–सृजन अभियान के हो ?
विज्ञान सृजनाका लागि हो । विध्वंश र विनाशका लागि होइन । आज
आधुनिक विज्ञानले मानव सुविधाहरूलाई दिन प्रतिदिन बढाइरहेको छ
जो सुखद कुरा हो । तर सुविधाका नाममा पर्यावरणमा परेको दीर्घकालीन
दुखद असरका बारे वैज्ञानिकहरूले पनि होस पुर्याउनु पर्दछ । आधुनिक
विज्ञानको सबैभन्दा बढी खर्च युद्ध सामग्री बनाउनु साथै अन्तरीक्षको
अध्ययनको लागि रकेट आदिमा भएको देखिन्छ । क्षेप्यास्त्र र अन्य
आणविक भट्टीमा भएका खर्चलाई प्रकृति संरक्षणमा खर्च गर्ने हो
भने विश्व कति सुन्दर स्वस्थ हुने थियो । विज्ञानले खोजेका अनेकन
रसायन आज मानव सभ्यताका लागि चुनौती बनिरहेका छन् । विज्ञानका
उपलब्धि मानव, जीवजन्तु, चराचुरुङ्गी, हिमाल, नदी, ताल, पहाड,
जंगल आदि सबैका लागि मैत्रीपूर्ण हुनु पर्दछ । हामीले खोजेको वैज्ञानिक
उपलब्धिले हाम्रो नै विनाश गर्न थाले भने जीव, जगत र ब्रहृमाण्ड नै
समाप्त भएर जानेछ । यसका बारे जागरण चाहिन्छ ।
विज्ञानले अहिंसाका लागि कार्य गर्न सक्नु पर्दछ । सृजनाका लागि कार्य
गर्न सक्नु पर्दछ । जीवन मैत्री सभ्यतालाई विकास गर्दै विश्व बन्धुत्वको
समाज निर्माणको लागि कार्य गर्न सक्नु पर्दछ । हामीले गरेको विकास
हाम्रो विनाशको लागि भयो भने योभन्दा दुःखद कुरा के हुन सक्दछ ।
त्यसैले विज्ञानलाई चेतनाशून्य बन्न दिनु हुँदैन । वैज्ञानिकहरूले विश्व
कल्याणका लागि खोजेका खोजहरूलाई खरिददारहरूले विश्व
विनाशका लागि उपयोग गर्नु दुःखद कुरा हो ।
पृथ्वीलाई ध्वस्त पारेर, निर्जीव बनाएर मंगल ग्रहमा बस्ती बसाल्ने
कल्पना गर्नु दुःखद कुरा हो । यही चेतना र साधनाको विश्व अभियान
विज्ञान–सृजन अभियान हो ।
बोक्सी अन्धविश्वास मुक्ति अभियान के हो ?
तन्त्र साधना पद्धति पूर्वीय र प्राचीन साधना पद्धतिको शक्तिशाली
प्रयोग हो । वेदलाई निगम र तन्त्रलाई आगम भनिन्छ । तन्त्र विषयक
गहन ज्ञान एवं साधना भएका साधक भेटाउन पनि आज दुर्लभ हुँदै
गइरहेकाले समाजमा तन्त्र–विद्याबारे भ्रम फैलिनु स्वाभाविकै छ ।
अज्ञानले हुने अनर्थलाई ज्ञानले र साधनाले हटाउन सक्दछ । मिथ्या
ज्ञानले बचाएको थुप्रै भ्रम हाम्रा समाजमा छन्, तन्त्र पनि त्यसबाट
अछुतो छैन । अन्धानुकरण र अन्धविश्वासबाट उठ्न सनातन ज्ञान–
विज्ञानलाई स्वयं बुझ्ने र अरूलाई बुझाउनेतर्फ योगीहरू लाग्नु
पर्दछ । स्वयं नबुझी महापण्डित बन्न खोज्नु हुँदैन । पाश्चात्य ज्ञानबाट
प्रभावित भएका प्राच्य विद्वान्हरू पनि आफ्नो पूर्वस्थिति र मूल
स्रोतको बोध नभई अन्योलमा परेर अन्धविश्वासले किंकर्तव्यविमूढ
भएको पाइन्छ । शिवशक्तिद्वारा लोक कल्याणका लागि विस्तार
गरिएको तन्त्र विज्ञानको सत्यतथ्यलाई त्यसकै मौलिक स्वरूपमा
पुनस्र्थापित गर्नुपर्दछ । भ्रमका विनाशक र विषाक्त खेतीलाई नष्ट
गर्नु पर्दछ ।
एउटा साधना पद्धति छ जसमा प्रेत बोक्न सिक्ने र प्रेत बोकेर साधना
गर्ने गरिन्छ । प्रेत सिद्ध गरेर लोकल्याणका काम गरिन्थ्यो । कालान्तरमा
तन्त्र साधनाको दुरूपयोग सर्वत्र भयो । यही क्रममा प्रेत सिद्धि गरेका
दुष्ट साधकहरूले लोकलाई दुःख दिने काम गर्न थाले । यसैले यो
साधना समाजमा नराम्रो रूपमा चिनिन थाल्यो । प्रेत बोकेर अनिष्ट
गर्ने हुनाले बोक्सी भयो र सिद्धिलाई नराम्रो काममा प्रयोग गरेको
हुनाले घृणित भयो । पुरुषलाई बोक्सा र स्त्रीलाई बोक्सी भनिथ्यो ।
कालखण्डमा समाजबाट बहिष्कृत भएर यस्ता साधक हराउँदै गए
तर समाजका मानिसले आफूलाई मन नपरेका मानिसलाई बोक्सा–
बोक्सीको नामबाट दुःख दिने र बहिष्कृत गर्ने काम भने गरिरहे ।
कालान्तरमा बोक्सा शब्द र पुरुष यातना हराउँदै गयो । बोक्सी शब्द र
स्त्री यातनाले जरो गाड्यो ।
यो असामाजिक र अवैज्ञानिक कुरूप अवशेषलाई समूल नष्ट गर्न
बोक्सी अन्धविश्वास मुक्ति अभियानले कार्य गरिरहेको छ ।
हत्या जागरण अभियान के हो ?
मानिस दुई मानसिक रोगबाट पीडित छ । अरूको शरीरको हत्या गर्ने या
आफ्नो शरीरको हत्या गर्ने । आफ्नो शरीरको हत्या गर्नुलाई लोक भाषामा
आत्महत्या भनियो तर यो गलत शब्द हो । आत्माको हत्या कसैले गर्नै सक्दैन ।
शरीरलाई मात्र हत्या गर्न सकिन्छ । शरीरको हत्या चाहे आफ्नो होस् या अरू
जीव–जन्तु, चरा–चुरुङ्गी कसैको, क्रूर हिंसा हो । हत्या केवल मानसिक
रोगीले मात्र गर्न सक्दछ । चैतन्यबोध भएको मानिसले गर्दैन । रोगी मनले
मात्र गर्दछ । भौतिक सत्ता सुविधाका लागि हो, आध्यात्मिक सत्ता आनन्दका
लागि हो । भौतिक सत्ता र त्यसको आधार धन र वस्तुमा नै आनन्द खोज्ने
मानिस जब ती कुरा प्राप्त गर्ने होडबाजीमा हुन्छन् त्यतिबेला अरूको हत्यामा
रमाउँछन् । फेरि ती कुरा प्राप्त भएपछि आनन्द कतै देखिँदैन तब आफ्नै
हत्यामा रमाउँछन् । यहाँ आफ्नो हत्यामा रमाउँछन् भन्दा अनौठो लाग्ला तर
शरीरले चलिरहेका या जीवित तर चैतन्यबोध नभएका या होस हराएका
मानिसहरू अरूको या आफ्नो दुवै हत्यामा सुख देख्छन् र त हत्यामा सक्रिय
संलग्न हुन्छन् । जहाँ जे छैन त्यो देख्नु मानसिक रोगमध्येको घातक रोग हो ।
हत्या जागरण अभियानले अरूको या आफ्नै हत्या नगर्न र कसैले हत्या
गर्न नसक्ने, सनातन सत्य, आनन्द र उत्सवको मूल स्रोत, मनको विराट
स्वास्थ्य, अमरताको ज्ञान–विज्ञान, अनादि सत्ता उपलब्ध गर्ने विधि
सिकाउँछ ।
मानसिक स्वास्थ्य अभियान के हो ?
मन अन्तरजगत र बहिरजगतको पुल हो । मन जब बोल्न थाल्दछ तब
बहिरजगतको विकास हुन्छ । मन जब मौनमा जान्छ तब अन्तरजगतको
विकास हुन्छ । यहाँ विकासको अर्थ उपलब्धता र विस्तार हो । मनलाई
ठिकसँग त्यसको सत्य स्वरूपमा बुझ्न सक्ने हो भने मानिसले ठूला
काम गर्न सक्छ । विश्वरूपको दर्शन गर्न सक्दछ ।
मनको विज्ञानका बारेमा शिशु कक्षादेखि विश्वविद्यालयसम्म पढाउनु
पर्दछ । साथै पूर्ण मानसिक विज्ञ बन्न चाहने हो भने अनौपचारिक
रूपमा पनि मनको गति, सुगति, अगतिका बारेमा जानेर मनबाट उठ्न
सक्नु पर्दछ । शरीर चलिरहे स्वस्थ हुन्छ, मन नचले स्वस्थ हुन्छ भन्ने
प्रायोगिक साधनाबाट जान्नु पर्दछ ।
मनोविज्ञानको क्षेत्रमा पछिल्लो युगमा अघि बढेको पश्चिमी सभ्यताले
मनको अस्वस्थताका बारेमा सीमित मापदण्ड, रोगका नाम र औषधीका
प्रकार तैयार गरेको छ । जसको आधारमा एक प्रतिशत मनोरोगीको उपचार
हुन्छ भन्न पनि गाह्रो छ । पूर्वीय सभ्यताले मनोविज्ञान, परामनोविज्ञान र
भावातीत मनोविज्ञानका क्षेत्रमा विशाल खोज–अनुसन्धान गरेर मानव
सभ्यताका लागि सबैभन्दा ठूलो विज्ञान दिएको छ । जसले मनलाई
पूर्ण स्वस्थ (स्व+स्थितऽस्वस्थ) र चैतन्यबोधका साथ सत्य साक्षात्कार
गराउन सक्दछ । हिमवत्खण्डको सभ्यता, वैदिक सभ्यता, योग सभ्यता
साथै पूर्वको धर्म, संस्कृति, स्वास्थ्य, शिक्षा, विज्ञान, साधना सम्पूर्ण
ज्ञान–विज्ञान स्वस्थ मनद्वारा सत्पथको यात्रा गर्दै सत्य उपलब्ध गर्नुमा
केन्द्रित छ ।
मानसिक स्वास्थ्य अभियानले पूर्वीय विराट मनोविज्ञानद्वारा पूर्ण
मानसिक स्वास्थ्य उपलब्ध गराउने ज्ञान–विज्ञान सिकाउँछ ।
अन्धविश्वास मुक्ति अभियान के हो ?
विश्वास सदैव अन्धो हुन्छ । साधनाद्वारा सत्य उपलब्ध गरेपछि मात्र आँखा
खुल्दछ, अन्धोपन समाप्त हुन्छ । शरीरको अन्धोपन असुविधायुक्त भए
पनि दुखद छैन किनकि विज्ञानले थुप्रै प्रविधिहरूलाई विकास गरेको छ,
गर्दै पनि जानेछ । मनको अन्धोपन सबैभन्दा बढी घातक छ । साधनाद्वारा
साक्षात्कार नगरी सजिलो बाटो रोजेर अरूले आफ्नो स्वार्थका लागि
भनेका कुरामा विश्वास गर्नु नै अन्धविश्वास हो । अन्धविश्वास कुरूप
मात्र हुँदैन, सरूप पनि हुन्छ । कुरूपभन्दा सरूप अन्धविश्वास खतरनाक
हुन्छ । कुरूप अन्धविश्वास त मानिसले छाड्ने पनि प्रयत्न गर्दछ तर
सरूप अन्धविश्वास छुट्न लाग्यो भने पनि अरू बलियो गरी अँगालो
मारेर राख्दछ ।
वर्षभर गलत काम गरेर सम्पत्ति कमाउने र मठ–मन्दिरमा दान दिने, पूजा
लगाउने, भण्डारा लाउने गरेर पाप घट्छ भन्नु या जीवनभर गलत काम
गरेर मृत्यु नजिक पुग्दा भगवानको नाम लिएर तरिन्छ भन्नु या गलत
कामले कमाएको पाप भगवानलाई प्रसाद चढाएर पुण्यमा बदलिन्छ
भन्ने सोच सरूप अन्धविश्वास हो । यो सम्भव छैन । अज्ञानमा भएको
असत्कर्म थाहा पाएपछि तत्काल छाडेर सत्कर्ममा लागे सो पापबाट
मुक्ति मिल्दछ । तर पूजा पनि गर्दै गर्ने र असत्कर्म पनि नछाड्नेहरूको
पाप हजारौं गुणा बढेर जान्छ । किनकि उसले समाजलाई मात्र ठगेन
परमात्मालाई पनि ठग्ने कोसिस गर्यो । बली प्रथा, जात जाति प्रथा,
अछुत प्रथा आदि थुप्रै प्रथाहरू कुरूप अन्धविश्वास हुन् ।
सबै प्रकारका अन्धविश्वासबाट मुक्त गरी अनादि सत्ता उपलब्ध
गर्ने सत्पथ साधनाको नाम नै “अन्धविश्वास मुक्ति अभियान” हो ।
अन्धविश्वासको अन्धो आँखाबाट जगाएर सत्यको तृतीय नेत्रबाट देख्न
सिकाउने अभियान हो यो ।