समत्व जीवन, दिव्य विचार र सम्वुद्ध चेतनाका त्रिवेणी “मानसाग्नि”को कालजयी दर्शन, शिक्षा, साहित्य, स्वास्थ्य, स्वधर्म, योग, प्राकृतिक चिकित्सा आदि विविध ज्ञान–विज्ञानमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले यो वेबसाइट सञ्चालन गरिएको हो ।

साधनाको क्षेत्रमा “मानसाग्नि”का नामबाट परिचित डा. हरिप्रसाद पोखरेल हिजोको ज्ञान, आजको विज्ञान र भोलीको भविष्यलाई होसपूर्वक जानेर मानव, पशु–पंक्षी, वनस्पती, पञ्चतत्व, आकाश गंगा र अनादी तत्व सबैको समान हित हुने कार्यमा स्वयम् हिँड्नुहुन्छ र सबै विश्वभरका मानव मित्रहरुलाई हिँड्न प्रार्थना, पथ र पथप्रदर्शन गर्नुहुन्छ । शरीरयोग, विश्वयोग र अनादीयोगको त्रिवेणी “मानसाग्निको स्वधर्म” उहाँको प्रसिद्ध दार्शनिक एवं वैज्ञानिक शिक्षा हो ।

उत्सवमय जीवनको कला, संस्कृति र विज्ञानको सत्पथ हुँदै सत्यसम्म पुग्न विश्वभरका प्रिय मित्रहरुलाई हार्दिक स्वागत् गर्दछौँ ।


हिमाली सभ्यताको जीवन्त धर्म, कला–संस्कृति, ज्ञान–विज्ञान, साधना, स्वास्थ्य–शिक्षा, मानव विकास–मानव समाज, चिन्तन–दर्शन,मनोविज्ञान–परामनोविज्ञान–भावातीत मनोविज्ञान, जगत्–जीव–जीवन, नीति–राजनीति आदिको मूल स्रोत योग हो । योगको साधनाद्वारा सत्यको साक्षात्कार गर्नुलाई मानव जीवनको सर्वाेच्च प्राप्ति मानिएको छ । योगले मानव सम्भावनाका सम्पूर्ण ढोकाहरू खोल्न र मानवभित्र रहेको परम् मानवलाई प्रकट गराउन सयौं साधना–पथहरूको खोज गरेको थियो । मानव रूपान्तरण या मानवको सर्वाङ्कीण, सर्वाभौम र सनातन विकासका लागि वर्तमान विश्व इतिहासमा योगभन्दा अर्को महाविज्ञान जन्मेको छैन । हिमाली सभ्यताको महाविज्ञान योग र त्यसको मूल स्रोत ‘शिव’ ।

अरु हेर्नुहोस्

शरीरयोग

शरीरलाई पापको घर मान्नेहरूले मानवलाई परधर्मी बनाए । शरीर त देवालय हो । योभन्दा परम पवित्र स्थल अर्को छैन ...

विश्वयोग

विश्वब्रह्माण्ड र यसमा हुने दैनन्दिन गतिविधिहरू, मानव– पशुपक्षी–कीटपतङ्क–वनस्पति–पञ्चमहाभूत आदिको अन्तर्सम्बन्धद्वारा विकसित पवित्र स्थल विश्व हो ...

अनादी योग

जगदीश्वर, जगत्, जीव र जीवनको मूल स्रोत अनादि सत्ता । सृष्टि–स्थिति–प्रलय अनादि सत्ताकै विभिन्न रूपमा भएको अभिव्यक्ति हो ...

अध्यात्म वार्ता

मानसाग्निसँग अध्यात्म, साधना र स्वधर्मका बारेमा सोधिएका १७३ प्रश्नहरूको सरल र सार्वभौम उत्तर...


“मानसाग्नि”को सर्वाङ्गीण, सार्वभौम र सनातन शिक्षालाई हरेक व्यक्तिसम्म पुर्‍याउने उद्देश्यले मानसाग्निका प्रकाशित पुस्तकहरु यहाँ राखिएका छन् ।


अरु हेर्नुहोस्