परिचय
कुनै पनि कारणले मुखबाट पेटमा रहेको तरल या ठोस पदार्थ फर्किनुलाई बान्ता, वमन, उल्टी आदि नामले जानिन्छ । वास्तवमा बान्ता हुनु स्वयम्मा कुनै रोग नभई अन्य रोगहरुको सङ्केत या लक्षण हो । अतः बान्ता हुन थाल्नेबित्तिकै यो जात्रु जरुरी हुन्छ कि यो के रोग या अवस्थाका कारण हुन गइरहेको छ । सामान्यतया पेट र त्यससँग प्रत्यक्ष सम्बन्ध राख्ने अङ्गहरुमा आएको गडबडीले बान्ताको स्थिति पैदा गर्दछ । बान्ता पैदा गर्ने प्रमुख रोगहरुमा आहार–विषाक्तता, अम्लपित्त, अजीर्ण, पित्ताशय सुत्रिनु या पत्थरी हुनु, फियो बढ्नु या सुत्रिनु, आमाशयमा अर्बुद या क्षयरोगको सङ्क्रमण, आमाशय (पेट) को तल्लो भागमा अवरोध, मलेरिया या अन्य ज्वरोको अवस्था, हैजा आदि पर्दछन् भने कैयन मानिसलाई चिन्ता, तनाव, डर एवं मोटर आदिको यात्राका कारण पनि बान्ता हुन्छ । जे–जस्ता कारणले होस्, पेटका भित्री मांसपेशीहरुमा आएको सङ्कुचनले नै बान्ता गराउँछ ।
लक्षण
१. हामीले मुखबाट खाए–पिएका कुराहरु पेटमा गई पाचन, अवशोषणपश्चात् दिसा–पिसाबका रुपमा मल निष्कासन हुनुपर्नेमा पेटबाटै पाचन, अवशोषणको क्रिया पनि नभई मुखबाट दुर्गन्धित रुप लिएर फर्किनु बान्ताको पहिलो लक्षण हो ।
२. बान्ताको एक मात्र लक्षण पेटमा भएका कुरा मुखबाट बाहिर निस्कनु हो भने बान्ता स्वयम् अनेकन रोगहरुको लक्षण हो ।
३. बान्तामा मुखको स्वाद बिग्रने, छाती गहु्रँगो हुने, पेट पोल्ने–बटार्ने, पटक–पटक मुखबाट पेटमा भएको तरल या ठोस पदार्थ बाहिर आउनका लागि बल गर्ने एवं आउने हुन्छ ।
४. धेरै पटक बान्ता भएमा शरीरमा तरल पदार्थ या पानीको कमी भई सोको लक्षण पनि देखिन सुरु गर्दछ ।
रोकथाम
१. बासी, झिँगा भन्केका र नढाकी खुला राखेका खाने कुराहरु खानु हुँदैन ।
२. दिसा गएपछि र खाना खानुपहिले सफासँग हात धुनुपर्दछ । हातले छाएर कुनै पनि कुरा खानुपरे हात सफासँग धोएर मात्र छुनुपर्दछ ।
३. फलफूल या काँचो खाइने कुनै पनि कुरा ३–४ पटक सफासँग धोएर मात्र खानुपर्छ । हरियो सागपात र तरकारीहरु पनि ३–४ पटक धोएर काट्नुपर्दछ । यस्ता सागपात र तरकारीहरुमा अरु कुनै खान नहुने झारपातहरु मिसिएर आएको छ कि भनी राम्रोसँग केलाउनुपर्दछ ।
४. गाउँघरतिर जङ्गली च्याउहरु एवं अन्य तरकारी एवं फलफूलहरु खाँदा शरीरलाई हानि गर्ने र विषाक्त छ कि भत्रे कुरामा विशेष सजगता अपनाई बूढापाका र सिपालुहरुसँग सोधेर खान हुने हो भत्रे जानेर मात्र खानुपर्दछ ।
५. धेरै गर्मीका समयमा पच्न गाह्रो हुने गरिष्ठ भोजन खानु हुँदैन । सजिलै पच्न सक्ने हल्का भोजन खानुपर्दछ ।
६. मोटर आदिमा यात्रा गर्दा बान्ता हुनेहरुले पेट टम्म हुने गरी खानु हुँदैन । यात्राका समयमा फलफूलको रस या सागपातको सुप पिउनु राम्रो हुन्छ । मोटरको तेलको गन्धका कारण बान्ता हुनेहरुले मुखमा मास्क प्रयोग गर्नु रोम्रो हुन्छ । यस्तो मास्कमा शुद्ध चन्दनको तेलको १–२ थोपा चुहाइदिँदा राम्रो हुन्छ ।
७. उमालेर, छानेर पानी पिउने बानी बसाल्ने र थोरै–थोरै धेरै पटक प्रशस्त पानी पिउने गर्नुपर्दछ ।
सरल उपचार
१. हरियो धनियाँ र पुदिना पिसेर पानीमा सर्बत बनाई आधा–आधा गिलास दिनमा २–३ पटक पिउने ।
२. मरिचको दाना मुखमा राखेर चुस्ने ।
३. आधा चिया चम्चा सानो हर्रोको धूलोमा १ चम्चा मह मिलाएर चाट्ने । यसले बान्ता रोकिन्छ ।
४. मुलेठी (जेठीमधु) या सुकुमेल मुखमा राखेर चुस्ने ।
५. पुदिनाको रस १ चम्चा, कागतीको रस १ चम्चा, नुन र मरिचको चूर्ण १ चुट्कीलाई १ गिलास पानी मिलाएर बनाएको सर्बत पिउनाले बान्ता रोकिन्छ ।
६. आधा काटेको कागती, कालो नुन र मरिचको चूर्ण छर्केर चुस्ने गरे पनि बान्ता रोकिन्छ ।
७. पानीमा जाइफल घोटेर चन्दन जस्तो बनाउने र १ चिया चम्चालाई ४ भाग लगाई १–१ भाग १–१ गिलास चौलानी घोली दिनमा ३ पटक पिउने गर्नाले बान्ता रोकिन्छ । यो बच्चालाई दिनु हुँदैन ।
८. ल्वाङ चुस्नाले बान्ता रोकिन्छ ।
९. तुलसीको पात मुखमा चुस्नाले बान्ता रोकिन्छ ।
१०. पाकेको इमलीको गुदी २–३ चम्मच १ गिलास पानीमा घोल्ने र त्यसमा हल्का नुनिलो हुने गरी नुन र ४ दाना मरिचको धूलो मिलाएर फेरि सर्बत बनाउने र पिउने गर्नुपर्दछ ।
११. पित्तप्रधान वमनमा उखुको रसले अत्यन्त फाइदा गर्दछ ।
१२. प्याजको रस १ चिया चम्चा, कागतीको रस १ चिया चम्चा र पुदिनाको रस १ चिया चम्चा मिलाएर पटक–पटक चटाउनाले बान्ता रोकिन्छ ।
योग एवं प्राकृतिक चिकित्सा
१. चिसो कटिस्नान गर्नुपर्दछ ।
२. बरफ रीढ पट्टी गर्नुपर्दछ ।
३. रसाहार गर्नुपर्दछ ।
४. कुज्ञल गर्नुपर्दछ । विषाक्त भोजनका कारण भएको बान्तामा यो ज्यादै लाभदायक छ ।
५. घाँटी र छातीको चिसो पट्टी गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. भोमिटेव झोल एवं गोली
२. कुमेश्वर रस
३. हिङ्ग्वाष्टक चूर्ण
४. दाडमादि चूर्ण
५. अरुचिभज्ञक चूर्ण
६. एलादि चूर्ण
७. यवानी खाण्डव
८. खाण्डव चूर्ण
९. मयूरभस्स
१०. लवङ्गादि चूर्ण
११. अरुचिगजकेशरी अवलेह
नोट :- उपर्युक्त उपचारबाट सुधार नदेखिएमा तुरुन्त अस्पताल जानुपर्दछ । विषाक्त खाने कुराहरु या विषका कारण बान्ता भएको हो भने यी उपचारमा नअलमलिई जतिसक्दो छिटो अस्पताल जानुपर्दछ । बाटामा उपर्युक्त उपचारको पनि सहयोग लिन सकिन्छ ।
परिचय
पेट दुखेर पोलेको अनुभूतिका साथ आउँ या रगत मिसिएको चिल्लो, चिप्लो, थोरै–थोरै दिसा भइरहने रोगलाई प्रवाहिका भनिन्छ । यसलाई अङ्ग्रजीमा डिसेन्ट्री (Dysentry) भनिन्छ ।
यो रोग गर्मी र बर्सात्का समयमा तथा तीर्थ/शिविर मेला आदिमा दूषित खाना तथा पानी पिउनाले र पेटमा जूका पर्नाले एवं अन्य जीवाणुको सङ्क्रमण भएमा हुन्छ ।
लक्षण
१. दिसा पटक–पटक हुन्छ ।
२. दिसा लाग्नुभन्दा पहिलेदेखि नै पेट काट्छ र दिसा गर्दा बल लगाउनुपर्छ ।
३. आउँमासी भएमा प्रत्येक पटक थोरै मात्रामा दिसा हुन्छ ।
४. रगत मिसिएको आउँ पनि हुन सक्दछ ।
रोकथाम
१. झाडा–पखालाको रोकथामका लागि बताइएका ६ महत्त्वपूर्ण कुराहरु प्रवाहिकाको रोकथामका लागि पनि अत्यन्तै महत्त्वपूर्ण छन् ।
२. तारेका, भुटेका, अमिलो, पीरो र मसलादार खाना खानु हुँदैन ।
३. घरमा बनाएको शुद्ध, साधा र सफा खाना खाने बानी बसाल्नुपर्दछ । होटलका रङ्गीचङ्गी खानाबाट टाढा रहनुपर्दछ ।
४. चाउचाउ, बिस्कुट एवं यस्ता तयारी खानाहरुको बदला घरमा बनाएका ताजा र प्राकृतिक खाना खाने बानी बसाल्नुपर्दछ । बजारमा बेचेका रङ्गीचङ्गी र महँगा खानेकुराभन्दा घरमा बनाइने भुटेका भट्ट, मकै एवं कोदो, फापर, गहुँ आदिका सु्ख्खा रोटी र ढिँडो सयौं गुणा स्वस्थकर र पोषिलो हुन्छ ।
सरल उपचार
१. काँचो बेल ३ ग्राम र कालो तिलको चूर्ण ३ ग्राम मिलाएर महीसँग ३ पटक ७ दिनसम्म खान दिनुपर्दछ ।
२. बेलको चूर्ण ३ ग्राम, धनियाँको चूर्ण ३ ग्राम मिलाएर महीसँग ३ पटक ७ दिनसम्म खान दिनुपर्दछ ।
३. बेलको सर्वत दैनिक ३ पटक खान दिनुपर्दछ ।
४. कुटज चूर्ण ३ ग्राम ३ पटक ७ दिनसम्म खान दिनुपर्दछ ।
५. बाल बेल चूर्ण १ चिया चम्चा र इसबगोल भुसी १ चिया चम्चा १ गिलास महीमा घोलेर पिउने । बिहान–साँझ पिउनाले आन्द्रामा टाँसिएर बसेको आउँ बाहिर निस्कन्छ ।
६. १–१ कप अनारको रस दिनमा ३ पटक पिउनाले फाइदा गर्दछ ।
७. काँचो केराको तरकारी र ढिकीमा कुटेको रातो चामलको भात खानाले फाइदा गर्दछ ।
८. ढिकीमा कुटेको रातो चामल, अङ्कुरित मुङ र अङकुरित मेथी तीनवटैलाई बराबर मिलाई खिचडी पकाउनुपर्दछ । यो खिचडी एकराते दहीसँग खानाले फाइदा गर्दछ ।
९. २० ग्राम जामुनको बोटको बोक्रा ल्याएर कुट्ने । १ गिलास पानीमा सो कुटेको बोक्रा पकाउने । जब पानी पाकेर आधा हुन्छः, त्यसलाई आगोबाट निकाली सेलाउन दिने । सेलाएपछि १ चिया चम्चा मह घोलेर छानी पिउने ।
योग एवं प्राकृतिक चिकित्सा
१. एनिमा गर्ने ।
२. तातो कटिस्नान गर्ने ।
३. पेटमा तातो चिसो सेक गर्ने ।
आयुर्वेदिक औषधि
१. बिल्वादि चूर्ण
२. कुटजावलेह
३. कुटजारिष्ट
४. कटजघनवटी
५. नारायणचूर्ण
६. अर्क कपूर
७. पुनर्नवादि क्वाथ ।
परिचय
पाचनको विकृतिबाट पित्त बढेपछि मुखबाट अमिलो पानी आउने या पेट पोल्ने, अमिलो डकार आउने रोगलाई अमलचुकी या अम्लपित्त भनिन्छ । यसलाई अङ्ग्रेजीमा एसिडिटी (Acidity) भनिन्छ ।
धेरै अमिलो, पीरो, चिल्लो, बासी खाना खानाले र धेरै चिन्ता, शोक, डरजस्ता मानसिक उत्तजेना हुनाले यो रोग लाग्दछ । चुरोट–तमाखुजस्ता धुम्रपान र जाँड–रक्सीजस्ता मद्यपान गर्नेहरुमा यो रोग अरुलाई भन्दा बढी पाइन्छ । धेरै खाने र धेरै आराम गर्नेहरुमा पनि यो रोग बढी पाइन्छ ।
लक्षण
१. मुखबाट अमिलो डकार र अमिलो पानी आउँछ । कहिलेकाहीँ दुर्गन्धित तीतो पानी पनि आउँछ ।
२. छाती र घाँटीमा पोल्छ तथा खान मन लाग्दैन ।
३. पेट दुख्नाका साथै वाकवाकी लाग्छ ।
४. हात–खुट्टाका साथै पूरै शरीर तातेको र पोलेको अनुभव हुन्छ ।
रोकथाम
१. अमिलो, पीरो, तारे–भुटेका र मसलादार खाना रुचाउनेहरुलाई यो रोगले सताएको पाइन्छ । अतः यस्ता खानाको बदला सादा र प्राकृतिक स्वरुप नबिगारिकन पकाएका खाना खानुपर्दछ ।
२. चुरोट, तमाखु , गाँजाजस्ता धुम्रपान एवं अन्य सूर्तिजन्य नशालु कुराबाट टाढा रहनुपर्दछ ।
३. धेरै भोकै बस्ने या धेरै कोचेर खाने, लामो समय पानी नपिउनाले या एकै पटक धेरै पानी पिउनेजस्ता बानीलाई छाड्नुपर्दछ र थोरै–थोरै धेरै पटक खाने बानी बसाल्नुपर्दछ ।
४. अल्छी बनेर आरामी जीवन जिउनु हुँदैन । शारीरिक सक्रियता बनाइराख्नुपर्दछ । नियमित शारीरिक र मानसिक व्यायाम गर्नुपर्दछ ।
५. चिन्तन, तनाव, उदासीपन, हीनताबोध, भय, शोक एवं अन्य मानसिक असन्तुलन र अस्वस्थतामा पनि यस रोगको प्रभाव बढ्ने हुनाले यस्ता समस्याहरुबाट बँच्न यौगिक र प्राकृतिक जीवनशैली सिकेर सोहीअनुसार जिउनुपर्दछ ।
६. पेटका अन्य रोगहरुमा बताइएका रोकथामका तरिकाहरु यस रोगका लागि पनि सहयोगी रोकथामका लागि महत्त्वपूर्ण छन् ।
७. खाँदेको पुराना अचार, बासी खानेकुरा, मैदाबाट बनेका खानेकुराका साथै चिनी र चिनीबाट बनेका खानेकुराहरुले अम्लपित्त बढाउन मद्दत गर्दछ ।
सरल उपचार
१. अमला चूर्ण, यष्टिमधु र शतावरी चूर्ण ३/३ ग्राम मिसाएर खान दिनुपर्दछ ।
२. काँचो एक कोसा केरालाई तीन टुक्रा गरी ३ समयमा खान दिनुपर्छ ।
३. खानापछि ल्वाङ र अमला चुस्नाले पनि आराम हुन्छ ।
४. नरिवलभित्र हुने पानी १–१ गिलास दिनमा ३ पटक पिउनुपर्दछ । यसभन्दा बढी पनि पिउन सकिन्छ ।
५. एक चम्चा अदुवाको रस र एक चम्चा मह फिटेर दिनमा २ पटक खानापछि चाट्ने ।
६. पुदिनालाई मसिनो पिसेर चटनीजस्तो बनाएको लेदो ३ चिया चम्चा, कागतीको रस एक चिया चम्चालाई एक गिलास पानीमा घोलेर पिउने । यो दिनमा ३ पटक पिउने ।
७. उमालेर चिसो बनाएको दूध थोरै–थोरै गरी धेरै पटक पिउने ।
८. एकराते दहीबाट बनाएको मही एक गिलासमा आधा चम्चा अमलाको चूर्ण घोलेर दिनमा ३ पटक पिउने । मही अमिलो हुनु हुँदैन ।
९. हर्रो, बर्रो, अमला, पिपला, मरीच, सुठो र जीरा बराबर तौल लिएर कुट्ने, पिस्ने गरी चूर्ण बनाउने । यो चूर्ण आधा चम्चा महमा फिटेर बिहान–साँझ चाट्ने ।
१०. अङ्कुरित कालो चना १०० ग्राम मरीचको चटनीका साथमा बिहान खाली पेटमा नास्ता गर्ने ।
११. एक चम्चा कागतीको रस, आधा चम्चा भुटेको जीरा र एक चट्की सिधेनुन मिलाएर दिनमा २–३ पटक खाने ।
योग एवं प्राकृतिक चिकित्सा
१. कुज्ञल गर्नुपर्दछ ।
२. एनिमा गर्नुपर्दछ ।
३. चिसो कटिस्नान गर्नुपर्दछ ।
४. पेटमा चिसो पट्टी लिनुपर्दछ ।
५. योगासन गर्नुपर्दछ ।
६ ध्यान गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. अविपत्तिकर चूर्ण
२. लीलाविलास रस
३. सूतशेखर रस
४. त्रिफला चूर्ण
५. अम्लपित्तान्तक लौह
६. लवणभाष्कर चूर्ण
७. शिवक्षार चूर्ण
८. अल्सारेब्स गोली
९. भोमिटेव गोली या झोल
१०. अम्लान्त गोली ।
परिचय
पेट दुखिरहने या खाना खानासाथ पेट दुख्ने रोगलाई अत्रद्रव शूल भनिन्छ । शूलमा खाना खाएको २/३ घण्टापछि पेट दुख्न सुरु गर्दछ ।
पीरो, अमिलो भएको खाना बढी मात्रामा खानाले, चिन्ता, डर, शोक बढी गर्नाले, धेरै आत्तिनाले, हतास हुनाले, समयमा भोजन नगर्नाले, उपवास आदि बढी बस्नाले शूल हुने गर्दछ ।
लक्षण
१. खाना खानेबित्तिकै पेट दुख्छ ।
२. त्यसपछि बान्ता हुन्छ ।
३. बान्ता भएपछि दुखाइ कम हुन्छ ।
४. परिणाम शूलमा खाना खाएको २/३ घण्टापछि पेट दुख्छ ।
रोकथाम
१. माछा, मासु , अण्डा आदि मांसाहारको बदला अङ्कुरित गेडागुडी, पनिर, तोफु, चीज आदिको प्रयोग गर्ने बानी बसाल्नुपर्दछ ।
२. चाउचाउ, बिस्कुट, केक आदिको बदला फलफूलहरु खाने बानी बसाल्नुपर्दछ । ‘फास्टफुड फास्ट ट्रेड’ त्यसैले तयारी भोजनको बदला ताजा प्राकृतिक भोजनमा जोड दिनुपर्दछ ।
३. बोतलबन्द चिसा पेयहरुको बदला मही, लस्सी, सर्बत, महपानी, कागती पानी एवं फलफूलको रस पिउने बानी बसाल्नुपर्दछ ।
४. अमिलो, पीरो, तारेका, भुटेका, मसलादार भोजनको नियमित प्रयोग गर्नुपर्दछ । नुन, चिनी र चिल्लोको प्रयोग अत्यन्त कम गर्नुपर्दछ ।
५. बजारमा खुल्ला बेचेका समोसा, पकौडा एवं कृत्रिम रङ्ग मिलाएका मिठाइ आदि खानु हुँदैन । जसले जवानी होटलमा बिताउँछ , उसले वृद्धत्व हस्पितलमा बिताउनुपर्दछ भत्रे कुरा भुल्नु हुँदैन ।
६. परवर, घिरौला, लौका जस्ता तरकारी एवं बेथे, चमसुर, रायो, मेथी जस्ता सागपात प्रशस्त खाने बानी बसाल्नुपर्दछ ।
७. काँक्रो, गाजर, मूला, चुकन्दर आदि काँचो खान मिल्ने कुराहरु सफासँग धोएर काँचै खाने बानी बसाल्नुपर्दछ ।
८. मैदाको बदला आटा, पालिस गरेको सेतो चामलको बदला रातो चामल साथै तरकारीहरु तथा फलफूल पनि बोक्रासँगै खाने बानी बसाल्नुपर्दछ । रेसा, चोकर, बोक्रा जस्ता कुरामा प्रशस्त भिटामिन एवं खनिज लवण जस्ता पोषक तत्व रहेका हुन्छन् । साथै यसले रोगको जननी कब्जियतबाट बचाउँछ ।
९. पुरानो अचारको बदला ताजा चढ्नी खाने बानी बसाल्नुपर्दछ ।
१०. एकैपटक धेरै खानुभन्दा पटक–पटक कम खानु राम्रो हुन्छ । अनाज र गेडागुडीमिश्रित भोजनको अन्तर ४–५ घण्टा हुनुपर्दछ भने फलफूल, सलाद, तरकारी र अन्य झोल कुरा २ घण्टाको अन्तरमा खान सकिन्छ ।
११. भोजन खुब चपाएर खाने बानी राम्रो हो, जसले पाचन, अवशोषण र मलनिष्कासन नियमित हुन्छ । जसले छिटो–छिटो नचपाई भोजन खाने गर्दछ, उसको स्वास्थ्य कहिल्यै राम्रो हुत्र ।
१२. भोजनको साथमा धेरै पानी पिउनु हुँदैन । अति आवश्यक भएमा दुई–चार घुट्का पिउनुपर्दछ । भोजनभन्दा १ घण्टा अगाडि इच्छाभर पानी पिउने बानी राम्रो हो । भोजनका साथमा पानीको बदला मही या तरकारीको पिउने बानी अझै राम्रो हुन्छ ।
१३. क्रोध, रिस, चिन्ता एवं अन्य नकारात्मक मानसिक भावदशामा भोजन गर्नु अत्यन्त हानिकारक हुन्छ ।
१४. भोजन थालमा आउँदासम्म दृश्य या अदृश्य रुपमा जस–जसको हात रहेको छ , उनीहरुलाई धन्यवाद प्रार्थना गरी भोजन सुरु गर्नाले अत्यन्त लाभ हुन्छ ।
सरल उपचार
१. पटक–पटक खाना खाइरहनुपर्दछ ।
२. चनाको सातु बनाएर राख्ने र २/२ चम्चा दूधसँग २/२ घण्टामा खाने गर्नुपर्दछ ।
३. गाजरको रस खाने गर्नुपर्दछ । चुकन्दरको रसले पनि फाइदा गर्दछ ।
४. अमलाको दाना चुसिरहने गर्नुपर्दछ । अमला चूर्ण ३ ग्राम महसँग दिनको ३ पटक खाने गर्नुपर्दछ ।
५. शतावरी चूर्ण ३ ग्राम पानीसँग खानुपर्दछ ।
६. खानेकुरा नपचेर हुने शूलमा अदुवाको रस/काँढा २ चम्चामा सयरफ तेल २ चम्चा मिसाएर खाने गर्नुपर्दछ ।
७. ज्वानो, टिम्मुर, मरहठी, अदुवा, बेसार, हिँग र नुन मिलाएर बनाएको झोल बिहान–साँझ पिउनुपर्दछ ।
आयुर्वेदिक औषधि
१. धात्री लौह
२. कामदुग्धा रस
३. हिङ्ग्वाष्टक चूर्ण
४. लसुनादि वटी
५. अविपत्तिकर चूर्ण
६. अग्नितुण्डी वटी
७. अमृतारिष्ट
८. कुमार्यासव
९. सुतशेखर रस
१०. शङ्घ वटी
११. अल्सारेक्स गोली
१२. त्रिफला चूर्ण
दन्त शूल (दाँत दुख्ने)
सरल उपचार
१. दाँतको सरसफाइ गर्नुपर्दछ ।
२. कुष्ठादि दन्तमज्ञनले दाँत सफा गर्नुपर्दछ ।
३. दाँतमा प्वाल परेमा ल्वाङको तेल कपासमा मिलाएर दाँतमा राख्नुपर्दछ र दन्त चिकित्सकसँग सल्लाह लिनुपर्दछ ।
कर्ण शूल (कान दुख्ने)
कानेगुजी जम्मा भएर कानभित्र सुत्रिएर घाउ भएमा कान दुख्दछ ।
सरल उपचार
यदि कानमा कानेगुजी जम्मा भएमा –
१. तुलसी पत्रको रस निकालेर मनतातो गरेर कानमा ३ पटक राख्ने । राम्रोसँग भिजेपछि कनकेर्नाले कानेगुजी झिक्ने ।
२. लसुनादि तेल– (२०० ग्राम लसुन, ५० ग्राम तेल पकाएर छात्रे) २/२ थोपा कानमा ३ पटक राख्ने ।
योग एवं प्राकृतिक चिकित्सा
१. चिसो कटिस्नान गर्नुपर्दछ ।
२. योगासन गर्नुपर्दछ ।
३. एनिमा लिनुपर्दछ ।
४. कुज्ञल गर्नुपर्दछ ।
५. पेटको चिसो पट्टी गर्नुपर्दछ ।
६. रसाहार गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. समुद्रफेन चूर्ण
२. रामवाण रस
३. लसुनादि तेल ।
परिचय
मलद्धारभित्र सुत्रिने र दिसा गर्दा रगत जाने रोगलाई अर्श (अल्काई/हर्सा) भनिन्छ । यसलाई अङ्ग्रेजीमा पायल्स (Piles) भनिन्छ ।
यो रोग अमिलो, पीरो बढी खानाले, दिसा रोक्नाले, शारीरिक परिश्रम नगर्नाले, एकै ठाउँमा बस्नाले, समयमा भोजन नगर्नाले र मद्यपान समेत गर्नाले लाग्दछ ।
लक्षण
१. दिसा सफा हुँदैन र कब्जियत रहन्छ ।
२. गुदद्धारमा शोथ (सुजन) हुनाले मासुको अङ्करजस्तो निस्कन्छ ।
३. दिसा गर्नुभन्दा पहिले या पछि रगत आउँछ ।
४. गुदद्धार दुख्छ ।
५. पाचनक्रिया ठीक हुँदैन र अरुचिसमेत हुन्छ ।
रोकथाम
१. सागपात, हरियो तरकारी र फलफूल प्रशस्त खाने बानी बसाल्नुपर्दछ । गाउँ घरमा पाइने नासपाती, मेवा, भुइँकटहर, आरु, अम्बाजस्ता सस्ता र सर्वसुलभ फलफूलमा बढी जोड दिनुपर्दछ । पोषणका दृष्टिले स्याउ, अङ्गुरजस्ता फलफूलभन्दा यी कम हितकर छैनन् ।
२. गहुँको सेतो मैदाको सट्टा चोकर भएको आटाको प्रयोग गर्नुपर्दछ । सेतो चामलको बदला बाहिरको पोषिलो तह नफ्याँकिएको खैरो या रातो चामलको प्रयोग गर्नुपर्दछ । चिनीको सट्टा गुँडको प्रयोग गर्नुपर्दछ ।
३. दिनभरिमा पटक–पटक पानी पिउने बानी बसाल्नुपर्दछ । उमेर, लिङ्ग र जलवायुअनुसार प्रशस्त पानी पिउनुपर्दछ ।
४. नियमित योगासन र ध्यान गर्ने बानी बसाल्नुपर्दछ ।
५. अमिलो, पीरो, तारेका, भुटेका, मसलादार खाना साथै खाँदेर राखेका पुराना अचार खानु हुँदैन ।
६. चुरोट–तमाखु–गाँजा जस्ता धुम्रपान साथै सुर्तीजन्य कुनै पनि कुरा प्रयोग गर्नु हुँदैन । जाँडरक्सी जस्ता मद्यपान गर्नु हुँदैन ।
सरल उपचार
१. सर्वप्रथम कब्जियत हटाउनुपर्दछ । त्यसका लागि त्रिफला चूर्ण ६ ग्राम सुत्ने समयमा १ गिलास मनतातो पानीसँग खानुपर्दछ ।
२. बढी रगत गएको अवस्थामा सुकेको ओलको चूर्ण २ ग्राम महीसँग दिनमा २ पटक खानुपर्छ ।
३. बाल बेलको गुदी २ ग्राम र चित्रक २ ग्राम समान भाग चूर्ण महीसँग २ पटक खानुपर्छ ।
४. दाडिम स्वरस (झोल) ३ चम्चा र सख्खर ३ चम्चा मिलाएर दिनमा ३ पटक खाने गर्नुपर्दछ ।
५. दाडिम चूर्ण ३ ग्राम र सख्खर ३ ग्राम दिनमा ३ पटक पानीसँग खानुपर्दछ ।
६. अपामार्ग मूल चूर्ण ३ ग्राम चौलानी पानीसँग या बाख्राको दूधसँग ३ पटक खाने गर्नुपर्दछ ।
योग एवं प्राकृतिक चिकित्सा
१. चिसो कटि स्नान गर्नुपर्दछ ।
२. एनिमा गर्नुपर्दछ ।
३. सूर्य नमस्कार आसन समूह नियमित गर्नुपर्दछ ।
४. नौली, मूलबन्ध एवं शङ्क प्रक्षालनजस्ता यौगिक अभ्यासहरुले अत्यन्त फाइदा गर्दछ, तर यी अभ्यास कुशल योग प्रशिक्षकको रेखदेखमा गर्नुपर्दछ ।
५. पेटको चिसो पट्टी गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. अर्शकुठार रस
२. काशिरादि तेल
३. चाङ्गेरी घृत
४. पायलेक्स गोली
५. पायलेक्स मलहम
६. पोझेक्स (पोसेक्स) गोली
७. क्षारसूत्र प्रयोग ।
परिचय
विभित्र माध्यमबाट शरीरभित्र प्रवेश गरी मुख्य रुपमा पेटमा विकास गर्ने दृश्य या अदृश्य जीवहरुलाई कृमि या जूका भनिन्छ । विश्वका सबै ठाउँमा बस्ने मानिसलाई जूका पर्दछ । जूका धेरै प्रकारका हुन्छन्, जस्तैं–फित्ते जूका, अङ्कुरो जूका, चूर्ना जूका आदि । जूकालाई फोहोर पानीबाट लाग्ने रोग या फोहरीको रोग भनेर पनि चिनिन्छ ।
लक्षण
(सामान्यतः सबै जूकामा देखिने लक्षण एवं चिह्र)
१. खानामा अरुचि हुन्छ र वाकवाक लाग्छ ।
२. पेट दुख्छ , शरीर गल्छ र रिँगटा लाग्छ ।
३. रक्ताल्पताले मुखको रङ्ग फुस्रो, पहेँलो र मलिलो हुन्छ ।
४. कहिले पखाला लाग्छ , कहिले १/२ दिन दिसा नै हुँदैन ।
५. दिसामा जूका अथवा चूर्ना गएको देखिन्छ ।
६. चूर्ना परेमा गुदद्धारमा बढी चिलाउँछ ।
७. नाम्ले जूका परेमा बेहोसी पनि हुन सक्दछ ।
८. श्वास लिन गाह्रो हुन्छ । (जूका श्वास नलीमा पस्न सक्दछ । पसेको अवस्थामा मात्र यो लक्षण देखापर्दछ ।)
९. जूका कलेजोमा पस्न सक्दछ । पसेको अवस्थामा कमलपित्तका लक्षण देखा पर्दछन् ।
१०. सुतेका बेलामा दाँत किट्ने हुन्छ ।
रोकथाम
१. उमालेर, छानेर पानी पिउने बानी बसाल्नुपर्दछ । जहाँ पायो, त्यहीँको पानी पिउनु हुँदैन । फोहर पानीका माध्यमबाट हामीभित्र जूका प्रवेश गर्दछ ।
२. दिसा गएर आएपछि , खाना खानुभन्दा पहिले र कुनै पनि खाने कुरा खानुपहिले साबुनले राम्रोसँग हात धुनुपर्दछ ।
३. दिसाबाट जूकाको सङ्क्रमण फैलिने हुनाले जथाभावी दिसा नगरी चर्पीमा मात्र दिसा गर्ने बानी बसाल्नुपर्दछ । जथाभावी दिसा–पिसाब गर्नाले जूका मात्र नभई अनेक रोग फैलिन्छ ।
४. हरियो तरकारी, सागपात, फलफूल र सलादका रुपमा काँचा खानेकुराहरु ३–५ पटक सफासँग धोएर मात्र खानुपर्दछ । सम्भव भएमा पोटास (पोटासियम परमागनेट) पानीले एक पटक धुनुपर्दछ ।
५. खुल्ला बेचेको, झिँगा भन्केको खाने कुरा खानु हुँदैन । खाना लाजीदार भाँडाले ढाकेर राख्ने बानी बसाल्नुपर्दछ ।
६. परिवारको कुनै व्यक्तिलाई जूका परेमा सबैले सामूहिक औषधि–उपचार गर्नुपर्दछ ।
७. सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।
सरल उपचार
१. कब्जियत भएमा राजवृक्षको सर्वत बनाएर खाई पेट सफा राख्नुपर्दछ ।
२. नीमको पातको काँढा खाई वमन गराउनुपर्दछ ।
३. सुकेको घिरौँलाको बियाँको चूर्ण २ ग्राम १ पटक बिहान खाली पेटमा पानीसँग ५ दिनसम्म खानुपर्दछ ।
४. नीमको रस २ चम्चा र मह २ चम्चा मिलाएर बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।
५. मेवाको पातको रस ४ चम्चा या बीज ४ चम्चा महसँग राती खानुपर्दछ ।
६. अनारको जरा या बोक्राको क्वाथ (काँढा) १०–१० चिया चम्चा दिनमा ३ पटक खानुपर्दछ ।
७. वायुविडङ्ग चूर्ण ३ ग्राम खाली पेटमा १० दिनसम्म खानुपर्दछ ।
८. तीते पातीको स्वरस (झोल) १–२ चियाचम्चा पानीसँग सुत्ने समयमा ५ दिनसम्म खाने गर्नुपर्दछ ।
९. कालो जीरा (कृष्णजीरा)को पिसेको चूर्ण १–२ चिया चम्चा महमा फिटेर बिहान–साँझ खाली पेटमा १ हप्ता खानुपर्दछ ।
योग एवं प्राकृतिक चिकित्सा
१. नीम पानीको एनिमा लिनुपर्दछ ।
आयुर्वेदिक औषधि
१. कृमिकुठार रस
२. कृमिमुद्गर रस
३. कृमिध्न वटी
४. विडङ्गादि चूर्ण
५. कृमिघातिनीवाटिका
६. विडङ्गावलेह
७. त्रिफलाद्यचूर्ण
८. त्रिफलाद्य घृत
९. नारायण चूर्ण ।
परिचय
खाना खाएपछि सबैभन्दा पहिलो पेटमा पुग्दछ र पचाउने कार्य सुरु हुन्छ । पेट (आमाशय) र आन्द्राका भित्री भित्ताबाट खाना पचेर प्राप्त पोषक तत्व सोसिएर रगतमा पुग्दछ । हामी खाएको धेरैजसो खानाबाट प्राप्त पोषक तत्व ग्लुकोजमा परिवर्तन भई शरीरलाई शक्ति दिने काम गर्दछ । यस्तो शक्ति दिन ग्लुकोज हाम्रो कोष र तन्तुहरुभित्र पस्नुपर्दछ । कुनै कारणबाट ग्लुकोज कोष र तन्तुहरुभित्र पस्न सकेन भने रगतमा ग्लुकोजको मात्रा बढ्दै जान्छ र कोष एवं तन्तुहरु ग्लुकोजका अभावमा शिथिल हुँदै जान्छन् । यसरी शरीरको रगतमा आवश्यकभन्दा बढी चिनी अथवा ग्लुकोज भएर हुने अस्वस्थतालाई मधुमेह रोग भनिन्छ । मधुमेह, चिनीको रोग, डायबिटिज आदि नामबाट चिनिने यस रोगका लाखौ लाख रोगी विश्वभर छन् । नेपालमा पनि यस रोगका रोगी अत्यन्त ठूलो सख्यामा छन् ।
लक्षण
१. भोग अत्यन्त बढ्दै जान्छ । भोकअनुसार खाना बढाउँदै जाँदा पनि शरीरको तौल बढनुको सट्टा घट्दै जान्छ ।
२. मुख सुकिरहन्छ र तिर्खा लागिरहन्छ । पानी पिइरहँदा पनि तिर्खा मेटित्र र मुख सुक्न पनि घट्दैन ।
३. छिटो–छिटो पिसाब लाग्छ । एक पटक पिसाब गरेर आएपछि फेरि तुरुन्तै पिसाब गर्न जाने मन हुन्छ ।
४. हात–खुट्टा फतक्त गलेजस्तो हुन्छ , बाउँडिन्छ । सम्पूर्ण शरीरमा थकान र कमजोरी अनुभव हुन्छ ।
५. कुनै कारणले लागेका सामान्य चोट–पटक र घाउहरु पनि निको हुन लामो समय लाग्छ या निको होला–होलाजस्तो हुँदै फेरि बढ्दै जान्छ ।
६. गुप्ताङ्ग एवं पूरै शरीर चिलाउँछ , महिलाहरुको योनि चिलाउँछ , कैयन अवस्थामा मधुमेह प्रमुख कारणका रुपमा पाइएको छ ।
७. आँखाको देख्ने क्षमतामा कमी हुँदै जान्छ र आँखा अगाडि धमिलो अनुभव हुन्छ । चस्माको नम्बर छिटो–छिटो बढ्दै जान्छ ।
८. यौनदुर्बलता र नपुंसकताका लक्षणहरु देखिन्छन् ।
९. मानसिक थकावट र एकाग्रताको कमी हुन्छ, बोल्न, चल्न मन लाग्दैन, आलस्य हुन्छ ।
रोकथाम
१. माथि लेखिएका लक्षण आफूमा देख्नेबित्तिकै चिकित्सकको सल्लाहमा पिसाब र रगत जँचाएर आफूमा मधुमेह भए–नभएको निधो गर्नुपर्दछ । निधो भइसकेपछि सोहीअनुसारको उपचार व्यवस्था गर्नुपर्दछ ।
२. बाबु–आमा, मामा–माइजू, दाजु–भाइजस्ता एउटै परिवारका सदस्यहरुमध्ये कसैलाई मधुमेह छ भने यो वंशानुगत रुपमा पछिल्लो वंशमा पनि हुन सक्दछ । यस्तो वंशका सदस्यहरु बढी सावधान हुनुपर्दछ ।
३. धेरै चिल्लो, गुलियो भएको खाना मन पराउने, धेरै आराम गर्ने र धेरै मोटो मानिसलाई यो बढी हुन सक्दछ । त्यसैले सन्तुलित भोजन र सक्रिय जीवन यस रोगको मुख्य रोकथाम हो ।
४. नियमित योगासन, ध्यान गर्ने बानी बसाल्नुपर्दछ । हरिया सागपात, तरकारी, सलादहरुको प्रशस्त प्रयोग गर्ने गर्नुपर्दछ ।
५. सेतो चिनीको बदला गुलियोका लागि मह, खुदो, गुड आदिको प्रयोग गर्ने बानी बसाल्नुपर्दछ । चिनीको गुलियोबाट बनेका मिठाइहरुको बदला खजूर , छोहरा, किसमिसजस्ता सुखा फलको गुलियो लेदो मिलाएर बनाएको मिठाइँ प्रयोग गर्नुपर्दछ । मधुमेह भइसकेको छ भने यसमा लेखेका कुनै पनि गुलियोको प्रयोग गर्नु हुँदैन ।
६. सेता पालिस गरेको चामलको बदला रातो चामल (अक्षता) प्रयोग गर्नुपर्दछ । गहुँको सेतो मैदाको बदला चोकरसहितको आटाको प्रयोग गर्नुपर्दछ । दालको बदला टुसा निकालेको अङ्कुरित गेडागुडीहरुको प्रयोग गर्नुपर्दछ । खान–पानमा यस्तै प्राकृतिकपनलाई ध्यान दियो भने मधुमेह रोग हुनबाट बँच्न सकिन्छ ।
सरल उपचार
१. मेथीको दाना, सुकाएको करेला र जामुनाको बीज बराबर तौल मिलाएर कुट्ने–पिस्ने र मसिनो चूर्ण बनाई राख्ने । प्रत्येक दिन बिहान–दिउँसो–साँझ खाली पेटमा १–१ चिया चम्चा खाएर पानी पिउने ।
२. अमला, बालबेल र जामुनाको बीज बराबर तौल मिलाएर कुट्ने–पिस्ने र मसिनो चूर्ण बनाई राख्ने । प्रत्येक दिन बिहान–दिउँसो–साँझ खाली पेटमा १–१ चिया चम्चा खाएर १ गिलास पानी पिउने ।
३. गुडमारको पात, दालचिनीको पात र जामुनाको सुकेको पात बराबर तौल मिलाएर कुट्ने–पिस्ने र मसिनो चूर्ण बनाई राख्ने । प्रत्येक दिन बिहान–साँझ खाली पेटमा १–१ चिया चम्चा खाएर १ गिलास पानी पिउने ।
४. घिउकुमारीको पातको भित्री सेतो गुदी बिहान–साँझ खाली पेटमा २ चिया चम्चा खाने ।
५. त्रिफला (हर्रो, बर्रो, अमला) चूर्ण १–१ चिया चम्चा बिहान–साँझ खाने ।
योग एवं प्राकृतिक चिकित्सा
१. नियमित प्रातः भ्रमण र योगासन गर्ने ।
२. हप्तामा ३ दिन सम्पूर्ण शरीरको मालिस गर्ने ।
३. चिसो कटिस्नान दैनिक गर्ने ।
४. ध्यान गर्ने ।
५. सम्पूर्ण शरीरको वाष्प स्नान हप्तामा दुई पटक गर्ने ।
आयुर्वेदिक औषधि
१. वसन्त कुसुमाकर रस
२. चन्द्रप्रभा वटी
३. मधुहारी
४. जे.के. २२ गोली
५. बृहत् वङ्गेश्वररस
६. प्रमेहहरण चूर्ण
७. शिलाजित्वादि वटी ।
मधुमेहमा खुट्टाको रेखदेख
मधुमेहका रोगीहरुलाई सुरुमा सामान्य देखिने घाउखटिरा वा कोतरेको चिथोरेको घाउ पछि बदेर गेङ्ग्रिन ९न्बलनचभलभ० जस्तो भयानक पनि हुन सक्दछ । गेङ्ग्रिन अर्थात् शरीरको कुनै अङ्ग निर्जीव हुँदै जान्छ । यो समस्या मधुमेहीहरुलाई हातखुट्टामा अत्यन्त घातक भएर देखिन्छ । त्यसमा पनि खुट्टामा चोटपटक लागि गेङ्ग्रिन भएर खुट्टै काट्नुपर्ने स्थिति धेरैमा पाइन्छ । साधारण ठेस लागेमा, काँडाले कोतरे–चिथोरेमा एवं वर्षाको हिलोले औंलाका काप पाकेमा पनि पछि गएर गेङ्ग्रिन भई खुट्टा नै काट्नुपर्ने भयानक रुप लिन सक्दछ ।
धेरै मधुमेहीले अज्ञानतामा कारण ध्यान नदिने र सबैभन्दा बढी ध्यान दिनुपर्ने यस विषयमाथि हामी केन्द्रित हुँदैछौं । निम्नलिखित कुरामा मधुमेहीले अत्यन्त होश पुर्याउनुपर्दछ । अन्यथा हातखुट्टा र कैयन अवस्थामा शरीरै गुमाउनुपर्ने हुन्छ ।
१. प्रतिदिन साँझ सुत्नुभन्दा पहिले मनतातो पानीले खुट्टालाई राम्रोसँग धोएर सफा रुमालले औलाका बीच–बीचमा कुनाकानी सफासँग पुछेर सुख्खा बनाई सुत्ने गर्नुपर्दछ ।
२. खुट्टालाई मनतातो पानीमा केही समय भिजाएर नरम भएपछि नङ काट्नुपर्दछ । नङ सीधा र राम्रोसँग काट्नुपर्छ, दुई कुना तलसम्म जाने गरी काट्नु हुँदैन । नङ काट्दा धारिलो हतियार, ब्लेड या चक्कुको प्रयोग गर्नु हुँदैन । नङ काट्न बनाएको नङकट्टी (नेल कटर)ले सावधानीसाथ नङ काट्नुपर्दछ । नङ काट्दा छाला मासु काटिनु हुँदैन । नङको दुवै कुना या भित्र घाउ देखिन थाल्यो या पीप आउन थाल्यो भने तत्काल आफ्नो चिकित्सकलाई देखाई सल्लाह लिनुपर्दछ ।
३. खुट्टामा मुसा, गाँठा, ठेलाहरु देखिए भने मनतातो पानीमा खुट्टा डुबाएर सफा भुवादार रुमालले हल्का घोटेर सफा गर्नुपर्दछ तर ढुङ्गा या जालीले घोटेर सफा गर्नु हुँदैन । यस्ता ठेला या गाँठाहरुलाई काट्ने, खुर्किने, पोल्ने या विभित्र औषधिहरु लगाउने गर्नुहुँदैन ।
४. नयाँ जुत्ता–चप्पल किन्दा प्लास्टिकका कडा र कसिएका नकित्रुहोस् । सकेसम्म जुत्ता–चप्पल नरम, हल्ङ्गो र पूरा खुट्टा ढाक्ने हुनुपर्दछ । नयाँ जुत्ता किनेपछि एकै दिन बढी समय नलगाउनुहोस् । यसले फोडा घाउ हुन सक्दछ, जो मधुमेहका रोगीका निम्ति खतरनाक हुन सक्दछ ।
५. शरीरमा कहीं पनि घाउ खटिरा, कोतरेको, चिथोरेको, काटेको–पोलेको एवं अन्य कुनै चोटपटक र खुट्टामा फोडा, औलाका काप पाक्ने, ठेस लाग्ने आदि केही भई अस्पताल जानुपरेमा सर्वप्रथम आफ्नो समस्याका साथ आफू मधुमेहको रोगी भएको कुरा चिकित्सकलाई बताउनुपर्दछ ।
६. आफ्नो खुट्टाको प्रत्येक दिन एक पटक राम्रोसँग निरीक्षण गर्नुहोस् । नङको चारैचर्फ, औलाहरुका बीचमा, पैंताला एवं अन्य ठाउँमा बढी राता, सुत्रिएको, घाउ भएको, काटेको, घोचेको, गिर्खा परेको, ठेला परेको एवं अन्य चोटपटक भएमा तत्काल आफ्नो चिकित्सकको सल्लाह लिनुहोस् ।
७. शरीर एवं खुट्टामा चोटपटक एवं घाउ भएमा कडा र रङ्गीन कीटनाशक (जन्तुनाशक) औषधि प्रयोग नगर्नुहोस् । जस्तै– टिन्चर आयोडिन, वोरिन एसिड आदि । छालामा टाँस्ने टेप (Adhesive Tape) आदि नटाँस्नुहोस् । सामान्य मनतातो पानीले या हल्का डिटोल मिलाएको पानीले सफा गरी नरम रुमालले पुछेर सुख्खा बनाई धूलो, फोहोर नजाने गरी पट्टी बाँध्नुहोस् । यसो गरेको २४ देखि ३६ घण्टासम्ममा पनि सुधारका लक्षणहरु देखिएनन् र समस्या बढ्न थाल्यो भने तत्काल आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस् । तत्काल चिकित्सकलाई भेट्न सक्ने स्थिति छैन भने सफा गरिसकेपछि मक्र्युरोक्रोम, एक्रिफ्लेविन, फ्युराजोलडिन जस्ता सौम्य एन्टिसेप्टिक औषधि टिन्चर हल्का लगानुहोस् तर चिटर अफ आयोडिन, कार्बोलिक एसिड, सेलिसिलिक जस्ता पोल्ने औषधिहरु नलगाउनुहोस् ।
८. खुट्टामा धेरै पसिना आउँछ भने सफासँग धोएर पुछी सुख्खा बनाएर सौम्य पाउडरद्धारा हल्का मालिस गर्नु राम्रो हुन्छ ।
९. धेरै हिँडेपछि या धेरै बेर कुर्सी आदिमा खुट्टा झुन्डयाएर बसेपछि या धेरै बेर गाडीको सवारीपछि खुट्टा दुख्ने, झमझमाउने, सुत्रिने आदि भयो भने केही समयका लागि खुट्टा अग्लो बनाएर सुत्दा फाइदा हुन्छ । प्रत्येक दिन दुई–तीन पटक १० मिनेटका लागि सुतेर खुट्टा अग्लो बनाएर राखी हल्का खुट्टाको व्यायाम गर्नाले माथि भनेका समस्याहरु आउँदैनन् । साथै यसो गर्दा खुट्टामा जल सङ्कलनमा कमी र रक्तपरिभ्रमणमा वृद्धि हुन्छः, जो मधुमेहीलाई हितकर हुन्छ ।
१०. मनतातो पानी राखेर खुट्टा सेक्नुपर्दछ । रबरको थैलो या तताएको ढुङ्गा या यस्तै अन्य कुराले खुट्टा नसेक्नुहोस् । खुट्टा चिसो भयो, झमझमायो, सुत्रिने भयो भने न्याना मोजाहरुको प्रयोग गर्नुहोस् । कैयन मधुमेहीहरुले खुट्टा तताउन भनेर रबरको सेक्ने थैलो खुट्टामा राख्दा निदाएर थाहा नपाई फोका उठी सो घाउ निको नभएर खुट्टा काट्नुपर्ने स्थितिमा आएको पाइएको छ ।
मधुमेहीले आफ्नो अनुहारको भन्दा खुट्टाको रेखदेख बढी गर्नु आवश्यक छ । खुट्टालाई हरेक साना–ठूला दुर्घटनाबाट बचाउनुपर्दछ ।
११. नाङ्गो खुट्टा कहीँ पनि नहिँड्नुहोस् साथै पौडी खेल्ने आदत छ भने खुट्टालाई सम्हालेर खेल्नुहोस् । खुट्टाका बलमा खेलिने खेल जसमा खुट्टामा चोटपटक लाग्न सक्दछ, त्यो नखेल्नु हितकर हुन्छ । खेतबारीमा पनि खाली खुट्टा हिँड्नु हुँदैन ।
कहिंलेकाही मधुमेहीलाई सामान्य काँडाले घोचेको घाउबाट पनि बढ्दै गएर गेङ्ग्रिनको रुप धारण गरी खुट्टा काट्नुपर्ने स्थिति देखिएका छन् ।
१२. अगाडि चुच्चो बढी भएको, कसिएको, प्लाष्टिकको अग्लो एडी भएको जुत्ता मधुमेहीका लागि हानिकारक छ । यसले खुट्टाको रक्त परिभ्रमणलाई असन्तुलिन गरिदिन्छः, जो मधुमेहीका लागि ठूलो खतरा हो । सामान्य समतल तली भएको पुरै खुट्टा ढाक्ने कपडाको जुत्ता लगाउनु राम्रो हुन्छ । नाइलन या इलास्टिक भएको मोजा एवं ब्यान्डेजहरुले पनि हानि गर्दछ ।
परिचय
धूलो, धूवाँ, ऋतुपरिवर्तन, गर्मी–ठन्डीको प्रभाव, प्रदूषिण वातावरण, कब्जियत एवं अन्य विविध विषम कारणले नाकका प्वालबाट पातलो सिँगान बग्नुलाई रुघा भन्दछन् ।
बर्सात्मा धेरै पानीमा भिज्नाले, धूलो, धूवाँ र प्रदुषित वातावरणमा रहनाले, गर्मी प्रदेशबाट ठण्डा प्रदेश र ठण्डा प्रदेशबाट गर्मी प्रदेशमा छिटो आवत–जावत गर्नाले, ऋतुपरिवर्तन, खानपान, रहनसहन आदिमा ध्यान नदिनाले, धेरै चिसो खाना एवं पेय पदार्थ खानाले, भोजनमा हरियो सागपात, तरकारी, फलफूलको कमी रहनाले, खानालाई धेरै समयसम्म सुरक्षित राख्न प्रयोग गरिने रसायन, स्वाद बढाउने रसायन, रङ्गीन बनाउने रङ्ग आदि मिश्रित तयारी भोजनहरुको प्रयोग आदिका कारणले मान्छेलाई रुघा लाग्दछ ।
लक्षण
१. नाकबाट पातलो पानीजस्तो सिँगान बग्दछ ।
२. टाउको गह्रुँगो हुने, दुख्ने साथै सम्पूर्ण शरीर दुख्ने र चल्न मन नलाग्ने हुन्छ ।
३. बिहान उठ्नेबित्तिकै धेरै पटक हाच्छिउँ आउँछ । यस्तो एकै दिनमा पनि कैयन पटक हुन सक्दछ ।
४. आँखा रातो हुन्छ । हेर्न पनि मन नलाग्ने हुन्छ ।
५. घाँटी खस–खस गर्दछ । बढ्दै जाँदा खोकी पनि लाग्न सक्दछ ।
६. कहिलेकाहीँ नाक बन्द हुन्छ र सास फेर्न पनि गाह्रो हुन्छ ।
रोकथाम
१. धूलो, धूवाँ र प्रदुषित वातावरणमा बस्नु हुँदैन । बस्नु नै पर्ने बाध्यता भएमा नाक–मुखमा सुरक्षाका लागि मास्क लगाउनुपर्दछ ।
२. गर्मी प्रदेशबाट ठण्डा प्रदेश र ठण्डा प्रदेशबाट गर्मी प्रदेशमा जानुपर्ने भएमा तुरुन्त नगई मौसमलाई बिस्तारै अनुकूल बनाउँदै जानुपर्दछ ।
३. ऋतुपरिवर्तनका बेला सुपाच्य र हल्का भोजन गर्नुपर्दछ ।
४. पकाउँदा–पकाउँदैको धेरै तातो या फ्रिजको धेरै चिसो खानु हुँदैन । शरीरको तापक्रमबराबरको तातो भएको खाना या पेयपदार्थ खानु–पिउनुपर्छ ।
५. भोजनमा हरियो सागपात, तरकारी र फलफूल प्रशस्त खानुपर्दछ । सुन्तला, अमला, मौसम, कागतीजस्ता अमिलो जातका फलफूल प्रशस्त खानुपर्दछ ।
६. बट्टाबन्द या बोतलबन्द तयारी खाना या पेय पिउने बानी छाड्नुपर्दछ ।
सरल उपचार
१. उमालेर मनतातो भएको पानीमा कागतीको रस निचोरेर दिनमा २–३ पटक पिउने ।
२. मरीच, सुठो, पिपला बराबर तौल लिने । यी तीनलाई मसिना गरी कुट्ने र चूर्ण बनाएर राख्ने । यसलाई त्रिकटु भन्दछन् । चिया चम्चाको आधा चम्चा दिनमा ३ पटक महमा फिटेर चाट्ने ।
३. एक चिया चम्चा अदुवाको रस र एक चम्चा मह मिलाएर दिनमा दुई पटक चाट्ने ।
४. एक चिया चम्चा तुलसीको पातको लेदो र एक चिया चम्चा मह मिलाएर दिनमा तीन पटक चाट्ने ।
५. अमलाको चूर्ण एक चिया चम्चा र मह एक चिया मिलाई फिटेर पानीमा दुई–तीन पटक चाट्ने ।
६. असुराको पातको चटनी जस्तो पिसेको लेदो दुई चम्चा १ गिलास पानीमा हाली उमाल्ने । मनतातो भएपछि छानेर एक चम्चा मह मिलाएर दिनमा दुई–तीन पटक पिउने ।
७. ज्वानो, बेसार, हिँग, जिम्मु, मरहठी, लसुन आदि मिलाएको ज्वानोको परम्परागत झोल पिउनाले पनि फाइदा गर्दछ ।
योग एवं प्राकृतिक चिकित्सा
१. जलनेती गर्नुपर्दछ ।
२. नाक र मुखबाट पानीको बाफ तात्रुपर्दछ ।
३. वाष्पस्नान लिनुपर्दछ ।
४. झोल कुरा प्रशस्त पिउनुपर्दछ । रसाहारले अत्यन्त फाइदा गर्दछ ।
५. आराम गर्नुपर्दछ ।
आयुर्वेदिक चिकित्सा
१. लक्ष्मीविलास रस
२. सेप्टीलिन गोली
३. वासावलेह
४. चित्रकहरीतकी
५. शीतोपलादि चूर्ण
६. त्रिशुन
७. लवङ्गादि वटी
८. तालिसादि चूर्ण
९. मरीचादि वटी
१०. जोशिना ।
परिचय
नाक र नाकमा खुल्ने खोक्रो हाडको सङ्क्रमणलाई पिनास भनिन्छ । यो सामान्य र दीर्घकालीन हुन्छ । सामान्य चिसो, धूलो, धूवाँ आदिका माध्यमबाट रुघाका रुपमा आरम्भ हुने यो रोग पछि गएर नाक, कान, घाँटीका साथै फोक्सोका अन्य रोगको पनि कारण बत्र सक्दछ ।
लक्षण
१. टाउकाको अगाडिको भाग बढी दुख्छ । विशेष गरेर आँखाको माथि र तल बढी दुख्छ । आँखाको तल–माथिको हाड बिस्तारै थिच्दा, निहुरिँदा र घाम बढ्दैं जाँदा दुखाइ बढ्दै जान्छ ।
२. नाकभित्र पाकेको गह्राउने सिँगान हुन्छ र प्रायः नाक बन्द रहन्छ ।
३. आँखाबाट आँसु बाहिर बग्न सक्दछ र जरो पनि आउन सक्दछ ।
रोकथाम
१. नाकलाई सधैं सफा राख्नुपर्दछ । रुघा लागेमा या धूलो–धूवाँमा काम गरेपछि जलनेती गरेर नाक सफा गर्नुपर्छ ।
२. रुघा लागेका बेलामा उमालेर मनतातो भएको पानीमा कागतीको रस राखेर पिउनुपर्दछ । अमलाको धूलो सानो चम्चाको एक चम्चा दिनमा दुई पटक खाने या ताजा अमला मुखमा चुस्नाले फाइदा हुन्छ ।
३. हल्का र झोलिलो खाने कुरा धेरै पटक थोरै–थोरै खानुपर्दछ । चिसो, तारेका, भुटेका र मसलादार खाना खानु हुँदैन ।
४. बढी जोडले नाकले सिँ–सिँ गर्नु हुँदैन । कान दुख्ने–पाक्ने हुन सक्दछ ।
५. रुघा पुरानो भयो भने पिनास हुन सक्छ । पिनास धेरै पुरानो भयो, बेलैमा उपचार गरिएन भने नाकले गन्ध थाहा नपाउने, लगातार टाउको दुख्ने, कान दुख्ने, पाक्ने र सुत्र कम हुने, आँखाले देख्ने शक्तिमा कमी हुँदै आउने आदि हुन सक्छ । त्यसैले सुरुवातमै यस रोगको उपचार गरिहाल्नुपर्दछ ।
योग एवं प्राकृतिक चिकित्सा
१. जलनेती गर्नुपर्दछ ।
२. आँखाको तल र माथि तातो सेक गर्नुपर्दछ ।
३. तातो पानीको बाफ नाकले तात्रुपर्दछ ।
४. टाउकाको मालिस गर्नुपर्दछ ।
५. श्वासको व्यायाम जसलाई योगमा प्राणायाम भनिन्छ गर्नुपर्छ ।
६. यति गर्दा पनि रोग निको नभएमा चिकित्सकको सहायता लिनुपर्दछ ।
आयुर्वेदिक चिकित्सा
१. महालक्ष्मीविलास रस
२. चित्रकहरितकी
३. षड्बिन्दु तेल ।
परिचय
सास लिँदा श्रमको अनुभव हुनु या कठिनाइ हुनुलाई नै श्वास रोग भनिन्छ । यसलाई आयुर्वेदमा दम भनिन्छ । यो रोग चिसोपानी र बासी खाना खानाले, धूँवा, धूलो र घामको बढी सम्पर्क हुनाले, बढी परिश्रम गर्नाले एवं दिसापिसाबको वेग रोक्नाले लाग्दछ । यस रोगको अवधि हेर्दा तीव्र र जीर्ण दुई किसिमको हुन्छ ।
लक्षण
१. धेरै श्रम गरेमा श्वास–प्रश्वासमा कष्टको अनुभव हुन्छ ।
२. एकाएक खोकी लाग्छ ।
३. धेरै स्याँ–स्याँ हुन्छ ।
४. आँखा अगाडि अँध्यारो देखिन्छ ।
५. सास फेर्न गाह्रो हुन्छ ।
६. सुत्न अप्ठेरो हुन्छ ।
७. घाँटीमा सिठ्ठी बजेजस्तो आवाज आउँछ ।
रोकथाम
१. चुरोट, तमाखु, गाँजाजस्ता धुम्रपान गर्नु हुँदैन । यिनीहरुका धूवाँले श्वासरोग मात्र नभई सम्पूर्ण शरीरका विविध रोगहरु जन्माउन मद्दत गर्दछ ।
२. नेपालको परिप्रेक्ष्यमा हेर्दा घरेलु धूवाँ श्वास रोगको प्रमुख कारण हो । त्यसैले धूवाँ नआउने चुल्होको निर्माण, गोबरग्यास प्रविधिको निर्माण, सौर्य ऊर्जाको प्रयोग र ठूला झ्याल भएको खुला भान्सा बनाउनेतर्फ ध्यान दिनुपर्दछ ।
३. धूवाँ र अन्य प्रदूषण गर्ने कलकारखाना एवं उद्योगहरुलाई मानिसको बस्तीबाट टाढा राख्नुपर्दछ । यातायातका साधनहरुलाई धूवाँमुक्त बनाउनेतर्फ पहल गर्नुपर्दछ ।
४. धूवाँका साथ धूलोबाट पनि बँच्नुपर्दछ । बढी धूलोमा काम गर्नुपर्नेहरुले नाक–मुखमा धूलो जान छेक्ने मास्क लगाउनुपर्दछ ।
५. ओड्ने, ओछयाउने र लगाउने कपडाहरुमा पनि धूलो र धूलोमा रमाउने एवं हुर्किने कीटाणुहरु प्रशस्त हुन्छन् जुन श्वास रोगको मुख्यकारणका रुपमा देखिएका छन् । यसैले कपास, भुवा आदिबाट बनाइएका कपडाहरुलाई घाममा सुकाउने, धुने आदि कुरामा बढी ध्यान दिनुपर्दछ ।
६. रुघा–खोकीलाई समयमै सावधान भएर निको पार्नुपर्दछ । लामो समय रुघा–खोकी, पिनास एवं अन्य कफजन्य रोग रहेमा श्वास रोग जन्मन सक्दछ ।
७. बासी, दूषित, बेमेल र अप्राकृतिक भोजनबाट बँच्नुपर्दछ ।
८. चिसो हावापानी भएका ठाउँ र मौसममा त्यसबाट बच्ने व्यवस्था ठीक हुनुपर्दछ ।
९. वातानुकूलिन आवास र फ्रिजका खाने कुरालाई अति आवश्यक नभएसम्म प्रयोग गर्नु हुँदैन ।
सरल उपचार
१. असुरोको पातको रस २ चिया चम्चामा मह १ चिया चम्चा मिलाएर फिटी आवश्यकताअनुसार दिनमा २–३ पटक चाट्ने ।
२. असुरोको पातको रस १ चिया चम्चा, अदुवाको रस १ चिया चम्चा र मह १ चिया चम्चा मिलाएर फिटी आवश्यकताअनुसार दिनमा २–३ पटक खाने चाट्ने ।
३. पानको पातमा नीमको तेल ८–१० थोपा राखेर बिहान–साँझ खानाले अत्यन्त फाइदा गर्दछ ।
४. तुलसीको पातको रस एक चिया चम्चा अदुवाको रस आधा चिया चम्चा, मह एक चिया चम्चा मिलाएर फिटी आवश्यकताअनुसार दिनमा २–३ पटक चाट्ने ।
५. मरीच, सुठो, पिपला (त्रिकटु) बराबर मिलाई कुट्ने, पिस्ने गरेर मसिनो चूर्ण बनाउने । यो चूर्ण एक चिया चम्चाको ४ भागको १ भाग महमा फिटेर दिनमा २–३ पटक चाट्ने ।
६. तुलसी जडिबुटी चिया (सिंहदरबार वैद्यखाना) दिनमा ४–५ पटक पिउनुपर्दछ ।
७. कण्टकारी पज्ञाङ्गको रस (स्वरस) २–३ चिया चम्चा दिनमा २ पटक पिउनुपर्दछ या कण्टकारी पज्ञाङ्गको काँढा ३–४ चिया चम्चा दिनमा २–३ पटक पिउनुपर्दछ या कण्टकारी चूर्ण आधा चिया चम्चा दिनमा २ पटक महमा फिटेर चाट्नुपर्दछ ।
८. आधा चिया चम्चा बेसार चूर्ण तावामा तातो गरी महमा फिटेर दिनमा २ पटक चाट्ने । गाउँघरमा मह र बेसार पकाएर खाने चलन छ तर यसो गर्नु हुँदैन । मह पकाउनाले हानि गर्दछ ।
९. गाईको घीउमा सिधे नुन मिलाएर छातीको मालिस गर्नुपर्दछ ।
१०. एक चिया चम्चा मुलेठी चूर्ण, आधा चिया चम्चा मरीच चूर्ण र चौथाइ चिया चम्चा सुठो मिलाई काँढा बनाएर पिउनाले फाइदा गर्दछ ।
योग एवं प्राकृतिक चिकित्सा
१. उष्ण पादस्नान गर्नुपर्दछ ।
२. एनिमा गर्नुपर्दछ ।
३. छातीको चिसो पट्टी गर्नुपर्दछ ।
४. श्वासको व्यायाम गर्नुपर्दछ ।
५. योगासन गर्नुपर्दछ ।
६. मालिस र वाष्पस्नान गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. शीतोपलादि चूर्ण
२. व्याघ्रहरितकी अवलेह
३. द्राक्षारिष्ट
४. च्ववनप्रास अवलेह
५. स्वामला अवलेह
६. कनकासव
७. बृहत् श्वास कासचिन्तामणि रस
८. वासक धृत
९. श्वासान्तक वटी
१०. हरिद्रादि अवलेह
११. त्रिकुट वटी
१२. कफ कुठार रस
परिचय
कुनै पनि कारणबाट नाकको एक वा दुई प्वालबाट रगत बग्नुलाई एपिसटयाक्सिस (Epistaxis) या नेपाली भाषामा नाथ्री फुट्ने भनिन्छ । यो सामान्य मानिने भए पनि कैयौँ अवस्थामा अत्यन्त डरलाग्दो र खतरनाक पनि हुन्छ । यसरी आउने रगतले सामान्य गर्मीको प्रभावदेखि ठूलो र घातक रागको सङ्केत पनि गरेको हुन्छ ।
धूँवा, धूलो र सुख्खा एवं गरम मौसममा विना कुनै विशेष कारण रगत बग्न थाल्दछ । नाकमा कुनै चोटपटक लागेर या नाक कोटयाउँदा नाकको भित्री भागमा नङ्ले काटेर पनि रगत बग्न सक्दछ । धेरैजसो बच्चा र वयस्कहरुमा नाकका बीचको कुरकुरे हाड (Nasal septuas) का साना कोशिकाहरु (Arterioles) कुनै कारणले फुटेर पनि रगत बग्न थाल्दछ । पिनासको सङ्क्रमण भएमा पनि बराबर रगत बग्ने हुन सक्दछ । रगत जम्न नसक्ने रोगका रोगीहरुमा पनि यो नाथ्री फुट्ने समस्या बढी देखिएको छ । सिँसिँ गर्दा रगत, पीप र सिँगानसँगै मिसिएर आउन थाल्यो भने नराम्रो सङ्केत सम्झी चिकित्सकलाई देखाउनुपर्दछ ।
उमेर पुगेका र रक्तचाप बढी भएकाहरुमा नाकबाट रगत बग्ने समस्या बढी पाइएको छ । रक्तचाप बढी हुँदैमा नाकबाट रगत बग्छ नै भत्रे त छैन तर नाकमा कुनै कारणले रगत बग्ने सम्भावना भएमा रगतका नलीहरुमा भएको अत्यधिक रक्तचापले रगत बढी जोडले र धेरै बगाउन मद्दत गर्दछः, जुन पूर्ण सावधानीसाथ उपचार नभएमा धेरै घातक पनि हुन सक्दछ ।
लक्षण
१. यसको प्रमुख लक्षण भनेकै नाकको एक या दुवै प्वालबाट रगत बग्नु हो ।
२. केही मानिसलाई नाकबाट रगत बग्नुभन्दा केही समय पहिलेदेखि टाउको दुख्ने, रिँगटा लाग्ने, झुम्म बनाउने पनि हुन सक्दछ या यसो नभई थाहै नपाई रगत बग्न पनि सक्दछ ।
३. रगत बग्न बढेमा शारीरिक रुपमा रगतको कमी र मानसिक रुपमा भयका कारण रोगी आत्तिने, बेचैन हुने, छटपटाउने गर्न सक्दछ ।
४. रगत घाँटीतिर पनि बगी खसखस हुने र खोकी लाग्न सक्दछ ।
रोकथाम
१. धेरै गर्मी र सुख्खा मौसममा प्रशस्त पानी र अन्य झोल कुरा पिएर हिँड्नुपर्दछ । घाममा छाता ओड्ने या सुर्तीको टोपी या फेटा लगाउनुपर्दछ ।
२. धेरैजसोमा केही काम नपाए नाक कोटयाउने बानी हुन्छ । यसो गर्दा नाकभित्र घाउहरु भई बराबर रगत बग्न सक्दछ । हातमा भएका फोहर नाकमा गई विभित्र सङ्क्रमण हुन सक्दछ । अतः नाक कोटयाउे बानी छाड्नुपर्दछ ।
३. रुघा–पिनास र नाकको अन्य सङ्क्रमण भएमा तुरुन्त उपचार गरी निको बनाउनुपर्दछ ।
४. रक्तचापलाई नियन्त्रणमा राख्नुपर्दछ । रक्तचाप नियन्त्रणमा राख्ने सबैभन्दा राम्रो तरिका जीवनशैली परिवर्तन गर्नु हो । नियमित योगासन, प्राणायाम, ध्यान र प्राकृतिक भोजन, तनाव व्यवस्थापन आदिका माध्यमबाट रक्तचाप सन्तुलित हुन्छ ।
सरल उपचार
१. तुलसी, दुबो, पुदिनामध्ये कुनै एकको पात सफासँग धोएर पिसी रस निकालेर २–२ थोपा दुवै नाकको प्वालमा हाल्नाले रगत बग्न बन्द हुन्छ ।
२. कुनै कारण विना नाथ्री फुट्ने भइरहन्छ भने गर्मी मौसमभरि दुई चिया चम्चा गुलकँद बिहान–साँझ खाएर दूध पिउनुपर्छ । स्थायी रुपमा निको हुन्छ ।
३. श्रीखण्ड(चन्दन) र कपूरको लेप बनाएर निधार र कच्ञटमा लेप गर्नाले रगत बग्न तत्काल रोकिन्छ ।
४. अमलाको चूर्ण एक चिया चम्चा, जेठीमधु (मुलेठी) एक चिया चम्चा मिलाएर खाई दूध पिउनुपर्दछ । प्रत्येक दिन बिहान यसरी खानाले नाथ्री फुट्ने समस्याबाट बचाउँछ ।
५. नीमको पातको रसमा ज्वानो पिसेर दुौ कच्ञटमा लेप गर्नाले रगत बग्न रोकिन्छ ।
६. बेथे (बथुआ) को साग नियमित खानाले पटक–पटक हुने नाथ्री फुट्ने समस्या रोकिन्छ ।
७. केरा र दूधको नियमित सेवनले नाथ्री फुट्ने समस्यामा सुधार हुन्छ ।
योग एवं प्राकृतिक चिकित्सा
१. नाथ्री फुट्नेबित्तिकै कुर्ची या भुँइमा बस्ने दाहिने हातको चारऔँला र बूढीऔँलाले नाक च्याप्प समातेर केही मिनेटका लागि बन्द गर्ने, टाउकालाई हल्का पछाडि ढल्काउने, मुखमा रगत आएमा थुक्ने र सकेसम्म भित्र ननिल्ने ।
२. कपडामा बरफको टुक्रा पोको पारेर निधार, अनुहार र घाँटीमा चिसो सेक गर्ने । बरफ नपाएमा चिसो पानीमा भिँजाएको कपडाले पनि यसो गर्न सकिन्छ ।
३. कपडामा बरफको टुक्रा पोको पारेर मेरुदण्डको चिसो सेक गर्ने । बरफ नपाए मेरुदण्डको चिसो पट्टी दिने । यस्तो बेलामा बसेरै सेक या पट्टी गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. प्रबाल पिष्टी
२. खदिरारिष्ट
३. च्ववनप्राश
४. मुक्ताशुक्ति भस्म
५. उशीरासव
६. वासावलेह
७. चन्दनासव
८. गुलकन्द
९. गिलोयसत्व
परिचय
यो रोग श्वास–प्रश्वास प्रणालीसँग सम्बन्धित हुन्छ । यो नयाँ र पुरानो दुई किसिमको हुन्छ । यो कुनै प्रारम्भिक कारणबाट र अरु कुनै रोग लागेपछि हुन सक्छ । यसलाई आयुर्वेदमा काँस (Bronchites) भनिन्छ । यो रोग धेरै बेरसम्म धूलो र धूवाँको सम्पर्कमा रहनाले, सुख्खा खाना खानाले, बढी परिश्रम गर्नाले र क्षयरोगका कारणले पनि हुन्छ ।
लक्षण
१. खोकी लाग्छ ।
२. खोकी लगातार हुन्छ अथवा पटक–पटक केही समयसम्म हुन्छ ।
३. केही बेरपछि कफ निस्कन्छ र खोकी कम हुन्छ ।
रोकथाम
१. चुरोट, तमाखु , गाँजाजस्ता धूम्रपान गर्नु हुँदैन । यिनीहरुका धूवाँले खोकी लाग्दछ ।
२. नेपालको परिप्रेक्ष्यमा हेर्दा घरेलु धूवाँ पनि खोकी रोगको प्रमुख कारण हो । त्यसैले धूवाँ नआउने चुल्होको निर्माण, गोबरग्यास प्रविधिको निर्माण, सौर्य ऊर्जाको प्रयोग र ठूला झ्याल भएको खुला भान्सा बनाउनेतर्फ ध्यान दिनुपर्दछ ।
३. धूवाँ र अन्य प्रदुषण गर्ने कलकारखाना एवं उद्योगहरुलाई मानिसको बस्तीबाट टाढा राख्नुपर्दछ । यातायातका साधनहरुलाई धूवाँमुक्त बनाउनेतर्फ पहल गर्नुपर्दछ ।
४. धूवाँका साथ धूलोबाट पनि बँच्नुपर्दछ । बढी धूलोमा काम गर्नुपर्नेहरुले नाक–मुखमा धूलो जान छेक्ने मास्क लगाउनुपर्दछ ।
५. रुघालाई समयमै सावधान भएर निको पार्नुपर्दछ । लामो समय रुघा, पिनास एवं अन्य कफजन्य रोग रहेमा खोकी जन्मन सक्दछ ।
६. चिसो हावापानी भएका ठाउँ र मौसममा त्यसबाट बच्ने व्यवस्था ठीक हुनुपर्दछ ।
७. वातानुकूलित आवास र फ्रिजका खाने कुरालाई अति आवश्यक नभएसम्म प्रयोग गर्नु हुँदैन ।
सरल उपचार
१. असुरो वासा चूर्ण ३ ग्राम दिनमा ३ पटक महसँग खानुपर्दछ ।
२. खोकीमा कफ आउने गरेको अवस्थामा सुठो, मरीच, पिप्ला र जेठीमधुको धूलो बराबर मात्रामा अर्थात् ५–५ ग्राम मिसाएर राख्नुपर्छ । यो औषधि रोगीलाई दिनको दुई पटक ४ ग्रामको मात्रामा महसँग मिलाएर खान दिनुपर्छ ।
३. गुर्जाको रस ५–१० मि.लि.मा बराबर मह मिसाई दिनको दुई पटक खानुपर्छ ।
४. खोकीको साथ बढी कफ जाने भएमा अदुवाको रसमा २ चम्चा मह, सिधे नुन र जेठी मधुको धूलो मिसाई खान दिनुपर्छ ।
५. खोकी सुख्खा हुने र जिउ तात्ने भएका खण्डमा यष्टिमधु चूर्ण २५ ग्राम दिनको दुई पटक गाईको दूधसँग खानुपर्छ ।
६. तुलसी चिया ३/४ पटक पिउनुपर्छ ।
प्राकृतिक चिकित्सा
१. उष्ण पादस्नान गर्नुपर्दछ ।
२. कुज्ञल गर्नुपर्दछ ।
३. छातीको चिसो पट्टी गर्नुपर्दछ ।
४. पीठमा तातोचिसो सेक गर्नुपर्दछ ।
५. एनिमा लिनुपर्दछ ।
६. वाष्फ स्नान गर्नुपर्दछ ।
७. योगासन र प्राणायाम गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. शीतोपलादि चूर्ण
२. च्यवनप्रास
३. वासावलेह ।
परिचय
यो रोग आजकाल नेपालमा टि.बी. नामले चिनिन्छ । यसमा कफ आउँछ अथवा सुख्खा खोकी लाग्छ, साँझतिर जरो आउँछ, भोक लाग्दैन र शरीरको तौल घट्दै जान्छ । पछि गएर कफका साथ रगत पनि आउन थाल्छ । यस रोगको मुख्य कारण माइक्रोब्याक्टेरियम टयुबरकोलोसिस भत्रे जीवाणुको सङ्क्रमण हो । यसमा सघाउ पुर्याउने तत्वहरु–दिसापिसाब रोक्ने गनौले, बढी परिश्रम गर्नाले, बढी उपवास बस्नाले, बढी डाहा गर्नाले, रिसाउनाले, चिन्ता गर्नाले र धेरै स्त्री सम्पर्क गर्नाले पनि यो रोग लाग्न सक्तछ ।
आधुनिक चिकित्सा विज्ञानअनुसार फोहोर र चिसो वातावरण तथा धूलो–धूवाँको बढी सम्पर्क र पोषणको कमीलाई पनि यसको कारण मानिन्छ । यो सरुवा स्वभावको रोग हो । फोक्सो तथा फोक्सोबाहिरका तन्तुहरुमा बराबर किसिमले लाग्न सक्दछ ।
लक्षण
१. शरीरको तौल घट्दै जान्छ ।
२. हातगोडा पोल्ने गर्छ ।
३. साँझ र राती मन्द–मन्द जरो आउँछ र पसिना बढी आउँछ ।
४. भोक कम हुँदै जान्छ वा भोक नलाग्न पनि सक्छ ।
५. फोक्सोको टि.बी. भएका खण्डमा सास फेर्न गाह्रो हुन्छ ।
६. खोकी लागिरहन्छ । खोक्दा रगत पनि आउन सक्छ ।
७. घाँटी बस्छ र आवाज नसुनिने पनि हुन सक्दछ ।
८. सबै जीउ दुख्छ । विशेष गरी काँध र दुवै कोखा दुख्ने गर्छ ।
९. पखाला लाग्न सक्छ ।
रोकथाम
१. बि.सि.जी. नामक खोप समयमै दिनुपर्दछ । यो सरकारी स्वास्थ्य निकायको सक्रियतामा स्वास्थ्य कार्यकर्ताले गाउँ–गाउँमै पनि उपलब्ध गराएका हुन्छन् ।
२. यो सरुवा स्वभावको रोग भएको हुनाले क्षयरोग भएको रोगीको सम्पर्कमा बढी आउने अरुलाई पनि यो रोग हुन सक्दछ । अतः सावधानी अपनाउनुपर्दछ ।
३. चुरोट, तमाखु, गाँजाजस्ता धूम्रपान र जाँड, रक्सी जस्ता मद्यपानले यो रोग जन्माउन सक्ने हुनाले यस्तो नशा लिने आदत तत्काल छाड्नुपर्दछ । क्षयरोग भएको प्रमाणित भई औषधि खाइरहेकाहरुले त यस्ता नशा लिने मानिसको नजिक पनि जानु हुँदैन ।
४. गाईभैसीको दूध १० मिनेट उमालेर मात्र खाने बानी गर्नुपर्दछ । काँचो दूध खानु हुँदैन ।
५. क्षयरोग दैनिक नबिराई औषधि खाएपछि निको हुने रोग हो । यसमा डराउनुपर्दैन । तर औषधि नियमित नखानेहरुलाई क्षयरोगले मृत्युको मुखसम्म पुर्याउँछ ।
सरल उपचार
१. रोगीलाई स्वच्छ हावा आउने ठाउँमा बस्ने व्यवस्था गर्नुपर्छ ।
२. पोषिलो खानेकुरा खान दिनुपर्छ । जस्तै : फलफूल, दूध, अङ्कुरित अनाज आदि ।
३. यष्टिमधु चूर्ण ३ ग्राम, मह २ चम्चा र घिउ १ चम्चा मिलाई दिनमा २–३ पटक चटाउनुपर्दछ ।
४. कफ बढी आउने भएमा असुरोको पातको रस ३ चम्चामा मह २ चम्चा र त्रिकटु चूर्ण १ चुट्की मिसाई दिनमा २–३ पटक चटाउनुपर्दछ ।
५. कफसँगै रगत आउने गरेमा यष्टिमधु चूर्ण र ग्राममा लाक्षाचूर्ण १ ग्राम र असुरोको रस २ चम्चा १ महिनासम्म खान दिनुपर्छ ।
६. तुलसीको पातको रस १ चम्चा, कागतीको रस १ चम्चा, अदुवाको रस १ चम्चा र मह १ चम्चा मिलाएर फिटेर दिनमा ३ पटक चाट्ने ।
प्राकृतिक चिकित्सा
१. सम्पूर्ण शरीरको मालिस गर्नुपर्दछ ।
२. योगासन र प्राणायाम गर्नुपर्दछ ।
३. चिसो कटिस्नान गर्नुपर्दछ ।
४. रीढस्नान गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. च्यवनप्रास
२. स्वामला अवलेह
३. स्वर्णभस्म
४. हीरक भस्म
५. मकरध्वज
६. हिरण्यगर्भ पोट्टली
७. द्राक्षासव
८. वासावलेह
९. स्वर्णपर्पटी
१०. शीतोपलादि चूर्ण
११. अभ्रक भस्म
नोट :- क्षयरोग विशेषज्ञद्धारा क्षयरोग भत्रे प्रमाणित भइसकेपछि क्षयरोगका लागि विश्वभर स्वीकृत निश्चित केही औषधि छन् तिनको नियमित सेवन गर्नुपर्दछ । पूरक उपचारका रुपमा माथिका औषधि उपचारलाई प्रयोग गर्नु अत्यन्त राम्रो हुन्छ । केवल यिनको भरमा बस्नु भने हुँदैन ।
परिचय
यो रोग स्वरयन्त्रको कुनै भाग सुत्रिएमा उत्पत्र हुन्छ । यसमा बोली अस्पष्ट सुनिने र घाँटी दुख्ने हुन्छ । चिसोपछि लगतै तातो खानेकुरा खानाले, बढी बेरसम्म बोल्नाले तथा स्वरयन्त्रको क्षयरोग अथवा अर्बुद रोगका कारणले स्वरभेद हुन्छ ।
लक्षण
१. बोल्दा घाँटी दुख्छ ।
२. बोली अस्पष्ट अथवा स्वर बसेको हुन्छ ।
३. बोली धोद्रो या कम्पनयुक्त हुन सक्दछ ।
रोकथाम
१. धेरै तातो र धेरै चिसो खाने बानी छोड्नुपर्दछ ।
२. अमिलो, पीरो, तारेभुटेको मसलादार खाना, खाँदेका पुराना अचार आदि खानु हुँदैन ।
३. धेरै बोल्नु हुँदैन । धेरै बोल्ने स्वभाव एवं कार्यक्षेत्र भएकाहरुले सावधानी साथ काम गर्नुपर्दछ । स्वर बसेको बेलामा मौन भएमा छिटो निको हुन्छ ।
४. सुपारी, सुर्ती, चुरोट, पान आदि खाने बानी छाड्नुपर्छ ।
५. दाँत, मुख, गलाको सफाइमा ध्यान दिनुपर्दछ । खानापछि दाँत, मुख र गलाको राम्रो सफाइ गर्नुपर्दछ ।
६. धूलो, धूवाँ र ओसिलो ठाउँमा काम गर्नेले मुखमा मास्क लगाउनुपर्दछ ।
७. धेरै चिसो ठाउँमा बस्नेहरुले घाँटीमा गलबन्दी लगाउन बानी गर्नुपर्दछ ।
सरल उपचार
१. बोझो चूर्ण मुखमा चुस्नुपर्दछ ।
२. यष्टिमधु चूर्ण अथवा बोझोको चूर्ण महसँग दिनमा ३ पटक चाट्नुपर्दछ ।
३. हर्रोको चूर्ण १ ग्राम महमा फेटेर दिनमा ३ पटक चाट्नुपर्दछ ।
४. मलशुद्धिका लागि त्रिफलाचूर्ण आधाआधा चियाचम्चा बिहान–साँझ तातोपानीसँग खानुपर्दछ ।
५. दाख, अदुवा, पिपलामध्ये कुनै एकलाई मुखमा राखेर चुस्नुपर्दछ ।
६. प्रियङ्गु (दहिगोयालो)को जराको बोक्रा मुखमा राखेर चुस्नुपर्दछ ।
७. तुलसीको पातको रस आधा चियाचम्चा र मह एक चियाचम्चा फिटेर दिनमा ३ पटक बिस्तारै चाट्नुपर्दछ ।
८. नुन–पानीले कुल्ला एवं गरारा गर्नुपर्दछ ।
प्राकृतिक चिकित्सा
१. घाँटीको चिसो पट्टी गर्नुपर्दछ ।
२. कुज्ञल एवं जलनेती गर्नुपर्दछ ।
३. सिंहासन गर्नुपर्दछ ।
४. उष्णपादस्नान गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. खरिरादि वटी
२. कस्तूरादि वटी
३. एलादि वटी
परिचय
आधा टाउको सहनै नसक्ने गरी बलक–बलक गरेर दुख्ने रोगाई अर्धकपाली भनिन्छ । सामान्यतः यस रोगमा तीव्र दुखाइ ४ घण्टादेखि ७२ घण्टासम्म रहन्छ र बिस्तारै कम हुँदै जान्छ । यो रोग विभित्र स्वरुपमा ४ घरमध्ये १ घरमा पाइन्छ भने लोग्नेमानिसमा भन्दा स्वास्नी मानिसमा ४ गुणा धेरै पाइन्छ । ६५ प्रतिशत महिलाहरुलाई महिनावारीको आसपासमा यस रोगले सताउँछ । कति महिलामा महिनावारी स्थायी रुपमा बन्द भएपछि यो रोग आफैं हराउँछ । यो रोग ठयाक्कै यहीं कारणले मात्र हुन्छ भत्रे कुरा पत्ता लागेको छैन, तर पनि टाउकामा रहेको रगतको नसा एक्कासि खुम्चिने र फैलिने गर्दछ । रगतको नसासँगै दुखाइ थाहा हुने नसा (स्नायु) हुन्छः, जसको संवेदनशीलताले दुख्दछ । धेरै वर्षदेखि पटक–पटक टाउको दुख्ने, निको हुने– दुख्ने निको हुने भइरहेको छ भने यही रोग हो भनेर जात्रुपर्दछ ।
लक्षण
१. यस रोगमा यति बढी दुख्छ कि रोगी मर्नु न बाँच्नुको स्थितिमा पुग्दछ र बान्ता पनि गर्न थाल्दछ ।
२. दुखाइ बढ्दै गएपछि अँध्यारो कोठामा एक्लै बस्न मन लाग्ने र कसैले कुराकानी गरेको या अन्य आवाज सुन्दा पनि झर्को लाग्ने हुन्छ ।
३. एक प्रकारको अर्धकपाली (क्लासिकल माइग्रेन) मा आँखामा कालो धब्बा या चम्किलो धागोजस्तो देखिने या ओठ, मुख, हात लाटो हुने, झमझमाउने आदि हुन्छ । यसमा टाउको दुख्नुअगाडि हरेक पटक एकै प्रकारको अनुभव हुन्छ । ५ देखि १५ मिनेटसम्म यस्तो अनुभव भएपछि लगतै आधा टाउको दुख्न थाल्दछ र पछि बढ्दै पूरै दुख्न थाल्दछ । वाकवाकी लाग्ने र बान्तासम्म हुन्छ । यस समूहको अर्ध कपाली १० प्रतिशतलाई हुन्छ ।
४. अर्को प्रकारको आम अर्धकपाली (कमन माइग्रेन) मा टाउको दुख्नुपूर्व कुनै अनुभव हुत्र, एकाएक आधा या पूरै टाउको बलक–बलक गरेर दुख्न थाल्दछ । यसमा हरेक पटक फरक–फरक प्रकारको दुखाइ अनुभव हुन्छ । यस समूहको अर्धकपाली ९० प्रतिशतलाई हुन्छ । यसको दुखाइ केही घण्टादेखि केही दिनसम्म रहन सक्दछ ।
रोकथाम
१. अर्ध कपालीको प्रत्यक्ष सम्बन्ध खान–पान, बानी–बेहोरा, सोच्ने–विचार गर्ने तरिका आदि जीवनशैलीमा चर पर्ने मानिन्छ । त्यसैले यस्तो टाउको दुख्नेले ‘अर्धकपाली डायरी’ बनाई प्रत्येक पटकको टाउको दुखाइमा कुनै खाना विशेष या बानी–बेहोराको प्रभाव छ कि भत्रे जाँच गरी कारण निश्चित गर्न सकेमा सो छाड्नुपर्दछ ।
२. धेरै मानिसलाई जाँड–रक्सी र त्यसमा पनि खास गरेर बियर र रातो वाइन, चुरोट–तमाखु , चिज, चकलेट, गुन्द्रुक एवं खाँदेका पुराना अचार, अजिनोमोटो मिलाएर खाना, कफी, तारेका, भुटेका र मसलादार खाना, माछा, मासु , अण्डा आदिले यस्तो टाउको दुख्ने रोग हुन सक्ने हुनाले सकेसम्म यस्ता खान खानु हुँदैन । तर व्यक्तिपिच्छे यस्तो टाउको दुखाउने खाना फरक–फरक हुने हुनाले टाउको दुख्ने दिनमा खाएको खानाको पटक–पटक रेकर्ड राखी कुन खाना आफूलाई हानिकारक छ, पत्ता लगाई छाड्नुपर्दछ ।
३. चिन्ता लिने, मनमा कुरा खेलाउने, आफूलाई हीन र कमजोर सम्झने, कुनै कुराको निर्णय लिन डराउने, साना–साना कुरामा पनि ज्यादा सोच्ने जस्ता व्यक्तिहरुलाई पनि यस्तो टाउको दुखाइ बढी पाइएको छ । यसैले यस्तो बानी छाड्नुपर्दछ ।
४. रातभर जागा बस्ने काम गर्ने व्यक्ति, जस्तैः चौकीदार, रात्रिबस चालक आदि, पटक–पटक निदाउँदै–बिउँझँदै गर्ने व्यक्तिहरु या बिँउझिनुपर्ने बाध्यता भएका व्यक्तिहरुमा अनिद्रा रोगका कारण यस्तो टाउको दुखाइ बढी पाइएको छ । त्यसैले सकेसम्म राती सुत्न पाउने खालका काम गर्ने बानी बसाल्नुपर्दछ ।
५. बराबर कब्जियत भइरहने व्यक्तिलाई पनि यस्तो टाउको दुख्ने रोग हुन्छ । कब्जियत हुन नदिन खस्रो–मोटो बोक्रा–रेसा भएका खाना, हरियो तरकारी, सागपात र फलफूलमा जोड दिनुपर्दछ । पानी प्रशस्त पिउनुपर्दछ ।
६. महिलाहरुमा हाम्रो शरीरमा निस्कने एक प्रकारको पदार्थ हर्मोनका कारण पनि टाउको दुख्छ । त्यसैले महिनावारीको आसपास या हर्मोनलाई प्रभावित गर्ने परिवार नियोजनका अस्थायी औषधि–उपचारले पनि यस्तो टाउको दुख्न सक्दछ ।
७. मौसमको फेरबदल, यात्रा, खानाको प्रकार र समयको अनियमितताले पनि यस्तो टाउको दुख्न सक्दछ । यस्ता अवस्थामा सजग रहनुपर्दछ ।
८. श्रीमान्–श्रीमतीलाई यस्तो टाउको दुख्ने रोग छ भने तिनका सन्तानहरुलाई पनि हुन सक्ने सम्भावना ७५ प्रतिशत हुन्छ र दुवैमध्ये एक जनालाई छ भने ५० प्रतिशत हुन्छ । यस्ता आमा–बाबुका सन्तानले बेलैमा ध्यान दिनुपर्दछ ।
सरल उपचार
१. तुलसीको पात सफा गरेर मसिनो चटनीजस्तो पिसी निधार र कज्ञटमा लेप गर्ने ।
२. राती सुत्ने बेलामा र बिहान खाली पेटमा गाजर र चुकन्दर बराबर मिलाएको रस १ गिलासमा १ चम्चा कागतीको रस मिलाएर नियमित १ महिना पिउने ।
३. अमला चूर्ण १ चम्चा र मह १ चम्चा १ गिलास पानीमा घोलेर २ घण्टा रहन दिने र पुनः घोली बिहान–साँझ पिउने ।
४. त्रिफा चूर्ण (हर्रो–बर्रो–अमलाको मिश्रण) राति सुत्ने बेलामा १ चम्चा खाएर १ गिलास तातो पानी नियमित ३ महिना पिउने ।
५. तुलसीको पातको रस १ चम्चामा मह १ चम्चा मिलाएर बिहान खाली पेटमा नियमित ३ महिना खाने ।
६. तुलसीको पातको रस १ चम्चामा कागतीको रस १ चम्चा मिलाएर बिहान–साँझ खाना खानुभन्दा १ घण्टा अगि नियमित ३ महिना चाट्ने ।
७. गाईको शुद्ध घिउले नियमित ३ महिनासम्म टाउकाको मालिस गर्ने ।
योग एवं प्राकृतिक उपचार
१. टाउकाको मालिस गर्नुपर्दछ ।
२. जलनेती र कुज्ञल गर्ने गर्नुपर्दछ ।
३. घाँटीमा चिसो पट्टी गर्नुपर्दछ ।
४. नाडी शोधन प्राणायाम एवं ध्यानको अध्यास गर्नुपर्दछ ।
५. नियमित सूर्यनमस्कार आसन समूह र रीढ व्यायाम आसन समूहको अभ्यास गर्नुपर्दछ ।
६. चिसो कटिस्नान गरेर उपर्युक्त आसन गर्ने बानी बसाल्नुपर्दछ ।
७. टाउको दुखेकै बेलामा गर्ने तत्कालीन उपचारमा–अँध्यारो कोठामा आराम गरेर बस्ने, मिलेमा घाँटीमा बरफ राख्ने, दुखेको भागमा हल्का मालिस गर्ने, आफूले सिकेको ध्यानको अभ्यास गर्ने गर्नुपर्दछ । बढी दुख्यो भनेर चुरोट या रक्सी खानु हुँदैन ।
८. एनिमा लिई पेट सफा गर्नुपर्दछ ।
आयुर्वेदिक चिकित्सा
१. त्रिभुवन कीर्ति रस
२. व्योसादि वटी (चुस्ने)
३. तपस्विनी वटी
४. कटफल चूर्ण (खाने एवं नस्य) ।
५. गोदन्ती भस्स
६. लक्ष्मीविलास रस
७. शिरः शुलादिवज्र रस
८. हरीतकी खण्ड ।
परिचय
मुत्रकृच्छ विशेष रोगबाट उत्पत्र हुने एक यस्नो रोग होः, जुन रोगमा रोकिई–रोकिई थोरथोरै पिसाब हुने र पिसाब फेर्दा ज्यादै दुख्ने गर्दछ ।
मूत्राशयमा पत्थरी हुनाले, बढी परिश्रम गर्नाले र व्यायाम गर्नाले, मद्यपान गर्नाले, चोटपटक लाग्नाले, बढी गर्मी/घाममा हिँड्नाले, पानी कम पिउनाले र विविध रोग आदिका कारणबाट मूत्रकृच्छ हुने मानिन्छ ।
लक्षण
१. पिसाब फेर्दा मूत्रमार्गमा दुख्ने, पोल्ने–घोच्ने हुन्छ ।
२. पिसाब थोरै मात्रामा पटक–पटक हुन्छ ।
३. पिसाब पोल्ने, पहेँलो हुनुका साथै थोपा–थोपा हुन्छ ।
४. पत्थरीका कारणले पिसाब बन्द हुन सक्दछ । यसलाई मूत्राघात पनि भनिन्छ ।
रोकथाम
१. पिसाब लाग्दा या दिसा लाग्दा रोकेर बस्ने बानी गर्नु हुँदैन । यस्तो बानीले पछि गएर पिसाबसम्बन्धी विभित्र रोग जन्माउन सक्दछ ।
२. आफ्नो काम, उमेर, लिङ्ग र बसेको ठाउँको जलवायुअनुसार प्रशस्त पानी पिउने बानी बसाल्नुपर्दछ । कम पानी पिउने या पानी नै नपिउनेहरुमा पिसाब रोकिने समस्या धेरै पाइन्छ ।
३. पिसाबसम्बन्धी कुनै पनि समस्या देखिएमा तत्काल चिकित्सकको सल्लाह लिई सो समस्यालाई हटाउनुपर्दछ ।
४. कुशल व्यक्ति (जानकार व्यक्ति) भएमा क्याथेटर प्रयोग गरी तत्काल पिसाब निकाल्नुपर्दछ । त्यसपछि चिकित्सकसँग सम्पर्क गरी आवश्यक जाँचहरु गरेर के कारणले पिसाब रोकिएको हो, सोही अनुसार स्थायी उपचारतर्फ लाग्नुपर्दछ ।
सरल उपचार
१. पिसाब जाँच गराउँदा अम्लीय भए क्षारहरुमा यवाक्षार, श्रेतपर्पटीको प्रयोग गर्नुपर्दछ ।
२. गोक्षुर फल क्वाथ –८ देखि १६ चिया चम्चा दिनको ३ पटक सेवन गर्नुपर्दछ ।
३. तृणपज्ञमूल क्वाथ –८ देखि १६ चिया चम्चा दिनको ३ पटक सेवन गर्नुपर्दछ ।
४. यदि पत्थरी भएमा – गहतको क्वाथ ८ देखि १६ चिया चम्चा दिनको ३ पटक सेवन गर्नुपर्दछ ।
५. सिसिप्लकान क्वाथ ८ देखि १६ चिया चम्चा दिनको ३ पटक खानुपर्दछ ।
६. पत्थरी धेरै ठूलो भएमा –कुशल चिकित्सकको परामर्शमा शल्यक्रिया गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. चन्द्रप्रभा वटी
२. शुद्ध शिलाजित
३. शीतरस
४. सारिवाद्यासव
५. उशीरासव
६. चन्दनासव
७. चन्दनादि वटी
८. सिस्टोन गोली
परिचय
पिसाब गर्नलाई कठिनाई हुने या पिसाब रोकिने आदि समस्या मूत्राघात या पत्थरी रोगमा बढी देखिन्छ । यो हाम्रो व्यावहारिक जीवनमा पटक पटक देखिने समस्या हो । सो सामान्य, असामान्य र दीर्घ रुपमा हाम्रो अगाटि देखिइरहन्छ । मूत्रनलीमा चोटपटक लाग्नाले, विविध कारणले मूत्रनली साँगुरो हुनाले, पत्थरीले मूत्रनली रोक्नाले, प्रोस्टेट ग्रन्थि ठूलो हुँदै जानाले, मूत्रथैलीभित्र पत्थरी या टयुमर हुनाले साथै मानसिक र स्नायुसम्बन्धी कारणले अत्यधिक रुपमा यस समस्याले हामीलाई दुःख दिन्छ । पूरै रोकिनु या आंशिक रोकिनु दुवैलाई पिसाब रोकिनु नै भनिन्छ । पिसाब नहुने समस्या हेर्दा एउटै भए पनि मुख्य दुई कारण छन् –एक पिसाब रोकिनु र दुई पिसाब बन्दै नबत्रु ।
लक्षण
१. आंशिक या पूर्णरुपमा पिसाब रोकिनु सक्दछ ।
२. पोलेर, थोपाथोपा भएर पिसाब चुहिन सक्दछ तर एउटै धारमा खुलेर पिसाब हुँदैन ।
३. पिसाबमा रगत देखिन सक्छ ।
४. नाभिको तल्लो भागमा अत्यधिक दुखाइ भई यौनाङ्गको वरिपरिसम्म दुखाइ फैलिन्छ ।
५. पिसाब गर्न सुरु गरेपछि तुरुन्त सक्न मन लाग्छ । पिसाब रोक्न नसक्ने र जबर्जस्ती रोकेमा थोपाथोपा चुहेर कट्टुभिज्ने हुन सक्दछ ।
रोकथाम
१. पिसाब लाग्दा या दिसा लाग्दा रोकेर बस्ने बानी गर्नु हुँदैन । यस्तो बानीले पछि गएर पिसाबसम्बन्धी विभित्र रोग जन्माउन सक्दछ ।
२. आफ्नो काम, उमेर, लिङ्ग र बसेको ठाउँको जलवायुअनुसार प्रशस्त पानी पिउने बानी बसाल्नुपर्दछ । कम पानी पिउने या पानी नै नपिउनेहरुमा पिसाब रोकिने समस्या धेरै पाइन्छ ।
३. पिसाबसम्बन्धी कुनै पनि समस्या देखिएमा तत्काल चिकित्सकको सल्लाह लिई सो समस्यालाई हटाउनुपर्दछ ।
४. कुशल व्यक्ति (जानकार व्यक्ति) भएमा क्वाथेटर प्रयोग गरी तत्काल पिसाब निकाल्नुपर्दछ । त्यसपछि चिकित्सकसँग सम्पर्क गरी आवश्यक जाँचहरु गरेर के कारणले पिसाब रोकिएको हो, सोही अनुसार स्थायी उपचारतर्फ लाग्नुपर्दछ ।
सरल उपचार
१. पत्थरी भएको निश्चित भएमा निम्नलिखित सरल उपचार बढी उपयोगी हुन्छ ।
- गहतको रस या काँढा पिउनाले फाइदा गर्दछ । साना–साना पत्थरीहरुलाई यसले सजिलै निकाल्न सक्दछ ।
- सिप्लिकानको बोक्रा १०–१५ ग्रामलाई २ गिलास पानीमा उमाल्ने, घटेर १ गिलास भएपछि छानेर साँझ–बिहान पिउने ।
- गोक्षुर फल चूर्ण ३ ग्राम महसँग फिटेर दिनमा ३ पटक चाट्ने या गोक्षुर क्वाथ दिनमा ३ पटक पिउनाले फाइदा गर्दछ ।
- पाषणभेदको जराको क्वाथ दिनको २–३ पटक पिउन दिनाले फाइदा हुन्छ ।
२. पुनर्नवादि क्वाथ ४०–८० मि.लि. दिनमा ३ पटक पिउनाले खुलेर पिसाब लाग्दछ ।
३. काँक्रोको रस पिउन दिनाले पिसाब खुल्दछ । पिसाब पूरै बन्द हुने नभई पोल्ने र रोकिइ–रोकिइ थोरै हुने समस्यामा यो अत्यन्त आभदायक छ ।
प्राकृतिक चिकित्सा
१. चिसो–तातो कटिस्नान लिनुपर्दछ ।
२. पेडूप्रदेशमा चिसो–तातो सेक गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. चन्द्रप्रभा वटी
२. गोक्षुरादि गुग्गुल
३. शीतरस
४. उशीरासव
५. चन्दनासव
६. सिस्टोन गोली ।
परिचय
मनमा जन्मेका सबै इच्छा एवं भावनाहरु सबैका लागि पूरा हुनु सम्भव छैन । मनमा बराबर जन्मिरहने यस्ता इच्छा एवं भावनाहरुलाई नियन्त्रण पनि गर्न सकिँदैन । केही इच्छा एवं भावनाहरु जुन विशेष गरेर कामवासना या स्त्री–पुरुष सम्बन्धसँग जोडिएका हुन्छन् । जब ती पूरा हुँदैनन्ः, तब विशेष प्रकारको मानसिक असन्तुलन आउँछ, जसलाई हिस्टेरिया भनिन्छ । यसको प्रभाव मनका साथ शरीरमा पनि पर्दछ । हिस्टेरिया मुख्य रुपमा स्त्रीहरुमा देखिन्छ । ढिलो विवाह हुनु, स्त्री–पुरुषको राम्रो सम्बन्ध नहुनु, अत्यन्त कामुकता हुनु र त्यसलाई दबाएर राख्नु, भोग–विलास र आरामको जीवन जिउनु, मानसिक दुर्बलता या ज्ञानतन्तुहरुको कमजोरी आदिले यो रोग हुन्छ भत्रे मान्यता छ । यसलाई आयुर्वेदमा अपतन्त्रक (योषापस्मार) नामले पनि जानिन्छ ।
लक्षण
१. हिस्टेरियाको आवेग या झट्का अब आउँदै छ भत्रे कुरा रोगीले पहिले नै चाल पाउँछ । यसको प्रारम्भिक अवस्थामा पेटको तल्लो भाग र शरीरको अन्य भागबाट वायुको गोलाजस्तो उठी घाँटीमा गएर अट्केजस्तो हुन्छ । यो स्थिति केही समय रहन्छ र रोगी श्वास फेर्न नसकेजस्तो गरी आत्तिन्छ । केही बेरमै यो स्थिति ठीक हुन्छ । त्यसपछि रिँगटा लाग्ने, असाध्यै टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, बराबर डकार आउने, आलस्य हुने र घाँटीमा तनाव हुने हुन्छ ।
२. जब हिस्टेरिया दीर्घकालीन हुन्छ । तल्लो पेटबाट उठेको वायुको गोला घाँटीमा अड्केजस्तो हुन्छ र रोगीको अनुहार रातो हुन्छ । रोगी रुने–चिच्याउने गर्दछ, हात–खुट्टा फाल्ने, झट्कार्ने गर्दछ र नाक फुलाउँछ । बेहोस भएमा शरीर अक्सर धनुषाकार हुन्छ । जब रोगको झट्का कम हुन्छ, रोगी काँप्दै, अचम्म मान्दै लामो–लामो सास फेर्दछ । त्यसपछि प्रशस्त पिसाब गर्दछ र बिरामी गहिरो निद्रामा निदाउँछ । यस्तो अवस्थामा शारीरिक र मानसिक गति यति बढी हुन्छ कि कहिलेकाहीँ धेरै मानिसले समातेर पनि राख्नुपर्दछ ।
३. यस्ता झट्काले शरीरमा कुनै प्रकारको कुप्रभाव देखित्र । आँखाको वरिपरि सङ्कुचन हुनु, आँखाको नानी छिटो–छिटो चारैतर्फ चल्नु, मांशपेशी कडा हुँदै जानु आदि हुन सक्दछ । यस्ता झट्काहरु केही घण्टादेखि केही दिनसम्म रहन सक्दछन् । यस्ता झट्का आउने अवस्थामा मुख्य माथि भनेका लक्षण भए पनि सधैं एकै प्रकारको लक्षण हुन्छ भत्रे छैन ।
रोकथाम
१. पतिले पत्नीको र पत्नीले पतिको इच्छा र भावना बुझेर माया र प्रेमको दाम्पत्य जीवन जिउनुपर्दछ ।
२. विवाहित पति–पत्नी लामो समयसम्म एक्ला–एक्लै बस्नु हुँदैन । यस्ता एक्लोपनले पैदा गरेको तनावले पनि यो रोग हुन सक्दछ ।
३. महिलाहरुलाई घरेलु हिंसा र कुटपिटबाट बचाउनुपर्दछ । पतिमात्र नभई परिवारका अन्य सदस्यबीच सम्बन्ध र माया–प्रेम नहुने घरमा पनि यस्तो रोग देखिएको छ ।
४. असमान उमेरका स्त्री–पुरुषले विवाह गर्नु हुँदैन । उमेरका कारण दुई स्त्री–पुरुषका बीच पैदा हुने कामुकता एवं यौन जीवनको असन्तुलनले पनि यो रोग हुन सक्दछ ।
५. विवाहयोग्य उमेर (केटा–२५ देखि ३५/केटी २० देखि ३०) भएपछि विवाह गर्नुपर्दछ । मनमा कामवासनाका विचारहरु पैदा भइरहने तर उमेर बढ्दै जाँदा पनि अविवाहित रहनेहरुमा पनि यो रोग भएको पाइन्छ । त्यसैले अविवाहित नै बस्ने इच्छा हो भने कामभावनालाई भडकाउने स्वभावको भोजन, चिन्तन र जीवनशैलीलाई छाडी सहज र सरल जीवनको कला, योगको विभित्र अभ्यास गर्नुपर्दछ । यसो गर्न सकिँदैन भने विवाह गर्नुपर्दछ ।
६. बच्चा नपाएका महिलाहरुलाई पारिवारिक एवं सामाजिक बहिष्कार गर्नु हुँदैन । यो उनीहरुको दोष होइन । उनीहरुलाई हामीले गर्ने व्यवहारले हीनताबोध या भनौँ हीन भावना पैदा भयो भने पनि उनीहरुमा यो रोग हुन सक्दछ ।
७. योनिमार्गबाट रातो या सेतो पानी बग्ने, महिनावारीमा असह्रा हुने गरी पेट र कम्मर दुख्ने, यौन क्रियामा दुखाइ अनुभव हुने एवं अन्य महिनावारीसम्बन्धी रोग एवं दोष भएमा त्यसको तत्काल उपचार गर्नुपर्दछ ।
८. यौन उत्तेजना बढाउने खालका फिल्म, चित्र, पुस्तक आदि पढ्नु हुँदैन ।
९ं चिन्ता लिने, मनमा कुरा खेलाउने, तनावमा रहने, बराबर रिसाउने, अरुको डाहा गर्नेजस्ता कुरा गर्नु हुँदैन । आलस्यले झोक्राएर बसिरहनु हुँदैन ।
१०. कब्जियत, जूका, अमिलो पानी मुखबाट आउने, पेट फुल्ने र वायु बढ्ने, भोग नलाग्ने तथा खाना नपच्ने जस्ता पेटका रोगको तत्काल उपचार गर्नुपर्छ ।
११. जाँड–रक्सी, चुरोट–तमाखु, गाँजा, माछा–मासु, अण्डा, अमिलो–पिरो, तारे–भुटेको खानु हुँदैन । हरियो सागपात–फलफूल प्रशस्त खानुपर्छ ।
सरल उपचार
१. अश्रगन्धा चूर्ण १ चिया चम्चा १ गिलास दूधमा घोलेर नियमित बिहान–साँझ २ महिनासम्म पिउने ।
२. ब्राह्री चूर्ण १ चिया चम्चा १ गिलास दूधमा घोलेर नियमित बिहान–साँझ २ महिनासम्म पिउने ।
३. १ चिया चम्चा अमलाको चूर्णमा २० वटा मुनक्का मिलाएर पिस्ने र दुई एक भएपछि नियमित बिहान खाली पेटमा ३ महिनासम्म खाने ।
४. वरका हाँगाबाट निस्कने राता झुण्डिएका नरम र कलिला जराहरुलाई ल्याई पिसेको लेदो ४ चम्चालाई १ गिलास चौलानी पानीमा घोल्ने । पूरा घोलेपछि छानेर पिउने । नियमित बिहान–साँझ खाना खानुभन्दा १ घण्टा पहिले ३ महिनासम्म पिउने ।
५. ३ महिना फलाएर गर्ने । भत्रुको मतलब बिहान–साँझको खाना एवं दिउँसोको नास्ताका रुपमा केवल फलफूलमात्र खाने । आलु, तरुल, पिडालुजस्ता कन्दमूल एवं दूध र दूधबाट बनेका खानेकुरा पनि नखाने ।
प्राकृतिक चिकित्सा
१. नियमित ध्यान गर्ने बानी बसाल्नुपर्छ ।
२. सूर्य नमस्कार (योगासन विशेष) गर्नुपर्छ ।
३. चिसो कटिस्नान गरी ९ घण्टा घुम्नुपर्छ ।
४. नाडी शोधन प्राणायाम गर्नुपर्छ ।
५. रीढ स्नान र रीढ व्यायाम गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. अश्रगन्धारिष्ट
२. सारस्वतारिष्ट
३. ब्रेन्टो गोली र झोल (झण्डू)
४. सारस्वत चूर्ण
५. ब्राह्री वटी
६. तपस्विनी वटी ।
विशेष
जब रोगीलाई हिस्टिरियाको झट्का पर्दछः, सर्वप्रथम खुल्ला हावा लागेका ठाउँमा सुताउने र शरीरका सबै लुगा कसिएको भए खुल्ला गरिदिनुपर्दछ । विशेष गरी छातीलाई बढी खुल्ला गरिदिनुपर्दछ । टाउकामा तकिया राखिदिनुपर्दछ । अनुहारमा चिसो पानीका छिटा पार्नुपर्दछ । औँलाको टुप्पामा नङको भागमा जोडले समाउने–छाड्ने गर्नुपर्दछ । पैँताला र हत्केला मल्नुपर्दछ । टाउकामा चिसो पट्टी राखिदिनुपर्दछ । नाकमा सुगन्धित वस्तुहरु सुँधाउनुपर्दछ ।
परिचय
मिर्गी रागका रागी नदेखे पनि यस रोगबाट अपरिचित मानिस भने कमै पाइन्छन् । नेपालका गाउँहरुमा यो रोग छारे रोग, पट्के रोग आदि नामबाट चिनिन्छ । आयुर्वेद चिकित्साविज्ञानले हजारौँ वर्ष पहिलेदेखि यस रोगको निदान र उपचार गर्दै आइरहेको छ । आयुर्वेदमा यस रोगलाई ‘अपस्मार’ भनिन्छ । नेपालमा यस रोगका हजारौँ रोगीहरु छन् । यो रोग सामाजिक विसङ्गतिबाट उत्पत्र तनाव, तन्त्रिका तन्त्र ९ल्भचखयगक क्थकतझ० को अस्वस्थता, मस्तिष्क टयुमर, आन्तरिक चोटपटक, वंशाणुगत आदि कारणहरुबाट हुन सक्ने मान्यता छ ।
लक्षण
मिर्गी रोगमा देखिने लक्षणका आधारमा यस रोगलाई विभित्र वर्गमा विभाजन गरिएको छ तर यहाँ वर्गविश्लेषण नगरी सामान्य लक्षणहरु लेखिएका छन् ।
१. रोगी एकाएक मूच्र्छा पर्छ र केही मिनेटमै होशमा आउँछ तर होशमा आएपछि पनि अनुहार एवं आँखामा तनाव देखिन्छ ।
२. टोलाएर एकपटकले हेर्दाहेर्दै रोगी लरखराएर लड्छ । मुखबाट फिँज निस्कन्छ । हातखुट्टा थर्थराउनुका साथै रोगी छटपटाउँछ र मिर्गीको झट्काले बेहोश हुन्छ । झट्का सुरु हुँदा र बन्द हुँदा द्वै अवस्थामा रोगीले लामो–लामो सास फेर्छ । रोगीले बेहोसीमै दिसापिसाब गर्न सक्छ । झट्का सुरु भई बेहोश हुनुभन्दा पहिले रोगीले आफ्नो आँखाअगाडि कालो छायाँजस्तो देख्दछ । हातखुट्टामा झन्झनाहट अनुभव गर्दछ । कानमा सुसाएकोजस्तो आवाज सुत्राका साथै शारीरिक शून्यता अनुभव गर्दछ ।
३. कुनै वर्गका रोगीमा माथिको लक्षण नदेखिई मिर्गीका झट्का मात्र आउँछन् । यस्ता रोगीले आफू जुन समूहमा बसेको छः, त्यसभन्दा भित्र र अर्थहीन कार्य गर्दछ । पूर्ण बेहोश त हुँदैन तर होशमा भएको भत्र पनि मिल्दैन । यस अवस्थामा रोगीले सबै कुरा भुली आफ्नो गरिमा र प्रतिष्ठाविहिन काम गर्न सक्छन् ।
४. यस्ता लक्षण दिनदिनै, महिनैपिच्छे या वर्षमा एक–दुई पटक मात्र पनि देखा पर्न सक्दछन् ।
रोकथाम
१. मनमा कुरा खेलाउने, चिन्ता लिने, सानो घटनालाई ठूलो बनाएर हेर्ने, आफूलाई कमजोर र हीन सम्झने, तनावमा बस्ने जस्ता बानीव्यवहार छाड्नुपर्दछ ।
२. जाँडरक्सी, चुरोट, तमाखु , गाँजा, भाङ् एवं अन्य लागू पदार्थ खाने बानी छाड्नुपर्दछ ।
३. दिनदिनै लामो समय टेलिभिजन हेर्ने बानी छाड्नुपर्दछ ।
४. नीद नलाग्ने रोग भएमा छिट्टै उपचार गरेर निको बनाउनुपर्दछ । लामो समय अनिद्रा रोग पाल्नु हुँदैन ।
५. घरेलु एवं सामाजिक हिंसा र कुटपिटले पनि यस्ता रोगहरु हुन सक्दछन् ।
सावधानी
मिर्गी रोग नै हो भनेर किटान भई उपचार सुरु भएपछि रोग निको नहुँदासम्म निम्नलिखित १ नं. देखि ८ सम्मका कुराहरु गर्नु हुँदैन । यस्ता कार्य भईरहेका अवस्थामा मिर्गीको झट्का आई बेहाश भएमा दुर्घटना भएर मृत्यु हुन सक्दछ ।
१. कुनै पनि सवारी साधन, बस, जिप, टेक्सी, मोटरसाइकल आदि चलाउनु हुँदैन ।
२. पौडी खेल्ने एवं डुङ्गा चलाउने गर्नु हुँदैन ।
३. रुखमा चढेर घाँस काट्ने एवं भिरालो पहाडमा घाँस काट्ने गर्नु हुँदैन ।
४. पानीमा पसेर खोला, नदी तर्नुपर्ने ठाउँमा एक्लै तर्नु हुँदैन ।
५. धेरै ठूलो आगो बालेका ठाउँमा या कुनै पनि आगोका नजिक बस्नु हुँदैन ।
६. कारखानामा मेसिन चलाउने, महत्वपूर्ण ठाउँमा कम्प्युटरका साथै स्वीच चलाउने काम गर्नु हुँदैन ।
७. हिमाल आरोहण, दौड एवं अन्य खेल प्रतियोगिताहरुमा सहभागी हुनु हुँदैन ।
८. भयानक, डरलाग्दा भूतप्रेतसम्बन्धी फिल्महरु हेर्नु हुँदैन ।
९. घरबाहिर निस्कँदा साथमा एउटा कार्ड राख्नुपर्दछ, जसमा आफ्नो नाम, ठेगाना, टेलिफोन नं., रोगको नाम, खाइरहेको औषधिको नाम, औषधि खान सुरु गरेको मिति र मात्रा साथ औषधि दिने चिकित्सकको नाम र टेलिफो नं. समेत लेख्नुपर्दछ । यसले बाटामा कहीँ कुनै आकस्मिक घटना घटी बेहोश भएमा ठीक र छिटो उपचार दिन मद्दत गर्दछ ।
सरल उपचार
१. हिस्टिरिया रोगको सरल उपचारमा उल्लेख गरिएका क्रमसंख्या १ देखि ५ सम्मका उपचार विधिहरु यस रोगमा पनि त्यत्तिकै उपयोगी छन् ।
२. शुद्ध गरिएको मालकाँगनीको बीजबाट निकालिएको तेल १ गिलास गाईको दूधमा १०–१५ थापा चुहाउने र घोलेर बिहान खाली पेटमा दैनिक १ वर्ष पिउने ।
३. ब्राह्राीको ताजा पात २० वटा, मरीच ५ दाना मसिनो पिसेर १ चम्चा महमा फिटी चाट्ने । बिहान–साँझ खाना खानुभन्दा १ घण्टा पहिले नियमित ३ महिनासम्म चाट्ने ।
४. मरीचको दाना १० वटा गाईको शुद्ध घीउ २ चिया चम्चा एकै ठाउँमा मिलाएर खलमा पिस्ने । दुवै एक भएपछि बिहान खाली पेटमा चाटेर खाने । नियमित १ वर्षसम्म यो खाएपछि १ घण्टा केही खाने–पिउने नगर्ने ।
योग एवं प्राकृतिक चिकित्सा
१. नाडीशोधन प्राणायाम गर्नुपर्दछ ।
२. ध्यान या योग निद्राको अध्यास गर्नुपर्दछ ।
३. चिसो कटिस्नान एवं रीढ स्नान गर्नुपर्दछ ।
४. सम्पूर्ण शरीरको मालिस गर्नुपर्दछ ।
५. कब्ज भएमा एनिमा दिनुपर्दछ ।
आयुर्वेदिक औषधि
१. ब्राहा्री वटी
२. स्मृतिसागर रस
३. सर्पगन्धा घनवटी
४. तपस्विनी वटी
५. सारस्वतारिष्ट
६. अश्रगन्धारिष्ट
७. ब्रेन्टो गोली र झोल
८. सर्पिना गोली
९. पज्ञगव्य घृत
१०. महापज्ञगव्य घृत
११. ब्राहा्रीघृत
१२. शङ्घपुष्पी चूर्ण
१३. जटामसी क्वाथ
१४. वातकुलान्तक रस
परिचय
उदास भएर दिक्क मान्दै मन बिगाएर–झोक्राएर बस्ने मुख्य लक्षण भएको यो उदासीनता या दिक्दारीपन नेपालीहरुमा पाइने मानसिक रोग हो । नेपालमा पाइने विभित्र मानसिक प्रकृतिका रोगहरुमध्ये यो उदासीनता या दिक्दारीपन सबैभन्दा धेरै मानिसलाई हुने आम मानसिक समस्या हो । निधिखुदी गरेर नसोधेसम्म यस्तो रोगी केही बोल्दैन । उदास भएर झोक्राएर बसिरहन्छ । केही नबोल्ने पनि शारीरिक रुपमा निम्नलिखित लक्षणहरु भने देखिन सक्दछन् –
लक्षणहरु
१. भोक लाग्दैन र मान्छे दुब्लाउँदै जान्छ ।
२. डराएजस्तो गरी बिस्तारै बोल्छ ।
३. गहिरो निद्रा लाग्दैन ।
४. अनुहारमा हँसिलोपन हुँदैन, बारम्बार रोइरहन मन लाग्छ ।
५. घरमा या समाजमा घुलमिल गर्ने चाहना हुँदैन । एक्लै झोक्राएर बसिरहने बानी हुन्छ ।
६. केही गर्न सक्दिनँ भत्रे हीनताबोधद्धारा मान्छे ग्रसित हुन्छ ।
७. कुनै पनि काम गर्न मन लाग्दैन । दैनिक क्रियाकलापमा निष्क्रियता बढ्दै जान्छ ।
८. झर्किने, रिसाउने, एकाग्र हुन नसक्ने, टोलाएर बसिरहने, उदास देखिने, निराश देखिने, दिक्दार भएर टाउकामा हात लगाएर बस्नेजस्ता विशेष लक्षण देखिन्छन् ।
९. कुनै पनि काम गर्न सक्छु भत्रे आत्मविश्वास हुँदैन ।
१०. पटकपटक आत्महत्या गर्ने चेष्टा जाग्छ ।
११. लोग्नेस्वानीबीचको सम्बन्ध राम्रो हुँदैन । यौन इच्छा हुँदैन ।
रोकथाम
१. महिलाहरुमा बढी यो समस्या घरेलु र सामाजिक हिंसाबाट जन्मिएको पाइन्छ । यस्तो हिंसाबाट महिलाहरुलाई बचाउनुपर्दछ ।
२. आफ्नो परिवारका सदस्यहरुमा यस रोगका लक्षणहरु देखिन सुरु भएमा तत्काल उपचार गर्नुपर्दछ । यस रोगमा औषधिभन्दा राम्रो उपचार मन : परामर्श एवं योगचिकित्सालाई मानिएको छ ।
३. काम गर्ने क्रममा बराबर असलफता आएमा, आफ्नो कामको परिवार या समाजले बराबर असहयोग र अस्वीकृति गरिरहेमा पनि यो रोग हुन सक्दछ । यस्तो अवस्थामा मेरो काम र काम गर्ने शैली ठीक छ कि छैन भनी स्वनिरीक्षण गरेर अघि बढ्नु आवश्यक हुन्छ ।
४. अल्छी, काम नगर्ने, ठूलाठूला कुरा गर्ने र ठुलाठूला स्वप्नसंसारको कल्पना गरिरहनेहरुमा पनि पछि गएर यो रोग देखिन सक्छः, जसले गर्दा सक्रिय, यथार्थ र वर्तमान जीवन जिउने अभ्यास गर्नुपर्दछ ।
५. बढी डर, त्रासको वातावरणमा हुर्किएका बच्चाहरुमा पनि पछि गएर यो रोग हुन सक्दछ । बच्चाहरुलाई सानो उमेरमा कुटपिट, डरत्रासबाट बचाई माया–प्रेम र शिक्षा दिनुपर्दछ ।
६. लामो समयसम्म अस्वस्थ जीवन जिएकाहरुमा पनि यो रोग देखिएको छ । अतः यस्ता रोगी र रोगीका परिवारले सावधानीका साथ मायाप्रेमको जीवन जिउनुपर्दछ ।
७. जाँडरक्सी एवं लागू पदार्थ सेवन गर्नेहरुका परिवारमा पनि दैनन्दिन तनावका कारण यस्तो रोग जन्मिएको पाइन्छ । अतः यस विसङ्गति र कुलतबाट परिवार र घरलाई बचाउनुपर्दछ ।
८. यो रोग यही कारणले मात्र हुन्छ र यसो गरे रोकथाम हुन्छ भत्रे छैन । परिवार र समाजमा भएका विभित्र अज्ञानता, अशिक्षा, असन्तुलन, कुरीति, विसङ्गति आदिको उपजका रुपमा यो रोग देखिएको छ ।
सरल उपचार
१. ब्राह्राी (घोडतापे्र)को पात टिपेर सफासँग धोई मसिनो पिस्ने । पिसेको चटनीजस्तो लेदो २ चिया चम्चामा एक चिया चम्चा मह मिलाएर दिनमा २ पटक चाट्ने ।
२. हिस्टिरिया र मृगी रोगको सरल उपचारमा उल्लेख गरिएका उपचार–विधिहरु यस रोगमा पनि उपयोगी छन् ।
प्राकृतिक चिकित्सा
१. नियमित योगासन गर्नुपर्दछ । यस रोगको उपचारमा सूर्यनमस्कार सबैभन्दा राम्रो हुन्छ ।
२. ध्यान गर्नुपर्दछ । शक्तिसाधना वा ध्यान सबैभन्दा राम्रो हो ।
३. नाडीशोधन प्राणायाम गर्नुपर्दछ ।
४. चिसो कटिस्नान, रीढ स्नान र नियमित प्राकृतिक स्नानले फाइदा गर्दछ ।
५. मालिसले फाइदा गर्दछ ।
६. रसाहार र फलाहारले फाइदा गर्दछ ।
आयुर्वेदिक औषधि
१. अश्रगन्धा चूर्ण
२. अश्रगन्धारिष्ट
३. सारस्वत चूर्ण
४. सारस्वतारिष्ट
५. तपस्विनी वटी
६. ब्राहा्री घृत
७. ब्राह्राी वटी
८. बे्रन्टो गोली र झोल
९. शङ्घपुष्पी चूर्ण ।
परिचय
अनिद्रा या नीद नलाग्ने समस्या आज जताततै पाइन्छ । मूलतः अनिद्रा मानसिक रोग हो तर कहिलेकाहीँ शारीरिक कारणले पनि अनिद्रा आउन सक्दछ । चिन्ता, तनाव, डर, हीनताबोध, निराशा आदि अनिद्राका मूल कारण हुन् भने श्रम नगर्नु, माछा–मासु बढी खानु, फलफूल, हरिया तरकारीहरु कम खानु, विभित्र शारीरिक रोग हुनु आदि पनि अनिद्राका कारण हुन् । युरोप, अमेरिकाका देशहरुमा सबैभन्दा बढी बिक्ने औषधिमा निद्रा लगाउने औषधि पनि पर्दछ । विश्वका अन्य देशहरुका साथै हाम्रो दक्षिण एसियाका देशहरुमा पनि अनिद्रा रोग अत्यन्त ठूलो समस्याका रुपमा देखिइसकेको छ ।
लक्षणहरु
१. आवश्यकताभन्दा कम नीद लाग्नु या नीद नै नलाग्नु र निदाउनै परेमा कडा निद्रा लगाउने औषधिहरुको सेवन गर्नुुपर्ने यसको प्रमुख लक्षण हो ।
२. हाइ–हाइ आउनु, आँखामा असजिलो र गह्रुँगोपन हुनु, टाउको दुख्नु र गहुँगोपन हुनु, आलस्य बढिरहनु, कुनै काममा मन नलाग्नु, अरुले बोलेको झिजो लाग्ने हुनु, आदि लक्षण देखा पर्दछन् ।
३. व्यक्ति पटक–पटक कोखो फेरिरहन्छ , ओछयानमा चलिरहन्छ , तन्द्रा लाग्दछ तर निदाउन सक्दैन ।
४. अनिद्रा लामो हुँदै गएमा कमजोरी बढ्दै जान्छ, पाचन अवशोषण र मल निष्कासन अव्यवस्थित हुन्छ । स्मृतिनाश हुन्छ र विचारशक्तिमा भ्रम पैदा हुन्छ । वातसम्बन्धी अनेक रोग देखिन थाल्दछन् । रक्तविकार, प्रमेह, हदयरोगजस्ता अनेकन समस्या देखिन्छन् ।
रोकथाम
१. चिन्ता र तनावका कारण पत्ता लगाई त्यसको प्राकृतिक व्यवस्थापनमा लाग्नुपर्दछ ।
२. भोजन, व्यायाम र विश्रामको प्राकृतिक सन्तुलन बनाइराख्नुपर्दछ ।
३. काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्धेषजस्ता छवटा शक्तिशाली राक्षससँग होसियारीपूर्वक सतर्क रहनुपर्दछ । त्यसका लागि मानसिक रुपले जाग्नुपर्दछ । जगाउने कला एवं विज्ञानको नाम योग हो ।
४. अति भोजन या कम भोजन, अति व्यायाम वा कम व्यायामले पनि अनिद्रालाई जन्माउँछ । यी कुरा प्राकृतिक रुपमा सन्तुलित हुनुपर्दछ ।
५. महिलाहरुमा अनिद्रा रोग मुख्य रुपमा घरेलु या सामाजिक हिंसा, पतिपत्नीबीचको प्रेम या घरेलु प्रेमको अभाव र घरेलु या पारिवारिक भयका कारण बढी भएको पाइन्छ । अतः यसबाट महिलाहरुलाई बचाउनुपर्दछ ।
सरल उपचार
१. सुत्ने बेलामा ३ ग्राम जाइफलको चूर्ण दूधसँग खाएर सुत्नाले गहिरो नीद लाग्दछ ।
२. हरियो धनियाँ पिसेर मह मिलाई बनाएको सर्बत १–१ गिलास बिहान–साँझ पिउने हो भने गहिरो नीद लाग्दछ ।
३. पिपलामूल ५ ग्राम र गुड १५ ग्राम मिलाएर बिहान–साँझ खानाले गहिरो निद्रा पर्दछ ।
४. १ चियाचम्चा अमलाको चूर्ण, १० वटा मुनक्का र आधा चिया चम्चा शुद्धपुष्पी चूर्णलाई एकै ठाउँ मिलाई चटनीजस्तै पिस्ने र राती खाएर सुत्नाले गहिरो निद्रापर्दछ ।
५. राति सुत्ने बेलामा हात, खुट्टा र अनुहार सफासँग धोएर सुत्नुपर्दछ । मनतातो पानीले स्नान गरी भोजन गरेर सुत्नाले गहिरो निद्रा पर्दछ ।
६. श्रीखण्ड (सेतो चन्दन) को तेल टाउकामा लगातार हल्का मालिस गरी सुत्नाले गहिरो निद्रा पर्दछ ।
७. राति सुत्नुभन्दा अघि तोरीको तेलमा कपूर मिलाएर पैतालाको मालिस गरेर सुत्नाले गहिरो निद्रा पर्दछ ।
८. राति सुत्नुअघि १ गिलास तातो दूधमा १ चम्चा गाईको घिउ घोलेर पिएर सुत्नाले गहिरो निद्रा पर्दछ ।
प्राकृतिक चिकित्सा
१. सुत्नुअघि टाउकाको शुद्ध चन्दन (श्रीखण्ड) को तेलले मालिस गर्ने ।
२. सुत्नुअघि पैताला र पिँडुलामा तोरीको तेलले मालिस गर्ने । विशेष गरेर पैतालालाई मालिस गर्ने ।
३. सम्पूर्ण शरीरमा मालिस र बाष्पस्नान गर्ने ।
४. रीढ स्नान गर्ने ।
५. चिसो कटिस्नान गर्ने ।
६. योगासन गर्ने ।
७. नाडीशोधन प्राणायाम गर्ने ।
८. ध्यान गर्ने ।
९. रसाहार गर्ने ।
१०. बिहान–साँझ चिसोपानीले विशेष स्नान गर्ने ।
आयुर्वेदिक औषधि
१. ब्रेन्टो झोल (झण्डू)
२. अश्वगन्धारिष्ट
३. तपस्विनी गोली (सिंहदरबार वैद्यखाना)
४. निद्रायनी गोली (देशरक्षक)
५. सुनिद्रा गोली
६. टेन्सारिन (गोरखा आयुर्वेद)
परिचय
शरीरमा रगत रक्तवाहिनी नसाहरुबाट परिभ्रमण गर्दछ । यो परिभ्रमणका बेला रगतले रक्तवाहिनी नसाहरुको भित्री भित्ताहरुमा दबाब दिन्छ । मुटुको सहायताद्धारा यी रक्तवाहिनी नसाहरुले हाम्रो शरीरका प्रत्येक भागमा रक्तसञ्चार गर्दछन् । जब मुटु खुम्चिन्छः, तब रगत धमनी नामक रक्तवाहिनी नसाहरु हुँदै सम्पूर्ण शरीरमा दौडिन्छ । यस समयमा धमनीका भित्तामा दौडिएको रगतको दबाब धेरै हुन्छ । यस अवस्थाको दबाबलाई ‘सिस्टोलिक ब्लड प्रेसर’ भनिन्छ । जब मुटु फैलिन्छः, त्यस बेला धमनीहरुको दबाबलाई ‘डायास्टोलिक ब्लड प्रेसर’ भनिन्छ ।
रक्तचाप या ब्लड प्रेसर कति छ भनेर जात्र एक सरल र सस्तो यन्त्रको निर्माण भएको छः, जसलाई ‘स्फिग्मोमनोमिटर’ भनिन्छ । रक्तचाप उमेरअनुसार भित्र–भित्र हुन सक्दछ तर सामान्यतः सिस्टोलिक दबाब १२० मि.लि. र डायास्टोलिक दबाब ८० मि.मि. हुनुपर्दछ । १४० मि.मि. र ९० मि.मि. हुँदासम्म डराइहाल्नुपर्दैन तर सावधान हुनुपर्दछ । यसभन्दा माथि चढ्दै गएमा, दुई रक्तचापबीचको दूरी बढ्दै या घट्दै गएमा र अनियमित हुँदै गएमा तुरुन्त मुटुरोग चिकित्सकलाई भेटेर सल्लाह लिनुपर्दछ ।
लक्षणहरु
१. आरम्भिक दिनमा उच्च रक्तचापको कुनै पनि लक्षण देखित्र । सामान्यतः उच्च रक्तचापका रोगीहरुलाई यस रोगका कारण विशेष असुरक्षा नहुने हुनाले उनीहरुले बढी लापरवाही गर्दछन्ः, जसको परिणामस्वरुप पक्षाघात, ह्रदयघात, मृगौलाघात, दृष्टिघात र अन्य विभित्र अस्वस्थता भोग्न बाध्य हुनुपर्दछ ।
२. धेरै लामो समयदेखि रक्तचाप भइरहेमा र अति उच्च रक्तचाप भएमा टाउकाको पछिल्लो भागमा दुखेको, तानेकोजस्तो अनुभव हुन्छ । रिँगटा लाग्ने, थाकेजस्तो हुने र कहिलेकाहीँ उत्तेजित हुने आदि हुन्छ । छाती दुख्ने, दम फूल्ने हुन सक्दछ । कहिलेकाहीँ नाथ्रो फुट्ने या नाकबाट रगत आउने पनि हुन सक्दछ ।
३. उच्च रक्तचापको लक्षण या चिह्र तब देखिन्छ, जब यसले भयङ्कर विकराल र घातक जालमा मानिसलाई जेलिसक्दछ । त्यसैले यसलाई सुषुप्त हत्यारा (Silent Killer) भनेर पनि भनिन्छ । अतः बेलाबखतमा रक्तचापको जाँच गरिरहनुपर्दछः, जसले बेलैमा थाहा दिन्छ ।
रोकथाम
१. नुन, चिनी, मैदा र चिल्लोको प्रयोग कम गर्नुपर्दछ । प्रतिदिन १ चिया चम्चाभन्दा बढी नुन र २ चिया चम्चाभन्दा बढी चिल्लोको प्रयोग गर्नु हुँदैन ।
२. हरियो तरकारी, सागपात, सलाद, फलफूल र अङ्कुरित अनाजहरुको प्रशस्त प्रयोग गर्नुपर्दछ ।
३. माछा, मासु र अण्डाको प्रयोग गर्नु हुँदैन । यसको सट्टा अङ्कुरित गेडागुडी, वनस्पति, दूधको प्रयोग बढाउनुपर्दछ ।
४. धूलो, धूवाँ नभएको हरियालीयुक्त बाटोमा दैनिक एक घण्टा घुम्नुपर्दछ ।
५. अङ्ग व्यायाम, रीढ व्यायाम, श्वासको व्यायाम, योगासन, ध्यान आदि गर्ने बानी बसाल्नुपर्दछ ।
६. भोजनमा रेसा, बोक्रा र चोकरको मात्रा बढ्नाले शरीरका लागि अति आवश्यक खनिज लवणहरु (पोषकतत्व) का साथ यथेष्ट पोटासियम प्राप्त हुन्छः, जसले मुटुलाई फाइदा गर्दछ । यसले रगतमा बढ्दै गएको हानिकारक चिल्लोपनलाई कम गर्न मद्दत गर्दछ ।
७. मधुमेह छैन भने फलफूलको प्रयोगलाई बढाउनुपर्दछ । अनार, केरा, खजुर, छोहराले, मुटु रोगीलाई बढी फाइदा गर्दछ । यी नपाए समय–समयमा पाइने ताजा फलफूल खाने बानी बसाल्नुपर्दछ ।
८. चिन्ता, तनाव, डर, क्रोध, हीनताबोध, उच्चताबोध, नकारात्मक चिन्तन, असन्तुष्टि एवं महत्त्वाकाङ्घा आदि मानसिक उतार–चढावले रक्तचाप बढ्न जान्छ । योगको सहायताद्धारा सन्तुलित जीवनको कला एवं विज्ञान सिकेर आनन्दित र उत्सवमय जीवन जिउनुपर्दछ ।
९. उचाइ, उमेर आदिका आधारमा आवश्यक र तोकिएको भन्दा बढी मोटाउनु अत्यन्त हानिकारक छ । मोटोपन पनि उच्च उक्तचापको एक कारण भएको हुनाले यसलाई सन्तुलित राख्नुपर्दछ ।
१०. चुरोट, तमाखु, गाँजा आदि धूम्रपानले पनि उक्तपान बढाउन मद्दत गर्दछ । यस्तो अम्मल गर्ने बानी छाड्नुपर्दछ ।
११. वंशानुगत रुपमा मुटुको रोग, मधुमेह आदि छ भने पहिले नै सावधान भएर यसलाई आउन नदिने काम गर्नुपर्दछ ।
सरल उपचार
१. अर्जुन (खरी) को बोक्राको चूर्ण १–१ चिया चम्चा बिहान–साँझ खाएर १ गिलास दूध पिउने ।
२. अमलालाई बीज याँकेर छायामा सुकाउने । सुकेको अमलालाई कुट्ने, पिस्ने गरी धूलो बनाउने । यो अमलाको धूलो १ चिया चम्चामा मह २ चिया चम्चा हालेर फिट्ने र बिहान–साँझ चाट्ने ।
३. मह र कागतीको सर्बत दिनमा ३–४ पटक पिउने ।
४. १ चम्मच अदुवाको रस र १ चम्मच मह मिलाएर दिनमा २ पटक बिहान–साँझ खाली पेटमा चाट्ने ।
५. १ चम्मच तुलसीको पातको रस र १ चम्मच मह मिलाएर दिनमा २ पटक बिहान–साँझ खाली पेटमा चाट्ने ।
६. असुरो (बासा) को पातको रस २ चम्चा र मह १ चम्चा मिलाएर दिनमा २ पटक बिहान–साँझ खाली पेटमा चाट्ने ।
प्राकृतिक चिकित्सा
१. चिसो कटिस्नान गर्नुपर्दछ ।
२. रीढ स्नान गर्नुपर्दछ ।
३. अङ्गव्यायाम एवं योगासन गर्नुपर्दछ ।
४. ध्यान एवं योगनिद्रा गर्नुपर्दछ ।
५. मालिस गर्नुपर्दछ ।
६. प्रातः भ्रमण गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. टेन्सारिन गोली
२. तपस्विनी गोली
३. अर्जुनारिष्ट
४. अवाना गोली
५. अर्जुनिन गोली
६. सर्पगन्धा धनवटी
परिचय
आधुनिक चिकित्सा विज्ञानका भाषामा Rheumatic Fever and Rheumatic Heart Disase नामबाट चिनिने जोर्नीहरुलाई चाट्ने र मुटुलाई टोक्ने यो रोग असावधान अत्यन्तै डरलाग्दो छ । बाथ जरो बिटाहेमोलाइटिक स्टे«प्टोकोकस गु्रप ‘ए’ नामक सूक्ष्म कीटाणुबाट हुन्छ । ३ देखि १५ वर्षसम्मका बालबालिकालाई यो रोग सबैभन्दा बढी पाइन्छ भने २५ वर्षभन्दा बढी उमेरकालाई यस रोगले अत्यन्त कम आक्रमण गर्दछ । हाम्रो जस्ता स्वास्थ्य साक्षरता नभएका देशहरुमा वर्षेनी यस रोगका कारण धेरै स्कुल जाने उमेरका बालबालिका अकालमै मर्दछन् । बाथ जरोको कारण पछि गएर ५० प्रतिशतभन्दा बढी बालबालिकाहरुको मुटुको ढोका (भल्भ)हरु खराब हुने र बिग्रने रोग लाग्दछः, जसलाई बाथ मुटुरोग भनिन्छ ।
लक्षण
१. घाँटी दुख्छ र जरो आउँछ । जरो आएको ५–६ दिनपछि औषधि खाएर वा त्यसै पनि सच्ञो हुन्छ ।
२. सच्ञो भएको १ देखि ४ हप्ताका बीचमा फेरि जरो दोहोरिएर आउँछ । यस पटक जरोका साथमा हातखुट्टाका ठूला जोर्नीहरु दुख्छ र सुत्रिन्छन् ।
३. जोर्नीहरुको दुखाइ एकपछि अर्कोमा सर्दे जान्छ । अरु प्रकारका बाथहरुमा जोर्नीहरु एकैपटक प्रभावित भएका धेरै पाइन्छन् भने यसमा एउटा जोर्नी प्रभावित भएर सच्ञो भएपछि अर्को प्रभावित हुन थाल्दछ । सर्दै दुख्दै गर्ने यो लक्षण यस रोगको मुख्य लक्षण हो ।
४. कुनै–कुनै बिरामीमा कुहिनामा, नलीहाडका छालामुनि, घुँडामुनि , साना–साना केराउका दानाजत्रा गिर्खाहरु देखा पर्दछन् । यस्ता गिर्खाहरु केही दिन, हप्ता र महिनासम्म रहिरहन सक्दछन् । यस्ता गिर्खाहरु भएका धेरैजसो बिरामीहरुमा मुटु सुत्रिएको पाइएको छ ।
५. कुनै–कुनै बिरामीमा हातखुट्टामध्ये कुनै एक भागमा झट्का दिने खालको लक्षण देखिन सक्दछ । बाथ जरोले दिमागमा असर पार्दा यस्तो हुन सक्दछ ।
६. कुनै–कुनै बिरामीमा पेट या पिठयुँमा नचिलाउने बीचमा सेतो र वरिपरि रातो घेरा भएको डाबर या छापहरु देखिन सक्दछन् ।
७. बाथ जरोका कारण मुटुका ४ ढोका (भल्भ)हरुमध्ये कुनै एक वा सोभन्दा बढी भल्भहरु बिग्रेर, साँगुरिने या खुकुलो हुने हुन्छन् । यस्तो स्थितिमा मुटुका ढोका (भल्भ)हरुबाट रगत आवतजावत गर्न गाह्रो पर्दछः, जसले मुटु सुत्रिन थाल्दछ । बाथ जरोको सबैभन्दा घातक अवस्था यही हो ।
८. बाथ जरोले दुखेको घाँटी या जोर्नी सजिलै सच्ञो भएर जान्छ । पछिका लागि कुनै नराम्रो असर रहँदैन तर यस रोगले मुटुलाई नराम्रो गरी क्षति पुर्याउँछ । औषधि उपचार गरेर पनि पुरानै अवस्थामा ल्याउन सकिँदैन । त्यसले भनिएको हो–यस रोगले जोर्नीलाई चाट्छ र मुटुलाई टोक्छ ।
रोकथाम
१. स्कुल जाने उमेरका बालबालिका र २५ वर्षभन्दा कम उमेरका युवामा घाँटी दुख्ने, जरो आउने, सरी–सरी जोर्नीहरु दुख्ने आदि भएमा तुरुन्त मुटु रोग विशेषज्ञलाई भेटेर सल्लाह लिनुपर्दछ । मुटु रोग विशेषज्ञ नजिकमा नभएमा कुनै पनि चिकित्सक (डाक्टर) लाई भेटेर सल्लाह लिनुपर्दछ ।
२. बाथ जरो भएकै बेला चिकित्सकको सल्लाहअनुसार उपचार गरे यो रोग ठूलो होइन, सजिलै सच्ञो हुन्छ, तर बाथ जरो बाथ मुटु रोगमा पुगेपछि मुटु र त्यसका भल्भ क्षतिग्रष्त हुन्छन् । यस्तो अवस्थाको उपचार अत्यन्त खर्चिलो र गाह्रो हुन्छ । खर्चिलो र गाह्रो उपचारपछि पनि मुटुलाई पहिलेजस्तै बनाउन सकिन्छ भत्रे केही छैन ।
३. स्कुलका कक्षा कोठाहरु घाम पस्ने र हावा राम्रोसँग आउने– जाने खुल्ला बनाउनुपर्दछ । एउटै कक्षामा धेरै विद्यार्थीहरु गुम्स्याएर राख्नु हुँदैन । चिसो, कम प्रकाश भएको र गुम्सिएको स्थानमा बस्ने बाल–बालिकाहरुलाई बाथ जरोले बढी आक्रमण गर्ने हुनाले यसमा सावधान हुनुपर्दछ ।
४. मुटु हल्लिने, स्याँ–स्याँ गर्ने, दुब्लो र कमजोर, खुट्टा सुत्रिएको विद्यार्थी आफ्नो स्कुलमा छ भने शिक्षकले त्यस्तो विद्यार्थीलाई तुरुन्त मुटुरोग विशेषज्ञकहाँ रोग निदान र उपचारका लागि पठाउनुपर्दछ ।
५. कुनै पनि अभिभावकले आफ्नो सन्तानमा बाथ जरोको लक्षण देखेमा तुरुन्त मुटुरोग विशेषज्ञ या नजिकको कुनै चिकित्सको तत्काल सल्लाह लिनुपर्दछ ।
६. मुटुरोग विशेषज्ञले बताएअनुसार लापरवाही नगरी नियमित औषधि उपचार गर्नुपर्दछ ।
सरल उपचार
१. रक्तचापको सरल उपचार खण्डमा उल्लेख गरिएका १ देखि ६ सम्मका विधि यस रोगमा पनि त्यत्तिकै महत्वपूर्ण छ तर यिनै सरल उपचारको भरपरेर भने बस्नु हुँदैन । हदय विशेषज्ञको सल्लाहअनुसार उपचार सुरु भएपछि सहयोगी उपचारका रुपमा यी सरल उपचारहरुलाई प्रयोग गर्नुपर्दछ ।
२. दैनिक पानको एउटा पात चबाएर चुस्दै निल्नाले मुटुलाई शक्ति दिन्छ ।
प्राकृतिक चिकित्सा
१. यो रोग घरेलु उपचारबाट निको हुन नसक्ने हुनाले कसैले भनेका–सुनेका कुरामा नलागी मुटुरोग विशेषज्ञले भनेअनुसार औषधि उपचार गर्नुपर्दछ ।
२. यस रोगको औषधि उपचार छ । त्यो तोकिएको औषधि उपचार नियमित गर्नुपर्दछ । लापरवाही या हेलचेक््रयाइँले ठूलो दुर्घटना हुन सक्दछ ।
३. साधारण बाथ – जरो लागेका अवस्थामा २–३ हप्ता र बाथ मुटु रोग भई मुटु सुत्रिएका लक्षणहरु देखिएमा २–३ महिना आराम गर्नुपर्दछ ।
४. हरिया सागपात, तरकारी र फलफूलको प्रशस्त प्रयोग गर्नुपर्दछ । जाँडरक्सी, चुरोट, तमाखु र अन्य लागू पदार्थ खानु हुँदैन ।
५. ध्यान गर्ने बानी बसाल्नुपर्दछ । आफ्नो कामको स्वरुपअनुसार हुने चिन्ता, तनावलाई घटाउने उपाय योग विशेषज्ञहरुबाट सिक्नुपर्दछ ।
६. योगनिद्राको नियमित अभ्यास गर्नुपर्दछ ।
७. नाडीशोधन प्राणयामको नियमित अभ्यास गर्नुपर्दछ ।
८. अङ्गव्यायाम एवं प्रातः भ्रमण गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. अर्जुनारिष्ट
२. अवाना गोली
३. योगराज गुग्गुल
४. हदयपत्री चूर्ण
५. अर्जुन चूर्ण
परिचय
जुन रोगमा पाचनक्रियाको विकृतिबाट अत्रको सही रुपमा पाचन नभई शरीरको जोर्नीमा आमरस जम्मा हुन जान्छ र मांसपेशी एवं जोर्नीहरु दुख्नाका साथै सुत्रिन थाल्दछन्, त्यस्तो रोगलाई आमवात भनिन्छ । यस रोगमा ठूलो जोर्नी दुख्ने र सुत्रिने हुन्छ ।
यो रोग बेमेल वा विरुद्धको खाना खानु, मासु, दही, दूध, खीर, कटहर, लप्सी, माछा आदि अत्यधिक सेवन गर्नाले दूषित तथा विषाक्त पानी पिउनाले, कहिले बढी परिश्रम र कहिले बढी आराम गर्नाले, चिल्लो पदार्थ खाएर व्यायाम गर्नाले तथा अनियमित रुपमा काम गर्नाले लाग्न सक्तछ ।
लक्षण
१. हात या खुट्टाको जोर्नी सुत्रिन्छ र दुख्छ ।
२. शरीर भारी भएको अनुभव हुन्छ ।
३. खान मन नलाग्ने र खाएको वस्तु नपच्ने हुन्छ ।
४. यसको दुखाइमा पोलेको र घोचेको महसुस हुन्छ ।
५. तिर्खा पनि लागिरहन्छ ।
६. सम्पूर्ण शरीर कक्रिएको जस्तो हुन्छ ।
७. ज्वरो आएजस्तो हुन्छ ।
रोकथाम
१. विरुद्ध भोजन खानु हुँदैन । भोजन देश, काल, परिस्थितिअनुसार विरुद्ध हुन जान्छ । जस्तै–ऋतुविरुद्ध भोजन, रोगविरुद्ध भोजन, सर्वविरुद्ध भोजन आदि ।
२. बढी श्रम र बढी विश्रामबाट बँच्नुपर्दछ । श्रम र विश्रामको सन्तुलनले अन्य रोगका साथै आमवातबाट पनि बचाउँछ ।
३. उमेर बढ्दै गएपछि दाल, गेडागुडी , चिल्लो, चिनी जस्ता कुरालाई अत्यन्त कम गर्नुपर्दछ ।
४. धेरै बेर उभिने, धेरै अनिँदो बस्ने, धेरै भोको बस्ने, धेरै खाने जस्ता बानीबेहोरालाई छाड्नुपर्दछ ।
५. सकेमा हप्तामा एक पटक नभए महिनामा १ पटक सम्पूर्ण शरीरको मालिस गर्ने बानी बसाल्नुपर्दछ ।
६. दैनिक योगासन या प्रातः भ्रमण गर्ने बानी बसाल्नुपर्दछ ।
७. रातमा ढिलो खाना खाने र बिहान ढिलो उठ्ने बानी छाड्नुपर्दछ । सकेमा साँझको खाना घाम नअस्ताउँदै खानु राम्रो हो ।
८. धेरै चिसो या धेरै तातो पानीले स्नान गर्ने बानी छाड्नुपर्दछ ।
सरल उपचार
१. आमवातमा पेट सफा राख्नुपर्दछ । पेट सफा राख्न शुद्ध अडिएको तेल ३ चिया चम्चा र अदुवाको काँढा ८ चियाचम्चा मिलाएर पिउन दिनुपर्दछ ।
२. लसुनको २ केस्रा मनतातो पानीसँग दिनमा ३ पटक खानुपर्दछ ।
३. मेथी वा बेथेको सागको तरकारी १००–२०० ग्राम प्रतिदिन खानाले अत्यन्त फाइदा गर्दछ ।
४. १ कप चुकन्दरको रस दैनिक बिहान खाली पेटमा पिउनाले फाइदा गर्दछ ।
५. सहजनको तरकारी १००–२०० ग्राम प्रतिदिन खानाले फाइदा गर्दछ ।
६. पुनर्नवा २० ग्रामलाई १ गिलास पानीमा उमाल्ने र आधा बाँकी भएपछि छानेर दिनमा ३ पटक पिउने ।
७. मेथीको दानालाई पानीमा भिजाई चन्दनजस्तो मसिनो गरी पिसेर दुखेका जोर्नीहरुमा लेप गरी १ घण्टा रहन दिने र मनतातो पानीले सफा गर्ने । दैनिक यस्तो लेप गर्नाले अत्यन्त फाइदा गर्दछ ।
८. तुलसीको पात र अडिरको पातमा सिधेनुन मिसाएर चन्दनजस्तो पिस्ने र हल्का तताएर लेप गर्ने ।
९. नीमको तेल, बिनौलाको तेल, ओखरको तेल, ल्वाङको तेल आदिले मालिस गर्नाले फाइदा गर्दछ ।
योग तथा प्राकृतिक चिकित्सा
१. सम्पूर्ण शरीरको मालिस र वाष्पस्नान गर्नुपर्दछ ।
२. उपवास, रसाहार, फलाहार आदि गर्नुपर्दछ ।
३. एनिमा लिनुपर्दछ ।
४. अङ्गव्यायाम, रीढव्यायाम र योगासन गर्नुपर्दछ ।
५. दुखेका स्थानमा चिसो पट्टी गर्नुपर्दछ ।
६. आवश्यकताअनुसार तातो–चिसो या बरफ सेक गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. महायोगराज गुग्गल
२. सिंहनाद गुग्गुल
३. बृहत् वातचिन्तामणि रस
४. महानारायण तेल
५. वातारी तेल
६. ताम्रचूडादि तेल
७. हरिद्रा चूर्ण
८. अजमोदादि चूर्ण
९. वैश्रानर चूर्ण
१०. रुमार्थो
११. रुमायोग
१२. रुमायोग गोल्ड
१३. वातारि रस
१४. रुमानिल
१५. वातविध्वंस रस
परिचय
यस रोगमा हातखुट्टाको सानो जोर्नी दुख्ने र सुत्रिने हुन्छ । सुरुमा खुट्टाको औँलाको टुप्पोबाट दुखाई सुरु हुन्छ । यो अन्य रोगका विकृतिका साथै वायुको प्रकोपबाट उत्पत्र हुन्छ । अमिलो, पीरो, नुनिलो, धेरै चिल्लो र तातो खाने पदार्थको सेवन गर्नाले, तिल, मूला, दही, सुरा (मदिरा) आदिको सेवनले, दिउँसो सुत्नाले र बढी आराम गर्नाले यो रोग उत्पत्र हुन्छ ।
लक्षण
१. सुरुमा प्रायःजसो हात खुट्टाको औँलामा दुख्ने, सुत्रिने र पोल्ने हुन्छ । केही समयपछि दुखाइ अन्यत्र पनि बढ्दै जान्छ ।
२. सन्धिशोथ प्रायः साना जोर्नीहरुमा हुन्छ । जोर्नीमा दाह, वेदना र घोच्ने स्वभावको पीडा हुन्छ ।
३. छालामा घाउखटिरा पनि आउन सक्छ । मासु फर्फराउँछ , छाला रातो या कालो वर्णको हुँदै जान्छ ।
रोकथाम
१. आमावातको रोकथाममा उल्लेख गरिएका १ देखि ८ नं. सम्मका कुराहरु वातरक्तमा पनि त्यतिकै उपयोगी छन् ।
२. दिउँसो सुत्नु हुँदैन । सुत्नु नै परेमा बढीमा १ घण्टा सुत्नु सकिन्छ तर दैनिक धेरै बेर सुत्नु राम्रो होइन ।
३. अमिलो, पीरो, तारेका, भुटेका, मसलादार खाना र पुरानो खाँदेको अचार खानु हुँदैन ।
४. माछा, मासु, अण्डा जस्ता मांसाहार खानु हुँदैन ।
सरल उपचार
१. सर्वप्रथम चिल्लो पदार्थको सेवनबाट दिसा लगाउनुपर्दछ । यसका लागि १–२ लिटर दूध सुत्ने समयमा खाएर सुत्नुपर्दछ ।
२. पीपलको जराको बोक्राको काँढा (क्वाथ) ४ देखि ८ चिया चम्चा दिनको ३ पटक खानुपर्दछ ।
३. गुडुची काँढा (क्वाथ) ४ देखि ८ चिया चम्चा दिनमा ३ पटक खानुपर्दछ ।
४. नीम–चूर्ण ३ ग्राम दिनको २ पटक गुडुची काँढासँग मिलाएर खानुपर्दछ ।
५. सुत्रिएको जोर्नीमा तिललाई पिसी दूधमा लेप पकाएर लेप लगाउने गर्नुपर्दछ ।
योग एवं प्राकृतिक चिकित्सा
१. सम्पूर्ण शरीरको मालिस एवं वाष्पस्नान गर्नुपर्दछ ।
२. दुखेका जोर्नीहरुमा चिसो पट्टी दिनुपर्दछ ।
३. एनिमा लिनुपर्दछ ।
४. उपवास, रसाहार, फलाहार आदि गर्नुपर्दछ ।
५. अङ्गव्यायाम, रीढ व्यायाम, योगसन गर्नुुपर्दछ ।
६. हात खुट्टालाई मनतातो पानीमा डुबाएर सन्धि सच्ञालन योग गर्नुपर्दछ ।
७. धारा स्नान गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. कैशोर गुग्गुल
२. रास्नादि क्वाथ
३. योगराज, गुग्गुल
४. महायोगराज गुग्गुल
५. अश्रगन्धा धृत
६. वात चिन्तामणि रस
७. मेथीपाक
८. त्रिफला गुग्गुल
९. रुमालया गोली र मलहम
१०. रिमानिल गोली र मलहम
११. नारायण तेल र महानारायण तेल
१२. महाविष्णु तेल
१३. सैन्धवादि तेल
१४. पुष्पराज तेल
१५. निम्बादि चूर्ण
परिचय
मेरुदण्डको हड्डी, हड्डीहरुको जोर्नी, ढाडको मासु र नसा (स्नायु)को समूहलाई ढाड भनिन्छ । यो हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अङ्ग या भाग हो । सानोभन्दा सानो काम गर्न पनि ढाड या कम्मर नचलाई हुँदैन । विभित्र कारणले ढाड दुख्ने रोगबाट पुरुषभन्दा महिला बढी पीडित हुन्छन् ।
काम गर्ने, बस्ने, सुत्ने आदि तरिका नमिल्नाले यी अङ्गहरु कमजोर भई धेरैजसो दुख्ने गर्दछन् । दुर्घटना वा चोटपटकले पनि दुख्ने, निहुरन नमिल्ने आदि हुन सक्दछ । महिलाहरुमा पाठेघरका रोग एवं समस्याका कारणले पनि ढाड या कम्मर दुख्न सक्दछ । मृगौलाको रोगका कारण पनि ढाड दुख्ने रोग हुन सक्दछ । धेरैजसोको ढाड दुख्ने मुख्य कारणमा मेरुदण्डको हड्डीको जोर्नी अथवा ढाडको मासुमा देखिएको खराबी प्रमुख हुन्छ । थोरैजसोमा मात्र ढाडको नसा च्यापिनाले समस्या देखिएको छ ।
लक्षण
१. कम्मर, पीठ र समग्रमा सम्पूर्ण ढाडको भाग गलेजस्तो हुन्छ । बसिरहँदा, उभिरहँदा र हिँडिरहँदा असजिलो अनुभव हुन्छ । तर दुखाइ बढेर औषधि खानुपर्ने या सुतिहाल्नुपर्ने स्थिति भने आउँदैन । यो प्रथम चरणको लक्षण हो ।
२. ढाड अचानक काम गर्दागर्दै सड्किन्छ र चल्न र चलबलाउन नसक्ने बनाउँछ । केही दिन आराम गरेपछि फेरि ठीक हुन्छ । वर्षमा १–२ पटक हुन्छ । यो दोस्रो चरणको लक्षण हो ।
३. कुनै काम गर्दा, अगाडि झुक्दा र सामान्य तर जतिवेला पनि लगातार दखिरहन्छ । दुखाइ कम गर्ने औषधि खाइरहनुपर्ने हुन्छ । यो तस्रो चरणको लक्षण हो ।
४. ढाडको दुखाइका साथ दुखाइ खुट्टातर्फ पनि सर्दै जान्छ र बिरामी हिँड्न पनि नसक्ने या बाङ्गो भएर, कुप्रिएर बडो कष्टका साथ हिँड्छ । यो अन्तिम चरण हो । यसमा लापरवाही गरे ठूलो घातक स्थिति सहनुपर्ने पनि हुन सक्छ ।
रोकथाम
१. फोम या डनलपको डसना प्रयोग गर्नु हुँदैन । पातलो र समतल कपासको डसना या काम्लो, राडी, कम्मल आदि बिच्छयाएर फल्याकको समतल खाटमा सुत्ने बानी बसाल्नुपर्छ । डोरी या फित्ताका बीचमा खाल्टो पर्ने खाटको प्रयोग गर्नु हुँदैन । धेरै अग्लो तकिया प्रयोग गर्नु हुँदैन ।
२. अग्लो नभएको समतल र नरम जुत्ताको प्रयोग गर्नुपर्दछ । महिलाहरुमा ढाड दुख्ने रोगका साथै अन्य थुप्रै स्त्री रोगको कारण अग्लो हिल जुत्ताको प्रयोगलाई मानिएको छ ।
३. अभिँदा भन्दा बस्दा ढाडमा ५० प्रतिशत बढी वजन र दबाब पर्दछ । झुकेर, बाङ्गोटिङ्गो भएर बस्नु हुँदैन । भुइँमा बसेर, अगाडि झुकेर या उभिएर धेरै बेर काम गर्ने व्यक्तिहरुलाई बढी ढाड दुख्ने हुन्छ । त्यसकारण बीच–बीचमा उभिएर शरीरलाई तन्काउने एवं दायाँबायाँ घुमाउने गर्नुपर्दछ ।
४. धेरै मोटाउँदा पनि ढाडमा बढी दबाब पर्दछ र ढाड दुख्ने हुन सक्दछ । कैयन ढाड दुख्ने रोगीहरु केवल मोटोपन घटाएर मात्र पनि निको हुन्छन् ।
५. भुँडी लाग्नाले पनि ढाड दुख्ने हुन सक्दछ । ढाड, कम्मर र पेटको मासुले चारैतिरबाट ढाडको हड्डीलाई बाँधेर आड दिएर राखेको हुन्छ । यी मासुहरु धोल्लो र बोसे भएमा मेरुदण्डको हड्डीमा दबाब बढ्छ र हाड खिइने भई ढाड दुख्छ । भुँडी लाग्न नदिई यी सबै मासुहरुलाई कसिलो बनाएर राखेमा प्राकृतिक पेटी या पटुकाले जस्तो काम गर्दछ ।
६. सामान उचाल्ने या बोक्ने तरिकामा होश नपुर्याउँदा पनि ढाड दुख्छ । कुनै पनि गह्रुँगो सामान उचाल्दा झुकेर नउचाली बसेर सीधा उठी उचाल्नुपर्दछ । टाउकाको मात्र बलमा गहु्रँगो कुरा बोक्नु हुँदैन ।
सरल उपचार
१. अश्रगन्धा चूर्ण १ चिया चम्चा र चोप चिनी आधा चिया चम्चा एकै ठाउँ मिलाई मसिनो पिसी एक बनाउने । यो एक मात्र भयो । बिहान एकमात्रा, साँझ एक मात्रा खाना खानुभन्दा १ घण्टा पहिले खाएर १ कप दूध पिउने गर्नुपर्दछ ।
२. बोक्रा याँकेर पिसेको एरण्ड बीज १ चिया चम्चा र सुठो चूर्ण आधा चिया चम्चा मिलाएर खाई नियमित बिहान–साँझ १ महिना दूध पिउनुपर्दछ ।
३. एक चम्चा अदुवाको रस र १ चम्चा घीउ फिटेर बिहान र साँझ खानुपर्दछ ।
४. सहिजनको कलिला कोसाको तरकारी नियमित खानाले फाइदा गर्दछ ।
५. तोरीको तेलमा कपूर मिलाएर ढाडको मालिस गर्नुुपर्दछ ।
६. गाईको घीउमा सिधेनुन मिलाएर ढाडको मालिस गर्नुपर्दछ ।
७. सुतीको कपडामा ज्वानो पोको पार्ने । आगोमा सफा तावा तताउने । तावामा ज्वानोको पोको तताउँदै दुखेको ठाउँमा सेक्ने गर्नुपर्दछ ।
८. धेरै दुखेमा ढाडको जुन भागमा दुखेको छः, त्यस भागमा मेथीलाई भिजाएर मसिनो पिसी लेप लगाउनाले अत्यन्त फाइदा हुन्छ ।
९. ढाडको दुखेको भागमा जाइफललाई चन्दनजस्तो घोटी लेप लगाउने र ४–५ घण्टा रहन दिएर सफा गर्ने गर्नाले अत्यन्त फाइदा हुन्छ ।
योग एवं प्राकृतिक चिकिन्सा
१. तातो कटिस्नान गर्नुपर्दछ ।
२. ढाडको मालिस गर्नुपर्दछ ।
३. ढाडको तातो–चिसो सेक गर्नुपर्दछ ।
४. ढाडको व्यायाम एवं योगासन गर्नुपर्दछ ।
५. रीढ व्यायाम गर्नुपर्दछ ।
६. अङ्गव्यायाम गर्नुपर्दछ ।
७. सम्पूर्ण शरीरको मालिस र वाष्पस्नान गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
खाने औषधि–
१. महायोगराज
२. योगराज गुग्गुल
३. रुमायोग गोल्ड
४. दशमूलारिष्ट
५. त्रिफला गुग्गुल
६. एरण्ड पाक
७. रास्नादि क्वाथ
८. रास्नादि चूर्ण
मालिस गर्ने तेल –
१. नारायण तेल
२. महानारायण तेल
३. विष तेल
४. विषगर्भ तेल
५. रुमासिल तेल
६. ताम्रचूडादि तेल
परिचय
शरीरको कुनै अङ्ग (दायाँ–बायाँ वा तल्लो वा माथिल्लो कुनै अङ्ग) नसक्नुलाई पक्षाघात भनिन्छ । रुखो, बासी, सत्वहीन भोजन खानु, राती जाग्नु, खानपिनको कमी हुनु, बढी परिश्रम र चोटपटक लाग्नु आदि कारणले सुरुमा शरीर लुलो हुने, शरीरमा शून्यता आउने भई हातखुट्टाको माथिल्लो भागभन्दा तल्लो भागमा बढी असर गरी यो रोग उत्पत्र हुन्छ । मष्तिकको रक्तनलीमा अवरोध तथा रक्तस्राव भएमा पनि पक्षाघात हुन जान्छ ।
लक्षण
१. शरीरको एउटा हात या खुट्टा चल्दैन । एकापट्टिको शरीरको भागका हातखुट्टा वा दुवै तथा प्रायः अनुहार पनि कमजोर हुन्छ वा नचल्ने हुन्छ ।
२. मेरुदण्डको रोग भएमा दुवै खुट्टा चल्दैन ।
३. चारवटै हातखुट्टा पनि नचल्ने हुन्छ ।
४. पक्षाघात भएका भागमा कुनै नियन्त्रण रहँदैनः, लुलो भएर जान्छ ।
५. रोगी हिँडडुल गर्न सक्दैन ।
रोकथाम
१. सागपात, हरियो तरकारी, फलफूल, अङ्कुरित गेडागुडी, दूधजस्ता पोषिलो खाना प्रशस्त खान दिनुपर्दछ ।
२. धेरै दुब्लो या धेरै मोटो हुनु हुँदैन । धेरै मोटा मानिसहरुलाई बढी पक्षाघात भएको पाइएको छ । त्यसैले मोटोपनबाट विशेष रुपमा बँच्नुपर्दछ ।
३. उच्च रक्तचाप र मधुमेहको लक्षण देखिएमा बेलैमा रोग निदान गरी रोकथाम या उपचार गरिहाल्नुपर्दछ ।
४. चुरोट, तमाखु, गाँजाजस्ता धूम्रपान र जाँडरक्सीजस्ता मद्यपान गर्नु हुँदैन ।
५. धेरै भोको बस्ने, धेरै अनिदो बस्ने, रुखो–वासी–सत्वहीन भोजन खाने बानी छाड्नुपर्दछ ।
६. बढी श्रम गर्ने र कम विश्राम गर्ने या कम श्रम गर्ने र बढी विश्राम गर्नेजस्ता बानी छाड्नुपर्दछ । श्रम र विश्रामको सन्तुलन हुनुपर्दछ ।
सरल उपचार
यस रोगको उपचार कारण बुझेर सावधानीसाथ गर्नुपर्दछ । अन्यथा हानि हुन्छ ।
१. अर्काले सहारा दिई अङ्ग व्यायाम गराउनुपर्छ ।
२. पक्षघातका कारण दिसा नभएमा वर्ति–(सपोजिटरी) राखी शौच गराउनुपर्दछ । खान सक्ने भएपछि एरण्ड तेल १० मि.लि. दूधसँग दिनुपर्छ ।
३. बलामूल क्वाथ ४ देखि ८ चिया चम्चा दिनको ३ पटक पिउन दिनुपर्छ ।
४. लसुनका ४–५ केस्रा पिसेर मक्खन (नौनी)सँग दैनिक साँझ–बिहान खाने गर्नुपर्दछ ।
५. एक चम्चा सुठो चूर्ण र १ मुठी मासलाई मिलाएर २ लिटर पानीमा उमाल्ने १ लिटर बाँकी रहेपछि छानेर पिउन दिने । यस्तो पानी एकैपटक पिउने होइन । थोरै–थोरै पटक–पटक पिउने ।
६. एक गिलास दूधमा सुठो र दालचिनीको चूर्ण १–१ चुट्की मिलाएर उमाल्ने । उम्लेपछि मनतातो हुन दिने र १–२ चम्चा मह मिलाएर पिउन दिने ।
प्राकृतिक चिकित्सा
१. सम्पूर्ण शरीरको मालिस गर्नुपर्दछ । मालिसकै साथमा अङ्गव्यायाम गराउनुपर्दछ ।
२. आवश्यकता र रोगीको क्षमताअनुसार योगासन गराउनुपर्दछ ।
३. योग एवं प्राकृतिक चिकित्सकको सल्लाह र रेखदेखमा मात्र यो रोगको उपचार निर्धारित गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. अग्नितुण्डी वटी
२. महायोगराज गुग्गुल
३. वातकुलान्तक रस
४. बलाघृत
५. शतावरीघृत
६. दशमूलारिष्ट
७. अश्रगन्धारिष्ट
८. वातविध्वंस रस
९. योगराज गुग्गुल
१०. महायोगराज गुग्गुल
११. एकाङ्गवीर रस
१२. नारायण तेल
१३. महानारायण तेल
१४. प्रसारेपि तेल
१५. सैन्धवादि तेल
परिचय
शरीरमा रगतको कमी हुनु र शरीरको रङ्ग फुस्रो, सेतो देखिने रोगलाई आयुर्वेदमा पाण्डु (Anaemia) भनिन्छ । यो रोग विभित्र कारणहरुबाट हुन्छ । अमिलो, पिरो र तैलीय पदार्थको बढी सेवन गर्नाले, शरीरमा जूका पर्नाले, चोटपटक लागी रगत बढी बग्नाले, महिलाहरुमा मासिक स्रावमा र सुत्केरी हुँदा बढी रगत बग्नाले यो रोग हुन जान्छ । यो रोग विभित्र रोगको लक्षण पनि हो । यसले सर्वप्रथम के कारणले रक्ताल्पता भएको हो, सो पत्ता लगाई उचित उपचार गर्नुपर्दछ ।
लक्षण
१. रोगीको अनुहारको रङ्ग फुस्रो, पहेँलो र उदास देखिन्छ ।
२. छालाको रङ्ग सेतो, पहेँलो र चाउरिएको हुन्छ ।
३. शारीरिक कमजोरी प्रष्ट देखिन्छ ।
४. मुटु र नाडीको गति छिटो–छिटो हुन्छ ।
५. हात–खुट्टा दुख्ने, शरीर भारी हुने हुन्छ ।
६. खुट्टा सुत्रिन्छ र कैयन स्थितिमा शरीर पनि सुत्रिन सक्छ ।
रोकथाम
१. कृमि (जूका)को रोकथाममा उल्लेख गरिएका १–७ नं. सम्मका रोकथामका उपाय यसमा पनि उपयोगी छन् । किनकि रक्ताल्पताको एक मुख्य कारण जूका पनि हो ।
२. महिलाहरुले महिनावारीमा बढी रगत जाने भएमा के कारणले बढी रगत गएको हो भत्रे जात्र चिकित्सकको सल्लाह दिनु आवश्यक छ । कारण पत्ता लागेपछि तत्काल त्यसको उपचार गर्नुपर्दछ ।
३. चोटपटक र दुर्घटनाबाट बँच्न आवश्यक सावधानी अपनाउनुपर्दछ ।
सरल उपचार
१. यदि चोटपटकका कारणले रगत धेरै बगेर रक्त अल्पता भएमा तत्काल नसाबाट रगत चढाउनुपर्दछ ।
२. जूका पर्नाले रगतको कमी भएमा जूका मार्ने औषधि दिइसकेपछि रगत बढाउने खालका खाना या औषधि दिनुपर्दछ ।
३. उखुको रस १ गिलास दिनमा ३ पटक पिउन दिनुपर्दछ ।
४. पुनर्नवाको रस ३–४ चम्चा र मह १ चम्चालाई १ कप पानीमा घोलेर दिनमा ३ पटक १ महिनासम्म पिउन दिनुपर्दछ ।
५. हरियो तरकारी, सागपात, फलफूल, अङ्कुरित अजान र दूध प्रशस्त खानुपर्दछ ।
प्राकृतिक चिकित्सा
१. सम्पूर्ण शरीरको मालिस गर्नुपर्दछ । सुत्रिएको छ भने मालिस गर्नु हुँदैन ।
२. चिसो कटिस्नान गर्नुपर्दछ ।
३. रीढस्नान गर्नुपर्दछ ।
४. एनिमा गर्नुपर्दछ ।
५. रसाहार, दुग्धकल्प आदि गर्नुपर्दछ ।
६. गहुँको जमराको रस पिउनुपर्दछ । (अमृतरस नामबाट यसको बारेमा यसै पुस्तकमा विस्तुत गर्चा गरिएको छ ।)
आयुर्वेदिक औषधि
१. मण्डूर भस्म
२. धात्री लौह
३. लोध्रासव
४. पुनर्नवादि मण्डूर
५. लोहासव
६. द्राक्षासव
परिचय
यो रोग पनि अन्य रोगको लक्षणका रुपमा देखिन्छ । शारीरिक विकृतिद्धारा छाला र आँखा पहेँलो हुन गई यो रोग देखा पर्दछ । यस रोगको मुख्य कारण पाण्डुरोग लागेका अवस्थामा अपथ्य पित्तवर्धक आहार–विहार गर्नु हो ।
लक्षण
१. आँखा र नङ पहेँलो हुन्छ ।
२. शरीरको छाला पहेँलो हुन्छ ।
३. पिसाबको रङ्ग पनि पहेँलो हुन्छ ।
४. वाकवाकी लाग्ने र खाना नरुच्ने हुन्छ ।
५. शारीरिक कमजोरीको अनुभूति हुन्छ ।
६. शरीरमा हल्का जरो पनि आउँछ ।
७. बढी भएमा शरीर चिलाउँदछ ।
रोकथाम
१. पानी उमालेर, छानेर पिउने बानी बसाल्नुपर्दछ ।
२. बाहिर खुल्ला बेचेको खानेकुरा खाने बानी छाड्नुपर्छ ।
३. दिसा गएर आएपछि र खाना खानुभन्दा पहिले साबुनले सफासँग हात धुने बानी बसाल्नुपर्दछ ।
४. चुरोट, तमाखु , गाँजाजस्ता धूम्रपान र जाँड, रक्सी जस्ता मद्यपान गर्नु हुँदैन ।
५. अमिलो, पीरो, तारे, भुटेका, मसलादार खाने कुराको बदला साधा र प्राकृतिक खाना खाने बानी बसाल्नुपर्दछ ।
सरल उपचार
१. यस रोगमा वेला–वेलामा सुन्तलाको रस, उखुको रस, अङ्गुरको रसमध्ये कुनै एक पिउन दिनुपर्दछ । १–१ गिलास दिनमा ३ पटक पिउन दिनु राम्रो हुन्छ ।
२. काक्रो, मेवा, चुकन्दर, गाजर आदि दैनिक प्रशस्त खान दिनुपर्दछ ।
३. घिउकुमारीको पातको भित्री गुदी ३–४ चम्चा दिनमा ३–४ पटक खानुपर्दछ ।
४. त्रिफला क्वाथमा मह मिलाएर ४० मि.लि.२ पटक पिउने गर्नुपर्दछ ।
५. मूलाको पातको रस १ गिलासमा १० ग्राम मह मिलाएर बिहान–बेलुकी खानुपर्दछ ।
६. पाकेको मेवा– यसै खानुको साथसाथै काँचो मेवाको तरकारी पनि खानाले बढी फाइदा हुन्छ ।
७. रोहितक (लालीगुराँस) चूर्ण ३ ग्राम २ पटक खाना पछि खानुपर्दछ ।
प्राकृतिक चिकित्सा
१. चिसो कटिस्नान गर्नुपर्दछ ।
२. एनिमा गर्नुपर्दछ ।
३. सम्पूर्ण शरीरको चिसो पट्टी गर्नुपर्दछ ।
४. पेटको चिसो पट्टी गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. लिभ–५२ झोल एवं गोली
२. लिभोमिन झोल एवं गोली
३. लौहासव
४. नवायस लौह
५. त्रिफला चूर्ण
६. पुनर्नवादि मण्डूर
७. मण्डूर भस्म
८. आरोग्यवद्र्धनी वटी
परिचय
लुतोलाई आयुर्वेदमा बाह्रा कृमि (Scabies) भनिन्छ । शरीरको नरम र पातको छाला भएका ठाउँमा बाह्रा कृमि सजिलैसँग प्रवेश गर्न सक्दछन् । हातको काप, काछ, लिङ्ग, अण्डकोष, योनिवरिपरि आदि ठाउँमा विशेष गरेर चिलाउने लुतो देखिन्छ । यस रोगलाई अछूत रोग पनि भनिन्छ । यो रोग एक–अर्कामा सजिलैसँग सर्छ । एउटै ओछयानमा सुत्नाले, हात मिलाउनाले पनि यो रोग सर्छ । लुतो भएको मानिसको कपडा लगाउनाले झन सजिलैसँग सर्छ ।
लक्षण
१. सर्वप्रथम हातको औँलाको कापमा चिलाउँछ ।
२. कन्याएपछि साना–साना दाना निस्कन्छन् ।
३. त्यसपछि अन्य स्थानमा पनि लुत्तो सुरु हुन्छ ।
४. कन्याउँदा–कन्याउँदै अन्य जीवाणुले समेत सङ्क्रमण गरी पाक्न पनि सक्दछ ।
रोकथाम
१. नुहाइ–धुवाइ र सरसफाइमा बढी ध्यान दिनुपर्दछ । लगाउने एवं ओढ्ने–ओच्छयाउने कपडा सफा राख्नुपर्दछ । मुख्यतः यो फोहरीहरुको रोग हो, त्यसैले फोहरी बानी छाउ्नुपर्दछ ।
२. यो रोग लुगा साटासाट गरेर लगाउनेहरुमा बढी पाइन्छ । त्यसैले अरुको लुगा नलगाई आफ्नो मात्र लुगा लगाउने बानी बसाल्नुपर्दछ ।
३. एउटै बिछयौना धेरैले प्रयोग गर्ने ठाउँहरु होटल एवं अतिथि सदनजस्ता ठाउँहरुमा वास बस्दा यस्तो लुतो सजिलै सर्न सक्दछ । त्यसैले वास र बिछयौनाप्रति सजग हुनुपर्दछ ।
४. यो व्यक्तिगत सम्पर्क एवं सँगै सुताइ–उठाइबाट सर्ने हुनाले लुतोको शङ्का भएमा सँगीसाथीसँग सावधान हुनुपर्दछ ।
५. लुतोको उपचार सुरु गरेपछि प्रत्येक दिन नुहाउने, सफा कपडा फेर्ने र फोहर कपडालाई पानीमा उमाली साबुन लगाएर सफा गर्ने गर्नुपर्दछ । उमाल्न नमिल्ने स्वभावका कपडा भएमा कीटनाशक घोलमा डुबाउनुपर्दछ । पुनः उही कपडा लगाएमा लुतो जन्माउने परजीवी फेरि सर्छ ।
सरल उपचार
१. शुद्ध गन्धक तेलमा मिलाएर साँझ सुत्ने बेलामा पूरै शरीरमा लगाउने र बिहान सफासँग नुहाउने ।
२. नीमको तेल साँझ सुत्ने बेलामा पूरै शरीरमा लगाउने र बिहान सफासँग नुहाउने ।
३. मालकागुनाको तेल साँझ सुत्ने बेलामा पूरै शरीरमा लगाउने र बिहान सफासँग नुहाउने ।
४. नीम या तीतेपातीको पात चटनीजस्तो पिसो लेदो बनाउने । सो लेदोले सम्पूर्ण शरीरको मालिस गरी मनतातो पानीले नुहाउने ।
५. जङ्गलमा चरेको र अत्र नखाएको गाईको गहुँतले सम्पूर्ण शरीरको मालिस गर्ने र एक घण्टापछि मनतातो पानीले नुहाउने ।
६. ज्वानो पिसेर मनतातो पानीमा मिलाई लेप बनाउने । यो लेप लगाउनाले लुतो हराउँछ ।
७. दुबोलाई मसिनो चटनीजस्तो पिसी लेप बनाउने । यो लेप सम्पूर्ण शरीरमा लगाई मालिस गर्ने । १ घण्टापछि मनतातो पानीले नुहाउने ।
८. तुलसीको पातको रसले राती सुत्ने बेलामा सम्पूर्ण शरीरको मालिस गर्ने र बिहान मनतातो पानीले स्नान गर्ने ।
९. कागती र सुन्तलाको बोक्रा चटनीजस्तो पिसी लुतोले चिलाएका ठाउँ जतिमा लगाउनाले फाइदा हुन्छ ।
योग एवं प्राकृतिक चिकित्सा
१. वाष्पस्नान लिनुपर्दछ ।
२. नीमतेलले मालिस गर्नुपर्दछ ।
आयुर्वेदिक औषधि
१. आरोग्यवद्र्धनी
२. गन्धक रसायन
३. पच्ञतिक्त घृत
४. महामरिच्यादि तेल
५. खदिरारिष्ट
६. निम्बादि तेल
७. महामज्ञिष्ठादि क्वाथ
परिचय
नाम सुन्दैमा डरलाग्दो र भयावह रुप बोकेर हाम्रो मन–मष्तिष्कमा बसेको रोग अर्बुद होः, जसलाई क्यान्सर नामबाट धेरैले चिनिन्छन् । यस रोगमा शरीरका कुनै पनि अङ्गमा अनियन्त्रित रुपले कोषिकाहरु बढ्न थाल्दछन् र छिटो–छिटो ठूला आकारका डल्ला (गिर्खा) या घाउ–खटिराको रुप लिन्छन् । यस्तो स्थितिमा सम्बन्धित आन्तरिक अङ्गअरु प्राकृतिक रुपमा काम गर्न सक्दैनन्ः, प्रतिफल विभित्र लक्षणहरु देखिन्छन् । यो रोग सुरु हुनेबित्तिकै थाहा पाएर उपचार गर्न सकेमा निको पार्न पनि सकिन्छ । रोग धेरै बढेपछि निको पार्ने औषधि–उपचार छैन । त्यसैले तल उल्लिखित लक्षण देखिएमा तत्कालै चिकित्सकको सल्लाह लिई क्यान्सर हो, होइन निर्णय गर्नुपर्दछ ।
लक्षण
१. शरीर पहेँलो हुने कमलपित्त (जण्डिस) नामक रोग धेरै दिनसम्म निको नभएमा या निको हुँदै दोहोरिँदै गरेमा ।
२. शरीरको कुनै पनि भागमा दुख्ने वा नदुख्ने गाँठा–गुठी, डल्ला–डल्ली, गिर्खा आदि भेटिएमा । त्यस्ता गाँठा–गुठी छिटो–छिटो बढ्दै गएमा ।
३. महिलाहरुको स्तनमा गाँठा–गुठी फेला परेमा । पटक–पटक स्तनबाट रातो पानी बगेमा या रगत मिसिएको दूध आएमा । स्तनको मुन्टोका आकारमा तथा रङ्गमा परिवर्तन आएमा ।
४. पटक–पटक स्वर बसेमा या सधैं भन्दा भित्र धोद्रो स्वर बढ्दै गएमा ।
५. खाना खाँदा निल्न गाह्रो हुने साथै पानी या झोल कुरा पिउन पनि सधैं भन्दा भित्र र असजिलो हुँदै गएमा ।
६. शरीरको कुनै पनि भागमा देखिएका घाउ–खटिरा लामो समयसम्म निको नभएमा या अरु बढ्दै गएमा ।
७. शरीरको कुनै ठाउँमा भएको कालो कोठी छिटो–छिटो बढ्दै गएमा ।
८. कम समयमै शरीरको तौल धेरै घटेमा ।
९. लामो समयसम्म भोक पटक्कै नलाग्ने, खाएको खाना नपच्ने, पेटमा गानो–गोला देखिने गरी चल्ने, पेट लगातार दुखिरहने, धेरै दिनसम्म दिसा नहुने या कब्जियत हुने, दिनमा धेरै पटक दिसा लागिरहने आदि भएमा ।
१०. बराबर शरीरमा रगतको कमी देखिएमा । पोषिलो खाना खाँदा पनि शरीरमा रगत बढ्न नसकेमा ।
११. धेरै दिनसम्म खोकी लागिरहेमा र खकारमा रगत देखिएमा ।
१२. साधारण काम गर्दा पनि शरीर फतक्क गल्ने भएमा ।
१३. महिलाको योनिबाट महिनावारीको बेलामा धेरै रगत बग्ने, बुढेस कालमा महिनावारी बन्द भएपछि फेरि सुरु हुने, महिनावारी बाहेक अरु बेलामा पनि थोरै–थोरै रगत देखिने या रगत मिसिएको पानी बग्ने, सेतो पानी या पानी जस्तो तरल पदार्थहरु बराबर बगिरहने भएमा ।
रोकथाम
१. चुरोट, बिँडी, तमाखु , सुल्पा, गाँजा आदि पिउने धूम्रपानहरु र सुर्ती, खैनी, पान, सुपारी आदि मुखमा च्यापेर पिइने सुर्तीजन्य कुराहरु क्यान्सरका मुख्य कारण मानिन्छन् । यस्ता लागू पदार्थको सेवन गर्नु हुँदैन ।
२. जाँड–रक्सी एवं अन्य लागू पदार्थको सेवन गर्नु हुँदैन ।
३. पोलेको, डढेको, तारे–भुटेको खाना खानु हुँदैन । यसमा पनि पोलेको मासु (सेकुवा) अझ बढी हानिकारक छ ।
४. हरियो सागपात, तरकारी, फलफूलको कमी र माछा, मासु, अण्डाको अत्यधिक प्रयोग पनि क्यान्सरको कारण हुन सक्दछ, सक्ने मानिएको छ ।
५. तार्ने, भुट्ने, मसलादार बनाउने नगरी साधारण तरिकाले उसिनेर पकाएको सागपात, तरकारी एवं काँचो खान मिल्ने अङ्कुरित अनाज, सलाद (गाजर, चुकन्दर, टमाटर, काँक्रो आदि), फलफूलको बढी प्रयोग क्यान्सरको रोकथामका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ ।
६. बासी खाना, साँदेका पुराना अचार, ढुसी पेरका अत्र वा गेडागुडी खानु हुँदैन ।
७. धूवाँ, धूलो र अन्य प्रदूषणबाट जोगिनुपर्दछ । घरेलु धूवाँ पनि हानिकारक भएको हुनाले धूवाँ नआउने आधुनिक चुल्हो, गोबर ग्याँस, बिजुली आदिको प्रयोगलाई बढाउनुपर्दछ ।
८. खाना खाएपछि नियमित मुख सफा गर्ने बानी बसाल्नुपर्दछ ।
९. धेरै जनासँग यौन सम्पर्क राख्ने व्यक्तिलाई एड्स र क्यान्सरको खतरा निकै बढी हुने हुनाले एक स्त्री एक पुरुषबीचको नियममा बस्नुपर्दछ ।
१०. विज्ञापनमा लोभिएर बजारमा बेचेका रङ्गीचङ्गी खाना खानु हुँदैन । घरैमा बनाएका ताजा खाना एवं नास्ता (खाजा) खाने बानी बसाल्नुपर्दछ ।
११. यौनसम्बन्धमा रहेका २० देखि ५० वर्ष उमेर समूहका महिलाहरुले वर्षमा एक पटक गर्भाशय स्राव परीक्षण (Pap smear test) गर्नुपर्दछ , जसले पाठेघरको क्यान्सरबाट बचाउँछ ।
योग एवं प्राकृतिक उपचार
१. गहुँको जमराको रस नियमित पिउने ।
२. रसाहार गर्ने ।
३. योगासान, प्राणायाम र ध्यानको अभ्यास गर्ने ।
आयुर्वेदिक औषधि
१. तालिस चूर्ण
२. लोठसल्लो चूर्ण
३. कान्चनार गुग्गुल
नोट :- माथिका लक्षण देखिएमा चिकित्सकद्धारा क्यान्सर हो, होइन निधो गर्ने । निधो भई चिकित्सकको उपचार चलेपछि साथमा माथिका कुरा पनि गर्ने गर्नुपर्दछः, जसले क्यान्सरबाट बचाउँछ ।